स्वास्थ्यसमाचार/ बाँके जिल्ला पूर्ण खोप घोषणा भइसकेको छ । तर, बाँकेकै नेपालगञ्ज उपमहानगरमा गत साता खोप छुटेकै कारण दादुराको प्रकोप फैलियो । स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखाले आइतबारसम्म ७८ बालबालिकामा दादुराको संक्रमण पुष्टि भइसकेको जनाएको छ भने एक जनाको मृत्यु भएको छ । गत वर्ष पनि जाजरकोट र धादिङमा दादुराको संक्रमण पुष्टि भएको थियो । उसो त, सरकारले दादुराको खोपलाई नियमित खोपमै समावेश गर्दै आएको छ । दादुराको खोप ९ महिनामा पहिलो र १५ महिनाका बालबालिकालाई दोस्रो मात्रा दिइँदै आएको छ । सरकारले यो वर्षको अन्त्यसम्ममा दादुरालाई जनस्वास्थ्य समस्याका…
खोप
पोलियोविरुद्धको खोप एफ.आई.पी.भी लगाउने तालिका परिवर्तन
स्वास्थ्यसमाचार/ सरकारले पोलियोविरुद्धको खोप एफ.आई.पी.भीलगाउने तालिका परिवर्तन गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत कात्तिक १७ गतेको मन्त्रिपरिषद् बैठकले खोप तालिका परिवर्तन गर्ने निर्णय गरेको हो । मन्त्रालयले सार्वजनिक गरेको नयाँ तालिका अनुसार एक वर्ष भित्रका बालबालिकाहरूलाई १४ हप्ता र ९ महिनामा गरी दुई मात्रा खोप दिइने छ । साथै एक वर्षको उमेरभित्र सो खोप नियमित तालिकामा लगाउन छुटेमा ५ वर्ष उमेर भित्रका सम्पूर्ण बालबालिकाहरूलाई १६ हप्ता ९४ महिना फरकमा दुई मात्रा दिइने जनाएको छ । यसअघि एक वर्ष भित्रका बालबालिकाहरूलाई दिइने एफ.आई.पी.भीखोप एक वर्ष भित्रका बालबालिकाहरूका लागि…
लुम्बिनीका ५ जिल्लामा ५ देखि १२ वर्ष मुनिका बालबालिकालाई आजबाट फाइजर खोप
स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेशका गुल्मी, पाल्पा, प्युठान, रोल्पा, रुकुम पूर्व सरकारले आजबाट ५ देखि १२ वर्षसम्मका बालबालिकालाई कोभिड–१९ विरुद्धको फाइजर खोप लगाईने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दोस्रो चरणमा ५० जिल्लाका बालबालिकालाई आजबाट फाइजरको पहिलो मात्रा दिन लागिएको हो। मन्त्रालयका अनुसार भदौ २७ गतेदेखि असोज १ गतेसम्म कोभिड–१९ विरुद्धको फाइजर खोपको दोस्रो मात्रा दिइनेछ। बालबालिकालाई दिइने फाइजर खोप सुरक्षित भएकाले ढुक्कसँग आफ्ना बालबालिकालाई लगाउन मन्त्रालयले आग्रह गरेको छ। यसअघि २७ जिल्लाका बालबालिकालाई सरकारले फाइजर खोप दिएको थियो।
स्वास्थ्यमा मुख्यमन्त्री केसी नेतृत्वको सरकारका ९ बुँदे उपलब्धि सार्वजनिक
