पिपिई नहुुँदा चिकित्सक त्यसको सट्टामा रेनकोट प्रयोग गरेर काम गरेका छौ :डा सुुदर्शन थापा

स्वास्थ्यसमाचार/ अहिले डा. सुुदर्शन थापालाई एक छिन पनि फुुर्सद छैन । वरिष्ठ कन्सलटेन्ट फिजिसियन डा. थापाको पेशा उही तर, जिम्मेवारी थपिएसँगै कामको चाप थपिएको छ । बिहान पाँचबजेदेखि राति १० बजेसम्म उनलाई एकछिन पनि थुुचुुक्क बस्ने अवस्था छैन । कारण हो, हालै विश्वरभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको रोकथाम र त्यसको उपचारका लागि लुुम्बिनी प्रादेशिक अस्पतालको फोकल पर्सन तथा मेडिकल विभाग प्रमुुखको जिम्मेवारी उनलाई छ । डा. थापाले यो जिम्मेवारीलाई चुुनौतीसँगै अवसरको रुपमा पनि लिएका छन् । उनीलाई अहिले आफूू सहित आफ्नो नेतृत्वमा रहेको चिकित्सकीय टिमलाई आत्मबल बढाएर काम गनुुपर्ने…

कोरोना प्रभाब: तिलोत्तमा नगरपालिकाभित्र एक हप्ता लकडाउन

स्वास्थ्यसमाचार/ तिलोत्तमा नगरपालिका भित्रका उद्योगधन्दा, कलकारखाना, होटल, रेष्टुरेन्ट, चिया-खाजा पसल, व्यवसाय, हार्डबेयर, निर्माण कार्य, हाटबजार, पार्क, खेलमैदान, व्यायमशाला, सैलुन, सहकारी, व्युटीपार्लर, फेन्सीलगायत अत्यावश्यक बाहेकका सबै सेवा एक हप्ता बन्द हुने भएका छन् । सोमबार बसेको सर्वदलीय, सर्वपक्षीय बैठकले कोरोना संक्रमण रोक्न चैत ११ देखि १७ गतेसम्म नगरपालिकामा लकडाउन गर्ने निर्णय गरेको हो । अत्यावश्यक सेवामा औषधि, खाद्यन्न, पानी, दुग्ध पदार्थ, दमकल, एम्बुलेन्स, सञ्चार, ईन्धन, फोहोरमैला व्यवस्थापनलगायत छन् । सरकारले अत्यावश्यक कामबाहेक नागरिकलाई घरबाहिर ननिस्कन अनुरोध गरे पनि त्यो प्रभावकारी नभैरहेको अवस्थामा तिलोत्तमाले मानिसको जमघट रोक्न यस प्रकारको निर्णय गरेको प्रवक्ता…

तिलोत्तमाका सार्वजनिक ठाउमा सुर्तीजन्य पदार्थ सेवन निषेध

स्वास्थ्यसमाचार/ तिलोत्तमा नगरपालिकाले सुर्ती, गुड्खा, चुरोटको सेवनलाई सार्वजनिक स्थलमा निषेध गरेको छ । सार्वजनिक स्थल, सडक, चोकमा गुड्खा र सुर्तीका खोल फाल्ने क्रम नरोकिएपछि नगरपालिका यसका प्रयोगकर्ताहरुप्रति कडा रुपमा प्रस्तुत भएको हो । नगरपालिकको पछिल्लो कार्यपालिका बैठकले सार्वजनिक स्थलमा धुर्मपान एवं सुर्तीजन्य पदार्थलाई निषेध गर्दै कसैले सार्वजनिक स्थलमा धुर्मपान एवं सुर्तीजन्य पदार्थ सेवन गरेमा कारवाही गर्ने निर्णय गरेको छ । नगरपालिकाले कारवाहीको अधिकार टोल विकास संस्था समेतलाई प्रत्यायोजन गरेको छ । अधिकार प्रत्योजनसँगै सार्वजनिक स्थलमा धूममान एवं सुर्तीजन्य पदार्थ प्रयोग गर्नेलाई टोल विकास संस्थाले जरिवाना तिराउन सक्नेछन् । नगरपालिकाको कार्यविधिमा…

