स्वास्थ्यसमाचार/पाठेघरको मुखको क्यान्सर विरुद्धको एच.पि.भी.खोप लगाउने राष्ट्रिय अभियान अन्तर्गत गुल्मी जिल्लाका ११ हजार ३ सय किशोरीलाई उक्त खोप लगाइने भएको छ। आगामी माघ २२ गतेदेखि फागुन ६ गतेसम्म संचालन गरिने राष्ट्रिय अभियान अन्तर्गत गुल्मी जिल्लाका १२ स्थानीय तहका विद्यालयमा अध्ययनरत ११ हजार ४४ छात्रा र विद्यालय बाहिर रहेका १० वर्षदेखि १४ वर्षसम्मका २ सय ४४ गरि ११ हजार २ सय ८८ जना किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको एच.पि.भी.खोप लगाइने जानकारी स्वास्थ्य कार्यालय गुल्मीका जनस्वास्थ्य अधिकृत पशुपति आचार्यले दिनुभयो। अभियान अन्तर्गत दुई नगरपालिका र दश गाउँपालिका गरी १२ स्थानीय तहमा रहेका…
खोप
कपिलवस्तुका ४४ हजार बढी किशोरीलाई एचपिभी खोप लगाइँदै
स्वास्थ्यसमाचार /कपिलवस्तुका ४४ बढी हजार किशोरीलाई एचपिभी खोप लगाइँदै छ । यहि माघ २२ गतेदेखि फागुन ६ गतेसम्म संचालन हुने खोप अभियान अन्तरगत जिल्लाका ४४ हजार ४ सय ७१ जना किशोरीलाई एचपिभी खोप लगाइने स्वास्थ्य कार्यालय कपिलवस्तुका वरिष्ठ जनस्वास्थ्य अधिकृत नारायण प्रसाद चौधरीले वताए । जिल्लामा दुई चरणमा गरी खोप अभियान सञ्चालन गरिने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । पहिलो चरण अन्तरगत ५ पालिकाका विद्यालयबाट खोप लगाइने छ । जिल्लाको कपिलवस्तु, कृष्णनगर, शिवराज नगरपालिका यसैगरी विजयनगर र यशोधरा गाँउपालिकामा माघ २२ गतेदेखि २८ गतेसम्म खोप अभियान चलाइने अधिकृत चौधरीले बताए…
रुपन्देहीका ५८ हजार ९ सय किशोरीहरुलाई एचपिभी खोप लगाइने
स्वास्थ्यसमाचार/रुपन्देही जिल्लामा रहेका ५८ हजार ८ सय ९८ जना किशोरीहरुलाई पाठेघरको क्यान्सर विरुद्धको (एचपीभी) खोप लगाइने भएको छ । देश व्यापी अभियान अन्तरगत रुपन्देही जिल्लामा यहि माघ २२ गते देखि फागुन महिनाको ६ गते सम्म खोप लगाइने जिल्ला स्वाथ्य कार्यालय रुपन्देहीका निमित्त प्रमुख चिन्तामणि ज्ञवालीले बताउनु भयो । उहाँका अनुसार जिल्लामा दुई चरणमा खोप अभियान चलाइने छ । जस अनुसार पहिलो चरणमा माघ महिनाको २२ गते देखि २९ गते सम्म जिल्लाको बुटवल उपमहानगरपालिका र सिद्धार्थ नगर नगरपालिकामा र माघ २२ देखि २७ सम्म सैनामैना, कञ्चन, गैडहवा, शुद्धोधन, सियारी र मायादेवी…
रुपन्देहीमा दुई चरणमा पाठेघर मुखको क्यान्सर बिरुद्ध खोप लगाइने
स्वास्थ्यसमाचार/किशोरिहरुमा हुने पाठेघरको मुखको क्यान्सर रोगको बिरुद्ध रुपन्देहीमा अभियान चलाइने भएको छ । आगमी माघ २२ गते शुरु गरिने अभियानमा विद्यालयमा अध्ययनरत १० बर्षदेखि १४ बर्ष उमेर समुहका छात्रालाई खोप लगाइने भएको हो । विभिन्न विद्यालयका छात्रालाई पहिलो चरण र दोस्रो चरणमा गरि ५८ हजार ८ सय ९८ किशोरीलाई खोप लगाउने कार्यक्रम रहेको जिल्ला स्वास्थ्य कार्यलयका निमित्त प्रमुख चिन्तामणि ज्ञवालीले बताए । रुपन्देहीमा जिल्ला स्वास्थ्य कार्यलयको अगुवाई सबै १६ पालिकाहरुमा किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सर बिरुद्धको खोप लगाइने भएको छ । पाठेघरको मुखको क्यान्सर ह्युमन प्यापिलोमा भाइरसको संक्रमणबाट हुने गर्दछ ।…
स्कुले किशोरीबाट सुरु हुँदै एचपिभी खोप, कति छ सुरक्षित ?
