गौमुखी गाउँपालिका पूर्ण संस्थागत सुत्केरी सेवा युक्त पालिका घोषित

स्वास्थ्यसमाचार/ गौमुखी गाउँपालिकाका सबै गर्भवती स्वास्थ्य संस्थामा आएर सुत्केरी भएसंगै गाउँपालिकालाइ जिरो होम डेलिभरी’ पालिका घोषणा गरिएको छ । पछिल्ला तिन आर्थिक बर्षमा गाउँपालिका भित्रका सबै गर्भवती स्वास्थ्य संस्थामा आएर प्रसुति भएसंगै गाउँपालिकालाइ शनिवार एक कार्यक्रमका बिच पुर्ण संस्थागत प्रसुती सेवा युक्त पालिका घोषणा गरिएको हो । आर्थिक बर्ष २०७९/०८० मा ३ सय ३४ जना महिला गर्भवती रहेको गौमुखीमा सबै स्वास्थ्य संस्थामा आएर प्रसुती सेवा लिएका थिए । आ.व. २०८०/०८१ मा २८२ र आ.व. ०८१/०८२ मा २९५ जना गर्भवतीले स्वास्थ्य संस्थाबाट प्रसुती सेवा लिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख हरि प्रसाद…

धुर्कोट पूर्ण खोप, पोषण मैत्री र संस्थागत सुत्केरी सेवा सुनिश्चितता पालिका घोषणा

स्वास्थ्यसमाचार/ धुर्कोट गाउँपालिकाको आयोजनामा पूर्ण खोप, पूर्ण पोषण मैत्री तथा पूर्ण संस्थागत सुत्केरी पालिका सुनिश्चितता तथा निरन्तरता घोषणा कार्यक्रम सम्पन्न भएको छ । जिल्ला खोप तथा प्रजनन स्वास्थ्य समन्वय समितिका संयोजक द्रोण बहादुर खत्रीले धुर्कोट गाउँपालिकालाई सुनिश्चितता तथा निरन्तरताको घोषणा प्रमाण पत्र प्रदान गर्नु भएको थियो । उक्त कार्यक्रममा धुर्कोट गाउँपालिकाद्वारा सबै स्वास्थ्य संस्था तथा वडा कार्यालयलाई सुनिश्चितता तथा निरन्तरताको घोषणा प्रमाण पत्र प्रदान गरिएको थियो । कार्यक्रममा स्वास्थ्य कार्यालय गुल्मीका नर्सिङ अधिकृत मुना थापा पुन र धुर्कोट आधाभुत अस्पतालका डाक्टर लाल बहादुर खत्रीलाई दोसल्ला सहित सम्मान पत्रले समेत सम्मान…

शुद्धोदन पूर्ण संस्थागत प्रसुतियुक्त, जिरो होम डेलिभरी तथा पूर्ण खोप सुनिश्चितता पालिका घोषणा

स्वास्थ्यसमाचार/शुद्धोदन गाउँपालिका गाउँकार्यपालिकाको कार्यालयको आयोजनामा पूर्ण संस्थागत प्रसुति युक्त पालिका जिरो होम डेलिभरी तथा पूर्ण खोप सुनिश्चितता पालिका घोषणा भएको छ। शुद्धोदन गाउँपालिकामा आयोजित एक कार्यक्रमबीच शुद्धोदन गाउँपालिका अध्यक्ष विष्णुप्रसाद बस्याल रुपन्देही जिल्ला समन्वय समिति प्रमुख तथा खोप समन्वय समितिका संयोजक उमाकान्त चापागाईं लगायतले सो घोषणा गर्नुभएको थियो। स्वास्थ्य सेवा पहुँच र गुणस्तरमा निरन्तर सुधार गर्दै गाउँपालिकाले सबै लक्षित समूहमा पूर्ण खोप सुनिश्चित गर्नुका साथै स्वास्थ्य संस्थामा पूर्ण प्रसूति र सेवा निरन्तरतामा विशेष ध्यान दिएको प्रमाणित भएपछि पूर्व खोप र प्रस्तुति सेवा युक्त पालिका घोषणा गरिएको शुद्धोदन स्वास्थ्य सेवा शाखा…

