भेरी अस्पतालमा आक्रमण :भाइरससँगै भिडको जोखिममा डाक्टर र नर्स

स्वास्थ्यसमाचार/कोरोना संक्रमितको जीवनरक्षामा जुटेका स्वास्थ्यकर्मी भिडबाट असुरक्षित भएका छन् । महामारीमा अथक संघर्ष गरेका भेरी अञ्चल अस्पतालका डाक्टर र नर्सहरूमाथि बिहीबार साँझ एक समूहले सांघातिक हमला गरेको छ । ज्यान जोगाउन डाक्टर र स्टाफ नर्सले एक तलामाथिबाट हाम फालेका छन् । एक साताअघि पूर्वको विराट मेडिकल कलेजमा पनि स्वास्थ्यकर्मीमाथि आक्रमण भएको थियो । नेपालगन्जस्थित भेरी अस्पतालमा उपचाररत दाङको तुल्सीपुर उपमहानगरपालिका– ११ का ५१ वर्षीय डिल्लीबहादुर रावतको मृत्यु भएपछि आफन्तले स्वास्थ्यकर्र्मीमाथि हातपात गर्नुका साथै अस्पतालमा तोडफोड गरेका हुन् । गत ४ जेठमा अस्पतालमा भर्ना भएका कोरोना संक्रमित रावतको बिहीबार राति करिब साढे आठ बजे मृत्यु भएको…

नेपाललाई २० लाख डोज कोभिसिल्ड खोप पठाउँदै बेलायत

काठमाडौँ/ नेपालमा कोरोना भाइरस संक्रमणको नयाँ लहर तिब्र रुपमा फैलिरहँदा बेलायतले २० लाख डोज अस्ट्राजेनेका खोप पठाउने भएको छ । विश्व स्वास्थ्य संगठनले नेपाललाई अन्तर्राष्ट्रिय सहयोग आवश्यक भएको प्रतिक्रिया दिएको एक सातापछि बेलायतले विश्‍व स्वास्थ्य संगठनको कोभ्याक्स कार्यक्रम मार्फत खोप कोभिसिल्ड नेपाललाई उपलब्ध गराउन लागेको हो । बेलायतले नेपाललाई अहिले खोप आवश्यक रहेको भन्दै यस्तो सहयोग गर्न लागेको हो । भारतको खोप उत्पादक कम्पनी सिरमबाट खोप आउन ढिलाइ भइरहँदा बेलायत सरकारबाट यस्तो सहयोग आउन लागेको हो । सिरम कम्पनीले कोभिसिल्ड पठाउन नसक्दा पहिलो डोज खोप लगाएकाहरूले दोस्रो डोज लगाउन पाएका…

गाँस कटाएर पठाए खाडीका श्रमिकले ५ सय बढी अक्सिजन सिलिन्डर

काठमाडौँ / आफ्नो देशमा अक्सिजन नपाएर बिरामीको मृत्यु भएको खबरले खाडीमा काम गर्ने नेपाली श्रमिकलाई पिरोलेको छ । सामाजिक सञ्जालमा अक्सिजन लिन नपाएर ज्यान गएका खबरले मन पोलेपछि उनीहरूले आफ्नो गाँस काटेर ५ सय ६० थान सिलिन्डर पठाएका छन् । कुवेतको अलमुल्ला क्लिनिङ कम्पनीमा कार्यरत बाँकेकी दुर्गा ढकालको मनमा छटपटी छ । घरगाउँबाट अक्सिजन छैन भन्दै फेसबुकमा छिनछिन आइराख्ने सन्देशले मुटुमा घोच्छ । ‘फेसबुकको सन्देशले नेपालको अवस्था साँच्चिकै कहालीलाग्दो देखाउँछ,’ उनले भनिन्, ‘सास फेर्न नसकेको भिडियो देख्दा यो मन छियाछिया हुन्छ ।’ नेपालमा अक्सिजन पठाउन पाए हुन्थ्यो भन्ने लागिरहेका बेला गैरआवासीय नेपाली संघ कुवेतको सूचना…