सियारी गाउँपालिकाद्धारा सामुदायिक विद्यालयलाई सेनेटरी प्याड

स्वास्थ्यसमाचार/सियारी गाउँपालिकाले समुदायिक विद्यालयहरुमा सेनेटरी प्याड वितरण गरेको छ ।बुधबार एक कार्यक्रमको आयोजना गरि पालिका भित्र रहेका २५ ओटा समुदायिक विद्यालयहरुलाई दुई हजार तीन सय पचास ओटा सेनेटरी प्याड वितरण गरेको हो । गाउँपालिकाको वार्षिक कार्यक्रम अन्तरगत विद्यार्थीहरुलाई सेनेटारी प्याड वितरण गरिएको गाउँपालिकाका अध्यक्ष अयोध्या थारुले बताए ।महिलाहरुमा महिनावारी हुनु प्राकृतिक प्रकृया भएकोले यस सम्बन्धि भएका अन्धविश्वासलाई समाजबाट हटाउनु पर्ने बताए । ठाउँठाउँमा अझै पनि रजश्वाला सम्बन्धि गलत धराणले गर्दा महिलाहरु जोखिममा पर्ने र अकलमा ज्यानै गुमाउनु पर्ने अवस्थाको अन्त्य गर्नुपर्ने अध्यक्ष थारुको भनाई थियो । विभेद रहित समाज निर्माणका…

तिलोत्तमा नगरपालिकाको आह्वान :हात मिलाउनुको साटो नमस्कार गरौँ

स्वास्थ्यसमाचार/ तिलोत्तमा नगरपालिकाले कोरोना भाइरसको जोखिमलाई रोक्न हात मिलाउनुको साटो नमस्कार संस्कृतिलाई अनुसरण गर्न नगरबासीलाई आह्वान गरेको छ । कार्यपालिका बैठकले स्वास्थ्य शाखाले तयार पारेको कोरोना जोखिम पूर्वतयारी योजनालाई स्वीकृत गर्दै नगर प्रमुखको संयोजकत्वमा पूर्वतयारी निर्देशक समिति गठन गरेको छ । समितिमा उपप्रमुख जागेश्वरी चौधरी, कार्यपालिका सदस्यहरु दुर्गा पाण्डेय, चेतनारायण भण्डारी, सुरेन्द्र श्री, संगीता गुरुङ, मुक्तिनारायण चौधरी, दानबहादुर चौधरी, क्रिमसन अस्पतालका फिजिसिय डा. कृष्णचन्द्र गोदार र सदस्य सचिवमा नगर स्वास्थ्य प्रमुख मोतिप्रसाद पौडेल रहेका छन । बैठकले कोरोना भाइरस संक्रमणको शंका लागेका बिरामीको उपचार व्यवस्था मिलाउन वडा नं. १७ स्थित…

कोरोनासँग लड्न के–के खाने जनस्वास्थ्य विज्ञ पाण्डेका सुझाव

डा रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ कोभिड–१९ अर्थात् कोरोना भाइरसले अहिले संसार आक्रान्त छ । नेपाल पनि यसको उच्च जोखिममा रहेका कारण सरकारले विभिन्न हिसाबले चेतनाका काम गरिरहेको छ । यति हुँदाहुँदै पनि हाम्रो दैनिकीमा केही व्यवहार लागू गरे कोरोनासँग लड्न सकिन्छ । हाम्रो आकाश तथा धरतीमा करोडौं किटाणु छन् । त्यस मध्ये नोबेल कोरोना एउटा भाइरस हो । रोग त्यसलाई लाग्छ, जसको रोग प्रतिरोधात्मक क्षमता कम हुन्छ । रोगसँग लड्ने क्षमताको बिकास गरेमा यस्ता खहरे रोगसँग डराउनु पर्दैन । रोग प्रतिरोधात्मक क्षमता बढाउन निम्न उपाय अबलम्बन गरौँ । १, पोषिलो…

रुपन्देहीमा तेश्रो चरणको दादुरा रुवेला खोप मायादेबिबाट शुरु

स्वास्थ्यसमाचार /रुपन्देहीका सात गाउँपालिकामा आजदेखी तेश्रो चरणको दादुरा रुवेला खोप अभियान शुरु भएको छ । तेश्रो चरणको अभियान मायादेबि गाउँपालिकाबाट सुरु गरिएको हो । अभियानको मायादेबि गाउँपालिका अध्यक्ष धुर्बनारायण चौधरी र जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डा राजेन्द्र गिरीले बालबालिकालाइ पोलियो थोपा खुवाएर सुभारम्भ गरे। मायादेबि गाउँपालिका वडा नं ८ का अध्यक्ष चोक बहादुर थापाको अध्यक्षतामा गाउँपालिका अध्यक्ष धुर्बनारायण चौधरीको प्रमुख आतिथ्यमा भएको अभियानमा जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डा राजेन्द्र गिरी, मायादेबि गाउँपालिका प्रमुख प्रशाशकिय अधिकृत बिष्णु ढुंगाना लगायतले बोल्दै यो अभियानलाई सबैको सहयोग आबश्यक रहेको बताउँदै बालवालिकालाई खोप…