स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेश सरकारले १ वर्षको अवधिमा गरेका प्रगति विवरण सार्वजनिक गरेको छ ।विभिन्न ५२ बुँदामा प्रस्तुत गरिएको प्रगति प्रतिवेदनमा स्वास्थ्य क्षेत्रमा ९ बुँदेप्रगति विवरण सार्वजनिक गरिएको छ। मुख्यमन्त्री कुलप्रसाद केसी नेतृत्वको सरकार बनेपछि एक वर्षको अवधिमा स्वास्थ्य क्षेत्रमा भएका प्रगति बारे आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्री तिलकराम शर्माले स्वास्थ्य क्षेत्रमा पनि महत्वपुर्ण काम गरेको बताए। के भए स्वास्थ्यमा काम? १लुम्बिनी प्रादेशिक अस्पताल प्रदेश गौरवका आयोजनाको रुपमा घोषणा। २ राप्ती प्राविधिक शिक्षालयको स्थानान्तरणको कार्य…
रुपन्देही पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा
स्वास्थ्यसमाचार /रुपन्देही जिल्ला कोभिड १९ रोग बिरुद्धको पूर्ण खोप र १५ महिना मुनिका बालबालिकाहरुको नियमित खोप दिगोपना सुनिश्चित जिल्ला घोषणा भएको छ । गृहमन्त्री वालकृष्ण खाँणले १५ महिना मुनिका बालबालिकाहरुको नियमित खोप दिगोपना सुनिश्चित जिल्ला घोषणा गरे । कार्यक्रममा बोल्दै खाँणले नेपालको स्वास्थ्य क्षेत्रमा महिला स्वयम सेविकाहरुको ठूलो भूमिका रहेको बताउदै उनिहरुको सेवा सुविधाबारे तिनै तहका सरकारहरुले बजेट छुट्टयाउनु पर्ने बताए । स्वयमसेविकाहरु सेवानिवृत हुदा समेत उनिहरुको जिवनयापन गर्न सहज होस भन्ने उद्देश्यले निवृतिभरणको ब्यवस्था गर्न समेत सरकारमा पहल गर्ने प्रतिवद्धता जनाए ।कोभिडको महामारीमा काम गरेका स्वास्थ्यकर्मि, सरसफाईकर्मि, स्वयमसेवका, सुरक्षाकर्मिहरुलाई…
बुटबलमा लामखुट्टेको लार्भा खोज र नष्ट नष्टगर अभियान सुरु
स्वास्थ्यसमाचार /कोरोना संक्रमितको ग्राफमा डेंगु पनि सामेल भएपछि बुटबल उपमहानगरपालिकाले लामखुट्टेको लार्भा खोज र नष्ट नष्टगर अभियान सुरु गरेको छ।बुटबल नगरपालिका स्वास्थ्य शाखा प्रमुख युवराज पान्डेका अनुसार आज बुटबलका वडा नं ४ र६मा लामखुट्टेको लार्भा खोज र नष्ट नष्टगर अभियान सुरु गरिएको बताए । अभियानमा जनप्रतिनिधि स्वास्थ्य शाखाका कर्मचारीहरु र स्थानिय हरुको सहभागी रहेको थियो।यो अभियान बुटबलका सबै वडामा संञ्चालन गरिने पान्डेले बताए ।बुटबलमा १सय १५ जना डेंगु संक्रमित रहेको पान्डेले बताए। जनवरीदेखि अगस्ट ४ गतेसम्मको तथ्यांकअनुसार सबैभन्दा बढी केस रुपन्देहीमा पाइएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका (ईडीसीडी)…
नवीन औद्योगिक माबिमा डेंगु रोग नियन्त्रणको लागि सचेतना कार्यक्रम
स्वास्थ्यसमाचार/ नवीन औद्योगिक कदर बहादुर रीता मा वि देवीनगरमा डेंगु रोग नियन्त्रणको लागि सचेतना कार्यक्रम मंगलवार सम्पन्न भएको छ । नवीन औद्योगिक कदर बहादुर रीता मा वि देवीनगरमा व्यवस्थापन समुहमा अध्ययनरत विद्यार्थीहरुलाई सचेतनापुर्वक डेंगु, यसका लक्षणहरु,डेंगु भाइरस, यसको रोकथाम, सावधानीका सम्बन्धमा विद्यालयका प्रधानाध्यापक प्रेम बहादुर बस्नेतले प्रशिक्षण दिनु भएको थियो । व्यवस्थापन समुहका शिक्षक केशव भण्डारीको नेतृत्वमा विद्यालय परिशर र विद्यालय परिशर नजिक डेंगु बस्ने स्थानहरुको पहिचान नियन्त्रण गर्ने कार्य गरेका थिए उक्त कार्यक्रममा जुनियर इन्जिनियर विशाल रावतले सहजीकरण गर्नु भएको थियो ।