काठमाडौँ / सरकारले देशभर यही माघ २२ गतेदेखि फागुन ६ गतेसम्म पाठेघरको मुखको क्यान्सरविरूद्धको एचपिभी खोप अभियान सञ्चालन गर्दै छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य सेवा विभागले लक्षित समूहका किशोरीहरू विद्यालयमै अध्ययन गरिरहेकाले पहिलो चरणमा विद्यालय केन्द्रित गरेर अभियान सञ्चालन गर्ने जनाएको छ। बाल स्वास्थ्य तथा खोप सेवा शाखाका प्रमुख डा अभियान गौतमका अनुसार कक्षा ६,७,८,९ र १० का किशोरीहरूलाई उक्त खोप लगाइने छ। ‘यो खोप लगाउने लक्षित वर्ग १० देखि १४ वर्षकाका किशोरीहरू यी कक्षाहरूमा अध्ययन गरेको पाइयो,’आज पाठेघरको मुखको क्यान्सर तथा एचपिभी खोपसम्बन्धी शिक्षा पत्रकार सञ्जाल नेपालइजोनसँगको अभिमूखीकरण…
अर्घाखाँचीका ८७ सय किशोरीलाई ‘एचपिभी’ खोप लगाइने
स्वास्थ्यसमाचार/पाठेघरको मुखको क्यान्सर रोकथामका लागि अर्घाखाँचीका ८७ सय किशोरीलाई ‘एचपिभी’ खोप लगाइने भएको छ ।आगामी माघ २२ देखि सञ्चालन हुने खोप अभियानअन्तर्गत विद्यालयमै पुगेर छ देखि १० कक्षामा अध्ययनरत किशोरीलाई उक्त खोप लगाउने भएको हो । विद्यालय बाहिरका १० देखि १४ वर्षमुनिका किशोरीलाई पनि खोप लगाउने कार्यक्रम रहेको स्वास्थ्य कार्यालय अर्घाखाँचीका प्रमुख शिव सार्कीले बताउनु भयो।उहाँका अनुसार खोप कार्यक्रम सञ्चालनका लागि सबै पालिका २ सय स्वास्थ्यकर्मीलाई अभिमुखीकरण तालिम दिएको बताउनु भयो ।यसपछि शिक्षक, पालिकाका स्रोतव्यक्ति, महिला स्वास्थ्य स्वयंसेविका, चिकित्सक, अन्य स्वास्थ्यकर्मीहरूलाई तालिम दिने कार्यक्रम रहेका सार्कीलेले बताउनु भयो । लुम्बिनी…
लुम्बिनीमा दुई लाख ९८ हजार किशोरीलाई एचपिभी खोप लगाइने
स्वास्थ्यसमाचार /लुम्बिनी प्रदेशमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले किशोरीलाई लगाइने पाठेघरको मुखको क्यान्सर विरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप पठाएको छ । लुम्बिनीमा दुई लाख ९८ हजार नौ सय १० मात्रा खोप आएको प्रदेश स्वास्थ्य आपुर्ति केन्द्र लुम्बिनीले जनाएको छ।‘भ्याक्सिन र खोपका लागि ग्लोबल एलायन्स’ (गाभी)को सहयोगमा खोप नेपाल आएपछि प्रदेशमा पठाइएको स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन महाशाखाका निर्देशक डा पवनजङ्ग रायमाझीले जानकारी दिए। उनले सबै १७ लाख ७० हजार २० मात्रा खोप नेपाल आइसकेको बताए । निर्देशक डा रायमाझीका अनुसार गाभीले किशोरीलाई पाठेघरको मुखको क्यान्सरबाट बचाउन एचपिभी खोप निःशुल्क उपलब्ध…
रुपन्देहीका ५९ हजार किशोरीलाई दुई चरणमा ‘एचपिभी’ खोप लगाइने