सिद्धार्थनगर पुर्ण संस्थागत प्रसुती र खोप सुनिश्चितता दिगोपना घोषणा

स्वास्थ्यसमाचार/रुपन्देहीको सिद्धार्थनगर नगरपालिकालाई पूर्ण संस्थागत प्रसुति सेवा युक्त पालिका एवं पूर्ण खोप सुनिश्चितता दिगोपना नगरपालिका घोषणा गरिएको छ । मंगलबार आयोजित एक कार्यक्रममा नगरप्रमुख इश्तियाक अहमद खाँले नगरपालिकालार्ई पूर्ण संस्थागत प्रसुति र खोप सुनिश्चितता दिगोपना घोषणा गर्नुभएको हो । कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख तथा जिल्ला खोप समन्वय समितिका अध्यक्ष उमाकान्त चपाईले पूर्ण संस्थागत प्रसुति सेवा युक्त पालिका एवं पूर्ण खोप सुनिश्चितता दिगोपना नगरपालिका घोषणाका लागि खट्नुहुने स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविका धन्यवादको पात्र भएको बताउनुभयो । उनले सिद्धार्थनगरले एकपछि अर्को गर्दै उत्कृष्ट काम गर्दै गएको समेत उल्लेख…

रोहिणी ‘पूर्ण खोप सुनिश्चितता दिगोपना गाउँपालिका’ घोषणा

स्वास्थ्यसमाचार/ रुपन्देहीको रोहिणी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता दिगोपना गाउँपालिका घोषणा गरिएको छ । सोमबार रोहिणी–३ स्थित धकधईमा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष विद्या प्रसाद यादवले पूर्ण खोप सुनिश्चितता दिगोपना गाउँपालिका घोषणा गर्नुभएको हो । कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख तथा जिल्ला खोप समन्वय समितिका अध्यक्ष उमाकान्त चपाईले पूर्ण खोप सुनिश्चितता दिगोपना गाउँपालिका घोषणाका लागि अहारोत्र खट्नुहुने स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविका धन्यवादको पात्र भएको बताउनुभयो । ‘तपाईहरु सबै लागेर रोहिणी गाउँपालिकाले यो सफलता प्राप्त गरेको हो, ’उहाँले भन्नुभयो । रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले रातदिन खटेर सहज रुपमा…

पूर्ण खोप सुनिश्चितता र पूर्ण संस्थागत प्रसुति सेवायुक्त पालिका घोषणासंगै दिगोपनालाइ समेत ध्यान दिनुपर्दछ : प्रमुख खत्री

स्वास्थ्यसमाचार/जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोण खत्रीले पूर्ण खोप सुनिश्चितता र पूर्ण संस्थागत प्रसुति सेवायुक्त पालिका घोषणाले हामी सक्षम छौ भन्ने देखिएपनि यसको दिगो संचालनका लागि कार्ययोजना र स्रोत सुनिश्चित नहुँदा अधिकांश कार्यक्रमहरु पछी गएर अलपत्र पर्ने भएकोले घोषणासंगै स्रोतको सुनिश्चित गर्नुपर्ने कुरामा जोड दिनुभयो। इस्मा गाउँपालिकाको इस्मा गाउँपालिका वडा नं. ५ रजस्थलको आनन्दपुर माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजना गरिएको कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोण खत्रीले पूर्ण खोप सुनिश्चितता र पूर्ण संस्थागत प्रसुति सेवायुक्त पालिका घोषणा गर्नुभएको हो। प्रमुख खत्रीले पूर्वाधार विकासले मात्रै पूर्ण विकास हुन सक्दैन”शिक्षा,…

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) लुम्बिनी प्रदेशको पहिलो पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषित

स्वास्थ्यसमाचार/नवलपरासी जिल्ला (बर्दघाट सुस्ता पश्चिम) लुम्बिनी प्रदेशको पहिलो पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्लाको रूपमा घोषित गरिएको छ। आज रामग्राम नगरपालिकामा आयोजित विशेष कार्यक्रममा लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारुले औपचारिक रूपमा सो घोषणा गर्नुभएको हो। स्वास्थ्य मन्त्री सारुले जिल्लालाई ऐतिहासिक उपलब्धिको रूपमा पूर्ण खोप सुनिश्चितता हासिल गरेकोमा बधाई दिँदै, यस उपलब्धिका लागि सबै सरोकारवालाको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो। साथै उहाँले पृथ्वी चन्द्र अस्पतालमा डाक्टरहरूको दरबन्दी तत्काल पूर्ण गर्ने र महिला स्वास्थ्य स्वयंसेवककाहरूका माग सम्बोधन गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको जानकारी दिनुभयो। घोषणा समारोह जिल्ला समन्वय समिति नवलपरासीका प्रमुख…

