किन दुख्छ छाती ? यी रोग हुन सक्छन्

स्वास्थ्यसमाचार/छाती दुख्नुको अर्थ मुटुकै कारण हो भन्न मिल्दैन, हामी भ्रममा परेर छाती दुख्नुको कारण मुटुमै समस्या भएको ठान्छौ तर त्यो सोचाइ गलत हो । लगभग ९० प्रतिशत भन्दा बढी मानिसमा छाती दुख्ने कारण मुटुसंग सम्बन्धित हुँदैनन् । तर दुखाइको प्रकृति फरक भएकोले यदि तपाइलाइ मुटुको समस्या छ भनि चाडैनै डाक्टरलाइ देखाई हाल्नु पर्छ । र अझ ह्दयाघातको कारणले छाती दुखेको भए , १ मिनेट पनि समय खेर नफाली अस्पताल गैहाल्नु पर्छ । छाती दुख्नुको कारणहरु हाम्रो छातीमा मुटु र फोक्सो दुई प्रमुख अंगहरु हुन्छन् । छाती दुखेमा पहिला यी दुई…

लुम्बिनी प्रदेशका कपिलवस्तु, दाङ र बाँक हात्तीपाइले रोगको उच्च जोखिममा

स्वास्थ्यसमाचार/ भारतसँग सीमा जोडिएका लुम्बिनी प्रदेशका तीन जिल्ला अहिले पनि हात्तीपाइले रोगको उच्च जोखिममा रहेका छन् । प्रदेशको कपिलवस्तु, दाङ र बाँके अहिले पनि हात्तीपाइले रोगको उच्च जोखिममा रहेका जिल्ला हुन् । जोखिम रहेका जिल्लाहरुको पहिचान गरेर फागुन २८ गतेदेखि अभियान संचालनको तयारी गरेको छ । नेपालमा हात्तीपाइले रोगविरुद्धको औषधि सेवन कार्यक्रम प्रभावकारी कार्यान्वयन गर्न चुनौती देखिएको बेला सरकारले यस्तो अभियान सुरु गरेको हो । कपिलबस्तुमा १४ औँ चरणमा ६ लाख २० हजार ४ सय ९१ जनालाई हात्तीपाइले विरुद्धको औषधि खुवाउने स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ ।पटकपटक हात्तीपाइले निवारणका लागि…

जोहाङ स्वास्थ्यचौकी अलपत्र

गुल्मी/ गाउँ–गाउँमा १५ शड्ढयाको अस्पताल निर्माणको लहड चलेको छ । तर, जोहाङ स्वास्थ्यचौकीको आधुनिक सुविधासम्पन्न भवन अलपत्र छ । ०५२ सालमा निर्माण भएको जीर्ण भवनले घामपानी नै छेक्दैन । साँघुरो र जीर्ण भवनमा प्रशासन, स्टोर, स्वास्थ्य परीक्षण, ड्रेसिङ र सुरक्षित मातृत्वका सबै काम गर्नुपर्ने बाध्यता छ । मासिक बैठक चौरमा हुन्छ । सेवाग्राहीको भिड लागे पानी र घामको ओत दिने ठाउँ छैन । ‘जेनतेन बिरामीको गोपनीयता राखेका छौँ । थुप्रै समस्या छन् । तर, दुईकोठे जीर्ण भवनमा के–के व्यवस्थापन गर्ने,’ स्वास्थ्यचौकी इन्चार्ज लक्ष्मण कामी भन्छन्, ‘भवन निर्र्माण समयमै नहुँदा ठूलो समस्या भइरहेको छ ।’ कच्ची र जीर्ण भवनमा महत्वपूर्ण…

भूमिकास्थानमा अस्पताल बनाउन ९ रोपनी बनको जग्गा प्रदान

स्वास्थ्यसमाचार /सरकारले अर्घाखाँचीको भूमिकास्थान नगरपालिकालाई १५ शैय्याको आधारभुत अस्पताल निर्माणका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्नस्वीकृति प्रदान गरेको छ । भबन बनाउन जग्गा नभएपछि भूमिकास्थान नगरपालिका वडा नं. ७ चिदीचौरमा रहेको ९ रोपनी राष्ट्रिय वन क्षेत्र प्रयोग गर्नस्वीकृति प्रदान गर्ने निर्णय भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् नेपाल सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले वताए । यस्तै फागुन १६ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय बुधबार सुनाउँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् नेपाल सरकारका प्रवक्ता कार्कीले अन्य बिभिन्न निर्णय समेत गरिएको बताए ।