जनस्वास्थ्य मापदण्ड पालनामा हेलचेक्र्याइँ, थप फैलिँदै कोरोना

स्वास्थ्यसमाचार/ सर्वसाधारणबाटै जनस्वास्थ्यका न्यूनतम मापदण्डको पालना हुन नसक्दा कोरोना भाइरस संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गएको पाइएको छ । संक्रमण तीव्र रूपमा बढ्दै गए पनि आमनागरिकले जनस्वास्थ्यका न्यूनतम मापदण्डको पालना तथा कार्यान्वयमा हेलचेक्र्याइँ गर्दै आएका छन् । जसका कारण संक्रमित र मृतकको ग्राफ अप्रत्याशित रूपमा बढिरहेको छ । स्वास्थ्य मन्त्रालयले कोभिड १९ को महामारी र व्यवस्थित बन्दाबन्दीमा जनस्वास्थ्यका मापदण्ड २०७७ जारी गरे पनि अधिकांश बुँदाहरू कार्यान्वयनमा आम नागरिकहरू जिम्मेवार नबनेको देखिएको हो । मापदण्डमा अत्यावश्यकीय बुँदाअन्तर्गत सबै किसिमका जमघट र भेलामा कम्तीमा दुई मिटरको दुरी कायम गर्ने उल्लेख छ ।…

कोरोना संक्रमितका लागि आयुर्वेदिक औषधिको प्रभाबकारी बन्दै

विराटनगर, वैसाख २६/कोशी अस्पताल विराटनगर अन्तर्गत कोभिड–१९ उपचार केन्द्रका कोरोना संक्रमितका लागि आयुर्वेदिक औषधिको प्रयोग बढाइएको छ । आयुर्वेदिक औषधि च्यवनप्रास, अश्वगन्धा र गुर्जो ९गिलाइ० संक्रमितलाई सेवन गराएर रोग प्रतिरोधात्मक क्षमता बृद्धि गराउँने गरिएको हो । आयुर्वेदिक विभागले प्रदेश सरकारलाई उपलब्ध गराएको औषधिहरुलाई कोभिड–१९ उपचार केन्द्रमा भर्ना गरिएका संक्रमितहरुका लागि प्रयोग गरिएको छ । सुरुमा हामीले उहाँहरुको खानपान र स्याहरसँगै आवश्यक पर्दा न्यूनतम एलोपैथ औषधि चलाएका थियौं, कोशी अस्पताल मेडिकल सुपरिटेन्डेन्ट डासंगिता मिश्राले भन्नुभयो–पछिल्लो केहि दिनदेखि तीन प्रकारको आयुवेर्दि औषधि समय मिलाएर सेवन गराईरहेका छौं । रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता…

‘बीसीजी खोप कोरोनाविरुद्ध लाभदायक’

न्युयोर्करनयाँ दिल्ली / वैज्ञानिकहरूले कोरोना भाइरस ९कोभिड–१९० को संक्रमणविरुद्ध लड्न बीसीजी खोप लाभदायक हुने नयाँ तथ्य पत्ता लगाएका छन् । कोभिड–१९ को संक्रमण फैलिएका विश्वका १ सय ७८ देशको तथ्यांकको विश्लेषणका आधारमा अमेरिकाका वैज्ञानिकहरूले उक्त तथ्य पत्ता लगाएका हुन् । सिंगापुरको डुक(नस मेडिकल स्कुलमा कोरोना भाइरसविरुद्धको खोप परीक्षणका लागि आवश्यक सामग्री विकसित गर्दै एक अनुसन्धानकर्ता। तस्बिरः रोयटर्स उनीहरूका अनुसार क्षयरोगविरुद्धलगाइने बीसीजी खोप नीति अवलम्बन गरेका देशहरूमा कोभिड–१९ को संक्रमण तथा मृत्युदर१० गुणा कम छ । क्षयरोगको महामारी फैलिएका तथा जोखिममा रहेका देशका नवजात शिशुलाईबीसीजी खोप दिने गरिएको छ । वैज्ञानिकहरूका…

ओली-प्रचण्डको विशेष निर्देशन : कोरोना रोकथामका लागि हरेक कार्यकर्ता स्वयंसेवक

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले पार्टी र जनवर्गीय संगठनका हरेक नेता–कार्यकर्तालाई कोरोनाको रोकथाम र नियन्त्रणका लागि स्वयंसेवकका रूपमा परिचालित हुन निर्देशन दिएका छन् । पार्टीका तर्फबाट शुक्रबार विशेष परिपत्र जारी गर्दै ओली र प्रचण्डले त्यस्तो निर्देशन दिएका हुन् । ‘विश्वस्तरमा झनपछि झन् विकराल बन्दै गएको यस रोगको संक्रमण फैलिन नदिन र कहीँ कसैमा देखापरिहालेमा पनि सुरक्षित तवरले उपचारको प्रबन्ध गर्न सरकारका प्रयासहरूलाई स्वयंसेवी भूमिकाका साथ सघाउन र अझ प्रभावकारी बनाउन जरुरी छ,’ परिपत्रमा भनिएको छ, ‘यसका निम्ति समस्त पार्टीपंक्ति एवं पार्टीनिकटका जनवर्गीय संगठनहरूलाई निम्नानुसार…

