तिलोत्तमा यसरी शुरू भयो दादुरा रूबेला खोप अभियान (फोटो फिचर)

स्वास्थ्यसमाचार/आजबाट दादुरा-रुबेला राष्ट्रिय खोप अभियानको शुभारम्भ भएको छ । तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाण र उपप्रमुख जगेश्वर देवी चौधरीले तिलोत्तमाको शंकरनगर दुर्गादत्त माविबाट दादुरा-रुबेला राष्ट्रिय खोप अभियानको आइतबार शुभारम्भ गरेका हुन् । जनस्वास्थ्य निरिक्षक केशव भट्टराई र प्रवेश पौडेललाई भ्याक्सिन बक्स हस्तान्तरण गरेर अभियान थालिएको हो । नगर प्रमुख खाणले नेपाल सरकारले सन् २०२६ सम्म दादुरा-रुबेला निवारण गर्न प्रतिवद्ध रहे अनुरुप दादुराको महामारी आउन नदिन एकजना बालबालिका पनि छुट्न नहुनेमा जोड दिए । नगर उपप्रमुख चौधरीले यस अभियानमा नगरका १७ वडा स्वास्थ्य चौकी र निश्चित विद्यालयहरुमा ९ महिना देखि…

बुटवलमा यसरी शुरू भयो दादुरा रूबेला खोप अभियान ( फोटो फिचर )

स्वास्थ्यसमाचार/ बुटवलमा दादुरा रुबेलाविरुद्धको खोप अभियान शुरु भएको छ। आइतबार बुटवल ११ को प्रगति माविमा बुटवल उपमहानगर पालिका का प्रमुख खेलराज पाण्डेयले स्वास्थ्यकर्मीलाई भ्याक्सिन क्यारियर हस्तान्तरण गरी खोप अभियान शुरु भएको घोषणा गरे। उनले यो अभियानमा ९ महिनादेखि १५ वर्षभित्रका कोहीपनि बालबालिकाहरु खोप लगाउनबाट बञ्चित हुन नहुने बताए। उनले बुटवलभित्रका बालबालिकालाई खोप लगाउनबाट नछुट्ने गरी अभियान सञ्चालन गर्न र व्यापक प्रचार प्रसार गर्नका लागि आग्रह गरे। उनले कतिपय ठाउँमा दादुराको महामारी देखिएको बताउँदै खोप लगाउनबाट एकजना बालबालिका पनि छुट्न नहुनेमा जोड दिए। उपप्रमुख सावित्रादेवी अर्यालले खोप लगाउनका लागि विद्यार्थी, अभिभावक…

ओमसतियामा दादुरा रुबेला खोप अभियानको तिव्र प्रचार प्रसार

स्वास्थ्यसमाचार/ फागुन १३ गते देखि २० गते सम्म सञ्चालन हुने दादुरा रुबेला खोप अभियानको तयारीले ओमसतिया गाउँपालिकामा तिव्रता लिएको छ । अभियानको क्रममा पालिकाका शत प्रतिशत बालबालिकालाई सहभागी गराउने उद्देश्य सहित यसको प्रचार प्रसार तिव्र बनाईएको छ । गाउँपालिकाको कार्यालयमा आयोजित पालिका स्तरिय अन्तरक्रिया कार्यक्रममा जनप्रतिनिधिहरु अभियानका क्रममा पूर्ण सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । अभियान सुरु हुनु अघि बालबालिका तथा उनीहरुका अभिभावकलाई जानकारी गराउन देखि अभियानका दौरान खोप केन्द्र सम्म उनिहरुलाई ल्याउन सहजीकरण गर्ने वडा नम्बर ४ का वडा अध्यक्ष अखिलेश्वर पाण्डेले बताए । खोप धेरै संवेदनशिल रहेको छ…