हृदयाघात, मस्तिष्कघात र क्यान्सरबाट युवा अवस्थाको मृत्युदरमा वृद्धि

स्वास्थ्यसमाचार/नेपालमा हृदयाघात, मस्तिष्कघात, क्यान्सर जस्ता नसर्ने रोगहरू अत्यधिक मात्रामा बढ्दै गएको र युवा अवस्थाको मृत्युदरमा वृद्धि भइराखेको नेपाल हृदयरोग निवारण प्रतिष्ठानले जनाएको छ । राजधानीमा पत्रकार सम्मेलनमार्फत प्रतिष्ठानले केही वर्षयता अस्वस्थकर जीवनशैली, धुम्रपान, मद्यपान र चिल्लो पदार्थयुक्त खानपानका कारण विश्वमा बर्सेनि पाँच लाखभन्दा बढी मानिसहरूको मृत्यु हुने गरेको जनाउँदै नेपाली जनता विशेष गरी युवापिढीलाई जोगाउन खाना माट्रान्स फ्याट ९हानिकारक चिल्लो पदार्थ०को मात्रालाई नियन्त्रण गर्नु अति आवश्यक भएको जानकारी गराएको छ । प्रतिष्ठानद्वारा आयोजित उक्त कार्यक्रममा ‘ट्रान्स फ्याट धेरै भएका खानेकुराहरू सकेसम्म खाँदै नखाऔं’, भन्ने जनचेतनामूलक सन्देश सर्वसाधारणमा पुर्‍याउने दृष्टिकोणले प्रतिष्ठानका…

लुम्बिनी प्रदेशको बाँके जिल्ला कुष्ठरोगको ‘रेड जोन’मा

स्वास्थ्यसमाचार/बाँके कुष्ठरोगको रेड जोनु रहेको तथ्यांक सार्वजनिक भएको छ। प्रति १० हजार जनसंख्यामा उपचारत रहेका बिरामीहरूको प्रकोप दर एकभन्दा बढी भएका जिल्लामध्ये बाँके कपिलवस्तपछि दोस्रो स्थानमा रहेको तथ्यांक सार्वजनिक भएको हो । नेपाल सन २०१० मा नै निवारण अवस्थामा भए पनि बाँके भने उच्च जोखिममै थियो । यस आर्थिक वर्षको ६ महिना ९साउनदेखि पुससम्म० मात्र बाँकेमा ४४ जना नयाँ कुष्ठरोगीका बिरामी फेला परेका छन् । गत वर्ष एक सय २८ जनामा कुष्ठरोग देखिएको थियो। यस वर्ष पनि सोही बराबर हुने अनुमान गरिएको छ । जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक एक फोकल…

तिलोत्तमानगरपालिकाले गर्याे पूर्णखोप सुनिश्चितता घोषणा सार्वजनिक

स्वाथ्यसमाचार/रुपन्देहीको तिलोत्तमा नगरपालिकालाई कोरोना विरुद्धको पूर्णखोप सुनिश्चितता घोषणा गरिएको छ । १२ वर्षमाथिका सबै नागरिकले कोरोना विरुद्धको खोप लगाएपछि तिलोत्तमालाई मुलुककैं पहिलो कोरोना विरुद्धको पूर्णखोप सुनिश्चितता घोषणा गरिएको हो । आइतबार गरिएको घोषणालाई सोमबार नगरपालिकामा आयोजित एक कार्यक्रमबीच जिल्ला समन्वय समितिका प्रमुख तथा जिल्ला खोप समन्वय समितिका संयोजक एकराज विश्वकर्माले सार्वजनिक गर्नुभएको हो । नेपाल सरकारले ल्याएको पूर्णखोपको अवधारणाअनुसार तिलोत्तमालाई पूर्णखोप सुनिश्चितता नगरपालिका घोषणा गरिएको छ । त्यसअवसरमा जिल्ला समन्वय समितिका प्रमुख विश्वकर्माले तिलोत्तमाले नगरलाई पूर्णखोप घोषणा गरेर नगरबासीको स्वास्थ्यप्रति जिम्मेवार बनेको बताउनुभयो । तिलोत्तमाले सरसफाई, शिक्षा, स्वास्थ्यमा दिएको प्राथमिकता…

