शुद्धोधन गाउँपालिका पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा

स्वास्थ्यसमाचार /रुपन्देहीको शुद्धोधन गाउँपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा गरिएको छ। शुद्धोधनमा आ.ब.०७९/०८० मा १६ महिनादेखि ५ बर्षसम्म सबै बालबालिकाहरुलाई र १५ महिना मुनीका बालबालिकाले पाउनुपर्ने पूर्ण खोप पाएको सुनिश्चित गरिएको हुदाँ शुद्धोधन गाउँपालिकालाई पूर्णखोप दीगोपना सुनिश्चित भएको घोषणा गरिएको हो। जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका खोप अधिकृत भेषराज शर्माले पूर्ण खोप पालिका सुनिश्चित गर्ने राष्ट्रिय निर्देशिका बमोजिन सम्पूर्ण प्रक्रिया पुरागरी शुद्धोधन गाउँपालिकालाई पूर्णखोप दीगोपना सुनिश्चित घोषणा गरिएको बताउनु भयो। उक्त कार्यक्रममा पूर्णखोप दीगोपना कार्यक्रमको शुद्धोधन गाउँपालिका स्वास्थ्य सेवा शाखाको प्रतिवेदन स्वास्थ्य शाखा प्रमुख समीर भण्डारीले प्रस्तुतिमा यस पालिका तथा वडा…

पाल्पाका १० बटै स्थानीय तह पूर्ण खोप सुनिश्चित पालिका घोषणा

स्वास्थ्यसमाचार /पाल्पाका दश वटै स्थानीय तह पूर्ण खोप सुनिश्चित पालिका बनेका छन् । दुई नगरपालिका र आठ वटा गाउँपालिका पूर्ण खोप दिगोपना सुनिश्चित पालिका बनेका हुन् । नेपाल सरकारले तोकेको मापदण्ड पुरा गरेपछि जिल्लाका सबै पालिका पूर्ण खोपयुक्त पालिका घोषित गरिएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । सरकारको मापदण्ड अनुसार बच्चा जन्मेको १५ महिनाभित्र १४ प्रकारका खोप लगाउनुपर्छ । ती खोप लगाउन छुट भएका बालबालिकाको खोजी गरेर २३ महिनाभित्र खोप लगाएपछि लक्ष्य पुरा हुने स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा राजेन्द्र गिरीले जानकारी दिनुभयो । यो वर्षदेखि २३ महिनादेखि पाँच वर्ष…

बुटवल उपमहानगरपालिका पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा

स्वास्थ्यसमाचार/ बुटवल उपमहानगरपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा गरिएको छ । बुधबार आयोजित कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा गर्नुभयो । बुटवल उपमहानगरपालिकाभित्र बसोबास गर्ने बालबालिकाहरुले खोप पाएको वडा खोप समन्वय समिति र बुटवल उपमहानगरपालिकाको सिफारिशका आधारमा जिल्ला खोप समन्वय समितिको स्वीकृतिमा पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा गरिएको हो । घोषणा कार्यक्रममा बोल्दै प्रमुख पाण्डेयले बुटवलमा कुनैपनि प्रकारका खोपको अभाव हुन नदिन बुटवलले विशेष चासो दिएको र पर्याप्त पूर्वतयारी गर्दै आवश्यक जनशक्ति र पूर्वाधार व्यवस्थापन गरेको बताउनुभयो । उहाँले स्वास्थ्य क्षेत्रमा बुटवललाई अगुवा बनाउनका लागि…

