दादुरा रुबेला खोप अभियानः मुख्यमन्त्री पोखरेलद्वारा शुभारम्भ

स्वास्थ्यसमाचार /रुपन्देहीको सैनामैनाबाट प्रदेश ५ मा राष्ट्रिय दादुरा रुबेला खोप अभियान सुरू भएको छ । सैनामैनाको पर्रोहा क्याम्पसमा राखिएको खोप केन्द्रमा आएका बाल बालिकालाई खोप दिएर विहिबार प्रदेश ५ का मूख्यमन्त्री शंकर पोखरेलले विधिवत रुपमा अभियानको शुभारम्भ गरेका छन् । सो अबसरमा बोल्दै मूख्यमन्त्री पोखरेलले खोप कार्यक्रमसँग नजोडिएका आमा तथा बालबालिकाहरुमा पुग्न सक्यौ भने मात्रै खोप अभियान सार्थक हुने उल्लेख गरे ।फरक प्रसँगमा मूख्यमन्त्री पोखरेलले लुम्बिनी प्रादेशिक अस्पतालसँग जोडिएका सटरहरुका कारण अस्पतालको स्वास्थ्य सेवा प्रभावित भएका कारण सटरहरु भत्काइएको बताए ।   अस्पताललाई विशेषज्ञ सेवासहित विशिष्टकृत गर्नका लागि सरकारले राष्ट्रय…

दादुरा रुबेला खोप अभियानः मेयरद्धारा खोप दिएर शुभारम्भ

स्वास्थ्यसमाचार/ तिलोत्तमा नगरपालिकामा बिहीबारबाट दादुरा–रुबेला खोप अभियान सुरु भएको छ । राष्ट्रिय अभियान अन्तर्गत् फागुन १ देखि ९ गतेसम्म तिलोत्तमामा खोप अभियान चल्नेछ । अभियानको तिलोत्तमा वडा नं. १ स्थित दुर्गामन्दिर खोप केन्द्रमा नगर प्रमुख बासुदेव घिमिरेले शुभारम्भ गरे । त्यसअवसरमा नगर प्रमुख घिमिरेले अभियानमा लक्षित उमेर समूहका बालबालिकालाई खोप लगाउने काममा सहयोग पुर्याउन सम्पूर्ण नगरबासीलाई आग्रह गरे । उनले यो अभियानमा लक्षित समूहका सबै बालबालिकालाई समेट्न स्वास्थ्यकर्मी, जनप्रतिनिधि, स्वास्थ्य स्वयम्सेविका, सरोकारवाला सबै आ–आफ्नो ठाउँबाट खटिएको बताए । साविकका खोप केन्द्र तथा अभियानका लागि थपिने विशेष खोप केन्द्रबाट स्वास्थ्यकर्मीले ९…

शुन्य पोलिथिन घोषणा मात्र होइन,कार्यान्वयन पनि कडाइपुर्वक :नगरप्रमुख घिमिरे

स्वास्थ्यसमाचार /तिलोत्तमा नगरपालिकाले थालेको खुला शुन्य पोलिथिन अभियान अन्तर्गत शनिबार ३६ मौजा नहर सफाई गरिएको छ । ३६ मौजा सिंचाई प्रणालीको अगुवाइमा सयौं किसानहरुले नहर सफाई गरेका हुन् । नहरसफाई कार्यक्रमको उदघाटन योगिकुटीमा नगरप्रमुख वासुदेव घिमिरे र जमुहानीमा उपप्रमुख जगेश्वरदेवी चौधरीले गरेका थिए । ३६ मौजा सिंचाई प्रणाली अन्तर्गत करिव ३५ सय हेक्टर क्षेत्रफलमा सिंचाई हुने गर्दछ । कुलो तथा नहरमा बग्ने फोहरसमेत रोक्नेगरी नगरपालिकाले थालेको अभियानलाई साथ दिंदै किसानहरु आफै नहरभित्र पसेर फोहर संकलनमा जुटेका हुन् । ३६ मौजा अन्तर्गतका सातवटा क्षेत्रमध्ये वडा नम्बर १ र २ को योगीकुटी,…

