काठमाडौं- कीर्तिपुर नगरपालिकाकी २८ वर्षीया एक महिला जति खुसी देखिन्छिन् त्यतिकै बैतडीकी ३३ वर्षीया महिलाको अनुहारमा पनि चमक छ। निःसन्तान उनीहरुमा अहिले सन्तानका लागि ‘आइभिएफ’(इनभिट्रो फर्टिलाइजेसन) पद्धतिमार्फत गर्भाधान सफल भएपछि उनमा खुसी देखिएको हो। चिकित्सकका अनुसार महिलाको पाठेघरको अण्डामा समस्या भएको, बन्ने प्रक्रिया नभएको वा अन्य कुनै महिलाबाट लिनुपर्ने भए वा पुरुषको वीर्यमा कुनै खराबी देखियो भने अण्डा र वीर्य झिकेर संयोजन गराइ प्रयोगशालामा हुने उपकरण (इन्कुबेटर) मा निश्चित दिनसम्म राखिन्छ। यसपछि विकास भएको भ्रुणलाई महिलाको पाठेघरमा राख्ने प्रक्रिया नै ‘आइभिएफ’ पद्धति हो। सुरुआती समयमा कृत्रिम तरिकाले गर्भाधान गराएर भ्रुणलाई…
जीवनशैली
बालबालिकालाई मोबाइल-टिभी नदेखाउन चिकित्सकको आग्रह
स्वास्थ्यसमाचार/ बच्चा भुलाउने नाममा बालबालिकालाई मोबाइल/टिभी नदेखाउन चिकित्सकहरुले आग्रह गरेका छन् । मोबाइल/टिभी धेरै समय हेर्दा बालबालिकाहरुमा मानसिक, सामाजिक तथा शारीरिक विकासमा बाधा पुग्ने भन्दै चिकित्सकहरुले यस्तो आग्रह गरेका हुन् । चिकित्सकहरु आवद्ध रहेको रोटरी ई–क्लव अफ मेडिकोफ्युजन हाइब्रीड नेपालले शनिबार “बच्चा भुलाउने नाममा बालबालिकालाई मोबाइल/टिभी नदेखाऊँ” अभियान सुरु गर्दै बालबालिकामा मोबाइलको नकारात्मक प्रभावको बारेमा जानकारी गराएको हो ।क्लवलेरुपन्देहीका विभिन्न नगरपालिकाहरुसँगको सहकार्यमा सचेतनामुलक अभियान समेत चलाउने क्लवका अध्यक्ष डा. सन्तोष पोखरेलले बताउनुभयो । डा. पोखरेलका अनुसार बालबालिकाले धेरै समय मोबाइल हेर्दा निन्द्रमा समस्या, मोटोपना, अटिजम, छिटो रिसाउने, झगडा गर्ने, पढाइमा…
रुपन्देहीमा ८ महिनामा ९ सय ९२ क्षयरोगी फेला २८ जनाको मृत्यु
स्वास्थ्यसमाचार /रुपन्देहीमा आर्थिक वर्ष २०७८/०७९ को ८ महिना ९ सय ९२ जना नँया क्षयरोगी पत्ता लागेका छन । विश्व क्षयरोग दिवस २०७८ को अवसरमा आज भैरहवामा आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी गराईको हो । जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका क्षयरोग फोकल प्रशन हुम प्रसाद खनालका अनुसार गत वर्ष जिल्लामा १ हजार २ सय ४१ जना क्षयरोगी फेला परेका थिए । चालु बर्षमा फेला परेका ९ सय ९२ जना मध्ये ६ सय ७ जना पुरुष, ३ सय ८५ जना महिला र ५१ जना बालबालिका रहेका वताए । खनालका अनुसार जिल्लामा सबै भन्दा…
निजामति कर्मचारी संगठन रुपन्देहीद्धारा रक्तदान कार्यक्रम सम्पन्न