कोरोना बिरुद्धकोखोप किन्न विश्व बैंकले थप २ अर्ब १४ करोड दिने

स्वास्थ्यसमाचार /नेपाल सरकारले विश्व बैंकसँग २ अर्ब १४ करोड बरारको सहुलियतपूर्ण ऋण सम्झौता गरेको छ । शुक्रबार अर्थ मन्त्रालयमा सरकारका तर्फबाट अर्थ सचिव मधुकुमार मरासिनी र बैंकका तर्फबाट नेपालसहित माल्दिभ्स र श्रीलंकाका लागि राष्ट्रिय निर्देशक फारिस हदाद–जर्भोसले सम्झौतामा हस्ताक्षर गरेका छन । सो ऋण नेपालले कोभिड १९ विरुद्धको खोप खरिदमा उपयोग गर्नेछ । विशेषगरी ५ वर्षभन्दा माथिका सबैलाई खोप व्यवस्थाका लागि सो रकम खर्च गरिने छ । ‘कोभिड १९ महामारीले सिर्जना गरेको निरन्तर बदलिँदो परिस्थितिहरूमा समेत नेपालले प्रभावकारी रूपमा प्रतिकार्य जारी राखेको छ’, हस्ताक्षर समारोहमा अर्थ सचिव मरासिनीले भने ‘यस…

जोनसनखोप लगाएकाले बुस्टर डोज :कोभिशिल्ड, अस्ट्राजेनेका, मोडेर्ना वा फाइजर जुनपनि मिल्ने

स्वास्थ्यसमाचार/ स्वास्थ्य तथा जनसंख्या मन्त्रालय परिवार कल्याण महाशाखाले जोनसन एण्ड जोनसन खोप लगाएकाहरुले बुस्टर डोज लगाउन पाउने वा नपाउने पाए पनि कुन खोप लगाउने भन्ने जिज्ञासामा जवाफ दिएको छ। महाशाखाले ७७ वटै जिल्लाका स्वास्थ्य कार्यालयहरुलाई पत्र पठाउँदै जोनसन एण्ड जोनसन लगाएकाहरुले पनि ६ महिनापछि बुस्टर डोज लगाउन सक्ने बताएको छ। उसले उपलब्ध भएका सोही खोप अन्यथा कोभिशिल्ड, अस्ट्राजेनेका, मोडेर्ना वा फाइजर पनि दिन मिल्ने स्पष्ट पारेको छ।विभिन्न जिल्लाबाट यससम्बन्धी जिज्ञासा आएकोले प्रष्ट पारिएको महाशाखाकी वरिष्ठ नर्सिङ अधिकृत लक्ष्मी मरासिनीले बताइन्। जोनसन एण्ड जोनसन एक मात्रा लगाए पुग्ने खोप हो।

सरकारको राष्ट्रिय रणनीति :२०३० सम्ममा एचआईभी अन्त्य गर्ने

स्वास्थ्यसमाचार/  सरकारले पाचौं राष्ट्रिय एचआईभी रणनीतिक योजना सार्वजनिक गरेको छ।एचआईभी निर्मुल पार्ने लक्ष्यसहित राष्ट्रिय एचआईभी रणनीतिक योजना २०२१–२०२६ राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले सार्वजनिक गरेको हो। स्वास्थ्य मन्त्रालयककी जनसंख्या सचिव देवकुमारी गुरागाईंले सन् २०३० सम्ममा नेपालबाट एचआईभी निर्मुल पार्नका लागि उक्त रणनीतिक योजना सार्वजनिक गरिएको बताइन्।अघिल्ला योजना जस्तै यो बन्नका लागि मात्रै नभई कार्यान्वयनका लागि बनेको उनले बताइन्। स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दिप्रेन्द्र रमण सिंहले यो योजनाले एड्स इपिडेमिकलाई सन् २०३० सम्ममा अन्त्य गर्न सहयोग पु¥याउने बताए। राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रको तथ्यांक अनुसार नेपालमा…