कोरोना खोपलाई ५ अर्ब,बैठक र भ्रमण भत्ताको बजेट कटौती

स्वास्थ्यसमाचार/सरकारले बैठक तथा भ्रमण भत्ता र तालिमका लागि छुट्याएको बजेट कटौती गरेको छ । यसरी कटौती गर्दा बचत भएको ५ अर्ब रुपैयाँ कोरोना खोपका लागि छुट्याइएको अर्थमन्त्री जनार्दन शर्माले जानकारी दिए ।

शुक्रबार प्रमुख विपक्षी नेकपा एमालेका सांसदहरुको नाराबाजीका बीच बजेट अध्यादेशको प्रतिस्थापन विधेयक संसदमा पेश गर्दै अर्थमन्त्री जनादर्न शर्मा प्रभाकरले यस्तो घोषणा गरेका हुन् ।

उनले भनेका छन्, ‘चालु खर्चतर्फ बैठक भत्ता, इन्धन, कर्मचारी तालिम, सिप विकास तथा जनचेतना तालिम, अनुगमन मुल्यांकन भ्रमण खर्च, विविध कार्यक्रम शीर्षकमा न्यूनमत १० प्रतिशत बजेट कटौती गरेको छु । यसरी खर्च कटौती गर्दा तत्काल बचत हुन आउने देखिएको ५ अर्ब कोभिड खोपका लागि उपयोग गर्ने प्रवन्ध मिलाएको छु ।’

 

सम्बन्धित शिर्षक :