स्वास्थ्यसमाचार/ नेपाल निजामति कर्मचारी संगठन रुपन्देहीले खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । नवौं नवराज–दिलिप स्मृति दिवसको अवसरमा हेभि इक्युपमेन्ट डिभिजन बुटवलको व्यवस्थापन तथा रक्त सञ्चार केन्द्र बुटवलको सहकार्यमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रम नेपाल निजामति कर्मचारी संगठन रुपन्देहीका अध्यक्ष प्रेमप्रसाद खनालको अध्याता, नेकपा एमाले रुपन्देहीका अध्यक्ष तेजेन्द्र केसीको प्रमुख आतिथ्यता, नेपाल निजामति कर्मचारी संगठनका केन्द्रिय सदस्य काशीराम आचार्य, लोकेन्द बम, सडक डिभिजन बुटवलका प्रमुख जयलाल मरासिनी, आधिकारीक ट्रेड युनियनका केन्द्रिय सदस्य मेघदेव पन्त, हेभि इक्युपमेन्ट डिभिजन प्रमुख शिवराम यादव लगायतको आतिथ्यता रहेको थियो । अस्पतालहरुमा देखिएको रगतको…
रङहरूको पर्व होली खेल्नु अघि के-के कुरामा ध्यान दिने ? जानौं
स्वास्थ्यसमाचार/ हाम्रो देशमा दुई दिन होली मनाउने गरिन्छ । पहाडी क्षेत्रमा पुर्णमाको दिन भने त्यस्को अर्काेदिन तराई माहोली पर्व मनाउने चलन छ त्यस अनुसार फागु पूर्णिमा, को अर्काेदिन तराई माहोली पर्व मनाउने चलन अनुसार आज अर्कालाई रङ र अबिर लगाएर मनाइँदैछ । आजको दिन खुसी बाँड्नका लागि एक अर्कालाई रङ अबिर लगाउने परम्परा रहेको छ । आजको दिन रङहरूमा रङ्गिदै साथीभाइबीच रहेको तिक्तता पनि बिर्सने गरिन्छ ।तर, रङहरूको पर्व होलीमा खेलिने रङ र अबिर राम्रो भएन भने त्यसले छालालाई नोक्सानी गर्न सक्छ । विभिन्न रङमा खेलिने होलीमा प्रयोग हुने तीनै…
दाडको गढवामा निःशुल्क स्वास्थ्य शिविर ६ सयको परिक्षण
स्वास्थ्यसमाचार/रोटरी क्लब अफ लुम्बिनी स्टार्स र रोट्¥याक्ट क्लब अफ लुम्बिनी स्टार्सको संयुक्त आयोजनामा लुम्बिनी प्रदेश राजधानी देउखुरी उपत्यकाको गढवा गाउपालिका वडा नं. १ बडहरामा बृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । बृहत निःशुल्क स्वास्थ्य शिविरबाट ठूलो संख्यामा विरामीहरुले लाभ लिएका थिए । स्थानिय कुलपाली सामुदायीक वन उपभोक्ता समुहको समन्वयमा भएको एक दिने शिविरमा करिव ६ सय जनाको स्वास्थ्य परिक्षण गरिनुकासाथै करिव २ लाख मूल्य बराबरको औषधि निशुल्क वितरण गरिएको जनाएको छ । शिविरमा सो गाउपालिकाका वडा नं. १ र २ कासाथै छिमेकी राप्ती गाउपालिकाका बासिन्दाले प्रत्यक्ष लाभ लिएका थिए…
किन दुख्छ छाती ? यी रोग हुन सक्छन्
स्वास्थ्यसमाचार/छाती दुख्नुको अर्थ मुटुकै कारण हो भन्न मिल्दैन, हामी भ्रममा परेर छाती दुख्नुको कारण मुटुमै समस्या भएको ठान्छौ तर त्यो सोचाइ गलत हो । लगभग ९० प्रतिशत भन्दा बढी मानिसमा छाती दुख्ने कारण मुटुसंग सम्बन्धित हुँदैनन् । तर दुखाइको प्रकृति फरक भएकोले यदि तपाइलाइ मुटुको समस्या छ भनि चाडैनै डाक्टरलाइ देखाई हाल्नु पर्छ । र अझ ह्दयाघातको कारणले छाती दुखेको भए , १ मिनेट पनि समय खेर नफाली अस्पताल गैहाल्नु पर्छ । छाती दुख्नुको कारणहरु हाम्रो छातीमा मुटु र फोक्सो दुई प्रमुख अंगहरु हुन्छन् । छाती दुखेमा पहिला यी दुई…
