कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान : हाडजोर्नी प्रत्यारोपण सेवा विस्तार

(जुम्ला) — कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, शिक्षण अस्पताल जुम्लामा अमेरिकाको अरिगन स्टेडको राजवाक अस्पतालका विशेषज्ञ चिकित्सक हाडजोर्नी प्रत्यारोपण सेवा दिन आएका छन् । घुँडाको जोर्नी, हातको जोर्नी, घुँडा, हिप, मेरुदण्डमा नसा च्यापिएको, कुम फुस्किएकोलगायत जोर्नी प्रत्यारोपण गर्न डा. माइकल डेभिड भ्यान एन्ड्रोयड शिक्षण अस्पताल पुगेका हुन् । अस्पतालमा पुगेलगत्तै उनले हाडजोर्नी शल्यक्रिया सुरु गरिसकेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ । हाडजोर्नी विभाग प्रमुख डा. मंगल रावलका अनुसार नेपालका ठूला भनिने एक/दुई अस्पतालमा मात्रै यो सेवा छ । ‘सस्तो शुल्कमा स्तरीय सेवा दिनेगरी एक महिनाका लागि भोलेन्टियर सेवा दिन अमेरिकाबाट विशेषज्ञ चिकित्सक पुगेका हुन्,’…

काठमाडौँमा शिक्षाविद्को सहभागितामा मधुमेह सम्बन्धी बृहत् सम्मेलन हुने

काठमाडौँ । नेपालमा बढ्दै गएको मधुमेह रोगको न्यूनीकरणका लागि जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले नेपाल मधुमेही समाजले शिक्षाविद्को सहभागितामा मधुमेह सम्बन्धी बृहत् सम्मेलन बिहीबार आयोजना गर्ने भएको छ। काठमाडौँ महानगरपालिकासँगको सहकार्यमा कामपाका ५० माध्यमिक विद्यालयका प्रधानाध्यापक एवं मधुमेह रोगको न्यूनीकरण, नियन्त्रण तथा यस सम्बन्धी जनचेतना जगाउने कार्यमा लामो समयदेखि सेवा गर्दै आएका वरिष्ठ विशेषज्ञ, चिकित्सक तथा सम्बन्धित विज्ञका साथै समाजसेवीको सहभागिता रहने समाजका अध्यक्ष शिव श्रेष्ठले जानकारी दिए। उनले नेपालमा विभिन्न खानपानको ज्ञान नहुनाले दिनानुदिन शहरी क्षेत्रमा मधुमेहका रोगी बढ्दै गएकामा चिन्ता व्यक्त गर्दै यसलाई न्यूनीकरण गर्न सबैको पहल हुनुपर्नेमा जोड…

यौनइच्छा बढाउने ८ खानेकुरा

मानिसमा विभिन्न कारणले यौनचाहनामा ह्रास आउँछ । जसमा मानसिक तथा शारिरीक कारण महत्वपूर्ण रहन्छ । मानसिक कारण अन्तर्गत चिन्ता, डिप्रेशन, थकानलगायत पर्दछन् भने शारिरीक कारणमा मोटोपन, शारिरीक समस्या, यौनरोय इत्यादि पर्छन् । यौनइच्छा कम हुनुको पछाडी गम्भीर प्रकृतिको कारण भए चिकित्सकसँग परामर्श लिनु उचित हुन्छ । घरेल रुपमा तल उल्लेखित खानेकुुराहरुले पनि यौनइच्छा बढाउन सकिन्छ । १. गाजर : गाजरमा भिटामिन ए प्रशस्त मात्रामा पाइन्छ जसले पुरुषमा शुक्रकिट बनाउन सहयोग गर्छ । यसको नियमित सेवनले पुरुषलाई बढी कामुक तथा आकर्षक देखाउन मद्दत गर्छ । २. पालुङगो : पालुङगोको साग नियमित सेवन गर्नाले यौनक्षमतामा…

लुम्बिनी प्रादेशीक अस्पतालमा बिरामीलाई औषधि नदिने बरु फाल्ने

बुटवल : अर्घाखाँचीका ८१ बर्से नित्यानन्द पाण्डे मंगलबार लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्टको कार्यकक्षमा गुनासो गरिरहेका थिए। अस्पतालमा ज्येष्ठ नागरिक र विपन्नका लागि निःशुल्क औषधि पाइन्छ। तर उनले लगातार चार दिन धाउँदा समेत औषधि पाएका थिएनन्। ‘शुक्रबार आएँ पाइनँ, आइतबार र सोमबार पनि छैन भनेर फर्काए,’ उनले गुनासो गरे, ‘मंगलबार त औषधि आफैं किनेर खाऊ भन्दै बाहिर निकाले।’ उनले अस्पतालबाट औषधि नपाएको यो पहिलो घटना होइन। हाडजोर्नी दुखेर परीक्षणका लागि आएका पाण्डेले यही गुनासो प्रदेश ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालसँग पनि गरेका थिए। तर न औषधि नै पाए न…

सरकारी अस्पतालले नै पठाउँछन् औषधी किन्न निजीमा

रुपन्देही : बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल परिसरमा रहेको निजी फार्मेसीलाई हटाएर अस्पतालले आफ्नै फार्मेसी विस्तार गरेको छ। तीनवटा सटरमा सञ्चालित अस्पतालको फार्मेसीमा चिकित्सकले सिफारिस गरेजति सबै औषधि भने पाइँदैन। सरकारी फार्मेसीमा औषधि नभएपछि बिरामी निजीमा जाने गरेका छन्। अस्पतालले निजी फार्मेसीसँगको मिलेमतोमा आवश्यक औषधि नराखेको हो। देखाउनका लागि फार्मेसी राखेर औषधि भने निजीकै बिक्री गराउने गरिएको छ। चौतर्फी विरोधपछि अस्पतालले कोठामा रहेको फार्मेसी विस्तार गरेको थियो। तर यो पनि प्रभावकारी हुन सकेको छैन। सरकारी फार्मेसीमा औषधिमा छुट दिइएको छ। बुटवल देवीनगरकी मञ्जु भुसालले अस्पतालको फार्मेसीमा औषधि नपाएपछि निजी औषधि पसलमा खरिद…

१३ सय डाक्टर बिरामी जाँच्न अयोग्य ,लाइसेन्स परीक्षामा कतिपय डाक्टर ३६ पटकसम्म फेल

फेल हुने अधिकांश बंगलादेशमा अध्ययन गरेर आएका एमबिबिएस उत्तीर्ण भए पनि १३ सय डाक्टर बिरामी जाँच्न भने अयोग्य छन् । नेपाल मेडिकल काउन्सिलले लिने चिकित्सक लाइसेन्स ९नाम दर्ता० परीक्षामा फेल हुँदा उनीहरू अयोग्य ठहरिएका हुन् । लगातार ३६ पटकसम्म फेल भएका डाक्टर पनि छन् । विश्वविद्यालयबाट हुने परीक्षा उत्तीर्ण भए पनि बिरामी जाँच्ने वैधानिकता लिन काउन्सिलले लिने लाइसेन्स परीक्षा पास हुनैपर्छ । काउन्सिल स्रोतका अनुसार फेल हुने अधिकांश बंगलादेशमा अध्ययन गरेर आएकाहरू छन् । काउन्सिलले भने १० पटकसम्म निरन्तर फेल भएपछि लाइसेन्स परीक्षामा सामेल नै हुन नपाउने नियम बनाएर स्वास्थ्य मन्त्रालयमा पठाएको छ । तर, मन्त्रालयमा…