तिलोत्तमामा ४७ हजार वालवालिका लाई दादुरा–रुबेला खोप लगाइने

स्वास्थ्यसमाचार/ तिलोत्तमामा फागुन १३ गते देखी दादुरा–रुबेला खोप अभियान सुरु हुने भएको छ। नगरपालिकाको स्वास्थ्य शाखाले दिएको जानकारी अनुसार १३ फागुन देखि १७ गते सम्म खोप अभियान सञ्चालन हुने भएको हो। नगरपालिका स्वास्थ्य शाखा प्रमुख केशब भट्टराईका अनुसार तिलोत्तमामा ४६ हजार ७ सय ६० जना वालवालिका लाई खोप लगाउने तयारी गरिएको बताउनु भयो। तिलोत्तमा नगर प्रमुख रामकृष्ण खाँणले एक शन्देश जारी गदै तिलोत्तमा नगरपालिका फाल्गुन १३ गते देखि १७ गते सम्म वडा नं. १–१७वडाका तोकिएको समयमा र स्थानमा दादुरा–रुबेला खोप अभियान सञ्चालन हुने भएकोले आफ्ना ९ महिना देखि १५ वर्ष…

रुपन्देहीमा ३लाख १४ हजार बालबालिकालाई दादुरा–रुबेलाविरुद्ध खोप लगाइँदै

स्वास्थ्यसमाचार/ जन्मेको ९ महिनादेखि १५ वर्ष उमेर पूरा गरेका रुपन्देहीका ३ लाखभन्दा धेरै बालबालिकालाई यही फागुन १३ देखि २४ गतेसम्म दादुरा–रुबेला खोप लगाइने भएको छ । यसका लागि रुपन्देहीमा १ हजार १ सय खोप केन्द्र निर्धारण गरिएको छ ।२ हजार २ सय जना स्वास्थ्यकर्मीमार्फत जिल्लामा रहेका उक्त उमेर समूहका ३ लाख १४ हजार ७ सय ३८ जनालाई दादुरा रुबेलाको खोप दिने तयारी गरिएको जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ । दादुरा–रुबेला खोप अभियान २०८०/०८१ सम्बन्धी उक्त कार्यालयले संचारकर्मीसँग अन्तरक्रिया कार्यक्रम आयोजना गर्दै रुपन्देहीमा २ चरणमा खोप लगाइने जनाएको छ ।…

रुपन्देहीमा दादुरा रुबेला खोप अभियान दुई चरणमा

स्वास्थ्यसमाचार/रुपन्देही जिल्लामा दादुरा–रुबेला खोप अभियान दुई चरणमा सञ्चालन हुने भएको छ । यहि फागुन १३ गते बाट सुरु हुने अभियान अन्र्तगत पहिलो चरणमा रुपन्देहीका ९ वटा पालिकामा १३ फागुन देखि १७ गते सम्म सञ्चालन हुने छन् भने दोस्रो चरणमा फागुन २० देखि २४ गते सम्म ७ वटा पालिकामा खोप अभियान सञ्चालन हुने भएको हो । स्वाथ्य कार्यालय रुपन्देहीका खोप अधिकृत भेषराज शर्माका अनुसार पहिलो चरणमा बुटवल, देवदह, तिलोत्तमा, लुम्बिनी, सिद्धार्थनगर, ओमसतिया, रोहिणी, सियारी, शुद्धोधन(जम्मा ९ पालिका) र दोस्रो चरणमा गैडहवा, कञ्चन, सैनामैना, सम्मरीमाई, मर्चावारी, कोटहिमाइ, मायादेवी(जम्मा ७ पालिका) मा खोप…

