रुपन्देहीका सबै स्थानिय तहमा आयुर्वेद सम्वन्धी अभिमुखीकरण हुने

स्वास्थ्यसमाचार /रुपन्देहीका सबै स्थानिय तहमा आयुर्वेद सम्वन्धी अभिमुखीकरण हुने भएको छ । लुम्बिनी आयुर्वेद चिकित्सालय रुपन्देहीको आयोजनामा आयुर्वेद सम्वन्धी अभिमुखीकरण हुने भएको हो ।

जिल्ला समन्य समिति रुपन्देहीमा भएको बैठकले कोरोना महामारी र मानिसको जिबन शैली परिबर्तन गर्ने उदेस्यका साथ स्थानिय तहमा कार्यक्रम गर्न लागीएको लुम्बिनी आयुर्वेद चिकित्सालयका बरिष्ठ कबिराज निरिक्षक नरहरी अर्यालले बताए । स्थानिय तहमा संञ्चालनमा रहेका आरोग्य केन्द्रहरुमा अभिमुखीकरण गर्ने निर्णय भएको छ उनले भने ।

अभिमुखीकरण संञ्चालन गर्नको लागी जिल्लामा बैठक सम्पन्न भएको छ। जिल्ला आरोग्य समितिका प्रमुख एकराज बिश्वकर्माको अध्यक्षतामा भएको वैठकलले आरोग्य केन्द्रहरुमा अभिमुखीकरण गर्ने निर्णय गरेको छ ।

रुपन्देहीका सबै स्थानिय तहमा नागरिक आरोग्यकेन्द्र संञ्चालन भएका स्थानिय तहमा जनप्रतिनिधि कर्मचारी महिला स्वास्थ्य स्वयम सेविका तथा समाजका बिशिष्ठ ब्यक्तीहरुलाई लक्षित गरि योग स्वच्छ जिवन शैली,आधारतभुत आयुर्वेद सम्वन्धी अभिमुखीकरण अभियान संञ्चालन गर्ने अर्यालले बताए ।

बैठककमा जिल्ला स्वास्थ्य कार्यलयका प्रमुख गौरब ढकाल, जिल्ला आयुर्वेद चिकित्सालयका प्रमुख डा नलिननाथ तिवारी,जिल्ला शिक्षा ईकाई रुपन्देहीका प्रमुख दिपेन्द्र ढकाल, लुम्बिनी आयुर्वेदका लेखापाल मिना ज्ञाबली लगायतले वोल्दै जिल्लामा यो अभियान संञ्चालन गर्दा मानिसको जिबन शैलीमा परिबर्तन हुने आहार बिहारमा सहजता आउने र नसर्ने रोगबाट बच्नको लागी समेत फाईदा पुग्ने बताए।

सम्बन्धित शिर्षक :