गुल्मीमा एचपीभी खोप अभियान माघ २५ देखि फागुन ५ सम्म सञ्चालन

स्वास्थ्यसमाचार/गुल्मीका किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सरविरुद्धकाे खाेप (एचपिभी) दिने तयारी अन्तिम चरणमा पुगेको छ । स्वास्थ्य कार्यालय गुल्मीले जिल्लास्तरीय खाेप समन्वय समितिमार्फत यससम्बन्धी जानकारी दिँदै तयारी अन्तिम चरणमा पुर्‍याएकाे हो । यो खाेप माघ २४ गतेदेखि फागुन २ गतेसम्म संचालन हुनेछ । जिल्लाभरका विद्यालयमा कक्षा ६ मा पढ्ने किशोरीका लागि पाठेघरकाे मुखको क्यान्सरविरुद्धकाे खाेप (एचपिभी) दिइन लागेको हो। यो खाेप विद्यालय नजाने किशोरीका हकमा १० वर्ष उमेर समूह, गत वर्ष छुटेकामध्ये कक्षा ७ देखि १० सम्म अध्ययनरत किशोरी र विद्यालय नजाने ११ वर्षदेखि १४ वर्षसम्मका किशोरीलाई दिइने स्वास्थ्य कार्यालय गुल्मीका जनस्वास्थ्य…

लुम्बिनीमा एचपिभी खोप माघ २५ देखि फागुन ४ सम्म सञ्चालन हुने

स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेशमा पाठेघरको क्यान्सर रोकथामका लागि एचपीभी (HPV) खोप अभियान माघ २५ गते देखि फागुन ०४ सम्म सञ्चालन गरिने भएको छ। प्रदेश स्वास्थ्य मन्त्रालय, लुम्बिनी प्रदेश खोप समन्वय समितिको बैठकले यस्तो निर्णय गरेको हो। प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव दुर्गा लक्ष्मी श्रेष्ठको अध्यक्षतामा माघ ११ गते सम्पन्न बैठकले विद्यालय जाने कक्षा ६ मा अध्ययनरत किशोरी तथा विद्यालय नजाने १० वर्ष उमेर समूहका किशोरीहरूलाई लक्षित गरी एचपीभी खोप सेवा सञ्चालन गर्ने निर्णय गरेको छ। बैठकले प्रतिनिधि सभाको चुनाव, मुस्लिम धर्मावलम्बीहरूको पवित्र पर्व रमजान तथा वार्षिक परीक्षा र विद्यालय बिदालाई मध्यनजर गर्दै माघ…

रुपन्देहीमा जापानीज इन्सेफलाइटिसका ७ संक्रमित, १ जनाको मृत्यु

स्वास्थ्यसमाचार/ रुपन्देहीमा जापानीज इन्सेफलाइटिस (JE) रोगका संक्रमित बढ्दै गएका छन्। स्वास्थ्य कार्यलय रुपन्देहीका अनुसार यस वर्ष श्रावण महिनादेखि हालसम्म रुपन्देहीमा ७ जना संक्रमित फेला परेको र १ जनाको मृत्यु भएको जनाएको छ । स्वास्थ्य कार्यलय रुपन्देहीका प्रमुख उमा थापाका अनुसार देवदह नगरपालिकामा १ जना, तिलोत्तमा नगरपालिकामा ३ जना, सैनामैना नगरपालिकामा २ जना र सम्मरीमाई गाउँपालिकामा १ जना संक्रमित भेटिएको र तिलोत्तमा १ जनाको मृत्यु भएको जानकारी दिनु भयो । स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार यो रोग लामखुट्टेको टोकाइबाट सर्ने भएकाले लामखुट्टे नियन्त्रण, सरसफाइ र खोप नै रोकथामका प्रमुख उपाय रहेको वताईएको…

