अर्थोपेडिक एशोसियशन लुम्बिनी प्रदेशको पदस्थापन कार्यक्रम सम्पन्न

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेशका अर्थोपेडिक सर्जन डाक्टरहरुको सञ्जाल नेपाल अर्थोपेडिक एशोसियशन लुम्बिनी प्रदेश समितिको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । शुक्रवार बुटवलमा भएको प्रथम बैठक तथा पदस्थापन कार्यक्रममा नेपाल अर्थोपेडिक एशोसियशनका केन्द्रिय अध्यक्ष डा रविन्द्रलाल प्रधानले यस सस्थाले अर्थोपेडिक सर्जनहरुको एकता, ज्ञान सीप आदान प्रदानमा महत्वपूर्ण भुमिका रहने बताउनु भयो । डा प्रधानले उपचारमा आएको नयाँ प्रविधिहरुको विकास र उपचारका क्रममा भएका आ–आफ्ना अनुभव साटासाट गर्न यस एशोसियशनको मुख्य उदेश्य रहेको बताउनु भयो । कार्यक्रममा नेपाल अर्थोपेडिक एशोसियशनका केन्द्रिय महासचिव डा विनोद शेरचन, नेपाल अर्थोपेडिक एशोसियशन लुम्बिनी प्रदेशका सल्लाहकार डा।किशोर खत्री…

दुर्गम जाने डाक्टरलाई लुम्बिनी प्रदेश सरकारले अतिरिक्त सुविधा दिने

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेशका दुर्गम तथा पहाडी जिल्लाका अस्पतालमा चिकित्सकहरुको चरम अभाव भएपछि स्वास्थ्य, जनसङख्या तथा परिवार कल्याण मन्त्रालयले अतिरिक्त सुविधा दिएर पठाउने प्रस्ताव गरेको छ। यस सम्बन्धी कार्यविधिको मस्यौदा तयार गरी प्रदेश सरकार मन्त्रीपरिषदमा स्विकृतिको लागि प्रस्ताव पेश गरिएको स्वास्थ्य मन्त्रालय कर्मचारी प्रशासनका शाखा अधिकृत कृष्ण प्रसाद पराजुलीले बताए । चिकित्सकहरु शहर केन्द्रित भए गाउँमा जान नमानेपछि स्वास्थ्य मन्त्रालयलले यस्तो बिषेश ब्यबस्था ल्याएको पराजुलीले बताए । प्रदेश अन्तर्गतका प्रादेशिक अस्पताल तथा प्रदेशभित्र सञ्चालित मेडिकल कलेजमा कार्यरत विशेषज्ञ चिकित्सक लाई दुर्गम तथा विशेषज्ञ चिकित्सक नभएको अस्पतालमा परिचालन गरी प्रदेशको स्वास्थ्य सेवालाई…

पाल्पा अस्पतालका ९ कर्मचारीमा कोरोना, आकस्मिकबाहेकका सेवा बन्द

जिल्ला अस्पताल पाल्पा ९पाल्पा अस्पताल०मा आकस्मिकबाहेकको सेवा बन्द भएको छ । अस्पतालमा कार्यरत कर्मचारीलाई कोरोना भाइरसको सङ्क्रमण भएपछि अत्यावश्यकबाहेकको सेवा बन्द भएको हो । निमित्त मेडिलकल सुपरिटेन्डेण्टसहित १० कर्मचारीको पिसीआर परीक्षण गर्दा नौ जनामा कोरोना सङ्क्रमण देखिएको अस्पताल विकास समितिका अध्यक्ष नेत्रप्रसाद पाण्डेयले जानकारी दिए ।अस्पतालले सूचना जारी गर्दै सुत्केरी सेवा, ल्याब, सुरक्षित गर्भपतन र सिफारिसबाहेकका सेवा पूर्णरूपमा बन्द गरिएको जनाएको छ । मेसुसहित ६ मेडिकल अधिकृत, एक डेन्टल सर्जन, एक पारामेडिक्स र एक ल्याब टेक्निसियनमा कोरोना पुष्टि भएको हो । उनीहरु सबै आइसोलेशन बस्नुपरेकाले सेवा बन्द गरिएको पाण्डेयले बताए…