नेपालमा नसर्ने रोगको कारण मृत्यु हुनेको संख्या ८३ प्रतिशत

स्वास्थ्यसमाचार/ जिल्ला स्वाथ्य कार्यालय रुपन्देहीले सञ्चारकर्मीहरु संग अन्तरक्रिया कार्यक्रम गरेको छ। सर्ने रोग र नसर्ने रोगको विषयमा पत्रकारहरुलाई जानकारी दिने उदेश्यले कार्यक्रम गरिएको आयोजकले बताएका छन । कार्यक्रममा रायपुर प्राथामिक स्वास्थ्य केन्द्रका डा पालत गिरीले अहिले सर्ने भन्दा नसर्ने रोगकाबाट बढि मानिसको मृत्यु भएको बताएका छन ।उनले ८३ प्रतिशत मृत्युको कारण नसर्ने रोग भएको बताएका छन । धुम्रापान मध्यपान अस्वस्थ्यकर खानपान शारिरीक निस्कृयताको कारण नसर्नेरोग तत्काल नदेखीएपनि मानिसलाई अन्तिम अबस्थामा दुख दिने बताए ।सचेत अपनाउनेहो भने नसर्नेरोगको जोखीम कमगराउन सकिने डा गिरीले बताए । कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यलयका क्षय कुष्ठ…

जलबायु परिर्वतनले स्वास्थ्यमा गम्भीर असर, कुपोषण देखी टाईफाईडका रोगी बढ्दै

स्वास्थ्यसमाचार /रुपन्देही कपिलबस्तु र नबलपरासीका स्थानिय निकायका मेयर/ अध्यक्ष पालिका स्वास्थ्य संयोजक सामाजीक बिकास मन्त्रालय र स्वास्थ्य निर्देशनालका प्रतिनिधि लाई जलवायु परिर्वतन तथा स्वास्थ्यमा पर्ने प्रभाब समन्धी एक दिने पैरवी कार्यक्रम गरिएको छ । राष्ट्रिय स्वास्थ्य तालिमकेन्द्र काठमान्डौको आयोजना तथा प्रदेश तालिम केन्द्र प्रदेश नं ५को समन्यमा जलवायु परिर्वतन तथा स्वास्थ्यमा पर्ने प्रभाब समन्धी एक दिन कार्यक्रम सम्पन्न भएको हो। तालिममा जलवायु बिज्ञ डा यादव प्रसाद जोशीले जलवायु परिर्वतन तथा स्वास्थ्यमा परेको असरबारे जानकारी दिए ।   तिन जिल्लाका १४ पालिका र समाजीक बिकास मन्त्रालय स्वास्थ्य तालिम केन्द्रका प्रतिनिधि सहभागि…

नर्सिङ कर्मचारीका लागी पाठेघरको मुखको क्यान्सर पत्ता लगाउने तालिम सुरु

स्वास्थ्यसमाचार/ प्रदेश स्वास्थ्य तालिम केन्द्र र बिपी कोईराला क्यान्सर अस्पतालको सहकार्यमा नर्सिङ कर्मचारीको लागी पाठेघरको मुखको क्यान्सर पत्ता लगाउने समन्धी ३ दिने तालिम सुरुभएको छ। महिलाहरुको पाठेघरको समस्या दैनीक बढदै गएपछि रोगथाम र उपचारको लागी नर्सिङ कर्मचारीको लागी तालिम सुरु गरिएको हो ।तालिमको एक कार्यक्रमका बिच प्रदेश स्वास्थ्य तालिम केन्द्रका निर्देशक महेश्वर श्रेष्ठले उदघाटन गरे । उदघाटन समारोहमा बोल्दै निर्देशक श्रेष्ठले महिलाहरुको पाठेघर परिक्षण गर्दा १सय जनामा ५ जनामा पाठेघर मुखको क्यान्सर देखीएकोले रोक्न र उपचार गर्नेको लागी प्रदेश तालिम केन्द्रले बिपी कोईराला क्यान्सर अस्पतालको सहकार्यमा नर्सिङ कर्मचारीका लागी तालिम…