लुम्बिनीमा जापानी इन्सेफलाइटिसका ४० संक्रमित, ९ जनाको मृत्यु

स्वास्थ्यसमाचार / लुम्बिनी प्रदेशमा जापानी इन्सेफलाइटिसका ४० जना बिरामी फेला परेका छन । भने ९ जनाको मृत्यु भइसकेको स्वास्थ्य निर्देशनालय लुम्बिनीले जनाएको छ । स्वास्थ्य निर्देशनालयका खोप फोकल पर्सन कुमार थापाका अनुसार यस बर्षको पहिलो केस असार १४ गते नवलपरासीमा भेटिएको र हाल सम्म प्रदेशका १० जिल्लामा संक्रमितको संख्या ४० पुगेको र ९ जनाको मृत्यु भएको बताउनु भयो । जिल्लागत अवस्था अहिलेसम्म लुम्बिनी प्रदेशका १० जिल्लामा जापानी इन्सेफलाइटिस देखिएको छ। जसअनुसार अर्घाखाँची: ३ संक्रमित, १ मृत्यु नवलपरासी पश्चिम: ३ संक्रमित, ३ मृत्यु रुपन्देही: ७ संक्रमित, १ मृत्यु कपिलवस्तु: ८ संक्रमित,…

लुम्बिनी प्रदेश पूर्ण खोप सुनिश्चित र दिगोपना घोषणा

स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेशलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यले बिहीबार राप्ती उपत्यका (देउखुरी)मा आयोजित विशेष समारोहमार्फत लुम्बिनी प्रदेशलाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना कायम भएको घोषणा गर्नुभयो । घोषणा सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले कुनै पनि बालबालिका खोप सेवा लिनबाट बञ्चित हुन नपरोस् भन्नेगरी अभियान केन्द्रीत गरिनुपर्ने बताउनु भयाे । प्रदेश सरकारले लिएको लक्ष्य प्राप्तिका लागि जुन प्रतिबद्धताका साथ तपाईंहरू लाग्नुभयो, सबै बधाईका पात्र हुनुहुन्छ । हामीले प्रतिबद्धता पत्रमा हस्ताक्षर गरिसकेका छौं´उहाँले भन्नुभयाे-`आगामी दिनमा पनि कुनै बालबालिका खोप सेवाबाट वञ्चित नहोस् भन्ने उद्देश्यका साथ यहाँहरु…

मायादेवी १ पूर्ण संस्थागत प्रसुती युक्त वडा घोषणा तथा किशोर किशोरी मैत्री स्वास्थ्य सेवा प्रमाणित

स्वास्थ्यसमाचार/ रुपन्देहीको मायादेवी गाउँपालिका वार्ड न १ धमौली पुर्ण संस्थागत प्रसुतीयुक्त वडा तथा किशोर किशोरी मैत्री स्वास्थ्य सेवा प्रमाणिकरण घोषणा गरिएको छ । वडा प्रजनन स्वास्थ्य समन्वय समितिका बिभिन्न कृर्याकलाहरुवाट आर्थिक बर्ष २०८१ बैसाख १ देखी ८१ चैत्र मसान्त सम्म १ बर्षको अवधिमा जम्मा १सय २७ जना गर्भबति सुत्केरी भएको सर्वेक्षणबाट पाईकोमा १२७ जना गर्भबतीले संस्थागत सुत्केरी गराएको र मापदन्ड अनुसार गर्भवती जाँच तथा उत्तर प्रसुति जाँच भएको पाइएकोले यस वडालाई पुर्ण संस्थागत प्रसुतीयुक्त वडा घोषणा गरिएको हो । पुर्ण संस्थागत प्रसुतीयुक्त वडा घोषणा समारोहका अध्यक्ष वडा प्रजनन स्वास्थ्य समन्वय…

