डाक्टरलाई घरबेटीले भने अब देखी बाहिरै बस्नुहोस

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रादेशीक अस्पतालको इमरजेन्सिमा बिगत ९ महिनादेखी कार्यरत मेडीकल अफिसर डाक्टर बिनोद बढाइ छिमेकी जिल्ला कपिलबस्तुका हुन । उनी बुटवलमा जागीर गर्न थालेदेखी नै जानकीनगरमा फ्याल्ट नै लिएर बस्न थाले । अबिबाहित उनी एक्लै बस्छन र प्राय काममा नै खटिरहेका हुन्छन । तर आइतबार बुटवलमा कोरोनाको आशकामा उपचार गराइरहेका रुपन्देही सैनामैनामा बस्ने बाबुराम थापाको मुत्यु भएपछी उनलाइ घरबेटीले बाहिरै बस्न सुझाए । आफु बसीरहेको फ्याल्टमा सामान त्यही राखेर ताल्चा ठोकेर हिजोबाट उनी सिद्धार्थ कटेजमा बस्न पुगेका छन । जहा प्रादेशीक अस्पतालले निश्चित स्वास्थ्यकर्मीलाइ बस्ने ब्यबस्था मिलाएको छ । कोरोनाको…

क्रिमसनमा मोबाईलबाटैं स्वास्थ्य परामर्श लिने ब्यबस्था

स्वास्थ्यसमाचार /क्रिमसन अस्पतालले लकडाउनको अवस्थामा बिरामीको सहजताका लागि मोबाईलबाटै चिकित्सकीय परामर्शको व्यवस्था मिलाएको छ । कोरोना संक्रमणको जोखिम अस्पतालमा क्षेत्रमा सबैभन्दा बढी रहने भएकोले सामान्य बिरामी अस्पतालसम्म आउन नपरोस् भन्ने उद्देश्यले अस्पतालले चौबिसैं घण्टा परामर्श दिनेगरी मोबाईल सेवा उपलब्ध गराएको हो । आफ्नो स्वास्थ्य समस्याको बारेमा जोकोहीले ९८५७०४२१९४ मा फोन गरी परामर्श लिनसक्ने अस्पतालका जनसम्पर्क अधिकृत चन्द्रकान्त बस्यालले बताए । उनका अनुसार अनुसार यो मोबाईलमा सम्पर्क गर्दा आकश्मिक विभागमा कार्यरत चिकित्सकले परामर्श दिनेछन् । अस्पतालमा धेरै जनाको भीडभाड नहोस् भन्ने उद्देश्यले यो व्यवस्था मिलाइएको बस्यालले बताए ।

युनिभर्सल मेडिकल कलेज डाक्टरहरू सुरक्षाको माग गर्दै पेन डाउन

स्वास्थ्यसमाचार/ युनिभर्सल मेडिकल कलेजमा अध्ययनरत विद्यार्थी तथा डाक्टरहरूले सुरक्षाको माग गर्दै पेन डाउन गरेका छन्। सोमबार डाक्टरमाथि भएको आक्रमणलाई लिएर काममा सुरक्षाको ग्यारेण्टीको माग गर्दै दोषीलाई कारवाही नभए सम्म कुनै पनि काम नगरी पेन डाउन गरेका हुन्। स्वास्थ्य सेवा दिइरहेका डाक्टरलाई कार्यकक्षमै निर्घात कुटपिट गरेको र डराउँदै काम गर्नु वातावरण नहटेसम्म आफूहरुले काम नगरि कालोपट्टी बाँधेर विरोधमा उत्रिएको उनीहरुले बताए। आइसियू कक्षामै पुगेर डाक्टरमाथि आक्रमण गर्दा पनि प्रहरी प्रशासनले व्यक्ति पहिचान हुँदा पनि अझै सम्म कारबाही नगरेको गुनासो पोख्दै काममा सुरक्षाको प्रत्याभूति नभए सम्म शान्तिपूर्ण आन्दोलन जारी राख्ने बताए।शुक्रबार देखि…

