काठमान्डौ/ पित्त नलीको क्यान्सरका कारण न्युरो सर्जन डा उपेन्द्र देवकोटा बिते । पैसा, प्रज्ञा र शक्ति के थिएन र उनीसँग रु ठीक हुन्थ्यो भने जहाँ गएर पनि उपचार गराउन सक्ने हैसियत राख्थे । दुर्भाग्य, हरेक हिसाबले सबल हुँदाहुँदै पनि क्यान्सरले कमजोर तुल्यायो उनलाई । लम्ब्याउन सकिएन उनको आयु ।
हृदयनजिकको साथी अनि कुशल प्राज्ञिक व्यक्तिको मृत्युले निकै घोचेको थियो डा। भगवान् कोइरालालाई । प्रश्न कसतर्फ सोझ्याउने रु उनी प्रस्ट थिएनन् । त्यसैले आफैँसँग सोधिरहे( उपचार सम्भव भएको रोगकै कारण ज्यान गुमाउन बाध्यहरूको स्थिति झन् कस्तो होला ।
कोइरालाले सबैभन्दा नजिकबाट देखेको मुटुका बिरामीहरू हुन् । तीन दशक लामो चिकित्सकीय यात्रामा उनले हरेक खालका उतारचढाव देखे । नीतिगत, व्यवस्थापकीय अनि व्यावहारिक समस्या भोगे । उनलाई फतक्कै गलाएको चाहिँ कलिला बालबालिकाको मृत्युले हो, जसको मुटुलाई चाहेर पनि ढुकढुकी दिन सकेनन् ।
जन्मजात मुटुको समस्या अजङ्गको पहाडजस्तो हो । जब उनीहरू निर्दोष आँखामा ठीक हुने आशा बोकेर आउँछन्, तब आफ्नो काँधमा ठूलो जिम्मेवारी आएको महसुस गर्छन् भगवान् ।
‘हजारौँ बालबालिकाको मुटुको शल्यक्रिया गरे पनि हरेकपटक नयाँ चुनौती थपिएजस्तो हुन्छ । किनकि उनीहरूको मुटुको सानो प्वालसमेत साह्रै जटिल हुन्छ,’ डा। कोइराला प्रस्ट्याउँछन् । टक्क रोकिन्छन् । अनि फेरि जोड्छन् सन्दर्भ, ‘जति जटिल समस्या भए पनि बच्चाको हकमा हरेक प्रयासले महत्त्वपूर्ण अर्थ राख्छ ।’
१९९० को दशकको अन्त्यतिर क्यानडाको टोरन्टोस्थित विश्वकै उत्कृष्ट बाल अस्पतालमध्ये एक( हस्पिटल फर सिक चिल्ड्रेनमा पाएको तालिमको अवसरले उनलाई साना नानीहरूसँग नजिक बनायो । बालबालिकाहरूको स्वास्थ्यप्रति आफ्नो चासोकै कारण उनी अमेरिकाको तालिम अवधि छोट्याएर त्यता हानिएका थिए ।
न जीवनबारे बुझाइ, न त मृत्युको भय । शरीरसँगै रोगको बोझ बोकेर हिँडिरहेका ती अबोधहरूको पीडालाई उनले आफ्नो सङ्घर्षको पहाड माने, जसलाई छिचोल्न उनले आफ्ना औँलाहरूलाई सम्हालेर चलाउन सिके ।
प्रतिकया दिनुहोस्