डा.भगवान कोइरालाको २५ हजार रुपैयाँ पर्ने पुस्तक ‘हृदय’को विशेष संस्करण आउँदै

स्वास्थ्यसमाचार/ सामान्य नेपाली लेखकका २ सयदेखि दुईचार हजारसम्मका मूल्य पर्ने पुस्तक पढेका नेपाली पाठकले एउटै पुस्तकको मूल्य २५ हजार भन्दा बढी पर्ने सुन्दा मात्रै पनि अनौठौ लाग्न सक्छ । तर २५ हजार नेपाली मूल्य रहेको डा। भगवान कोइरालाको पुस्तक ‘हृदय’को विशेष संस्करण आउने भएको छ।

यस पुस्तकमा डा।कोइरालाले जीवनमा भोग्नुभएको संघर्षका अनुभाव, देखेका स्वास्थ्य क्षेत्रका समस्या सुल्झाउने उपाय र चिकित्सा शिक्षाका विविध विषयलाई समेत विश्लेषणात्मक धारणासहितको पुस्तक प्रकाशन हुन लागेको छ ।

उहाँको उक्त विशेष संस्करण भदौ अन्तिम साता काठमाडौंमा लोकार्पण हुँदै छ। पहिलो पटक विशेष सीमित संस्करण २५ सयप्रति मात्र मुद्रण गरिएको छ । जसको अंकित मूल्य २५ हजार रुपैयाँ रहेको छ।

विशेष संस्करणलाई डा। कोइराला आफैँले प्रत्येक पुस्तकमा क्रमसंख्या अंकित र हस्ताक्षर गरी प्रमाणित गर्ने हुनु भएको छ ।यसैगरी असोजको पहिलो सातादेखि पुस्तकको नियमित संस्करण पनि अंकित मूल्य ५७५ रुपैयाँमा पाठकका निम्ति उपलब्ध हुने बताइएको छ । नियमित संस्करणको पनि ५० प्रतिशत लेखकस्व किओचलाई हस्तान्तरण गर्ने डा कोइरालाले निर्णय गर्नुभएको छ ।

यस विशेष संस्करणको बिक्रीबाट प्राप्त हुने रुपैयाँ प्रकाशकले आफ्नो लागत र लेखकले लेखकस्व केही नकटाई सीधै हस्पिटललाई हस्तान्तरण गरिने बताइएको छ।

 

 

सम्बन्धित शिर्षक :