लुम्बिनी प्रदेशमा सिकलसेल एनिमियाका विरामीको संख्या बढदो

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेशमा सिकलसेल एनिमिया विरामीको संख्या वढदो अबस्थामा रहेको छ।नेपालमा सिकलसेल एनिमियाका रोगी ४ हजार रहेको र त्यसमा ७५ प्रतिशत अर्थात ३ हजार लुम्बिनी प्रदेशमा रहेका छन।

लुम्बिनी प्रदेश स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालयलेको आयोजनामा गरेकोे सिकलसेल एनिमिया तथा थालासेमिया रोग सम्बन्धि कार्यशाला गोष्ठी मा उक्त कुरा बताईएको हो।कार्यशाला गोष्ठीको एक समारोहका विच लुम्बिनी प्रदेशका स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रि ईन्द्र जित थारुले उदघाटन गरे ।उद्घाटन समारोहमा बोल्दै मन्त्री थारुले यो रोगको लागी दिर्घकालिन रुपमा समाधान खोजेर अघिबढनु पर्ने बताए ।

उनले निति बनेपनि कार्यन्यन पक्ष फितलो रहेको बताउदै अब नितिमा सुधार गर्दे कडाईका साथ लागुगर्ने बताएका छन। अहिले पनि थारुसमुदायमा रोगपहिचाहन गर्न ल्याव सबैठाउमा नभएको तराईका जिल्ला अस्पतालमा सबैमा ल्याव स्थायी रुपमा नभएको लगायका समास्या रहेको बताएका छन । बजेट जनशक्ती र स्थायी संरचना बनाउनुपर्ने र वच्चा जन्मने बित्तिकै रोग पहिचाहन गर्नु पर्ने बताए ।

लुम्बिनी प्रदेशमा १२ प्रतिशत थारु समुदाय रहेको बताउदै परिक्षण जनचेतना र स्थायी संरचनाआबश्यक रहेको बताए । उनले संघिय सरकार प्रदेश सरकार र स्थानिय सरकार सबैको सहयोग आबश्यक रहेको बताए ।

संघिय स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा गुणराज लोहनीले प्रदेश सरकारले बिषेश पहलगर्नु वताए।उनले संघिय सरकारले पनि कामगरेको बताउदै यस बर्ष पनि ४ करोड बजेट बिनियोजन संघिय सरकारले गरेको बताए।उनले यो रोगवाट तत्काल मुक्त हुन नसकेपनि २ दिन जेनेरेसन पछि निमुर्ल बनाउन सकिने हुदा अहिलेबाटै बिषेश पहलगर्नु आबश्यक रहेको बताए ।

लुम्बिनी प्रेदेश स्वास्थ्यका स्वास्थ्य सचिब डा विकास देवकोटालले यो जटील बिषय बस्तु भएकोले काम भएपनि तत्काल नदेखीने भएकोले योजना बनाएर अघिबढनु पर्ने बताए।उनले गत बर्ष संघिय सरकारले बजेट बिनियोजन गरेको भएपनि प्रदेश सरकारले खर्चगर्न नसकेको बताउदै यस बर्षपनि संघिय सरकारबाट ४ करोड बजेट आएको वताए।

उनले प्रदेशसरकारले पनि यो सिकलसेल एनिमिया तथा थालासेमिया रोगको लागी १५ लाख बजेट बिनियोजन गरेको बताए । डा देवकोटाले भने बजेट को कारण रोगपहिचाहन र उपचारमा समस्या नहुने बताए । स्वास्थ्य मन्त्रालयका प्रबक्ता डा पुष्पराज पौडेलले प्रदेशमा सिकलसेल एनिमिया तथा थालासेमिया रोगको अबस्था को बारेमा जानकारी गराएका थिए।

उक्त गोष्ठिमा वोल्ने सहभागीहरुले थारु जातिमा मात्रै हुने बंशाणुगत रोग भएपनि पछिल्लो समय अन्य जातिमा समेत देखिन थालेकोले न्युनिकरणका लागी सबैले ध्यान दिनुपर्ने बताए । सिकलसेल रोगका विषयमा विद्यालय स्तरमा पाठ्यक्रमको रुपमा लागु गर्नु पर्ने,रोगीहरुको आजीबन उपचारको ब्यबस्था गर्नुपर्ने , थालासेमिया रोगीका लागीपनि अरुले जस्तै राहत सुबिधा पाउनु पर्ने ब्यबस्था मिलाउनु पर्ने बताए ।

भेरी अस्पतालका वरिष्ठ कन्सल्टेन्ट फिजिसियन डा. राजन पाण्डेले नेपालमा ४हजार सिकलसेलका र १ हजार थालासेमिया रोगी रहेको बताए ।भेरी अस्पतालका अहिलेपनि ८६६ जना रोगीले नियमीत औषधी खाईरहेको बताए । वरिष्ठ कन्सल्टेन्ट फिजिसियन डा. राजन पाण्डेले भने नेपालमा भएका जम्मामध्ये ७५ प्रतिशत लुम्बिनी प्रदेशमा रहेको बताए ।

