प्रधानमन्‍त्री ओली भेन्टिलेटरमा : एपेन्डिसाइटिस फुटेकाले संक्रमणको जोखिम

स्वास्थ्यसमचार । एपेन्डिसाइटिसको शल्यक्रियापछि प्रधानमन्त्री केपी ओलीलाई उनको स्वास्थ्य संवेदनशीलतालाई बुझेर इलेक्टिभ भेन्टिलेटर (कृत्रिम स्वासप्रस्वास)मा राखिएको छ ।

ढिलाई हुँदा शल्यक्रिया अघि नै प्रधानमन्त्रीको पेटमा एपेन्डिसाइटिस फुुटेको पाइएको छ।  शल्यक्रियाको क्रममा एपेन्डिसाइटिस फुटेको पाइएको चिकित्सकले बताएका छन्।

पेटमा अप्ठेरो महसुस भएको जनाउँदै प्रधानमन्त्री ओली मंगलबार बिहान ९ बजे महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड सेन्टरमा पुगेका थिए।

अहिले प्रधानमन्त्री ओलीलाई सघन उपचार कक्ष (आईसीयू)मा राखिएको छ। उनको स्वास्थ्य संवेदनशीलतालाई बुझेर भेन्टिलेटरमा राखिएको चिकित्सकको भनाइ छ। ‘समयमै प्रधानमन्त्री अस्पताल आइपुग्नु भएकाले शल्यक्रिया सफल भयो’, ति चिकित्सकले भने।

प्रधानमन्त्री ओलीको उपचारमा व्यवस्थापकीय पक्ष मिलाउन अस्पतालका निर्देशक डा. उत्तमकृष्ण श्रेष्ठ खटिएका छन्। त्यस्तै उपचारका लागि डा. अरुण सायमीको नेतृत्वमा ६ चिकित्सक संलग्न छन्।

मंगलबार साँझ प्रधानमन्त्रीको स्वास्थ्य अवस्था बुझ्न प्रचण्ड अस्पतालमा पुगेका थिए।  चिकित्सकले प्रधानमन्त्रीको  एपेन्डिसाइटिसको अपरेसन सफल भएको र स्वास्थ्यमा राम्रो सुधार हुँदै गएको जानकारी गराएको प्रचण्डको निजी सचिवालयले जानकारी दिएको छ। अन्नपूर्ण पोस्टले खबर लेखेको छ ।

सम्बन्धित शिर्षक :