मोफसलकी युवा प्रमुख कन्सल्ट्यान्ट डेन्टल सर्जन : डा वर्षा थापा

स्वास्थ्यसमाचार /सरकारी जागिर त्यसमा पनि कमै उमेरमा उच्च तहमा पुग्नु भाग्यकै कुरा हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा ४० वर्ष नकट्दै उपल्लो तहमा पुग्ने उच्च अधिकारीहरु छन् । स्वास्थ्य सेवातर्फका १ सय २५ जना सह-सचिवमध्ये १० जना ४० वर्ष नकटेका सहसचिव छन् । ४० वर्ष उमेर नकटदैं स्वास्थ्यका उच्च पदमा पुग्ने लुम्बिनी प्रादेशिक अस्पतालमा कार्यरत डा वर्षा थापा पनि एक हुन । डा वर्षा थापा लुम्बिनी प्रादेशिक अस्पतालकी प्रमुख कन्सल्ट्यान्ट डेन्टल सर्जन हुन् । स्वास्थ्यका ४० वर्ष नकटेका सहसचिवहरुमा उनी पनि पर्छिन् ।उनले वि सं २०७५ साउनमा ९ औं तहमा…

कोभिड १९ संक्रमण रोकथाममा खोपको प्रभावकारिता यस सम्बन्धी भ्रमहरू

सन् २०१९ को डिसेम्बरमा चीनको हुवान सहरबाट शुरू भएको कोरोना भाइरसको संक्रमण क्रमसः विश्वका सबै महादेश र प्रायस राष्ट्रहरूमा फैलियो | सन् २०२१, अगस्टको अन्त्यसम्म आइपुग्दा विश्वका २१७८७७९९३ मानिसहरू संक्रमित हुन पुगे भने ४५२३१७२ (२.०८%) मानिसहरूले ज्यान गुमाई सकेका छन | यसको संबेदनशीलतालाई मध्यनजर यससंग सरोकार राख्ने वैज्ञानिकहरू COVID-19 विरुद्धको खोप सम्भव छ छैन ? खोपबाट व्यक्तिको जीवनभरको क्षमता वृद्धि हुन्छ कि छोटो अवधिको लागि मात्र? खोप सम्भव भए कहिलेसम्म प्रयोगमा ल्याउन सकिन्छ ? खोपको एक मात्रा मात्र पर्याप्त हुन्छ वा बहुमात्रा आवश्यक पर्छ ? यसको मूल्य, भण्डारण, वितरण जस्ता…

कोरोना महामारीको सम्भावित तेस्रो लहर यसरी नियन्त्रण हुन्छ: डा. पान्डे

स्वास्थ्य मन्त्रालयले असोज १५ देखि मङ्सिरसम्म तेस्रो लहर फैलिने तथा करिब २ लाख संक्रमित हुने जनाएको छ । यो आंकलन हो । तेस्रो लहर रोक्नको लागि वा कम प्रभावी बनाउनको लागि सरकार र नागरिक आजैदेखि सतर्क हुनु र आफ्नो कर्तब्य पुरा गर्नु अपरिहार्य छ । . तेस्रो लहर रोक्नको लागि वा कम जोखिमयुक्त बनाउनको लागि निम्न लिखित उपाय अबलम्बन गर्नु जरुरी छ । . १. खोपको प्रमुख उद्देश्य मृत्युदर कम गर्नु हो | यसको लागि सरकारले स्टकमा रहेका कोभिड भ्याक्सिन संक्रमणको मुहान (सिमाबर्ती क्षेत्र तथा विमानस्थल ) तथा संक्रमणको मैदान…

कोभिड–१९ विशेष- ‘तेस्रो लहरको जोखिमलाई मध्यनजर गर्दै बालबालिका लक्षित तयारी गरेका छौं’ : डा खनाल