रोटरी ई–क्लब अफ मेडिकोफ्युजन हाइब्रिडको वेबसाइट सञ्चालनमा

स्वास्थ्यसमाचार /रोटरी ई–क्लब अफ मेडिकोफ्युजन हाइब्रिड नेपालको वेबसाइट सञ्चालनमा आएको छ । क्लवका विभिन्न गतिविधिहरुको साथैं अन्य उपयोगी सामाग्रीहरु जनसमक्ष पुर्याउने उद्देश्यले आफ्नो अलग्गै वेवसाइड सञ्चालनमा ल्याइएको हो क्लवले जनाएको छ । क्लवको डोमेन डब्लुडब्लुडट आरसिमेडिकोफ्युजन डट ओराजी रहेको छ । क्लबका अध्यक्ष रोटेरियन डा. सन्तोष पोखरेलको अध्यक्षमा हालै एसेम्लीमा प्रमुख अतिथि रोटरीका सहायक गभर्नर राजेन्द्र कार्कीले वेबसाइटको शुभारम्भ गरे। कार्यक्रममा प्रमुख अतिथि कार्कीले क्लवले सञ्चालन गरेका कार्यक्रमको प्रशंसा गरे।। त्यसअवसरमा क्लबले गरेका विभिन्न समाजसेवाका कार्यक्रममा कार्यक्रम संयोजकको भूमिका निभाउनु भएका रोटरी मेडिकोफ्युजनका सदस्यहरुलाई प्रशंसाको टोकन “प्रशंसाको चिनो”पनि प्रदान गरिएको…

डा सागरको नेतृत्वमा राप्ती स्वास्थ्य प्रतिष्ठानमा पहिलोपटक मेरुदण्डको सफल शल्यक्रिया

स्वास्थ्यसमाचार /राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा पहिलोपटक मेरुदण्डको सफल शल्यक्रिया गरिएको छ। घोराही उपमहानगरपालिका–७ सौडियार निवासी ३३ बर्षीया महिलाको प्रतिष्ठानमा मेरुदण्डको सफलतापूर्वक शल्यक्रिया गरिएको हो। हाडजोर्नी विशेषज्ञ डा सागर पन्थीका अनुसार रुखबाट लडेर घाइते भएकी उनी १० दिन अगाडि प्रतिष्ठानको इमरजेन्सी विभागमा आएकी थिइन्। सो क्रममा एक्सरे लगायतको परीक्षणमा उनको मेरुदण्डको हड्डी भाँचिएको पत्ता लगाको थियो। ’चिकित्सकको सुझाब अनुसार नै उनको शल्यक्रिया भएको हो। शल्यक्रिया पश्चात दुई दिनपछि ह्वीलचेयर एम्बुलेसन गरी एक दिनपछि ढाडमा पेटी लगाई बिरामी हिँडेको र शल्यक्रियाको ७ दिनमा बिरामीको अवस्था सामान्य भई हाल बिरामी बेल्ट लगाएर…

बुटवलमा स्वास्थ्य अनुसन्धान परिषद्को प्रदेश कार्यालय स्थापना

स्वास्थ्यसमाचार/ नेपाल स्वास्थ्य अनुसन्धान परिषद् लुम्बिनी प्रदेश इकाई कार्यालय बुटवलमा सञ्चालनमा आएको छ । परिषद्ले गर्ने स्वास्थ्य अनुसन्धानका कामलाई सरल बनाउनको लागि सात वटै प्रदेशमा कार्यालय स्थापना गर्ने योजना अनुसार बुटवलको शिद्धार्थ बाल तथा महिला अस्पताल आम्दामा इकाई कार्यालय स्थापना गरिएको हो । प्रदेश कार्यालय स्थापनाको अवसरमा सोमबार आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा परिषदका कार्यकारी निर्देशक डा. प्रदिप ज्ञवालीले अन्तर्राष्ट्रिय मापदण्डमा स्वतन्त्र अनुसन्धानको काम गर्दै आएको परिषदले सातै प्रदेशमा कार्यालय स्थापना गर्ने क्रममा बुटवलमा इकाई कार्यालय स्थापना गरिएको वताए । ज्ञवालीका अनुसार कार्यालयले संघीय सरकारको प्रामिकतालाई प्रदेश सरकारको प्राथमिकतासंग जोड्नेगरी…