प्रदेश स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालयकी वरिष्ठ नर्सिड अधिकृत नेहा थापाले सिकसेल एनिमिया विरामी गत बर्ष ८०२ रहेको भएपनि यस बर्षको चौमासिकमा ४२८ जना रहेको गत बर्ष अस्पतालमा भर्ना२९६ भएको र अहिलेको चौमासिकमा५२ जना भर्ना भैसकेको बताईन ।

प्रदेशमा बिरामीको संख्या बढदो रहेको थापाले बताईन । सिकलसेल एनिमिया र थालेसिया कस्तो रोगको परिचय, लक्षण, रोगलाई निराकरण गर्ने उपाय विषयमा अभिमुखिकरण गरिएको थियोे ।लुम्बिनी प्रदेशका जिल्ला स्वास्थ्य कार्यलय अस्पताल लगायका संस्थाबाट स्वास्थ्यकमिहरु सहभागी रहेको कार्यक्रको स्वागत राजेन्द्र पन्थीले र संञ्चालन वरिष्ठ नर्सिड अधिकृत नेहाथापाले गरेकी थिईन ।

सिकलसेल एनिमिया के हो, किन हुन्छ ?

सिकलसेल एनिमिया रगतको रातो रक्तकोषमा हुने एक जैविक वंशाणुगत रोग हो । यो रोगले शरीरमा रगत बनाउने रातो रक्तकोषिकाको संख्या घटाउदै लैजान्छ ।सिकलसेल एनिमिया भएमा शरीरमा रगत बन्ने प्रक्रिया ढिलो हुन्छ, जसका कारण शरीरमा विभिन्न समस्या निम्तन्छ । एक पटक शरीरमा यो प्रणाली विकास भएमा एक देखि पचास वर्षसम्म पनि जुनसुकै समयमा रोगका लक्षण देखा पर्न सक्दछ ।

सामान्य अवस्थाको रातो रक्तकोषिका गोलो र चिव्लो हुनुका साथै यसको आयु एक सय २० दिनको हुन्छ । जबकी सिकलसेल एनिमिया भएको व्यक्तिमा रक्तकोष हसिया आकारको /विकृत) हुन्छ ।

यस्तो विकृत रक्तकोषको आयु पनि दश देशदेखि बीस दिनको मात्र हुन्छ । एकातिर रगत ढिला बन्ने र अर्कोतिर बनेको रक्तकोषको आयु छोटो हुदाँ सिकलसेल एनिमिया भइसकेपछि शरीरको विभिन्न महत्वर्पूर्ण अंग र प्रणालीमा यसको प्रभाव देखिन थाल्दछ ।

कुन अवस्थामा लाग्न सक्छ?
सिकलसेल एनिमिया बाल्यावस्थाबाटै देखिन सुरु हुने गर्छ । सिकलसेल भएमा रातो रक्तकोषको संख्या घट्ने हुदाँ एनिमियाका लक्षण देखिनुका साथै बारम्बार संक्रमण भई रहने, शरीरको विभिन्न भागमा दुखाई महसुस हुने भएकोले यसले आजीवन सास्ती दिन्छ ।

सिकलसेल भएका व्यक्तिहरुमा शरीरका विभिन्न अंगहरुमा अक्सिजन सहितको रातो रक्तकोषहरु पर्याप्त मात्रामा पुग्न नसक्दा यसले फोक्सो, मिर्गौला, फियो तथा मस्तिष्क लगायतका अंगहरुमा क्षति पु¥याउनुका साथै स्वास्थ्यमा गम्भीर असर पु¥याउन सक्दछ ।यसकै कारण फोक्सोमा रगत पु¥याउने नलीमा रक्तचाप बढ्दा हृदयाघत भई मानिसको मृत्यु समेत हुनसक्छ । संक्रमित व्यक्तिले काम गर्न पनि कठिन हुने भएको यसले व्यक्तिको आर्थिक अवस्थामा समेत नकारात्मक असर पार्ने गर्छ ।

कसरी बच्ने ?
सिकलसेल एनिमिया आफैमा निको नहुने रोगहरु मध्यमा पर्दछ । यो रोग एक पटक लागेपछि निको नहुने भएकोले यो रोगबाट बच्ने एकमात्र उपाय भनेको नयाँ रोग लाग्नबाट बच्ने मात्र हो ।

कसलाई हुन्छ ?
परिवारमा श्रीमान र श्रीमती दुवै सिकलसेल एनिमियाबाट पिडित भएमा उनीहरुबाट जम्मने बच्चाहरुमा समेत सिकलसेल एनिमिया हुने सम्भावना अधिक हुने गर्छ । त्यसैले, उनीहरुमा रोग भए, नभएको पहिचान गरेर मात्र विवाह गर्ने सल्लाह दिएको खण्डमा नयाँ पुस्ताहरुलाई सिकलसेल एनिमिया हुनबाट जोगाउन सकिन्छ । त्यसैले, यो रोगबाट जोगिनका लागि पनि पर्याप्त मामा जनचेतना फैलाउन आवश्यक छ ।

 

सम्बन्धित शिर्षक :