स्वास्थ्यकर्मि भरतले १सय १प्वाईट रगत जम्मा गरेर जन्मदिन मनाए

स्वास्थ्यसमाचार/ गुल्मी धुर्काेट घरभई लुम्बिनी प्रादेशिक अस्पतालमा कार्यरत स्वास्थ्यकर्मि भरत केसीले आफनो जन्मदिनको अबसरमा रक्तदान कार्यक्रम आयोजना गरि १सय १ प्वाईट रगत जम्मा गरेका छन ।

गुल्मी जिल्लाका अलवा बिभिन्न ठाउबाट बुटबलमा उपचार गर्नआउनेका लागी रगत अभामा उपचार समस्या हुने भएकोले आफुले जन्म दिनको अबरमा यो रक्तदान कार्यक्रम आयोजना गरेर रगत संकलन गरेको वताए ।

उनले भने मेरोघर धुर्काेटकी एकजना बहिनिलाई थुप्रै पिन्ट रगत चढाएर उपचार गराउदा गराउदै मृत्यु भयो । यो घटनाले अझै धेरै रक्तदान गर्ने प्रेणा मलाइ मिलेको ले मैले यसरी सबैलाई आग्रह गरेर रक्तदान गरेको बताए ।

रक्तदान कार्यक्रममा बिभिन्न ब्यक्तीहरुले शुभकामना मन्तव्य राखेका थिए सुभकामना मन्त्व्य राख्नेमा नव शान्ति युवा क्लब अध्यक्ष भरत पुरी,होटल रेस्टुरेन्ट व्यवसायी संघका महासचिब माधब कुमार खनाल  समाज सेवी नरिश्वर पौडेल र नेपाल स्वयंसेवि रक्तदाता समाज रुपन्देही अध्यक्ष कृष्ण चौहान क्षेत्री मन्त्ब्य राख्दै रक्तदान भनेको अर्काेका जीबन बचाउने महान कार्यहो यस्ताकार्यले रगत अभामा उपचारमा समस्या नहुने र बिरामीको ज्यान जोगीने भएकाले यस्ता कार्यमा लाग्न सबैलाई आग्रह गरे ।

उक्त रक्तदान कार्यक्रममा सहभागी भै रगत दान गर्ने रक्तदातालाई भरत केसीले बिषेश धन्यवाद दिएका थिए भने कार्यक्रमको संञ्चालन केशब खनालले गरेका थिए ।

मलाई यसरी सामाजीक सेवामा लाग्ने प्रेरणा जाग्यो

गुल्मी जिल्लाका विभिन्न गाउँठाउँ देखि थप उपचार अर्थात गुल्मी देखि रिफर गरिएका बिरामीहरु बुटवलमा आउने बढ्दो क्रम जारी छ ।थुप्रै किसिमका रोगहरुको उपचार गर्न बुटवलमा आउने हुनाले कतिपय रोगहरुको उपचार गर्दा रगत आवश्यकता रहने हुनाले बिरामिका आफन्त हरु जो जान्ने बुझ्नेले त सहजै रगत ब्यबस्थापन गर्न सक्ने र कतिपय मानिहरु रगतकै अभावमा छट्पटीरहने समस्या पनि छ ।

तर यो समस्या पहिले भन्दा धेरै समाधान भैरहेको पनि छ किनभने थुप्रै स्वयसेवी सस्थाहरु, व्यावसायि तथा विभिन्न विद्यार्थी संघसंगठनले रक्तदान कार्यक्रम गर्दै आउनु भएको छ । समग्रमा भन्नुपर्दा यहि भाद्र ३१ गते मेरो जन्मदिन परेको हुनाले यहि अबशरमा मैले म जन्मेको मेरो प्यारो जन्मभुमी धुर्कोट गाउँपालिका को नाममा रक्तदान कार्यक्रम गरेर मनाउने निर्णय गरेको छु।

सामाजिक बिकास र समाज परिबर्तन को चाहना सबै नागरिकमा छ । म पनि सानै देखि स्वर्गीय मेरो हजुरबुबाको प्रेणाले सामाजिक क्षेत्र रुचाउने गर्दथे र आज सम्म पनि थुप्रै आदरणीय अग्रज दाइदिदी हरुको प्रेणामा सामाजिक क्षेत्रमा पाइला चालेर आफुले सकेको सधै अरुको सेवामा समपिर्त हुदै आएको छु ।
म मा जन्मभूमि प्रतिको माया सदभाव अथह छ त्यसैले जन्मभुमिप्रतिको नाममा र मेरो गाउँ बासिहरुलाइ समस्या पर्दा केहि सहज होस भनेर यो कार्यक्रम गर्ने निणय मा छु ।

धुर्कोट गाउँपालिका का प्रमुख आदरणीय दाजु भुपाल पोख्रेल लाई पनि जानकारी गराएर उहाले युवाहरूले गरेका हरेक सामाजिक अभियानहरु मा मेरो साथ सहयोग रहने छ भन्दै शुभकामना दिदै गर्दा मलाइ अझै धेरै हौसला मिलेको अनुभुती गरेको छु। मेरो अग्रज दाजुहरु र जिल्ला भन्दा बाहिरका धेरै साथिभाइ हरु पनि समाजसेवी हुनुभएकाले सानै उमेरदेखि रक्तदान गर्ने प्रेरणा मिलेको हो । ममा १५ वर्षको हुँदादेखि नै रक्तदान गरेर कसैको जीवन जोगाउनुपर्छ भन्ने सोच विकास भइसकेको थियो ।

यही कारणले पनि परिवारको स्वीकृतिबिना धेरै पटक रक्तदान गर्दै र आकास्मिक कसैलाइ अफ्ट्यारो पर्यो भने दिनरात घामपानी नभनी सहयोग गर्दै आइरहेको छु ।अलिबर्स पहिले धुर्कोटकै एकजना बहिनिलाइ थुप्रै पिन्ट रगत चढाएर उपचार गराउदा गराउदै मृत्यु भयो । यो घटनाले अझै धेरै रक्तदान गर्ने प्रेणा मलाइ मिलेको हो ।

विभिन्न किसिमका रचनात्मक सामजिक अभियान हरु धेरै गाउँठाँउ मा गर्दै आएको छु । स्वास्थ क्षेत्र कै पनि परे त्यसैले रक्तदान क्षेत्रमा रक्तदान सङ्गै जनचेतना मूलक कार्यक्रम गरेर म जस्ता हजारौं युवाहरु समाबेश आबद्ध गराएर रगत अभाव भएर भौंतारिएका बिरामीका परिवार तथा आफन्तलाई थाहा भएसम्म रगतको व्यवस्था गरिदिने लक्ष्य लिएको छु । सबैभन्दा ठूलो कुरा भनेको धर्म हो । म मरेर गए पनि मेरो रक्तदानले जीवन पाएकाहरूले सम्झनेछन् त्यसैले सेवा नै धर्म हो सत्य देखाउनु नै मेरो कर्म हो ।

सम्बन्धित शिर्षक :