मर्चवारी गाउँपालिका पूर्णखोप सुनिश्चितता घोषणा सार्वजनिक

स्वास्थ्यसमाचार/ मर्चवारी गाउँपालिका कोरोना विरुद्धको खोप अभियानमा पुर्ण खोप घोषणा भएको छ । गाउँपालिकामा रहेका ३६ हजार जनालाई खोप लगाईएको सुनिश्चितता भएपछि पुर्ण खोप घोषणा गरिएको हो ।

रायपुर प्राथमिक उपचार केन्द्रमा कार्यक्रमको आयोजना गरि पुर्ण खोप घोषणा गरेको हो ।पुर्ण खोप घोषणामा बोल्दै रुपन्देहीका प्रमुख रिषिराम तिवारीले छोटो समयमा मर्चवारी गाउँपालिकाले पुर्ण खोप घोषणा गरेर नेपालमा पहिलो गाउँपालिका पुर्ण खोपको रुपमा चिनाउन सफल भएको बताए ।

रुपन्देही पहिलोपटक खोप लगाउँदा देखिएको चुनौतीले गर्दा पुर्ण खोप घोषणा गर्न २ आर्थिक वर्ष लाग्ने आंकलन गरेपनि ९–१० महिना भित्र नै पुर्ण खोप घोषणा भएको कुरा एक ऐतिहासिक रहेको उनले बताए ।पुर्ण खोप घोषणा गर्नमा कर्मचारी, जनप्रतिनिधि, स्वास्थ्य स्वयंसेविका लगायत आम सुमदायको पनि सहयोग प्रति धन्यवाद ब्यक्त गर्दै प्रमुख जिल्ला अधिकारी तिवारीले सबैको सुरक्षा प्रति गम्भीर रहेको बताए ।

गाउँपालिका उपाध्यक्ष सुनिता कलवारले पुर्ण खोप घोषणामा महिला स्वास्थ्य स्वयंसेविकाहरुको विशेष भुमिका भएको बताइन् । स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख गौरव ढकालले ५ वर्षदेखि १२ वर्ष सम्मका बालबालिकाहरुलाई पनि खोप लगाउने योेजना रहेको बताए ।

स्वास्थ्य कार्यालय रुपन्देहीबाट १५ महिना देखि १५ वर्ष सम्मका बालबालिकाहरुलाई टाइफाइडको खोप विद्यालयमै पुगेर लगाउने कार्यक्रम रहेको बताए ।
मर्चवारी गाउँपालिका वडा नं.२ का वडाध्यक्ष सुरेन्द्र नाथ मिश्रले पुर्ण खोप छोटो समयमा ठुलो उपलब्धी भएको बताए ।

कार्यक्रमका अध्यक्ष तथा मर्चवारी गाउँपालिका अध्यक्ष केशवनन्द बनियाले पुर्ण खोपको घोषणा पत्र बाचन गर्दै सहयोग गर्ने कर्मचारी, जनप्रतिनिधि लगायत सबै गाउँपालिका वडावासी हरुलाई धन्यवाद ब्यक्त गरेका थिए । कोरोना महामारी देखि पुर्णखोप घोषणा सम्म स्वास्थ्यकर्मीहरुले जोखिम मोलेर काम गरेको बताए । कर्मचारी संगै जनप्रतिनिधि र स्वास्थ्य स्वयंसेविकाहरुले अहरोत्र खटेको बताए ।

स्वास्थ्य कार्यालय रुपन्देहीका खोप अधिकृत भेषराज शर्मा, विपद् ब्यवस्थापन संजालका राष्ट्रिय अध्यक्ष जगन्नथ कुर्मी, मर्चवारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण अर्याल, स्वास्थ्य स्वयंसेवि का लक्ष्मी चौधरी लगायतकाले वोलेका थिए।

सम्बन्धित शिर्षक :