औषधि सेवा सुदृढ बनाउन पालिकामा फर्मासिष्ट अनिवार्य हुनुपर्ने माग

स्वास्थ्यसमाचार/ जहाँ औषधि त्यहाँ फर्मासिष्टलाई जोड दिईएको छ । नेपाल फार्मेसी संघ रुपन्देहीको शनिबार बुटवलमा सम्पन्न तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशनको उद्घाटन कार्यक्रममा बोल्ने वक्ताहरुले औषधिसंग सम्बन्धित हरेक विषयबस्तुमा अनिवार्य फर्मासिष्ट हुनुपर्नेमा जोड दिएका हुन् । फर्मासिष्ट औषधिका विज्ञ पनि भएकाले हरेक पालिकामा फर्मासिष्टको दरबन्दी अनिवार्य गर्न माग गरे ।कार्यक्रममा बोल्दै बुटवल उपमहानगर पालिकाका नगरप्रमुख खेलराज पाण्डेयले फार्मेसीका लागि फार्मेसी नै पढेको हुनुपर्ने प्रावधान विस्तारै बढ्दै गएको बताउनु भयो । उहाँले हरेक पालिकाले कम्तिमा एकजना फर्मासिष्ट राख्नैपर्ने नीति आवश्यक रहेको बताउँदै त्यसका लागि संघले संघीय सरकारसंग पहल गर्न आग्रह…

फार्मेसी संघ रुपन्देहीको दोस्रो अधिवेशनबाट सापकोटा अध्यक्ष चयन

स्वास्थ्यसमाचार/नेपाल फार्मेसी संघ रुपन्देहीको अध्यक्षमा चोकलाल सापकोटा निर्वाचित हुनुभएको छ । संघको शनिबार बुटवलमा सम्पन्न तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशनले सापकोटाको अध्यक्षतामा सर्वसम्मत १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा भरत गिरी र सुशिला वञ्जाडेलाई चयन गरिएको छ । त्यसैगरी महासचिवमा महेश पाण्डे, कोषाध्यक्षमा पिताम्बर अधिकारी, सचिवमा सञ्जिता ढकाल र नारायण विक्रम कुवँर तथा सहकोषाध्यक्षमा रिना केसीलाई चयन गरिएको निर्वाचन समितिका संयोजक तथा संघका सल्लाहकार धर्मराज भट्टराईले जानकारी गराउनु भयो । त्यसैगरी कार्यसमिति सदस्यहरुमा खेमराज ज्ञवाली, दिलिपकुमार जयसवाल, आशिष आचार्य, निरज गुरुङ, पवनकुमार कोहार र…

नेपाल औषधी थोक व्यवसायी संघ रुपन्देहीमा नयाँ नेतृत्व चयन

स्वास्थ्यसमाचार/ नेपाल औषधी थोक व्यवसायी संघ (पडान)रुपन्देही शाखाको प्रथम साधारण सभा तथा दोस्रो अधिवेशन तथा साधारण सभाबाट नयाँ नेतृत्व चयन गरिएको छ । देवदह नगरपालिका वडा नम्बर १० चरेङ्गेमा आयोजना गरिएको कार्यक्रमबाट कृष्ण जि सि को अध्यक्षता सात कार्यसमिति गठन गरिएको छ । जसको उपाध्यक्षमा सुदिप पाण्डे, सचिवमा मनिलाल तिवारी, कोषाध्यक्षमा महेश राज पन्थी, सदस्यमा महेश बिष्ट, सरोज घिमिरे, भेषराज वस्ती रहेका छन् । कार्यक्रममा संस्थाका लुम्बिनी प्रदेश पुर्व वरिष्ठ उपाध्यक्ष बुद्धि प्रसाद ज्ञवाली, नेपाल औषधि थोक व्यवसायिक संघ केन्द्रिय सदस्य शरद राज शर्मा, लुम्बिनी प्रदेश अध्यक्ष तुफान बाबु श्रेष्ठ,…

रसायन तथा मेडिकल संघलाई औषधी ब्यवसायी संघको सम्मान

स्वास्थ्यसमाचार/रसायन तथा मेडिकल आपूर्ति संघ नेपाल, रुपन्देहीमा नवनिर्वाचित पदाधिकारीहरुलाई बुटवलमा सम्मान गरिएको छ । नेपाल औषधी ब्यवसायी संघ रुपन्देही जिल्ला शाखाको आयोजनामा नवनिर्वाचित संघका अध्यक्ष दिवक भट्टराई, निवर्तमान अध्यक्ष बाबुराम भण्डारी, प्रथम उपाध्यक्ष दिपक खनाल, द्धितीय उपाध्यक्ष तेजेन्द्र सापकोटा, महासचिव यदुमणी पोख्रेल, कोषाध्यक्ष किसन प्रसाद पाण्डे, सचिव राजीव गौतम, सदस्यहरु कृष्ण प्रसाद खनाल, गोबिन्द प्रसाद पाण्डे, कृष्ण प्रसाद खनाल, लक्ष्छु भण्डारीलाई सम्मान गरेको हो । कार्यक्रममा वक्ताहरुले संवेदनशिल क्षेत्रका रुपमा रहेको स्वास्थ्यमा सरोकारवालाहरु गम्भिर हुनुपर्ने बताए ।नेपाल औषधी ब्यवसायी महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष रामप्रसाद खरेलले स्वास्थ्य क्षेत्रका सबै सरोकारवालाहरु एकजुट…

जेनेरिक औषधी सिफारिस गर्ने व्यवस्था मिलाउन सुझाव समिति गठन

काठमान्डौ/स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जेनेरिक औषधी सिफारिस गर्ने व्यवस्था लागू गराउन सुझाव समिति गठन गरेको छ ।मन्त्री प्रदीप पौडेलले उपभोक्तालाई सुपथ मूल्यमा औषधी उपलब्ध गराउने भन्दै कुनै एक कम्पनीको नाम नतोकिकन जेनेरिक औषधी सिफारिस गर्ने व्यवस्था लागू गराउन सुझाव समिति बनाउनुभएको हो । औषधी व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालको संयोजकत्वमा गठित पाँच सदस्यीय समितिमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक प्राडा रवि शाक्य, धुलिखेल अस्पतालका निर्देशक प्राडा। बलराम मल्लसँगै नेपाल मेडिकल काउन्सिल तथा नेपाल मेडिकल एसोसिएसनका प्रतिनिधि सदस्य हुनुन्छ । गुणस्तर मापन तथा नियमन महाशाखाका वरिष्ठ व्यवस्थापक उषा तण्डुकारलाई समितिको सदस्य…

भैरहवाका औषधि पसलमा सिद्धार्थनगरको अनुगमन

स्वास्थ्यसमाचार/औषधि पसलमा सिद्धार्थनगरको अनुगमनरुपन्देहीको सदरमुकाम भैरहवा स्थित सिद्धार्थनगर नगरपालिकाले औषधि पसल तथा मेडिकलहलहरुमा अनुगमन गरेको छ । नगर उपप्रमुख उमा अधिकारीको नेतृत्वमा बैकंरोड र भिम अस्पताल लाईनमा रहेका औषधी पसल, ल्याव, तथा मेडीकलहलहरुमा अनुगमन गरीएको हो । अनुगमनको क्रममा अधीकास औषधी पसलहरु नगरपालिकामा नवीकरण नरोएकी पाईएको थियो । त्यस्ता पसलहरूलाई पहिलो पटक तत्काल नवीकरण गर्न निर्देशन दिइएको र अटेर गरेमा थप कार्वाही गरीने उपप्रमुख अधिकारीले जानकारी दिइन् । त्यस्तै म्याद गुुज्रीएका औषधीहरु छुट्टै राख्नु पर्ने, ल्याव हरुको सफाइमा ध्यान दिनुपर्ने, औषधी बिक्री गरेपछि अनिवार्यरुपमा बिल काट्नु पर्ने लगायतका सुझावहरु दिइएको…

औषधी नाममा लागू औषधीको कारोबार र स्वीकृति नदिएका औषधीको बिक्री कडाइ गरिन्छ:मुख्यमन्त्री आचार्य

स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सरकारी संगै निजि क्षेत्रबाट सञ्चालन भएका अस्पताल तथा स्वास्थ्य संस्थाकाे उपचार सेवालाई प्रभावकारी बनाउन प्रदेश सरकारले ध्यान दिने बताउनु भएको छ । नेपाल औषधी व्यवसायी संघ जिल्ला शाखा रुपन्देहीकाे आयाेजनामा शनिबार बुटवलमा भएको सम्मान एवम् औषधी व्यवसायीहरुकाे क्षमता अभिवृद्धि तालिम उद्घाटन कार्यक्रमलाई सम्बाेधन गर्दै उहाँले सरकारी अस्पतालकाे सेवा सुविधालाइ सुधार गर्दै निजि क्षेत्रका अस्पताललाइ समेत कानुनी दायरा भित्र ल्याएर सेवा प्रवाहलाइ चुस्त बनाउने बताउनु भयाे । प्रदेश सरकारले स्वास्थ क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर बिशेषज्ञ उपचार सेवा सञ्चालन गरेकाे जानकारी दिनुभयाे । बुटवललाई स्वास्थ हव बनाउन,…

पश्चिम नवलपरासीमा नियमविपरीत सञ्चालन भएका औषधि पसललाई कारबाही

नबलपरासी/पश्चिम नवलपरासीमा नियमविपरीत सञ्चालन भएका औषधि पसललाई कारबाही गर्न थालिएको छ । जिल्लामा औषधि पसल बिनादर्ता सञ्चालन भएको गुनासो बढेपछि स्वास्थ्य कार्यालय, स्थानीय तह, जिल्ला प्रशासन, करदाता सेवा कार्यालयसहितको संयुक्त टोलीले अनुगमन गर्न थालेको हो । अनुगमनका क्रममा सदरमुकामका दुई औषधि पसललाई जरिवाना गरिएको हो । जिल्लामा ६० भन्दा बढी औषधि पसल बिनादर्ता सञ्चालनमा रहेको बताइएको छ । दर्ता भएर सञ्चालन भएका आधिकांश पसलहरूले पनि अनुमति लिएको भन्दा फरक कारोबार गर्ने गरेका पाइएको अनुगमन टोलीले जनाएको छ । अनुगमनमा क्रममा बुद्धचोकमा सञ्चालनमा रहेको समिता मेडिकल र सन मेडिकल हल नियमविपरीत…

फार्मेसी नै नपढी अनधिकृत औषधि विक्री गर्ने दुईजना पक्राउ

स्वास्थ्यसमाचार/ फार्मेसी मा बसेर अनधिकृत रुपमा औषधि विक्री गर्ने दुईजनालाई जिल्ला अनुगमन समितिले नियन्त्रणमा लिएको छ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–३, रानागाउँबाट बिहीबार संयुक्त जिल्ला अनुगमन समितिले दुईजनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा आयशा फार्मेसी मा बसेर औषधि विक्रीवितरण गरिरहेका दीपु केवट र विनायक फार्मेसी मा बसेर औषधी विक्री गर्दै आएका रामहरि आचार्य छन् । दीपुले स्वास्थ्य क्षेत्रसँग सम्बन्धित कुनै पनि विषय अध्ययन नगरेको र आचार्यले कमर्श पढेर पनि औषधि विक्री गरिरहेको पाइएपछि नियन्त्रणमा लिइएको जिल्ला अनुगमन समिति, रुपन्देहीका संयोजक समेत रहेका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालले जानकारी दिए…

नेपाल औषधी थोक व्यावसायी संघ रुपन्देहीद्वारा २०८१ सालको भित्तेपात्रो बिमोचन

स्वास्थ्यसमाचार/नेपाल औषधि थोक व्यावसायी संघ रुपन्देहीले नयाँ बर्ष २०८१को शुभकामना तथा क्यालेन्डर बिमोचन गरेको छ। नेपाल औषधि थोक व्यवसायी संघ रुपन्देहीका अध्यक्ष कृष्ण जिसीको अध्यक्षता, नेपाल औषधि थोक व्यवसायी संघ लुम्बिनी प्रदेशका बरिष्ठ उपाध्यक्ष बुद्धि प्रसाद ज्ञवालीको प्रमुख आतिथ्य, नेपाल आयुर्वेद औषधि उत्पादक संघका बरिष्ठ केन्द्रीय उपाध्यक्ष चन्द्रकान्त खनालको बिशिष्ट आतिथ्यमा नयाँ बर्षको शुभकामना आदान प्रदान साथै २०८१को शुभकामना तथा क्यालेन्डर बिमोचन गरिएको थियो। उक्त कार्यक्रममा नेपाल थोक औषधी ब्यबसायी समिति प्रदेश सदस्य छत्र कुमार क्षेत्री ,सल्लाहकार महेश कुमार श्रेष्ठ लगायतको सहभागीता रहेको कार्यक्रमको स्वागत सुदिप पाण्डेले गर्नु भएको नेपाल…