५ वर्षभित्र प्रत्येक स्थानीय तहमा १५ शैयाको प्राथमिक अस्पताल बन्ने

स्वास्थ्यसमाचार / सरकारले ५ वर्षभित्र प्रत्येक स्थानीय तहमा कम्तीमा १५ शैयाको प्राथमिक अस्पताल बनाउने लक्ष्य लिएको छ । लक्ष्यअनुरूप ७० वटा प्राथमिक अस्पतालको भौगोलिक अवस्थाको अध्ययन पूरा गरी टेन्डर प्रक्रिया अघि बढिसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । फागुन ०७५ को मन्त्रिपरिषद् बैठकले २ सय ५१ प्राथमिक स्वास्थ्यकेन्द्र वा स्वास्थ्यचौकीलाई स्तरोन्नति गरी प्राथमिक अस्पतालमा विकास गर्ने निर्णय गरेको थियो । यसअन्तर्गत स्थानीय सरकारको सिफारिसमा पालिकामातहतको कुनै एक स्वास्थ्यसंस्थालाई अस्पतालमा स्तरोन्नति नीति सरकारको छ । ‘५ वर्षभित्र सबै स्थानीय तहमा १५ शय्याको प्राथमिक अस्पताल स्थापना कार्य सम्पन्न हुनेछ,’ मन्त्रालयको नीति–योजना…

प्रधानमन्‍त्री ओली भेन्टिलेटरमा : एपेन्डिसाइटिस फुटेकाले संक्रमणको जोखिम

स्वास्थ्यसमचार । एपेन्डिसाइटिसको शल्यक्रियापछि प्रधानमन्त्री केपी ओलीलाई उनको स्वास्थ्य संवेदनशीलतालाई बुझेर इलेक्टिभ भेन्टिलेटर (कृत्रिम स्वासप्रस्वास)मा राखिएको छ । ढिलाई हुँदा शल्यक्रिया अघि नै प्रधानमन्त्रीको पेटमा एपेन्डिसाइटिस फुुटेको पाइएको छ।  शल्यक्रियाको क्रममा एपेन्डिसाइटिस फुटेको पाइएको चिकित्सकले बताएका छन्। पेटमा अप्ठेरो महसुस भएको जनाउँदै प्रधानमन्त्री ओली मंगलबार बिहान ९ बजे महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड सेन्टरमा पुगेका थिए। अहिले प्रधानमन्त्री ओलीलाई सघन उपचार कक्ष (आईसीयू)मा राखिएको छ। उनको स्वास्थ्य संवेदनशीलतालाई बुझेर भेन्टिलेटरमा राखिएको चिकित्सकको भनाइ छ। ‘समयमै प्रधानमन्त्री अस्पताल आइपुग्नु भएकाले शल्यक्रिया सफल भयो’, ति चिकित्सकले भने। प्रधानमन्त्री ओलीको उपचारमा व्यवस्थापकीय पक्ष…

भक्तपुर क्यान्सर अस्पतालमा डाक्टर र कर्मचारी कोठामा थुनिए, बिरामी र कुरुवाको भागदौड

भक्तपुर : पुरानो व्यवस्थापन समितिले अस्पतालको नयाँ कार्यकारी निर्देशक र मेडिकल डाइरेक्टर नियुक्त गरी पदबहाली गर्न पठाएपछि भक्तपुर क्यान्सर अस्पतालमा आइतबार तनाव उत्पन्न भएको छ। नयाँ कार्यकारी निर्देशक र मेडिकल डाइरेक्टरलाई पदबहाली गर्न नदिएपछि तनाव उत्पन्न भएको हो। दुई पक्षबीच झडप हुँदा उपचार गर्न आएका बिरामी र उनीहरुका कुरुवाको भागदौड चल्याे। अस्पतालको पुरानो व्यवस्थापन समितिका अध्यक्ष लोकेन्द्रकुमार श्रेष्ठ नेतृत्वको व्यवस्थापन समितिको बोर्ड बैठकले प्रमुख कार्यकारी निर्देशकमा रूपेश शिलाकार र मेडिकल डाइरेक्टरमा डा. दिपेश धिताललाई नियुक्त गरेको थियो। उनीहरूले पदबहाली गर्ने क्रममा कर्मचारीले विरोध गरेका हुन्। हाल अस्पतालमा मेडिकल डाइरेक्टरको जिम्मेवारी सम्हाल्दै…