अधिकारी, पान्डे र अर्याल उत्कृष्ठ कर्मचारी घोषणा मन्त्रीद्धारा सम्मान

स्वास्थ्यसमाचार/ जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीले  जिल्लालाई पूर्ण खोप सुनिश्चितता दिगोपना घोषणा कार्यक्रममा स्वास्थ्य कार्यलय रुपन्देहीका ३ जना कर्मचारीलाई उत्कृष्ठ कर्मचारी घोषणा तथा सम्मान गरिएको छ । उत्कृष्ठ कर्मचारीमा क्षय कुष्ठ अधिकृत टिकाराम अधिकारी, ल्याव टेक्निसियन अधिकृत खिमलाल पान्डे र नर्सिङ अधिकृत ईसा अर्याल रहनु भएको छ । उहाँहरुलाई स्वास्थ्य मन्त्री तथा जिल्ला खोप समन्य समितका अध्यक्ष तथा सचिबले सम्मान गर्नु भएको थियो ।  

स्वास्थ्यमन्त्री सारुद्वारा आर्चाय, आत्रेय र गौतमलाई सम्मान

स्वास्थ्यसमाचार / रुपन्देही जिल्लालाई पूर्ण खोप सुनिश्चितता दिगोपना घोषणा कार्यक्रममा स्वास्थ्य क्षेत्रमा पुराएको योगदानको कदर गर्दे प्रदेश आपूर्ति केन्द्रका कोलचेन्न अधिकृत हरि आर्चाय मायादेवी गाउँ पालिका जनस्वास्थ्य निरीक्षक भाष्कर आत्रेय र कञ्चन गाउँपालिका निवर्तमान प्रमख राम प्रसाद गौतमलाई सम्मान गरिएको थियो । तिनै जनालाई स्वास्थ्यमन्त्री खेम सारुले सम्मान गर्नु भएको थियो ।

रुपन्देही ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना’जिल्ला घोषणा

स्वास्थ्यसमाचार/ रुपन्देही जिल्लालाई पूर्ण खोप सुनिश्चितता दिगोपना घोषणा गरिएको छ । शुक्रवार भैरहवामा आयोजित कार्यक्रममा लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेम सारु मगरले पूर्ण खोप सुनिश्चितता दिगोपना जिल्ला घोषणा गर्नुभएको हो । रुपन्देही जिल्लाका विभिन्न उमेर समूहका ७४ हजार २ सय ५९ जना बालबालिकालाई पूर्ण खोप प्रदान गरिएको छ । रुपन्देहीका सबै बालबालिकाले पूर्ण खोप प्राप्त गरिसके पछि शुक्रबारदेखि जिल्ला पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा भएको हो । घोषणा कार्यक्रममा वोल्दै स्वास्थ्यमन्त्री खेम सारु मगरले नागरिकलाई स्वस्थ बनाउन खोप अत्यन्तै महत्वपूर्ण रहेको बताउनु भयो । उहाँले स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन भइरहेको बताउदै…

कपिलवस्तु जिल्ला पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

स्वास्थ्यसमाचार/ कपिलवस्तुलाई पूर्ण खोप सुनिश्चितता र दिगोपना जिल्ला घोषणा गरिएको छ । लुम्बिनी प्रदेशका स्वस्थ्य मन्त्री खेमबहादुर सारुले कपिलवस्तुको तौलिहवास्थित बालगृह सभा हलमा लुम्बिनी प्रदेशको चौथो जिल्लाका रुपमा सो घोषणा गरेका हुन् । १६ देखि २३ महिनासम्मका सबै बालबालिकामा १३ प्रकारको खोपको पहुँच पुगेपछि यो घोषणा गरिएको हो । यसअघि नवलपरासी, रोल्पा र रुपन्देही जिल्ला घोषणा भएका थिए । जन्मेदेखि २३ महिनासम्मका १४ हजार ८४२ र पूर्ण खोप प्राप्त गरेका १६ देखि २३ महिनासम्मका बालबालिकाहरुको अनुगमन गर्दा १५ महिना मुनिका सबै बालबालिकाहरु पुर्ण खोप प्राप्त गरेको स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख…