एजेन्सी/ अमेरिकामा श्वासबाट कोरोना परीक्षण गर्ने विधिले अनुमति पाएको छ। बिहीबार अमेरिकी खाद्य तथा औषधि प्रशासन एफडीएले आपतकालिन प्रयोगका लागि अनुमति दिएको हो। सो ब्रेथालाइजरलाई मोबाइल वा घुम्ती परीक्षणमा प्रयोग गर्न प्रभावकारी हुन सक्ने एफडीएले जनाएको छ। यसको प्रयोगबाट ३ मिनेटभन्दा थोरै समयमा कोरोना परीक्षणको नतिजा दिने बताइएको छ।पछिल्लो समय गरिएको अध्ययन परीक्षणका क्रममा यस विधिबाट ९१ प्रतिशत पोजेटिभ भएका संक्रमितको नतिजा सही भएको र करिब शतप्रतिशत नेगेटिभ रहेकाको नतिजा देखाएको थियो। ओमिक्रोन भेरियन्टमा पनि सोही किसिमको नतिजा देखाएपछि एफडीएले प्रयोग अनुमति दिएको हो। यद्यपि पोजेटिभ देखिएका व्यक्तिको भने थप…
औषधीका-कुरा
स्वास्थ्यको १६ अर्ब रुपैयाँ अर्थले रोक्यो अप्ठ्यारोमा स्वास्थ्य मन्त्रालय
स्वास्थ्यसमाचार/ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित बजेटमा रहेर खर्च गरेको १६ अर्बभन्दा बढी रकम अर्थ मन्त्रालयले निकासा रोकिदिएको छ । पछिल्लो ८ महिनादेखि स्वास्थ्य मातहतका निकायहरुलाई निकासा गर्नुपर्ने १६ अर्ब १४ करोड ८४ लाख २ हजार रुपैयाँ अर्थले निकासा नदिँदा स्वास्थ्य मन्त्रालय अप्ठ्यारोमा परेको छ । मन्त्रालय स्रोतकाअनुसार साउनदेखि फागुनसम्म नियमित बजेटअन्तर्गत खर्च भएको रकम माग गर्दा अर्थका अधिकारीहरुबाट आलटाल हुने गरेको छ । धुलिखेल अस्पतालको उपकरण खरिदका लागि साउन-भदौतिरै निकासा दिनुपर्ने १० करोड अर्थले अझै निकासा दिएको छैन् । यसैगरी, कोभिड-१९ रोकथाम तथा नियन्त्रण कार्यक्रमको ८२ करोड, कोभिड-१९ नियन्त्रण…
९० प्रतिशत नेपालीले लगाए कोराना बिरुद्धको पूर्णखोप :स्वास्थ्य मन्त्रालय
स्वास्थ्यसमाचार/ सरकारले आफ्नो लक्ष्यअनुसार कोरोनाविरुद्धको खोप अभियानमा सफलता हात पारेको दाबी गरेको छ। २०७८ चैत मसान्तसम्म १८ वर्ष माथिको सबै जनसंख्यालाई पूर्ण मात्रा खोप लगाउने लक्ष्य लगभग पूर्ण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा। समीरकुमार अधिकारीले बताए। उनले गत वर्षको माघ १४ बाट कोरोनाविरुद्धको खोप अभियान सुरु गरेको थियो। चैत्र मसान्तसम्म १८ वर्षमाथिको उमेर समूहकालाई लक्षित वर्गमा राखेर अभियान सुरु गरिएको र अभियानमा सरकारले लगभग लक्ष्य पूरा गरेको उनले दाबी गरेका हुन्। अधिकारीले लगभग ९५ प्रतिशतले खोपको पहिलो मात्रा लगाइसकेको र ९० प्रतिशतको हाराहारीमा लक्षित वर्गलाई पूर्ण मात्रा…
होमियोप्याथिक चिकित्सा पद्धतिको परिचय
राजु थापा/होमियोप्याथिक चिकित्सा पद्धति २२६ बर्ष अगाडि जर्मनीका डा. सेमुयल हेनिमनले प्रतिपादन गरेको यो ब्यक्ति परक उपचार पद्धति, प्राकृतिक चिकित्सामा आधारित चिकित्सा पद्धति हो । होमियोप्याथिको शाब्दिक अर्थ हुन्छ होमियो मिन्स सिमिलर अथवा सामान र प्याथि मिन्स सफरिड. अर्थात लक्षण भन्ने हुन्छ । यो चिकित्सा पद्धति समानले समानलाइ हटाउछ भन्ने तथ्ययुक्त बैज्ञानिक आधारमा प्रतिपादित भएका कारण अरु सबैखाले चिकित्सा पद्धति भन्दा छुटै आफनो पहिचान बनाउन सफल भएको चिकित्सा पद्धति हो । होमियोप्याथिक उपचार पद्धति एकदमै सरल सुलभ र इफेक्टिभ चिकित्सा बिज्ञान हो यसलाइ विश्व स्वास्थ्य संगठनले एलोप्याथिक पछिको दोस्रो चिकित्सा…
प्रधानमन्त्री देउवाले गरे टाइफाइडविरूद्ध खोप अभियानको शुभारम्भ
स्वास्थ्यसमाचार /प्रधानमन्त्री शेरबहादुर देउवाले टाइफाइडविरूद्ध खोप अभियान शुभारम्भ गरेका छन्।आज काठमाडौंको दरबार हाइस्कुल परिसरमा भएको कार्यक्रममा प्रधानमन्त्री देउवाले खोप अभियान सुरूवात गरेका हुन्। यो खोप अभियान आउँदै वैशाख २५ गतेसम्म सञ्चालन गर्ने तयारी छ।१५ महिनादेखि १५ वर्षसम्म उमेर समूहका बालबालिकालाई टाइफाइडविरूद्ध खोप लगाउन लागिएको हो।साथै प्रदेशहरूमा पनि टाइफाइडविरूद्ध खोप अभियान आज नै सुरू गरिएको छ। मुख्यमन्त्रीहरूले विभिन्न विद्यालय पुगेर खोप अभियान सुरूवात गरेका छन्। लुम्बिनीमा भने यो खोप बिगत ३ दिन देखी चलेको छ ।
बुटवलमा एकैदिन १०हजार ले लगाए टाइफाइड विरुद्धको खोप
स्वास्थ्यसमाचार/ बुटवल उपमहानगरपालिकामा टाइफाइड विरुद्धको खोप लगाउने अभियान सुरु भएको छ । आज पहिलो दिनमै १० हजार बालबालिकालाई खोप लगाइएको छ । बुटवलको आफ्नै खोप भण्डारण केन्द्रमा रहेको खोप स्वास्थ्यकर्मीलाई हस्तान्तरण गर्दै उपमहानगर प्रमुख शिवराज सुवेदीले बालबालिका लक्षित स्वास्थ कार्यक्रमलाई संवेदनशील रुपमा सञ्चालन गर्न आग्रह गर्नुभयो । उपप्रमुख गुमादेवी आचार्यले स्वास्थ्यकर्मीलाई सफल अभियानको शुभकामना दिनुभयो । बुटवलका २७ केन्द्रमा १५ महिनादेखि २३ महिनाका करिब चार सय र २ वर्षभन्दा माथिका ९ हजार ६ सय बालबालिकालाई खोप लगाइएको स्वास्थ्य शाखा प्रमुख कल्पना भट्टराईले जानकारी दिनुभयो । बुटवलका यो उमेर समूहका ३७…
जटिल रोगका बिरामीले उपचार बापत मासिक पाँचहजार भत्ता पाउने
स्वास्थ्यसमाचार/ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जटिल रोगका बिरामीलाई उपचार खर्च बापत दिइने मासिक भत्ताको कार्यविधि तयार गरेको छ । मिर्गौला प्रत्यारोपण गरिरहेका व्यक्ति, मिर्गौला फेल भई डायलासिस गराइरहेका व्यक्ति, क्यान्सर रोगी र मेरुदण्ड पक्षाघातका बिरामीलाई औषधि उपचार बापत सरकारले मासिक पाँच हजार भत्ता दिने निर्णय गरेको थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहायक प्रवक्ता डा. समीरकुमार अधिकारीले अब कार्यविधि अनुसार उल्लिखित व्यक्तिले भत्ता पाउने जानकारी दिनुभयो । कार्यविधिअनुसार भत्ता रकम त्रैमासिक रूपमा महिनाको अन्तिम दिन स्थानीय तहले बिरामीको बैङ्क खातामा जम्मा गर्ने छन् । क्यान्सर निको भई चिकित्सकको निगरानीमा रहेका…
बर्ड फ्लू फैलिएपछि प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेशमा पोल्ट्री निषेधाज्ञाको तयारी
स्वास्थ्यसमाचार/पशु सेवा विभागले कुखुरामा देखिने सङ्क्रामक रोग बर्ड फ्लू नियन्त्रणका लागि ४ प्रदेशमा पोल्ट्री निषेधाज्ञाको तयारी गरेको छ । विभागले सङ्क्रमण बढेपछि प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेशमा पोल्ट्री निषेधाज्ञाको तयारी गरेको हो । भेटेरिनरी गुणस्तर तथा औषधि नियमन प्रयोगशाला ले सोमवार काठमाडौंमा गरेको सरोकारवालासँगको अन्तरक्रिया कार्यक्रममा विभागका महानिर्देश डा राम नन्दन तिवारीले बर्ड फ्लू सङ्क्रमण नियन्त्रणबाहिर गएको बताए । उनले गत माघदेखि प्रदेश १, मधेस, बागमती र गण्डकी प्रदेशमा बर्ड फ्लूको सङ्क्रमण बढ्दै गएको र पछिल्लो समय नियन्त्रण बाहिर रहेको पनि जानकारी गराए । हालसम्म हाँस, ब्रोइलर, लोकल,…
रुपन्देहीका २लाख ६६ हजार बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइने
चन्द्रकान्त खनाल स्वास्थ्यसमाचार १९ चैत्र/ रुपन्देहीमा टाइफाईड रोगविरुद्धको खोप चैत्र२२ गते देखी सञ्चालन गरिने भएको छ । राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत जिल्लाका २लाख ६६ हजार ५सय १८ बालबालिकालाई टाइफाइडविरुद्धको खोप दिन लागिएको हो। बहुवर्षीय खोप कार्ययोजना सन् २०१७–२१ को लक्ष्यअनुरुप यही चैत २२ देखी २८ सम्म खोप कार्यक्रम सञ्चालन हुने जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ। टाइफाइडविरुद्धको खोप १५ महिनादेखि १५ वर्ष उमेरसम्मका बालबालिकालाई लगाउन लागिएको जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीका खोप अधिकृत भेषराज शर्माले बताए। उनले खोप अभियान सफल बनाउन जिल्लामा स्वास्थ्यकर्मिलाई तालिम संञ्चालन गरिएको छ। यो खोप संञ्चालन गर्नको लागी…
टाइफाइडविरुद्धको खोप लगाएपछि कस्ता असर देखिन्छन: यि व्यक्तिले लगाउनु हुँदैन?
स्वास्थ्यसमाचार/ सरकारले यही चैत २५ देखि वैशाख १८ सम्म सरकारले पहिलोपटक टाइफाइडविरुद्धको खोप अभियान सञ्चालन गर्दैछ। यो अभियानमा १५ महिनादेखि १५ वर्षमुनिका सबै बालबालिकालाई खोप दिइन्छ। टाइफाइड अर्थात् म्यादे ज्वरो ज्यानै जोखिममा पार्नसक्ने संक्रामक रोग हो। ढल वा संक्रमित व्यक्तिको दिसामा पाइने टाइफाइड रोगको। जीवाणु स्वस्थ व्यक्तिमा दुषित खाना वा पानीको माध्यमबाट सर्दछ। यो रोग सबै उमेर समूहका व्यक्तिमा लागेको पाइए पनि विशेषगरी १५ वर्षमुनिका बालबालिकामा धेरै हुने गरेको पाइएको छ। यो रोग लाग्दा उच्च ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्ने, पसिना आउने र जिब्रोमा सेतो लेत लाग्ने आदिजस्ता लक्षण…