ओमिक्रोन प्रजातिसंग कति डराउने :डा रबिन्द्र पान्डे

-अहिलेसम्मको तथ्यांक हेर्दा ओमिक्रोन डेल्टा भेरिएन्टभन्दा निकै कम घातक देखिएको छ । हालसम्म ओमोक्रोनको कारण संसारमा कसैको पनि मृत्यु भएको छैन । – अफ्रिका तथा युरोपमा फैलिएको यो लहरमा डेल्टा प्रजाति प्रमुख हो।हामीले दोस्रो लहरमा भोगेको डेल्टा प्रजाति अहिले अफ्रिका र युरोपमा फैलिएको छ ।त्यसमा ओमिक्रोन पनि मिसिएको छ। तर अति न्यून – अफ्रिकन मुलुकमा ओमिक्रोनले बालबालिका तथा युवा बढी प्रभावित भएका छन् । तर अस्पताल भर्ना हुने वा आइसीयु चाहिने संख्या एकदम न्यून छ । – कोरोना भाइरसविरुद्धको खोप लगाएका व्यक्ति तथा पहिले संक्रमित भएका व्यक्तिलाई यो नयाँ प्रजातिले…

प्रजातन्त्रवादी चिकित्सक संघमा डा. खरेल निर्वाचित

स्वास्थ्यसमाचार/ प्रजातन्त्रवादी डाक्टरहरुको संस्था प्रजातन्त्रवादी चिकित्सक संघको लुम्बिनी प्रदेश अध्यक्षमा डा. कृष्ण खरेल निर्वाचित भएका छन । संघको सम्पन्न तेस्रो महाधिवेशनबाट लुम्बिनी प्रदेश अध्यक्षमा डा. खरेल सर्वसम्मत निर्वाचित भएका हुन । तेस्रो अधिवेशनले डा. अनिल बिक्रम कार्कीको अध्यक्षमा ४३ सदस्यीय केन्द्रिय समिति चयन गरेको छ । अधिवेशनले प्रदेश १ अध्यक्षमा डा. फरवार्ड सिलवाल, २ मा डा. किशोरकुमार देव, वागमती प्रदेश अध्यक्षमा डा. मनोहर उद्धिन सहित, गण्डकीमा डा. सूर्यज्योती श्रेष्ठ, कर्णालीमा डा. नवराज केसी र सुदुरपश्चिम प्रदेशको अध्यक्षमा डा. प्रदिप मिश्रालाई चयन गरिएको छ । लुम्बिनी प्रदेश अध्यक्षमा निर्वाचित डा. खरेलले…

ईर्मेजेन्सी सेवालाई व्यबस्थीत गर्ने पहिलो काम : मेसु डा ईन्द्र ढकाल

स्वास्थ्यसमाचार /लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा ईन्द्र ढकालले तत्काल गर्ने काम सार्बजानीक गरेका छन।स्वास्थ्यसमाचार संग संक्षिप्त कुरागर्दे डा ढकालले अस्पतालको कामलाई अतिआवश्यक र आवश्यक अनुसारकाम अघि बढाउने बताए। डा ढकालले पहिलोकाम भनेको कोरोना अस्पतालमा दिईने सेवा एकिकृत गरेर जाने बताए। सेवा छ तर सेवालिने र दिनेको लागी एकै ठाउ नभएकोले अब अस्पताल भित्र यो सेवा लाई एकैठाउ बनाउने पहिलो काम भएको बताए । अस्पतालको ईर्मेजेन्सी सेवा लाई ब्यबस्थीत गर्ने बताए । विरामी आउने भनेको पहिले अस्पतालमा ईर्मेजेन्सी हो त्यसलाई ब्यबस्थीत बनाउने र सहज रुपमा सेवा लिने वाताबरण बनाउने डा…

अस्पतालको माया र कोरोनाको कहालीलाग्दो अवस्था सम्झेर भाव बिभोर हुँदै बिदा भए :डा खनाल

स्वास्थ्यसमाचार /लुम्बिनी प्रादेशिक अस्पतालका निवर्तमान प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा राजेन्द्र खनालले २१ महिना सम्म अस्पतालमा रहदा आफुले गरेका काम र अब गर्नुपर्ने कामको बारेमा जानकारी गराएका छन । अस्पतालमा आज संञ्चारकर्मि चिकित्सक नर्स तथा अस्पतालका कर्मचारी सहभागी कार्यक्रममा वोल्दै डा खनालले २१ महिना सम्म अस्पतालका सबैबाट आफुलाई सहयोग रहेको बताए । खनालले आफु मेडिकल सुपरिटेण्डेन्ट वाट बिदा भएपनि अस्पताल प्रति आफनो सहयोग निरन्तरता रहने बताए । लुम्बिनि प्रादेशिक अस्पताल बुटवलको प्रमुख मेडिकल सुपरिटेण्डेन्ट पदको जिम्मेवारी बहन गर्दाको कार्य सम्पादन प्रदेश सरकारको प्रदेश नं. ५ को तत्कालिन मन्त्रि परिषद् मिति २०७६…