स्वास्थ्यसमाचार /पातञ्जल योग समिति नेपाल केन्द्रीय कार्यालय भक्तपुरले आफ्नो प्रथम वार्षिकोत्सव आइतबार बुटवलमा सम्पन्न गरेको छ । वार्षिकोत्सवको उद्घाटन गर्दै प्रदेश नम्बर ५ का सामाजिक विकास मन्त्री शुर्दशन बरालले योगको वैज्ञानिक महत्व रहेको भन्दै त्यसको विकासको लागि प्रदेश सरकार जुटेको बताए । नेपालमा नैं योगको विकास भएर पनि यसको अनुसन्धान र महत्व बुझाउन नसक्दा पछाडि परेको भन्दै अब प्रदेश सरकारले यसको प्रचार–प्रसार गर्ने स्पष्ट पारे । उनले प्रदेश सरकार आयुर्वेद औषधीमा आत्मनिर्भर बनाउने योजनाका साथ अगाडी बढेको बताउदै प्रदेश अन्तरगर्तका आयुर्वेद अस्पतालहरुमा योगका सामग्रीहरू प्रदेश सरकारले जुटाएको जानकारी दिए ।…
औषधीका-कुरा
नेपाल औषधि व्यवसायी संघ रूपन्देहीको अध्यक्षमा भट्टराई
स्वास्थ्यसमाचार /औषधि व्यवसायी संघ रूपन्देहीको अध्यक्षमा सुरज भट्टराई विजयी भएका छन् । प्रतिस्पर्धी जवाहरलाल न्यौपानेलाई पछि पार्दै भट्टराई विजयी भएका हुन्। कुल ४ सय ६३ मतमध्ये भट्टराईले ३ सय २९ मत प्राप्त गरेका छन भने प्रतिस्पर्धी जवाहरलाल न्यौपानेले १ सय २८ मत प्राप्त गरेका थिए । मतदानका क्रममा ६ भोट बदर भएको निर्वाचन समिति संयोजक प्रा.डा.कृष्ण भट्टराईले वताए। नयाँ नेतृत्वका लागि अन्य पदमा सहमति जुटे पनि अध्यक्षका लागि सहमति नहुँदा निर्वाचन भएको थियो । शनिबार प्राप्त मतपरिणम अनुसार संस्थापन समूहका भट्टराई भारी मतले विजयी भएका हुन् । त्यस्तै, कोषाध्यक्ष पदका…
ज्वानो : रुघाखोकी, पेट वा पाठेघर सबै समस्याको अचुक औषधी
ज्वानो एक मसला हो । यो उष्ण प्रकृतिको मानिन्छ । यसको प्रयोग तरकारिमा बढी गरिएपनि नेपालमा यसको प्रचलन सुत्केरी अवस्थामा धेरै गरेको पाईन्छ । बच्चा र आमा दुबैको स्वास्थ्यको लागि परापूर्वकालदेखि यसको प्रयोग बढी लाभदायक मानिएको छ । ज्वानोको सबैभन्दा ठूलो विशेषता यसमा रहेको क्याल्सियम हो । एक चिया चम्चा ज्वानोमा ७६ मिलिग्राम क्याल्सियम पाइन्छ । कुपोषण भएका र लामो बिमारीपछि उठेका बालबालिका, वृद्धा, गर्भवती महिला सबैलाई ज्वानोको प्रयोगले निकै फाइदा गर्छ । सुत्केरी अवस्थामा ज्वानोले शरीरलाई चाहिने आवश्यक क्याल्सियमको परिपूर्ति गर्छ र दूध बढाउँछ । आमाको दूधबाट बच्चालाई पनि…