स्वास्थ्यसमाचार /पाठेघरको मुखको क्यान्सर रोकथामका लागि रुपन्देहीका ५९हजार किशोरीलाई ‘एचपिभी’ खोप लगाइने भएको छ । आगामी माघ २२ देखि पहिलो चरणमा र दोश्रो चरण फागुन १ गते देखी सञ्चालन हुने खोप अभियानअन्तर्गत विद्यालयमै पुगेर छदेखि १० कक्षामा अध्ययनरत किशोरीलाई उक्त खोप लगाउने भएको हो । विद्यालय बाहिरका १० देखि १४ वर्षमुनिका किशोरीलाई पनि खोप लगाउने कार्यक्रम रहेको स्वास्थ्य कार्यालय रुपन्देहीका निमित्त प्रमुख चिन्तामणि ज्ञावालीले बताउनु भयो। उहाँका अनुसार खोप कार्यक्रम सञ्चालनका लागि पुस २५ देखि माघ९ गतेसम्म जिल्लाले पालिका स्वास्थ्य संस्था प्रमुखहरूलाई अभिमुखीकरण तालिम सञ्चालन कार्य भइरहेको ज्ञवालीको भनाई छ…
एचपीभी खोपको पहिलो खेप ४ लाख ६० हजार भाइल काठमाडौँ भित्रियो
स्वास्थ्यसमाचार/आगामी २२ माघ देखि सुरु हुन लागेको पाठेघरको मुखको क्यान्सर विरुद्ध प्रयोग हुने ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) खोप अभियानका लागि पहिलो खेप खोप आइपुगेको छ । ‘ग्लोबल एलायन्स फर भ्याक्सिन एण्ड इमुनाइजेसन’ (गाभी) को सहयोगमा चिनियाँ कम्पनी इनोभ्याक्सले उत्पादन गरेको सिकोलिन ब्राण्डको यो खोपको पहिलो खेप ४ लाख ६० हजार ९४० भाइल खोप हिजो राती १०:३० बजे क्याथे प्यासेफिकको उडानबाट चीनबाट हङकङ हुँदै काठमाडौँ आईपुगेको हो । स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा अन्तर्गत आपूर्ति शाखाका भ्याक्सिन तथा कोल्डचेन इकाई प्रमुख सञ्जीव कट्टेलले यो अभियानका कुल लागि १७ लाख ७० हजार…
राष्ट्रिय खोप तालिकामा पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप समावेश
स्वास्थ्यसमाचार/राष्ट्रिय खोप तालिकामा पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ‘एचपीभी भ्याक्सिन’ समावेश गरिएको छ। एचपीभी खोपले पाठेघरको क्यान्सरबाट बचाउन सहयोग गर्छ। पाठेघरको मुखको क्यान्सरको प्रमुख कारण एचपीभी अर्थात् ‘ह्युमन प्यापिलोमा भाइरस’लाई मानिन्छ। सरकारले जापनिज इन्सेफ्लाइटिस, दादुरा र रुबेला, टाइफाइड, निमोनिया, पोलियो, भ्यागुते रोग, लहरे खोकी, धनुष्टङ्कार, हेपटाइटिस्–बी, हेमोफिलस इन्फ्लुएञ्जा बी, क्षयरोग गरी ११ वटा रोगविरुद्धको खोप निःशुल्क दिँदै आएकामा पाठेघरको मुखको क्यान्सरको खोप पनि थपिएको हो। ११ वटा रोगविरुद्धका खोपहरु शिशु जन्मेको १५ महिनाभित्र पूरा गरिसक्नुपर्छ भने थपिएको एचपीभी खोप कक्षा ६ मा अध्ययनरत छात्रा र विद्यालय नजाने १० वर्षकी किशोरीलाई लगाइनेछ।राष्ट्रिय…