शुद्धोधन गाउँपालिकामा पूर्ण खोप दिगोपना सम्बन्धि अभिमुखीकरण

नगेन्द्र केसी स्वास्थ्यसमाचार/ रुपन्देही रुपन्देहीको शुद्धाेधन गाउँपालिका कार्यालय स्वास्थ्य शाखाको आयोजनामा नियमित खोप सुदृढीकरण पूर्ण खोपसुनिश्चितता दिगोपनकाे लागि पालिका स्तरीय अभिमुखीकरण कार्यक्रम एक समारोहबीच सोमबार गाउँपालिकाकाे सभाहलमा सम्पन्न भएको छ। शुद्धाेधन गाउँपालिका उपाध्यक्ष शान्तादेवी ज्ञवालीको अध्यक्षतामा भएको अभिमुखीकरण कार्यक्रममा शुद्धाेधन स्वास्थ्य शाखाका प्रमुख समीर भण्डारीले कार्यक्रमको उदेश्य बारेमा प्रकाश पार्दै आगामि कार्ययोजना प्रस्तुत गर्दै पालिकाको अहिलेसम्मको स्वास्थ्य अबस्था बारे जानकारी गराउनुभएको थियो। साे कार्यक्रममा गाउँपालिका उपाध्यक्ष शान्तादेवी ज्ञवालीले खोप कार्यक्रमको महत्व, नियमित खोप मार्फत सरसफाई प्रबद्र्धन कार्यक्रमको निरन्तरताका लागि खोपको औचित्य तथा प्रभावकारीतामा हरेक स्थानिय तहले सकृय भुमिका खेल्नु पर्ने…

लुम्बिनी प्रदेशमा नियमिति खोपबाट १२ हजार बालवालिका वञ्चित

स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेशका १२ जिल्लामा नियमिति खोपबाट १२ हजार बालवालिका वञ्चित भएका छन । जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीले राष्ट्रिय खोप कार्यक्रम अन्र्तरगत स्वास्थ्य संस्था तथा पालिका स्तरीय सूक्ष्मयोजना तर्जुमा तथा सरसफाई प्रवर्द्धन सम्बन्धी ३दिने कार्यक्रम उक्त कुरा बताईएको हो। जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीको आयोजनामा सुरु भएको कार्यक्रममा कोटहीमाई,मर्चबारी र सम्मरीमाई गाउँपालिका स्वास्थ्य शाखा प्रमुख हेल्थपोष्ट ईन्र्चाजहरु गरि ३० जनाकोे कार्यक्रममा सहभागीता रहेको छ। सम्मरीमाई गाउँपालिकाका स्वास्थ्य शाखा मुन्सी प्रसाद माझीको अध्यक्षता गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत झबिलाल भट्राईको प्रमुख आतिथ्य जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीका खोप अधिकृत चिन्तामणी ज्ञाबलीको संञ्चालन खोप अधिकृत भेषराज शर्माको…

एन्टी रेबिज भ्याक्सिन तिलोत्तमाको आनन्दवन स्वास्थ्य चौकीमा लगाईने

स्वास्थ्यसमाचार/रुपन्देहीको तिलोत्तमा नगरपालिकामा एन्टीरेबिज भ्याक्सिन सेवा सुरु भएको छ । तिलोत्तमा ६ स्थित आनन्दवन स्वास्थ्य चौकीबाट उक्त सेवा सुरु भएको हो । यसअघि बुटवल र भैरहवामा मात्रै उपलब्ध रहेको रेबिजविरुद्धको भ्याक्सिन अब तिलोत्तमामा पनि पाइने भएको हो ।नगरप्रमुख रामकृष्ण खाणले भ्याक्सिन ब्याग स्वास्थ्य चौकीका प्रमुखलाई हस्तान्तरण गरी उक्त सेवा सुरु गरे । सेवा आरम्भ कार्यक्रममा बोल्दै खाणले स्वास्थ्य क्षेत्रमा अझै पनि चेतना कम हुँदा समस्या देखिएको बताए । उनले यो सेवासम्बन्धी जानकारी हरेक वडाका नगरबासीसमक्ष पुर्‍याउनुपर्नेमा जोड दिए । अन्य क्षेत्रको भन्दा तिलोत्तमाका नगरबासीको औसत आयु बढी रहेको भन्दै खाणले…