अस्पताममै रहेकी ठगिसरा मन्त्रीको पहलमा घर फर्किईन

स्वास्थ्यसमाचार/ आर्थिक अभावका कारण अस्पतालबाट विरामी निकाल्न नपाएका पाल्पाका एक परिवारले  विरामीलाई अस्पतालबाट डिस्चार्ज गरिएको छ । तिलोत्तमा नगरपालिका स्थित क्रिमसन अस्पतालमा उपचाररत पाल्पा रामपुर नगरपालिका ४ की ठगिसरा सोमै (पुजा सोमै)को उपचार शुल्क सामाजिक विकास मन्त्रि सुदर्शन बराललेको पहलमा छुट गराई अस्पतालबाट घर पठाईएको हो । मन्त्री बरालको पहलमा १८ वर्षिय ठगिसराको उपचारमा लागेको शुल्क अस्पताल प्रशासन छुट गर्न सहमत भएको थियो । ८४ दिन अस्पतालमा भर्ना हुदा एक लाख ६२ हजार ४ सय रुपैयाको विल भएको थियो । विरामी सोमैको माईतीले आर्थिक संकलन गरी ८७ हजार ९ सय…

सुत्नु भन्दा अघि गर्न नहुने ७ गल्तीहरु

स्वास्थ्यसमाचार । मानिसहरु सुत्ने समयमा अनेक गल्ती गर्छन् जसले गर्दा विभिन्न रोग तथा समस्या समामना गर्नु पर्छ । खासगरी केही मानिस खाने वित्तिकै ओच्छ्यानमा पल्टिन्छन् । यो राम्रो बानी होइन । यहाँ सुत्ने समयमा गर्न नहुने ७ गल्तीको विषयमा चर्चा गरिएको छ । १ रातिमा खाने खाने वित्तिकै सुत्नु हुँदैन । यदि तपाइँ खाना खाने वित्तिकै सुत्ने गर्नु हुन्छ भने मोटो पनको समस्या हुन्छ । यसले पाचन प्रणालीमा समेत समस्या हुने गरेको छ। २ खाने वित्तिकै सुत्दा शरीरमा इन्सुलिनको स्तर बढ्छ यसले पाचन प्रक्रियामा समस्या हुन्छ । सुत्नु भन्दा कमसेकम १देखि२…

क्यान्सर रोगथामका लागि सचेतना :- मेयर भुसाल

स्वास्थ्यसमाचार/ क्यान्सर रोगका कारण धेरै ले ज्यान गुमाउनु परेको भन्दै   रोगथाम का लागि सचेतना कार्यक्रम हरु अघि बढाउनु बताईएको छ। नेपाल अर्बुद रोग निबारण संस्था अर्घाखाँची को १०औं जिल्ला सभाको उद्घाटन सत्रमा बोल्दै सन्धिखर्कनगरपालिका का नगर प्रमुख कमल प्रसाद भुसाल यस्ता घातक रोग हरुका विरुद्ध लडनको लागी सामुहिक कोष बनाइ त्यस्ता खाले बिरामी हरुका लागी उपचारमा सहयोग पुर्याउन सबैले हाते मालो गर्नु पर्ने बताए।उनले सबैभन्दा बढी रोगथामको लागी सचेतना नै भएको बताए। उदघाटनमा सन्धीखर्क नगरपालिका का उपप्रमुख ठाकुर कुमार बिक ,मालारानी गाउँ पालिकाकी उपाध्यक्ष प्रमिला क्षेत्री ,निमित्त प्रमुख जिल्ला अधिकारी…

समाजमा एचआईभी संक्रमितलाई हेर्ने दृष्टिकोण परिवर्तन गरौ डा खनाल

स्वास्थ्यसमाचार/ समाजमा एचआईभी संक्रमितलाई हेर्ने दृष्टिकोण परिवर्तन नभएसम्म समाजमा एचआईभी संक्रमित खुलेर बाहिर आउन नसक्ने एक कार्यक्रमका सहभागिहरुले बताएका छन् । स्वास्थ्य निर्देशनालय प्रदेश नं. ५, र स्वास्थ्य कार्यालय रुपन्देहीको आयोजना तथा एएचएफ नेपालको आर्थिक सहयोगमा बुटवलमा आयोजित एचआईभी र एड्स सम्बन्धी हाजिरी जवाफ प्रतियोगिता कार्यक्रममा उपस्थित सरोकारवालाहरुले यस्तो कुरा बताएका हुन् ।कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका मेडिकल सुपरिटेण्डन राजेन्द्र खनालले एचआईभी रोकथामका लागि सबै क्षेत्रबाट लाग्नुपर्ने वताए । एचआईभी संक्रमितलाई हेर्ने दृष्टिकोण नबदलिएसम्म संक्रमितहरु खुल्न नसक्ने भएकोले उनीहरुको स्वास्थ्यमा पहुँच पुरयाउनका लागि सबैले सक्रिय भएर लाग्नुपर्ने वताए…