बाजेको गुन्द्री फ्याँकिदिने डाक्टर : डा.शम्भु खनाल

बाजेको गुन्द्री फ्याँकिदिने डाक्टर हल्का आँखा राता छन् । निद्रा नपुगेको छर्लङै अनुहारमा देख्न सकिन्छ । आँखा टल्पल पनि छन् । धेरै दिनको थकानले शरीर गलेको देखिन्छ । इस्टकोट धुने ब्यबस्था मिलेको देखिन्न । आँसु जसोतसो थामिएका छन् । खस्दा होलान् कतै एउटा कुनामा । सबैको सामु खस्न मर्द हुनुको मर्यादाले नदिएको होला । मनको बेग त आँखामा झल्किन्छन् नै । भाद्गाउँले टोपीमा दुइटा खुकुरीका बुट्टा एक आपसमा क्रस गरेका छन् । ती कुदिएका खुकुरीका चित्रले जिन्दगीका बिभिन्न परिबन्धको निर्णय जस्तै संकेत गर्न खोजेको प्रतित हुन्छ । निर्दोष चेहरा, शान्त…

क्याबिन नं ६०७ मा सङ्घर्ष : डा.शम्भु खनाल

क्याबिन न. ६०७ मा कृतिका । कृतिकाको अहिले सातौँ महिना बितिरहेको छ ,एउटा अस्पतालको क्याबिन कोठामा । ६०७ नम्बर कोठा । उनको जीवनको अविस्मणीय अंक हुन्छ शायद । यी उनका संघर्षका दिनहरु हुन् । अस्पताल घरजस्तै महसुस गर्न थालिसकेकी छन् कृतिकाले । अस्पतालका सैयासँग अनौठो सम्बन्ध गाँस्न पुगिसकेकी छन् उनले । अनौठो किन भन्दा प्रिय नहुँदा पनि प्रिय हुन पुगेको सम्बन्ध हो नि त ! उनीसँग अरु उपाय पनि त छैन प्रिय नमानी । सधैंजस्तो उनका छालाले स्पर्श गरेका छन् । मायालु हातहरुको मात्र हैन । स्प्रिटको चीसो स्पर्श र…

Role of NMA at Provincial Level:Dr Santosh pokhrel

Nepal Medical Association (NMA) is the first professional organization of Nepal established in 20th Falgun 2007 BS. Nepal has perceived many changes in the administrative structure of the nation after 2007 BS. This has direct effect on the Organogram of NMA . Now with the changing context there is provision of provincial branches. While there are 16 NMA branches all over Nepal confusion prevails about which branch to lead the province . It’s not only about leading a province but being functionally active in co-ordination with all doctors residing in…

आइ. सि .यु बाहिर पाँच रुपैया : डा.शम्भु खनाल

केही मलिन अनुहारहरु एउटा आइ. सि .यु कक्षबाहिर प्रतिक्षामा बसिरहेका छन् । स्वजन र आफन्तको प्रतिक्षामा । कहिले निको भएर पून: भेट्न् पाइन्छ कि भन्ने आशमा । बेला बेला माइकिङबाट आवाज आउछ ” फलानोको मान्छे संपर्क राख्नु “ । सबै जना सतर्क हुन्छन् । कान तीखा हुन्छ्न् केही क्षण । आफ्नो बिरामीको अप्डेटका लागि बोलाएको हो कि भनेर । भित्र जटिल रोगसँग लडिरहेका छन् ति सबै मलिन ब्यक्तिका जीवनका प्रिय आत्मीय पात्रहरु । कोही मृत्‍युसँग लडिरहेका छन् । कोही सुधारको क्रममा छन् । सबैका मनमा भय छ । स्वजन फर्केर…

छपियामा चिकित्सकहरुद्वारा पाठेघरको मुखको क्यान्सर जाँच शिविर

स्वास्थ्यसमाचार/ पेशासंँगै सामाजिक उत्तरदायित्वमा निर्वाह गर्ने उद्देश्यका साथ रुपन्देहीका चिकित्सकहरुद्वारा स्थापना गरिएको रोटरी ई क्लब अफ मेडिकोफ्युजन हाईब्रिड नेपालले छपियामा निःशुल्क पाठेघरको मुखको क्यान्सर जाँच शिविर संचालन गरेको छ । सियारी गाउँपालिका र जलकल्याण सहकारी संस्थाको सहकार्यमा सियारी गाउँपालिकाको पब्लिक माविमा निःशुल्क पाठेघरको मुखको क्यान्सर जाँच शिविर संचालन गरिएको हो । शिविरमा हाड जोर्नी तथा विशेषज्ञ डा शंकर पोखरेल, नेत्र रोग विशेषज्ञ डा विनिता भट्टराई, दन्तरोग विशेषज्ञ डा आकृति बानिया, डा मन्जु गुभाजु, रेडियोलोजिष्ट अभिषेकमान बज्राचार्य, डा विजय घिमिरे, डा वसन्त शर्मा, विजय भण्डारी, नाक कान घाँटी विशेषज्ञ डा मधुसुधन…