पश्चिम नेपालको सबैको आस्थाको केन्द्रबिन्दमा रहेको लुम्बिनी प्रादेशिक अस्पताल बुटबलमा दैनीक बिरामीको चाँप थेगी नसक्नु छ । जाडोको समय वा गर्मिको समय दुबै समयमा बिरामीको चाँप उस्तै रहेको छ। गत बर्षदेखी बिश्वमा फैलिएको कोरोना महामारीको अबस्थामा अस्पतालले आफना सेवालाई नरोकि निरन्तर सेवा संञ्चालन गरेको थियो । गत बर्ष भन्दा अहिले अस्पतालका करिब १ सय भन्दा बढी स्वास्थ्यकर्मिहरु कोरोना संक्रमिति हुदा सम्म कुनै सेवा संञ्चालनमा अबरोध नभई नियमिति संञ्चालन भैरहेको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको तेस्रो लहर आउन सक्ने र अबका दिनमा बालबालिकाहरु बढी जोखिममा हुने भएकाले सबै…

कोरोनाबाट बच्न खोप एक मात्र अचुक उपाय :डा अनुप बास्तोला

स्वास्थ्यसमाचार /अहिले कोरोना संक्रमितको संख्या विगत ३ हप्ताको तुलनामा केही कम र स्थिर छ । वैशाखको पहिलो साता टेकु अस्पतालको इमर्जेन्सीमा जुन दरमा सिकिस्त बिरामी आएका थिए, जेठको अन्तिम साता आइपुग्दा त्यही दरमा बिरामी भर्ना भएका छन् । तर, वैशाखको पहिलो साताको तथ्यांक बढ्दो क्रममा थियो भने अहिले घट्दो क्रममा छ । यो डेढ महिना कोभिडका सिकिस्त बिरामीको उपचारमा हामी अहोरात्र खट्यौं । यति संवेदनशील अवस्थासम्म आयो कि इमर्जेन्सीमा एकै दिन ५ जनासम्म बिरामीको मृत्यु भयो । हामीले चाहेर पनि इमर्जेन्सीका सिकिस्त बिरामीलाई भेन्टिलेटरसम्म लैजानै पाएनौं । टेकु अस्पतालमा २४…

स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई कडा गर: राष्ट्रिय चिकित्सक संघ लुम्बिनी

स्वास्थ्यसमाचार/  राष्ट्रिय चिकित्सक संघ नेपालको लुम्बिनी प्रदेश समितिले प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्यामन्त्री भोजप्रसाद श्रेष्ठलाई भेटेर स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी अध्यादेश सम्बन्धमा सुझाव प्रस्तुत गर्नुका साथै चिकित्सक तथा स्वास्थ्यकर्मीको हकहितको बिषयमा ज्ञापन पत्र बुझाएको छ ।संघको प्रदेश समितिका अध्यक्ष डा समिर आचार्य, महासचिव डा सागर न्यौपानेसहितको टोलीले मन्त्री श्रेष्ठलाई भेटेर ज्ञापनपत्र बुझाएको हो । संघले बुझाएको ज्ञापन पत्रमा अध्यादेशमा गाली गलौज , अपमान तथा सामाजिक संजालमा आधारहिन अफवाह फैलाउनेलाई समेत सजायका व्यवस्था हुनुपर्ने, निर्देशन समितिलाई ९ देखि ११ सदस्यीय बनाउने त्यसमा सम्बन्धित काउन्सिलको प्रतिनिधि राख्नु पर्ने, प्रदेश स्तरीय समितिमा…

कोरोनाकहर बिच कसरी अगाडि बढने :डा कृष्ण खनाल

डिसेम्बर २०१९ मा बुहानमा देखिएको कोभिड १९ भाइरस ले आजसम्म २२२ देशमा पंजा फैलाएको छ भनेकरिब १७ करोड मानिस संक्रमित भएका छन भने ३५ लाख मानिसको ज्यान लिएको भाइरस अब गाउगाउमा पुगेको छ।अब भाइरस ले रुपपनि बदल्दैछ।अहिलेसम्म ड्रपलेट ईन्फेक्सन मात्र हुन्छ भनेको वायु बाट पनि संक्रमण सर्ने नयाँनयाँ खोज हरु आइरहेका छन् । यो रोग नेपालमा आउदैन भन्ने आषा थियोे तर आइहाल्योर संक्रमण दर अन्त भन्दा धेरै भएको छ।अहिले संक्रमित ब्यक्ति संग संपर्कमा नआएका मानिस पनि संक्रमित भएकोले हामीकहा कुन स्टेजमा छ भन्ने खोजी हुनु जरुरी छ।सरकारले रोग नियन्त्रणका लागि…