लुम्बिनी प्रादेशिक अस्पतालमा म्याराथुन प्रतियोगिता सम्पन्न

स्वास्थ्यसमाचार / लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले आफ्नो १ सय १०औं वार्षिक उत्सव कार्यक्रमलाई निरन्तरता दिएको छ । अस्पतालको सप्ताहव्यापी कार्यक्रम अन्र्तरगत आज म्याराथुन प्रतियोगिता भएको छ । फागुन ९ गतेदेखी १५ गतेसम्म मनाउन लागेको कार्यक्रम अन्तरगत भएको म्याराथुन बुटबलको योगीकुटीबाट सुरु भै लुम्बिनी प्रादेशिक अस्पतालमा समापन भएको थियो ।म्याराथुनमा अस्पतालका चिकित्सक स्वाथ्यकर्मी तथा अन्य प्रशासन सुरक्षा लगायतका सहभागी रहेको म्याराथुन को संयोजक राम प्रसाद अर्याल ले बताए । म्याराथुन प्रतियोगिता  महिला तर्फ रोशनी शिल्पकार प्रथम बसुन्धरा भुसाल दोश्रो श्रृजना बेलवासे तेश्रो र पुरुष तर्फ बसन्त कार्कि प्रथम रिषी चौधरी दोश्रो…

गुल्मीमा विद्यालय स्वास्थ शिक्षा कार्यक्रम शुभारम्भ

सन्तोष महतारा गुल्मी ८ फागुन  गुल्मीको सदरमुकाम तम्घासमा विद्यालय स्वास्थ्य शिक्षा कार्यक्रम शुभारम्भ गरिएको छ । सदरमुकाम तम्घासमा रहेको रेसुङ्गा हस्पिटल प्रालिको आयोजनामा जिल्लाको रिडर्स पब्लिक हाई स्कुलबाट शुभारम्भ गरिएको रेसुङ्गा हस्पिटल प्रालिका संचालक समिति अध्यक्ष श्री प्रसाद भलामीले बताए । तपाईंले ५ जनाको जीवन बचाउन सक्नुहुन्छ भन्दै विद्यार्थीहरुका लागी स्वास्थ शिक्षा कार्यक्रम शुभारम्भ गरिएको बताइएको छ ।विद्यालयमा बिद्यार्थि अत्याधिक बिरामी भइरहने भएकोले उनीहरुलाई प्राथमिक उपचार सम्बन्धि जानकारी गराउन यस्तो कार्यक्रम आयोजना गरिएको रेसुङ्गा हस्पिटल प्रा लिका संचालक समिति अध्यक्ष भलामीले जानकारी दिए । हरेक नागरिकले आफ्नो समस्या आफै पत्ता…

बच्चा नबढ्ने र नमोटाउने कारण कुपोषण हो कि कसरि पत्ता लगाउने

कुनै बच्चाको शारीरिक विकास उसको समूहका बच्चाको वजन चथा मानसिक समाजिक विकासभन्दा कम हुन्छ भने त्यसलाई बच्चा नबढेको भनिन्छ । यदि बच्चाको वजन तेस्रो पर्सेन्टाइलभन्दा कम हुन्छ भने वा ९७ पर्सेन्टाइलभन्दा बढी हुन्छ भने बच्चालाई नबढेको वा बढी भएको भनिन्छ । यसलाई २ भागमा बाँड्न सकिन्छ । १ आङ्गिक कारण २ मनोवैज्ञानिक तथा सामाजिक कारण । धेरैजसो कम वजन भएर जन्मेका बच्चाहरु तथा गरिबीको भुमरीमा जन्मेका बच्चाहरु नै यसका शिकार भएका हुन्छन् । आङ्गिक कारण कैयैँ हुन सक्छन् । पाचन प्रणली,मुत्र प्रणाली,मुटु र फोक्सो प्रणली, इन्डोक्राइब, स्नायुजन्म, संक्रमण, मेटाबोलिक, जन्मजात,…