बुटबलमा सिबिसिटी मेसिनबाट नाक, कान, घाँटी र अनुहारको डायग्नोसिस हुने

स्वास्थ्यसमाचार/ बुटवलमा सिबिसिटी मेसिनबाट नाक, कान, घाँटी सहित अनुहारको डायग्नोसिस सेवा सुरु हुने भएको छ । बुटवल डायग्नोष्टिक एण्ड इमेजिङ सेन्टरले थ्रीडी प्रविधिमा आधारित सिबिसिटी मेसिनबाट सुक्ष्म डायग्नोसिस सेवा सुरु गर्न लागेको हो ।

३ जना डाक्टरहरु बिकास अग्रहरी, सन्दिप पौडेल र मुकेश सापकोटाको संयुक्त लगानीमा बुटवलको अस्पताललाईनमा सञ्चालन सुरु गर्न लागिएको उक्त डायग्नोष्टिक सेन्टरबाट दाँत, बंगारा, मुख तथा अनुहारको हड्डी, नाक, कान घाँटीमा भएको समस्याहरुको डायग्नोसिस गरिने डा. बिकास अग्रहरी वताए ।

यसअंगाडी कुनैपनि समस्या हेर्नको लागि ओपिजी टुडी प्रविधि मात्र रहेको र अहिले ल्याएको सिबिसिटी थ्रीडी प्रविधिमा आधारित भएकोले बरामीको डायग्नोसिस गर्न सहज हुने डा. बिकास अग्रहरीले बताए।

अर्काे डाक्टर सन्दिप पौडेलका अनुसार यस अगाडि थ्रीडी प्रविधिको डायग्नोसिस सेवा काठमाण्डौमा मात्रै सिमित हुँदा बिरामीलाई काठमाण्डौ जानेपर्ने बाध्यता थियो भने अव त्यो बाध्यता हटेको छ । यसले बिरामीले नजिकमै सेवा पाउनेछन् भने काठमाण्डौ जानुपर्दा हुने अतिरिक्त खर्च हुनेछैन भने जाने आउने समय पनि बचत हुने छ ।

करिव १ करोड ५० लाख रुपैंया लगानीमा सञ्चालन गर्न लागिएको बुटवल डायग्नोष्टिक सेन्टरमा तुलनात्मक रुपमा शुल्क समेत कम हुने डा. मुकेश सापकोटा वताए । डा सापकोटाका अनुसार उक्त थ्रीडी प्रविधिको सिबिसिटीबाट डायग्नोसिसमा शरीरको अंग अनुसार ३ हजार ५ सय देखि ६ हजारसम्म शुल्क लाग्ने छ ।

बुटवल डायग्नोष्टिक एण्ड इमेजिङ सेन्टरले भविश्यमा सबैप्रकारको डायग्नोसिस सेवा सञ्चालन गर्ने समेत लक्ष्य लिएको सञ्चालकहरुले डा बिकास अग्रहरीले वताए।

सम्बन्धित शिर्षक :