रोटा भाइरसविरुद्ध खोप शुरु गर्नु अघि रुपन्देहीका स्वास्थ्यकर्मिलाई तालिम

नेपालमा रोटाभाईसर बिरुद्धको खोप थपसंगै नियमित खोपको संख्या १२पुग्यो

स्वास्थ्यसमाचार  /सरकारले साउन देखी झाडापखाला बिरुद्धको खोप दिने भएको छ ।नियमित खोपमा रोटा भाइरस विरुद्धको खोप थपिने भएपछि अव नेपालमा नियमिति खोप १२ पुगेको छ ।

रुपन्देहीमा यो खोप लगाउनु पुर्व स्वास्थ्यकर्मिलाई तालिम दिन सुरु गरिएको जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीका खोप अधिकृत भेषराज शर्माले बताए।
जिल्लामा रहेका ६९ वटा स्वास्थ्य संस्थाका प्रमुख १६ स्थानिय तहका प्रमुख र लुम्बिनी प्रादेशीक अस्पताल र भिम अस्पतालका खोपईन्र्चाज लाई तालिम दिने र उनीहरुले आफनो पालिकामा गएर खोपलगाउने स्वास्थ्यकर्मिलाई तालिम दिने शर्माले बताए ।

जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीका प्रमुख डा राजेन्द्र गिरीले अहिले दिने रोटाभाईरसको खोपले झाडापखाला लाई ३८ प्रतिशत नियन्तण गर्ने र अरु६२ प्रतिशत रोक्नको लागी सरसफाई कार्यक्रमसंगै सुरु गर्ने बताए । उनले दुबै कार्यक्रम एकैसाथ सूरु गर्दा खोपलगाउन आउने लाई स्वास्थ्य शिक्षा दिने भएकोले झाडापखला नियन्तण प्रभाबकारी हुने बताए ।

रोटाभाइरस विरुद्धको खोप

रोटा भाइरस विरुद्धको खोप नेपाल भित्रिएको छ। ग्लोबल एलाइन्स फर भ्याक्सिन एण्ड इम्युनाइजेशन (गाभी) को सहयोगमा ३ लाख २४ हजार भाइल खोप नेपाल भित्रिएको हो। खोप भित्रिएसँगै साउन महिनाबाट प्रयोगमा आउने परिवार कल्याण महाशाखाको खोप शाखाका प्रमुख डा. झलक गौतमले बताए।

डा गौतमका अनुसार यो खोप एक साताभित्र केन्द्रबाट सात वटै प्रदेशमा पठाइनेछ। जिल्लाले आफ्नो नियमित खोप तालिका अनुसार एक वर्ष मुनिका बालबालिकालाई खोप दिने उनले बताए। एक वर्ष मुनिका ६ लाख २० हजार बालबालिकालाई यो खोप दिइने डा गौतमले जानकारी दिए। रोटा भाइरसका कारण हुने झाडापखालाका विरुद्ध यो खोप दिन लागिएको हो।

उनले यो खोप जन्मेको ६ हप्ता र १० हप्ता गरी शिशुमा दुईपटक दिइने बताए । ‘यो खोप बच्चाहरुमा मुखबाट दिइन्छ । एक पटकमा १.५ एमएल दिइन्छ र यो खोप स्वयंसेविकाले होइन स्वास्थ्यकर्मीबाट दिईन्छ, उनले स्पष्ट पारे ।

सरकारले रोटाभाइरस विरुद्धको खोप सन् २०१६ देखि नै शुरु गर्ने घोषणा गरेको थियो । तर खोपको उपलव्धतामा समस्या हुँदा यो खोपको शुरुवात झण्डै ४ बर्ष पछि हुन गएको छ ।सरकारको नियमित खोप कार्यक्रममा वीसीजी, प्यान्टाभ्यालेन्ट (डीपीटी, हेपाटाइटिस बी, हिब) पोलियो, पीसीभी, जेई, एमआर र एफआईपीभी खोप छ । रोटा शुरु भएपछि नियमित खोप १२ वटा पुगेका छन ।

सम्बन्धित शिर्षक :