गुल्मीदरबार गाउँपालिका :पूर्ण खोप, संस्थागत प्रसुती र पोषणमैत्री स्वास्थ्य संस्था सुनिश्चित

स्वास्थ्यसमाचार/ गुल्मीको गुल्मीदरबार गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित, पूर्ण संस्थागत प्रसुती गाउँपालिका र पूर्ण पोषण मैत्री स्वास्थ्य संस्था सुनिश्चित पालिका घोषणा गरिएको छ। गाउँपालिकाको सभाहलमा आयोजित कार्यक्रमकामा जिल्ला समन्वय समितिका प्रमुख द्रोण बहादुर खत्रीले उक्त घोषणा गर्नुभएको हो। घोषणा कार्यक्रममा बोल्दै समन्वय प्रमुख खत्रीले पूर्वाधार विकासले मात्रै पूर्ण विकास हुन नसक्ने विचार ब्यक्त गर्नुभयो। प्रमुख खत्रीले भन्नुभयो “शिक्षा, स्वास्थ र पोषण लगायतका क्षेत्रमा तोकिएको मापदण्ड अनुसार राम्रो गर्न सकिएन भने घोषणा कार्यक्रमले मात्र अपेक्षा गरेको उपलब्धि हासिल भएको मान्न सकिदैन”त्यसैले कार्यक्रमलाई दिगो रुपमा संचालनका लागि नियमित अनुगमन र सहजीकरणको खाँचो रहने…

शुद्धोदन ७ पूर्ण खोप पूर्ण संस्थागत प्रसूति र बालविवाह मुक्त वडा घोषणा

स्वास्थ्यसमाचार/ रुपन्देहीको शुद्धोदन गाउँपालिका वडा नम्बर ७ बालविवाह मुक्त वडा घोषणा, पूर्ण खोप दिगोपना सुनिश्चितता घोषण, पूर्ण संस्थागत प्रसूति सेवायूक्त वडा घोषणा भएको छ। शुद्धोदन गाउँपालिका ७का वडा अध्यक्ष भीम नारायण चौधरीको अध्यक्षतामा र शुद्धोदन गाउँपालिका अध्यक्ष विष्णुप्रसाद बस्यालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको उद्घाटन प्रमुख अतिथि विष्णुप्रसाद बस्यालले गर्नू भयो। शुद्धोदन गाउँपालिका ७ ले आफ्नो वडाभित्र उमेर नपुगी हुने विवाहलाई बन्देज लगाउने भएको छ।स्थानीयले उमेर नपुगी हुने विवाहलाई बन्देज गर्ने निर्णय गरिनु सकरात्मक भएको भन्दै कार्यान्वयन पक्षलाई बलियो बनाउनुपर्ने बताउदै। धार्मिक मान्यताको रुपमा हुदै आएको बालविवाहलाई अपराध वा घटनाको रुपमा…

गुल्मीमा एचपिभी खोप :लक्षित समूहको झण्डै शतप्रतिशत सहभागिता

स्वास्थ्यसमाचार/पाठेघरको मुखको क्यान्सर विरुद्धको एच.पि.भी.खोप लगाउने राष्ट्रिय अभियान अन्तर्गत गुल्मी जिल्लाका लक्षित समूहका करीब १०० प्रतिशत छात्रा तथा किशोरीले उक्त खोप लगाएका छन। माघ २२ गतेदेखि फागुन ६ गतेसम्म संचालन भएको अभियानमा १० हजार ८ सय ७४ जनालाई खोप लगाउने लक्ष्य लिएकोमा १० हजार ८ सय ४३ जना छात्रा तथा किशोरीले पाठेघरको मुखको क्यान्सर विरुद्धको एच.पि.भी.खोप लगाएको  स्वास्थ्य कार्यालय गुल्मीका जनस्वास्थ्य अधिकृत पशुपति आचार्यले जानकारी दिनुभयो। समग्रमा गुल्मी जिल्लामा पाठेघरको मुखको क्यान्सर विरुद्धको एच.पि.भी.खोप लगाउने संख्या ९९ दशमलव ७१ प्रतिशत रहेको छ। आचार्यले दिएको जानकारी अनुसार अभियान अन्तर्गत रेसुङ्गा नगरपालिकामा १०२…