फन्टलाइनरलाई कोभिड भ्याक्सिन लगाउनुु अनिवार्य : डा नन्दु पाठक

स्वास्थ्यसमाचार /लुुम्बिनी प्रादेशिक अस्पतालका वरिष्ठ फिजिसियन तथा कोभिड फोकल पर्सन डा.नन्दुु पाठकले फन्टलाइनरलाई भ्याक्सिन लगाउनुु अनिवार्य रहेको बताए । नेपाल पत्रकार महासंघ रुपन्देहीले शनिबार आयोजनामा कोरोना महामारीमा सञ्चारमाध्याम र पत्रकारको भूमिका विषयक भर्चुअल संवाद कार्यक्रममा बोल्दै डा पाठकले डबल मास्क लगाउने, सर्जिकल मास्क लगाउने, भौतिक दुुरी कायम गर्ने, साबुुनपानीले पटक पटक हात धुुने कार्य अनिवार्य रहेको बताए । उनले भीडभाड, सोर्केस, टेबल, ढोकाका हेन्डिललाई सेनिटाइज गनुुपर्ने, एयर फलो भएको कोठामा बसेर काम गर्न सञ्चारकर्मीलाई सुुझाव दिए । कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेल कोरोनाबाट जोगिन जनताले पत्रकारबाट सही…

Pulse Oximeter ले देखाउने रिडिङ्ग (#Covid-19) : एक जानकारी

प्रयोग : कुनै पनि औंलामा, यस्ले मुटुको चालको रेट प्रति मिनट र अक्सिजनको मात्रा प्रतिशतमा देखाउँछ । माथीको तस्विरमा तरङ्ग/वेभ रेगुलर छ । त्यसैले यस्ले देखाएको रिडिङ्ग सहि मान्नु पर्दछ । यदि अक्सिजन ९२ प्रतिसत भन्दा बढि छ भने आत्तिनु पर्दैन । कम छ भने अक्सिजन लिनुपर्दछ । आधा घण्टादेखि २ घण्टासम्म घोप्टो परेर सुत्ने, त्यसरी नै दायाँ, वाँया फर्केर सुत्ने, वस्ने, हिडडुल गर्ने अलि अलि गर्ने । आइसोलेसनमा वस्दा कोठाभित्र गम्सेर नवस्ने । ताजा हावामा जस्तै बगैचा, बालकोनी, खुल्ला ठाऊँ(छत)मा बस्ने गर्नुपर्दछ । माथीको तस्विरमा तरङ्ग/वेभ रेगुलर छैन ।…

लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवमा डा . विकास देवकोटा

स्वास्थ्यसमाचार /लुम्बिनी प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवमा डा. विकास देवकोटालाई नियुक्त भएका छन । सरकारले संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखाका प्रमुख डा. देवकोटालाई प्रदेश स्वास्थ्य सचिवमा सरुवा गरेको हो। लुम्बिनी प्रदेशमा केही दिनअघि मात्र स्वास्थ्य मन्त्रालय गठन भएको थियो। यसअघि प्रदेशमा स्वास्थ्य मन्त्रालय थिएन। सामाजिक विकास मन्त्रालय वाट स्वास्थ्यको समेत काम गर्दै आएको थियो। सचिवको पत्र लिएका डा देवकोटाले आइतबार प्रदेशमा गएर पदवहाली गर्ने वताए। डा देबकोटाले भने कोरोना संक्रमण बढेको यो समयमा प्रदेशमा स्वास्थ्य मन्त्रालय गठन हुनु खुशीको कुरा भएको समेत बताए ।…