देवदहमा स्वास्थ्य संस्था तथा पालिका स्तरीय सूक्ष्म योजना तर्जुमा कार्यशाला सुरु

स्वास्थ्यसमाचार /राष्ट्रिय खोप कार्यक्रम अन्तरगत स्वास्थ्य संस्था तथा पालिका स्तरीय सूक्ष्मयोजना तर्जुमा तथा सरसफाई प्रवर्द्धन सम्बन्धी ३दिने कार्यक्रम सुरु भएको छ। जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीको आयोजनामा सुरु भएको कार्यक्रममा देबदह नगरपालिका ओमसतिया र रोहीणी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख हेल्थपोष्ट ईन्र्चाजहरु गरि ३० जनाकोे कार्यक्रममा सहभागीता रहेको छ। जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीका प्रमुख गौरब ढकालको अध्यक्षता खोप अधिकृत चिन्तामणी ज्ञाबलीको संञ्चालन खोप अधिकृत भेषराज शर्माको संञ्चालन र अर्काे खोप अधिकृत देबेन्द्र गुरुडको समन्यमा कार्यक्रम सुभारम्भ भएको थियो। ३ दिने कार्यक्रमको उदघाटनमा वोल्दै स्वास्थ्य प्रमुख ढकालले अहिले बनाएका सुस्म योजना ले स्वास्थ्यक्षेत्रमा…

स्वास्थ्य मन्त्रालयले वैशाख ११ देखि १७ गतेसम्म खोप सप्ताह मनाउने

स्वास्थ्यसमाचार/ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही वैशाख ११ देखि १७ गतेसम्म खोप सप्ताह मनाउने भएको छ । मन्त्रालयले वैशाखलाई पूर्णखोप सुनिश्चित र प्रमाणीकरण महिनाका रूपमा मनाउने उद्देश्यले खोप सप्ताह मनाउन लागिएको हो । लगाउन छुटेका सबै बालबालिकालाई खोप लगाई नेपालमा पूर्णखोप रहेको सुनिश्चित गर्नका लागि सप्ताह मनाउन लागेको स्वास्थ्य मन्त्रालय परिवार कल्याण महाशाखाका निर्देशक डा विवेककुमार लालले जानकारी दिनुभयो । उहाँले सप्ताहमा लगाउन छुटका सबै बालबालिकालाई खोप दिइने बताउनुुभयो । विभिन्न जिल्लामा खोप लगाउन छुटेका बालबालिकाको सङ्ख्या बढ्दै गइरहेकाले उनीहरुमा दादुरा, रुवेलालगायत महामारीको जोखिम बढ्न सक्ने भएकाले खोप सप्ताहअन्तर्गत वैशाखभरि…

कृष्णनगर नाका हुँदै नेपाल प्रवेश गरेका १० जनामा कोरोना सङ्क्रमण

स्वास्थ्यसमाचार/ कपिलवस्तुको कृष्णनगर नाका हुँदै नेपाल प्रवेश गरेका १० जनामा कोरोना देखिएको छ । पछिल्लो २ सातामा ४४० जनाको कृष्णनगर नगरपालिकामा रहेको हेल्थ डेस्कमा एन्टीजिन विधिबाट परीक्षण गरिएको थियो । पछिल्लो साता १ हजार ५६५ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो । तीमध्ये ३९२ जनाको एन्टीजिन विधिबाट परीक्षण गरिएको थियो । परीक्षण गरिएकामध्ये ९ जनामा कोरोना देखिएको थियो । पोजेटिभ देखिएका ९ जनाको भेरियन्ट चेक गर्नका लागि नमुना सङ्कलन गरी केन्द्रीय प्रयोगशालामा पठाइएको स्वास्थ्य कार्यालय कपिलवस्तुका स्वास्थ्य निरीक्षक उमेशचन्द्र घिमिरेले बताउनुभयो । अघिल्लो साता १ हजार ४८४ जनाको स्वास्थ्य परीक्षण गरिएको…