ज्वरो १०२ डिग्रीभन्दा कम भए कोरोना संक्रमणको आशंका गर्नु पर्दैन : डा आचार्य

वुहानबाट फर्केका डाक्टर  डा रमेश आचार्य भन्दछन ज्वरो आएको मानिसको शरीरमा तापक्रम एक सय २ डिग्रीभन्दा कम भए कोरोना भाइरसको संक्रमण भयो कि भनेर आत्तिनु पर्ने स्थिति नरहेको डा रमेश आचार्यले बताएका छन् । उनी तिनै चिकित्सक हुन्, जो कोरोना भाइरसको उद्गम मानिएको चीनको वुहान प्रान्तमा थिए । र, तीन हप्ताअघि नेपाल फर्केपछि खरिपाटी भक्तपुरमा व्यवस्था गरिएको क्वारेनटाइनमा २ हप्तासम्म रहेका थिए । मन्दिर जाँदा सावधान राजधानीमा स्वास्थ्य राज्यमन्त्री नवराज रावतसमेत उपस्थित एउटा कार्यक्रममा डा आचार्यले कोरोना भाइरस ३० डिग्री सेन्टिग्रेटभन्दा माथिको तापक्रममा फैलिन नसक्ने पनि बताए । ‘चर्को घाममा…

नेपाल चिकित्सक संघ लुम्बिनी शाखामा डा. ढकाल

स्वास्थ्यसमाचार/ नेपाल चिकित्सक संघ लुम्बिनी शाखाको अध्यक्षमा डा ईन्द्र ढकाल निबिरोध निर्बाचित भएका छन । त्यस्तै संघको वरिष्ठ उपाध्यक्षमा डा डिवि खत्री, उपाध्यक्षमा डा संदीप सुबेदी महासचिबमा डा सन्तोष पोखरेल कोषाध्यक्षमा डा सरिता देबि श्रेष्ठ सहसचिब सागर क्षेत्रि सह कोषाध्यक्षमा डा नेत्र बहादुर राना निर्बाचित भएका छन । त्यस्तै सदस्यमा डा बिनोद कुमार पराजुली,डा बर्षा थापा डा शमिर आर्चाय,डा मोहन तिबारी,डा राज कुमार श्रेष्ठ र डा खलिल मिया निर्बाचित भएको प्रमुख मतदान अधिकृत डा कृष्ण खरेलले बताए । मतदान अधिकृत डा सम्राट पराजुलीले फागुन भित्र सबै शाखाको निर्बाचन सम्पन्न गर्न…

नेपालमा कसैमा पनि कोरोना भेटिएको छैन : निर्देशक झा

काठमाडौं / राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुना झाले नेपालमा आफूहरुले अहिलेसम्म गरिएको परीक्षणमा कसैलाई पनि कोरोना भाईरस (कोभिड–१९) को संक्रमण नभेटिएको स्पष्ट पारेकी छिन् । उनले भनिन्,‘नेपालमा यो भाईरसको परीक्षण हाम्रो ल्याबमा मात्रै हुन्छ, सुरुमा हामीले पनि यसको नमूना परीक्षण हङकङ पठाएका थियौं । त्यतिबेला हामीलाई ठूलो क्रिटिसिजमपनि भयो । तर, अहिले हामी आफैंले परीक्षण सुरु गरिसकेका छौं ।’ बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै निर्देशक झाले कोरोनाको परीक्षण थ्रोट स्वाब र नाकबाट पनि लिने गरिएको सुनाईन् । र, उनले कोरोनाको लक्षण बाहिर कुरा आएजस्तै रुघाखोकी र…

चिकित्सक संघमा लोकतान्त्रिक समूहको जित, एकजना सदस्य पेशागत समुहबाट

स्वास्थ्यसमाचार/नेपाल चिकित्सक संघ एनएमए को अध्यक्षमा डा लोचन कार्की विजयी भएका छन् । मंगलबार बिहान ३ बजे सम्पन्न संघको मतगणना अनुसार लोकतान्त्रिक समूहबाट उम्मेदवार बनेका डा कार्की अध्यक्षमा निर्वाचित भएका हुन् । मत परिणाम अनुसार सबैभन्दा बढी मत ल्याएर आफ्ना निकटतम् प्रतिद्वन्द्वी पेशागत समावेशी समूहका डा।पुष्पमणि खराललाई उनले पराजित गरेका छन् । डा कार्कीको ४ हजार १ सय ११ मत प्राप्त गरेका छन् भने डा खरालको १ हजार ९ सय ७९ मत आएको छ । डा। कार्की २ हजार १ सय ३२ बढी मत ल्याएर विजयी भएका छन् । आफू…

प्यारासिटामोल :- उचित प्रयोग गरौँ !