स्वास्थ्य समूहका ११ जना कर्मचारी १०औँ तहबाट ११औँ तहमा बढुवा

स्वास्थ्यसमाचार/ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ११ जनालाई १०औँ तहबाट ११औँ तहमा बढुवाका लागि सिफारिस गरेको छ । शुक्रबार बसेको मन्त्रालयको बढुवा समितिको बैठकले बढुवाका लागि सिफारिस गरेको स्वास्थ्य मन्त्रालय स्रोतले जानकारी दिएको छ। मन्त्रालय स्रोतका अनुसार बढुवा हुनेमा ९ जना विशेषज्ञ चिकित्सक हुनुहुन्छ । एक जना नर्सिङ प्रशासक र एक जना ल्याब टेक्निसियन हुनुहुन्छ। उहाँहरूको औपचारिक बढुवा भने अब बस्ने मन्त्रिपरिषद् बैठकले गर्नेछ । १०औँ तहबाट ११औँ तहमा बढुवा हुनेहरूको सूची डा.विजय थापा प्रमुख कन्सल्टेन्ट, पेडियाट्रिक सर्जन डा.लिपा बैद्य, प्रमुख कन्सल्टेन्ट, साइक्याट्रिस्ट डा.सुरेश थापा, प्रमुख कन्सल्टेन्ट, साइक्याट्रिस्ट डा.शैलेश थापा, प्रमुख…

स्वास्थ्यको सेवा प्रवाहको विद्यमान स्थिति र सुधारका पक्षहरू

टेकराज पन्थी रोग र दुर्बलताबाट मुक्त हुनु मात्र नभई शारीरिक, मानसिक तथा सामाजिक तवरले पूर्ण तन्दुरूस्तिको अवस्थालाई नै स्वास्थ्य भनिन्छ । स्वस्थ्य भन्नाले बिरामी नहुनु वा कुनैपनि रोग नलाग्नु र तन्दुरुस्त हुनु भन्ने बुझाउछ । नेपालमा स्वास्थ्य क्षेत्रमा भएको गतिविधिलार्इ अध्ययन गर्दा सरकारी, गैह्र सरकारी र सामुदायिक रूपमा स्वास्थ्य संस्थाहरू स्थापना भै सेवा प्रवाह गरेको पार्इन्छ । नेपालको संविधानले पनि स्वास्थ्य सेवालाई आधारभूत मानवीय अधिकार भनेर परिभाषित गरेको छ, जस अनुसार केही आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्रदान गरिएको छ ।  नेपालमा संघीय संरचनाको कार्यान्वयनमा पनि  प्राथमिक स्वास्थ्य सेवाका यी सिद्धान्तहरुलाई…

धनका मुहार जीवन एक भोगाइ हो :डा शम्भु खनाल

धनका मुहार जीवन एक भोगाइ हो । कथा सबैका फरक छन् । समग्रमा भने समस्या एउटै हुन सक्छ । प्रचुर कथा वस्तुले घेरेको चिकित्सा जीवन र पेसामा हरेक दिन एउटा फरक कथा भेटिन्छ । सबै प्रकारका कथा । स्वास्थ्य समस्याका कथा । त्योसँग जोडीएको सामाज र अर्थ बिज्ञानका कथा । रहरले अस्पताल प्रबेश गर्दैन कुनै मनुश्य । आँफै बिरामी कि त आफन्तजन बिरामी भएर नै प्रबेश गर्ने हो ।अस्पतालको बातावरणमा दुःखको भाव प्रचुर हुन्छ भन्नु गलत नहोला । बातावरणले ब्यक्तिको मनोभाव प्रभाब पार्छ भन्ने सर्बमान्य कथनलाइ मान्ने हो भने दुखी…

डा केसी र सरकाबीच १० बुँदे सहमति, तोडे १३ औं दिनमा बीसौं अनशन

स्वास्थ्यसमाचार/ विभिन्न ७ बुँदे माग राखेर आमरण अनशनमा बसेका डा गोविन्द केसी र सरकारबीच सहमति भएको छ । दुबैतर्फका वार्ता टोलीबीच सहमति भएको बताइएको छ । कैलालीको धनगढीमा अनशन सुरु गर्नुभएका डा। केसीलाई स्वास्थ्यमा समस्या भएपछि काठमाडौं ल्याइएको थियो । उहाँले काठमाडौंस्थित शिक्षण अस्पताल महाराजगञ्जमा अनशन जारी राख्नुभएको थियो ।सहमतिसँगै डा। केसीले १३ दिनदेखि जारी अनशनमा तोडेका छन् । उनले बिरामी अमनलाल चौधरीको हातबाट जुस पिएर अनशन तोडेका हुन् । वार्ताका लागि सरकारले प्रधानमन्त्री कार्यालयका सचिवको संयोजकत्वमा र डा। केसीका तर्फबाट डा जीवन क्षत्रीको संयोजकत्वमा वार्ता समिति गठन गरिएको थियो…

राष्ट्रिय चिकित्सक संघको अध्यक्षमा डा जागेश्वर गौतम निर्वाचित

स्वास्थ्यसमाचार/ राष्ट्रिय चिकित्सक संघको अध्यक्षमा डा जागेश्वर गौतम निर्वाचित भएका छन्। शनिबार सम्पन्न संघको दोस्रो राष्ट्रिय सम्मेलनले डा गौतमको अध्यक्षतामा ५१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको संघका निवर्तमान अध्यक्ष डा सन्तोष पौडेलले जानकारी दिए। उनका अनुसार सम्मेलनले उपाध्यक्षमा डा रणजितकुमार झा, डा नवीन पोखरेल र डा रक्षा श्रेष्ठलाई चयन गरेको छ। यसैगरी संघको महासचिवमा डा पुष्पमणि खराल, कोषाध्यक्षमा डा सुनिल गजुरेल, सचिवमा डा मिलन गैरे, डा छवि पन्थी र डा क्रिष्टिना श्रेष्ठ रहेका छन्। सम्मेलनले सातवटै प्रदेशको संयोजकसमेत तोकेको छ। केन्द्रीय सदस्यलाई प्रदेश संयोजक तोकिएको छ। यस्तै प्रदेश १ मा…