हृदयाघात, मस्तिष्कघात र क्यान्सरबाट युवा अवस्थाको मृत्युदरमा वृद्धि
स्वास्थ्यसमाचार/नेपालमा हृदयाघात, मस्तिष्कघात, क्यान्सर जस्ता नसर्ने रोगहरू अत्यधिक मात्रामा बढ्दै गएको र युवा अवस्थाको मृत्युदरमा वृद्धि भइराखेको नेपाल हृदयरोग निवारण प्रतिष्ठानले जनाएको छ । राजधानीमा पत्रकार सम्मेलनमार्फत प्रतिष्ठानले केही वर्षयता अस्वस्थकर जीवनशैली, धुम्रपान, मद्यपान र चिल्लो पदार्थयुक्त खानपानका कारण विश्वमा बर्सेनि पाँच लाखभन्दा बढी मानिसहरूको मृत्यु हुने गरेको जनाउँदै नेपाली जनता विशेष गरी युवापिढीलाई जोगाउन खाना माट्रान्स फ्याट ९हानिकारक चिल्लो पदार्थ०को मात्रालाई नियन्त्रण गर्नु अति आवश्यक भएको जानकारी गराएको छ । प्रतिष्ठानद्वारा आयोजित उक्त कार्यक्रममा ‘ट्रान्स फ्याट धेरै भएका खानेकुराहरू सकेसम्म खाँदै नखाऔं’, भन्ने जनचेतनामूलक सन्देश सर्वसाधारणमा पुर्याउने दृष्टिकोणले प्रतिष्ठानका…
मधुमेहको जोखिम कम गर्ने ६ उपाय
स्वास्थ्यसमाचार/मेरिकन डायबिटिज एसोसिएसनका अनुसार सन् २०१९ मा १८ वर्षभन्दा माथिका नौ करोड ६० लाख अमेरिकी प्रि–डायबिटिज बोर्डरलाइन डायबिटिजमा थिए । प्रि–डायबिटिजमा भए पनि उपचारात्मक एवं स्वस्थकर जीवनशैली अपनाए टाइप–२ डायबिटिजको खतरा पछि सर्न वा सदाका लागि हराउन सक्ने पोषणविद्हरूको सुझाव छ । कतिपय व्यक्तिमा त जीवनशैलीमा सामान्य परिवर्तनले मात्रै पनि चिनीको स्तर सामान्य स्तरमा ल्याउन सकिने पुष्टि भएको छ । प्रि–डायबिटिजमा विज्ञता हासिल गरेका रजिस्टर्ड डाइटिसियन न्युट्रिसियनिस्ट ९आरडिएन्सहरू टाइप–२ मधुमेहको जोखिम घटाउन केही स्वस्थकर बानी सिफारिस गर्छन् । तनाव व्यवस्थापन तनावले शरीरको प्रतिरक्षा प्रणालीलाई क्षति पुर्याएर स्वास्थ्यमा नराम्रो असर पुर्याउँछ र थुप्रै प्रकारका बिरामीको…
रुपन्देहीका सबै स्थानिय तहमा आयुर्वेद सम्वन्धी अभिमुखीकरण हुने
स्वास्थ्यसमाचार /रुपन्देहीका सबै स्थानिय तहमा आयुर्वेद सम्वन्धी अभिमुखीकरण हुने भएको छ । लुम्बिनी आयुर्वेद चिकित्सालय रुपन्देहीको आयोजनामा आयुर्वेद सम्वन्धी अभिमुखीकरण हुने भएको हो । जिल्ला समन्य समिति रुपन्देहीमा भएको बैठकले कोरोना महामारी र मानिसको जिबन शैली परिबर्तन गर्ने उदेस्यका साथ स्थानिय तहमा कार्यक्रम गर्न लागीएको लुम्बिनी आयुर्वेद चिकित्सालयका बरिष्ठ कबिराज निरिक्षक नरहरी अर्यालले बताए । स्थानिय तहमा संञ्चालनमा रहेका आरोग्य केन्द्रहरुमा अभिमुखीकरण गर्ने निर्णय भएको छ उनले भने । अभिमुखीकरण संञ्चालन गर्नको लागी जिल्लामा बैठक सम्पन्न भएको छ। जिल्ला आरोग्य समितिका प्रमुख एकराज बिश्वकर्माको अध्यक्षतामा भएको वैठकलले आरोग्य केन्द्रहरुमा अभिमुखीकरण…