दादुरा–रुबेलाको खोप अभियान फागुन १३ गतेदेखि चैत ७ गतेसम्म

स्वास्थ्यसमाचार/ सरकारले आउँदो फागुन १३ गतेदेखि चैत ७ गतेसम्म देशभरि दादुरा–रुबेलाको खोप अभियान सञ्चालन गर्ने भएको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले दादुराको सम्भावित सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै १५ वर्षमुनिका सबै बालबालिकाका लागि दादुरा–रुबेलाविरुद्धको खोप अभियान सञ्चालन गर्न लागिएको जानकारी दिनुभयो । प्रवक्ता डा बुढाथोकी अनुसार भारतसँग सीमा जोडिएका दादुरा–रुबेलाको अतिसङ्क्रमित २१ जिल्ला र काठमाण्डौ उपत्यकाका तीन गरी २४ जिल्लामा नौ महिनादेखि १५ वर्षमुनिका सबै बालबालिकालाई खोप लगाइनेछ । जाजरकोट र पश्चिम रुकुममा भने गएको कात्तिकमा भूकम्प गएपछि खोप अभियान सञ्चालन गरिएको थियो । खोप अभियानकै क्रममा…

नवलपरासीमा दादुरा–रुबेलाविरुद्धको खोप दुई चरणमा लगाइने

स्वास्थ्यसमाचार /पश्चिम नवलपरासीमा एक लाख बढी बालबालिकालाई दादुरा–रुबेलाविरुद्धको खोप लगाइँदैछ । अभियानकै रुपमा सञ्चालन गरी लगाउन लागिएको खोप जिल्लाका सात पालीकामध्ये पहिलो चरणमा नगरपालिका र दोस्रो चरणमा गाउँपालिकामा सञ्चालन गरिनेछ । जसअनुसार फागुन १३ देखि १९ गतेसम्म रामग्राम,सुनवल र बर्दघाट नगरपालिकामा सञ्चालन गरिनेछ भने फागुन २१ गतेदेखि २७ गतेसम्म पाल्हीनन्दन,सरावल,प्रतापपुर र सुस्ता गाउँपालिकामा सञ्चालन गरिने स्वास्थ्य कार्यालयका प्रमुख ओम प्रकाश पन्थीले जानकारी दिए । सरकारले दादुराबाट उच्च जोखिममा रहेका काठमाडौं र तराई जिल्लामा रहेका ९ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई यो रोग विरुद्धको खोप लगाउँदैछ । बाँकी जिल्लामा रहेका ९ महिनादेखि…

In Bardia more than 1 lakh 18 thousand boys and girls vaccinated against measles-rubella

Health news/Children of all 8 municipalities of Bardia will get measles and rubella vaccine. Children aged 9 months to 5 years and children in the age group of 5 years to 15 years will be vaccinated through the vaccination campaign which will be conducted from 13th to 18th February. Gokarn Giri, Head of Health Office, Bardia informed that the target is 31 thousand 449 people from 9 months to 5 years old, 87 thousand 78 people from 5 years to 15 years old, and a total of 18 thousand 527…

अर्घाखाँचीमा १२हजार बढी वालवालिका दादुरा रुवेला खोप लगाइने

स्वास्थ्यसमाचार /अर्घाखाँचीमा जिल्लामा १२ हजार ८ सय १० जना वालवालिका लाई दादुरा रुबेला रोग विरुद्धको खोप लगाइने भएको छ। स्वास्थ्य कार्यलय अर्घाखाँचीका अनुसार ९ महिनादेखि ५ वर्ष मुनिका सम्पूर्ण बालबालिकाहरूलाई दादुरा रुबेला रोग विरुद्धको खोप दिइने हो स्वास्थ्य कार्यलयका प्रमुख शिव नेपालीले भन्नु भयो जिल्लामा ९ महिना देखी ५ बर्ष मुनिका १२ हजार ८ सय १० जना वालवालिका लाई दादुरा रुबेला रोग विरुद्धको खोप लगाइने तयारी भएको बताउनु भयो। उहाले अभियान सञ्चालनको लागि अभिमुखीकरण तथा योजना तर्जुमा गोष्ठी समेत गरिएको बताउनु भयो। फागुन १३ गते देखि १७ गतेसम्म जिल्लाका ६१…