– दर्पण घिमिरे “केडिबी चिकित्साशास्त्र अध्ययनरत हाल बढ्दै गरेको चिसो मौसममा रुघा-खोकी, ज्वरो जस्ता रोगहरु देखिनु सामान्य कुरा भइसकेको छ । आजकल, रुघाखोकी, ज्वरोको उपचार घरमै बसिबसी गर्न सिकिसकेका छौँ । तातो झोलिलो पदार्थ पिउने, न्यानो लुगा लगाउने लगायत तरिका प्रयोग गर्दा रुघाखोकी वा ज्वरोबाट वचन सकिनुका साथै निदान समेत गर्न सकिन्छ । तर, हिजोआज, बढ्दो बैज्ञानिक युगसङ्गै प्राथमिक घरेलु उपचार त्यागेर, झट्टै केमिकल औषधीहरुको प्रयोग गर्न थालिएको पाइन्छ । बन्द आखाले पुर्ण विश्वासका साथ प्रयोग गरिने औषधीहरु मध्ये “प्यारासिटामोल”(Paracetamol) पनि एक हो । प्यारासिटामोल / एसिटामिनोफेन (आमभाषामा “सिटामोल”), दुखाई…

संघका डाक्टरलाई प्रादेशिक अस्पतालमा पठाउने स्वास्थ्यमन्त्री ढकालको पहिलो निर्णय

स्वास्थ्यसमाचचार/संघ अन्तरर्गत परेका दुई जना चिकित्सकलाई तत्कालका लागि प्रादेशिक अस्पतालमा पठाउने निर्णय गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कार्यारम्भ गरेका छन् । पदवहाली पछि स्वास्थ्य सचिव खगराज बरालले प्रादेशिक अस्पताल कर्णालीमा संघ अन्तरगर्त रहेका दुई जना सर्जन पठाउनु पर्ने भन्दै फाईल लिएर मन्त्री ढकाल समक्ष पुगेका थिए । सोही फाइललाई मन्त्रीस्तरीय निर्णयबाट सदर गर्दै कामको थालनी गरेका हुन् । स्वास्थ्य मन्त्रालय ११ औं तहका जनरल सर्जनद्वय डा हरि सापकोटा र गणेश थापा समायोजनका क्रममा संघमा परेका थिए ।उनीहरु संघमा समायोजन भएपनि कर्णालीमा सर्जनको अभाव भएकाले त्यहीँ बसेर काम गराउने…

लुम्बिनी प्रादेशीक अस्पताल बुटबलमा बर्षौंसम्म हुन नसकेका काम अहिले तिब्र गतिमा भएका छन: मेसु डा खनाल

स्वास्थ्यसमाचार/लुम्बिनी प्रादेशीक अस्पताल बुटबलमा बर्षोसम्म हुन नसकेका काम अहिले तिब्र गतिमा भएको अस्पतालले जनाएको छ ।काम संगै लुम्बिनी प्रादेशिक अस्पतालको बिरामीले पालो कुर्नुपर्ने लगायतका समस्या अन्त्य भएको बताईएको छ । लुम्बिनी प्रादेशीक अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ड कृष्णप्रसाद खनाल भन्दछन म अस्पतालमा आएपछि सेवा बिस्तार बचत तथा बिरामीलाई लाईनमा लाग्ने जस्ता समस्या समाधान भएको बताए। । म लुम्बिनी प्रादेशीक अस्पतालमा आएपछि निम्न कामलाई प्राथामिकता दिएकार अघि बढाए। पहिलो काम मैले अस्पतालम बर्षिक ३७ लाख भन्दा बचत गराएको छु जुन रोटरी कल्ब अफ बुटबलको सहयोगमा अस्पतालमा अक्सिजन जडान भएको छ । त्यस्तै अस्पतालमा…