लुम्बिनी प्रादेशिक अस्पतालमा ३लाख ४हजार वढीले पाए उपचार
स्वास्थ्यमाचार/ लुम्बिनी प्रादेशिक अस्पताल वुटवलमा ३ लाख ४ हजार ७सय २५ जनाले उपचार गराएका छन। आर्थिक बर्ष २०७८को साउन देखी २०७९को असार सम्म अस्पतालको बहिरंग रोग विभाग(OPD) र (Emargance) ईर्मेजेन्सी मा गरि कुल ३लाख ४ हजार ७सय २५ जनाले सेवा लिएका हुन। अस्पतालको तथ्याङ्क अनुसार जनरल(OPD) ईएचएस(EHs) र बिमा गरि अस्पतालबाट जम्मा २ लाख ८७ हजार ६० जनाले सेवा लिएका छन। त्यसमध्ये (OPD)जनरलमा १लाख ८३ हजार ६सय १५ (EHs)ईएचएसबाट २४सय ७८ र बिमाबाट १ लाख ९सय ६७ गरि अस्पतालबाट कुल २ लाख ८७ हजार ६० जनाले उपचार सेवा लिएका छन…
बुटवलमा वालवालिकालाई कोरोना विरुद्धको दोस्रो खोप लगाउन शुरु
स्वास्थ्यसमाचार/ बुटवल उपमहानगरपालिकाभित्र बालबालिका लक्षित कोभिड १९ विरुद्धको दोश्रो मात्रा खोप शुरु भएको छ । ५ वर्ष उमेर पूरा भई १२ वर्ष नपुगेका उमेर समूहका बालबालिकालाई कोभिड १९ विरुद्धको फाइजर खोपको दोश्रो मात्रा लगाउन शुरु भएको बुटवल उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेले वताए । पान्डेका अनुसार आइतबारदेखि बुटवलका १०३ वटा विद्यालयमा खोप कार्यक्रम सञ्चालन भएको छ । ‘बुटवलका सामुदायिक र संस्थागत विद्यालयहरुमा बुटवल उपमहानगरपालिकाको स्वास्थ्यकर्मीहरुको टोली खटिएर बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म खोप कार्यक्रम सञ्चालन भइरहेको छ, उनले भने–यी विद्यालयहरुमा यसअघि खोप लगाएका बालबालिकाहरुलाई दोश्रो मात्रा र पहिलो…
कोरोनाबिरुद्धको खोप नलगाउँदा ज्यान जाने खतरा
स्वास्थ्यसमाचार/ सरकारले कोभिडबिरुद्धको खोप अनिवार्य रुपमा लगाउन आम सर्वसाधारणसंग अपिल गरेको छ । उसले पूर्ण मात्रा खोप लगाएको तीन महिना पुगेको व्यक्तिलाई बुस्टर डोज लिन समेत अनुरोध गरेको छ । शुक्रबार स्वास्थ्य पत्रकार मञ्च नेपाल र विश्व स्वास्थ्य संगठनको आयोजनामा भएको कार्यक्रममा स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियनत्रण महाशाखा ९इडीसीडी०का महामारी व्यवस्थापन शाखा प्रमुख डा। खगेश्वर गेलालले पछिल्लो पटक कोभिड संक्रमणमा परी ज्यान गुमाउने मध्ये ७६ प्रतिशतले कोभिडबिरुद्धको खोप नलगाएको पाइएको बताए । ‘पछिल्ला केही सातामा १७ जनाको ज्यान गएको छ । त्यसमध्ये १३ जनाले कोभिडबिरुद्धको खोप लगाएका थिएनन्…