मेरुदण्ड नशा र मांशपेशीबाट उत्पन्न रोगका कारण वर्षेनी १५ हजारभन्दा बढीको मृत्यु

स्वास्थ्यसमाचार/ सरकारले स्थापना गर्न लागेका स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मेरुदण्ड, नशा र मांशपेशीका अध्ययन अध्यापन तथा सेवामा विशेष ध्यान दिन यस क्षेत्रका विज्ञले आग्रह गरेका छन् । पछिल्लो समयमा सडक दुर्घटनालगायत अन्य दुर्घटनाबाट मेरुदण्ड, नशा र मांशपेशीका बिरामीको चाप तथा मृत्यु बढ्दै गएको भन्दै विज्ञले यसका बारेमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विशेष कार्यक्रम ल्याउन जोड दिएका छन् । नेपालमा मेरुदण्ड, नशा र मांशपेशीबाट उत्पन्न रोगका कारण वर्षेनी १५ हजारभन्दा बढीको मृत्यु हुने विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ । मन्त्रालयले सातवटै प्रदेशमा स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापनाको कार्य अगाडि बढाएको छ । हाल…

ज्वानो : रुघाखोकी, पेट वा पाठेघर सबै समस्याको अचुक औषधी

ज्वानो एक मसला हो । यो उष्ण प्रकृतिको मानिन्छ । यसको प्रयोग तरकारिमा बढी गरिएपनि नेपालमा यसको प्रचलन सुत्केरी अवस्थामा धेरै गरेको पाईन्छ । बच्चा र आमा दुबैको स्वास्थ्यको लागि परापूर्वकालदेखि यसको प्रयोग बढी लाभदायक मानिएको छ । ज्वानोको सबैभन्दा ठूलो विशेषता यसमा रहेको क्याल्सियम हो । एक चिया चम्चा ज्वानोमा ७६ मिलिग्राम क्याल्सियम पाइन्छ । कुपोषण भएका र लामो बिमारीपछि उठेका बालबालिका, वृद्धा, गर्भवती महिला सबैलाई ज्वानोको प्रयोगले निकै फाइदा गर्छ । सुत्केरी अवस्थामा ज्वानोले शरीरलाई चाहिने आवश्यक क्याल्सियमको परिपूर्ति गर्छ र दूध बढाउँछ । आमाको दूधबाट बच्चालाई पनि…

चट्याङबाट कसरी बच्ने ?

बिजुली चम्केको बेला सतर्क रहनु पर्छ। 1:- फोन, कम्प्युटर, रेडियो, टेलिभिजन जस्ता विद्युतीय सामग्री नचलाउने। 2:- विद्युतीय तरङ्ग टिप्न सक्ने फलाम, चिसो वस्तु नछुने। 3:- बिजुली चम्केको केही समय पानी परेको क्षेत्रमा ननिस्कने। 4;- सकेसम्म घरभित्रै झयालढोका बन्द गरेर सुक्खा ठाउँमा बस्ने। 5:- खुला ठाउँमा भए कुनै घर अथवा भवनमा छिर्ने, सम्भव नभए कडा छाना भएको कार, बस वा ट्रकभित्र बस्ने। 6:- सकभर अग्लो पहाड, ढिस्को र रूखमुनि तथा जमीनमा नबस्ने। 7:- धातुका ह्याण्डल, चेन भएका ब्याग, वा अन्य सामान नबोक्ने नछुने। 8:- तारबार, पोखरी, ठूला रुख नजिक नबस्ने। 9:-…

नियमित व्यायाम गरेको २० वर्ष भयो : डा .भगवान कोइराला

डा. भगवान कोइराला वरिष्ठ मुटुरोग विशेषज्ञ हुन् । चिकित्सकीय क्षेत्र बढी व्यस्त रहने पेसा हो । आमडाक्टरजस्तै डा. कोइराला पनि व्यस्त छन् । व्यस्तताबीच पनि आफूले फिट रहनका लागि चाहिने आधारभूत आवश्यकता पूरा गर्ने गरेको उनी बताउँछन् । ५९ वर्षीय डा. कोइरालाले फिटनेस सूत्रबारे भने : स्वस्थ रहन ‘फिट’ हुन आवश्यक स्वस्थ रहन ‘फिट’ हुन आवश्यक छ । यसका लागि खानपानमा विशेष ध्यान दिनुपर्छ । स्वास्थ्यप्रति सचेत हुने, समयमा उपचार गर्ने र व्यायाम गर्नेजस्ता आधारभूत काम गर्नुपर्छ । तर, स्वस्थ हुनुमात्र ‘फिट’ हुनु होइन । सामान्यतया बराबर तौल भएका दुई व्यक्तिमध्ये ठूलो पेट हुनेमा हृदयाघातको…

भारतबाट आएका बिरामीका कारण दाङमा औलोको जोखिम

स्वास्थ्यसमाचार विदेशबाट आउने बिरामीका कारण दाङमा औलोको जोखिम रहेको पाइएको छ । सरकारले नेपालमा औलो रोग निवारण गर्न विभिन्न गतिविधि सञ्चालन गरे पनि तराईका सिमावर्र्ती जिल्लामा भारततर्फबाट आउने बिरामीका कारण यो रोगको जोखिम कायमै रहेको हो । सन २०१२ यता नेपालमा औलो रोगका कारण कसैको मृत्यु भएको छैन । तर, प्रत्येक वर्ष बिरामी भेटिएका छन् । जिल्ला जनस्वास्थय कार्यालय दाङका अनुसार खुला सिमाका कारण भारतबाट बिरामी आवतजावत गरेका कारण जोखिम कायम रहेको हो । सरकारले भने सन् २०२५ सम्ममा नेपाललाई औलोमुक्त बनाउने लक्ष्य लिएको छ । प्रत्येक वर्ष औलोका बिरामी विदेशबाट आउने धेरै दाङमा औलेका बिरामीमध्ये…

पर्याप्त नसुत्दा विद्यार्थीमा मानसिक समस्याको खतरा : अध्ययन

वासिङ्टन डिसी, २५ जेठ । निद्रा पुग्नेगरी पर्याप्त नसुत्ने कलेज तहका विद्यार्थीहरुको मानसिक विकासमा समस्या हुने खतरा रहेको एक अध्ययनले देखाएको छ । जर्नलमा प्रकाशित अध्ययन प्रतिवेदनको निश्कर्षमा हरेक रात पर्याप्त सुत्न सवैलाई सुझाव दिइएको छ । निद्रा पुरा नभएकाले मानसिक समस्या देखिएकाहरु मध्ये २१ प्रतिशतमा तनावको समस्या, २४ प्रतिशतमा निराशाको समस्या, २४ प्रतिशतमा रिसाउने समस्या, २५ प्रतिशतमा कुन्ठा, २५ प्रतिशतमा महत्वकांक्षा, २८ प्रतिशतमा काम गर्न समस्या र २८ प्रतिशतमा आत्महत्याको समस्या देखिन सक्ने अध्ययनकर्ताहरुको भनाई छ । अनिन्द्रकै कारण कति धेरै समस्या सृजना हुदो रहेछ भन्ने कुरा यो अध्ययनले…