स्वास्थ्यसमाचार/ स्वास्थ्य तथा जनसंख्या मन्त्रालय परिवार कल्याण महाशाखाले जोनसन एण्ड जोनसन खोप लगाएकाहरुले बुस्टर डोज लगाउन पाउने वा नपाउने पाए पनि कुन खोप लगाउने भन्ने जिज्ञासामा जवाफ दिएको छ। महाशाखाले ७७ वटै जिल्लाका स्वास्थ्य कार्यालयहरुलाई पत्र पठाउँदै जोनसन एण्ड जोनसन लगाएकाहरुले पनि ६ महिनापछि बुस्टर डोज लगाउन सक्ने बताएको छ। उसले उपलब्ध भएका सोही खोप अन्यथा कोभिशिल्ड, अस्ट्राजेनेका, मोडेर्ना वा फाइजर पनि दिन मिल्ने स्पष्ट पारेको छ।विभिन्न जिल्लाबाट यससम्बन्धी जिज्ञासा आएकोले प्रष्ट पारिएको महाशाखाकी वरिष्ठ नर्सिङ अधिकृत लक्ष्मी मरासिनीले बताइन्। जोनसन एण्ड जोनसन एक मात्रा लगाए पुग्ने खोप हो।
औषधीका-कुरा
सरकारको राष्ट्रिय रणनीति :२०३० सम्ममा एचआईभी अन्त्य गर्ने
स्वास्थ्यसमाचार/ सरकारले पाचौं राष्ट्रिय एचआईभी रणनीतिक योजना सार्वजनिक गरेको छ।एचआईभी निर्मुल पार्ने लक्ष्यसहित राष्ट्रिय एचआईभी रणनीतिक योजना २०२१–२०२६ राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले सार्वजनिक गरेको हो। स्वास्थ्य मन्त्रालयककी जनसंख्या सचिव देवकुमारी गुरागाईंले सन् २०३० सम्ममा नेपालबाट एचआईभी निर्मुल पार्नका लागि उक्त रणनीतिक योजना सार्वजनिक गरिएको बताइन्।अघिल्ला योजना जस्तै यो बन्नका लागि मात्रै नभई कार्यान्वयनका लागि बनेको उनले बताइन्। स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दिप्रेन्द्र रमण सिंहले यो योजनाले एड्स इपिडेमिकलाई सन् २०३० सम्ममा अन्त्य गर्न सहयोग पु¥याउने बताए। राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रको तथ्यांक अनुसार नेपालमा…
विश्वमा पहिलोपटक एचआईभी संक्रमित महिला निको
बीबीसी/अमेरिकी वैज्ञानिकहरूले एचआईभी संक्रमित एक महिलालाई रोगमुक्त बनाउन सफल भएका छन् ।ती महिला एचआईभी सङ्क्रमणमुक्त हुने विश्वकै तेस्रो व्यक्ति र पहिलो महिला भएको दावी गरिएको छ । यसअघि दुई जना पुरुष पनि यो रोगबाट निको भएका थिए । रक्त क्यान्सरको उपचारका क्रममा ती महिलालाई एड्स निम्त्याउने भाइरसविरुद्ध प्राकृतिक प्रतिरोधी क्षमता भएका व्यक्तिबाट स्टेम कोष प्रत्यारोपण गरिएको बताइएको छ। उपचारपछि ती महिला विगत १४ महिनायता भाइरसमुक्त छन्।तर विज्ञहरूले नाइटोबाट रगत प्रत्यारोपण गरिने यो विधि एचआईभी भएका अन्य मानिसमा प्रयोगमा ल्याउन धेरै जोखिमपूर्ण हुने बताएका छन्। बिरामीको उपचार गरिएको यो विषय मङ्गलवार…
६ जिल्ला र १०९ स्थानीय तहले पठाएनन् कोरोनाविरुद्धको खोपको विवरण
स्वास्थ्यसमाचार/कोभिड(१९ विरुद्धको खोपको मौज्दात र खोप लगाएका व्यक्तिहरूको विवरण नपठाउनेमा ६ जिल्ला र १०९ स्थानीय तह रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयले सोमबार सार्वजनिक सूचना जारी गर्दै खोपको मौज्दात र खोप लगाएका व्यक्तिहरूको विवरण नपठाउने जिल्ला तथा स्थानीय तहलाई अनिवार्य रुपमा यथाशीघ्र विवरण पठाउन भनेको छ । मन्त्रालयले प्रयोगमा आउन सक्ने खोपको बाँकी मात्रा यकिन गरी छानबिन प्रक्रियालाई सघाउनसमेत अनुरोध गरेको छ । माघ २१ गतेसम्ममा प्राप्त खोपको मात्रा तथा म्याद गुज्री वा अन्य कुनै कारणवश क्षति भई प्रयोग गर्न नमिल्ने खोपको विवरणसमेत २६ माघसम्म पठाउन…
स्वास्थ्यमन्त्री खतिवडालाई कारबाहीको माग गर्दै राष्ट्रिय युवा संघ अख्तियारमा
स्वास्थ्यसमाचार/स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । कोरोना खोप हिनामिना गरेको आरोपमा नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले मंगलबार अख्तियारमा उजुरी दर्ता गराएको हो । २४ लाख डोज भ्याक्सिन हिनामिना गरी करिब २ अर्ब ४० करोड राज्यकोषको रकम हिनामिना गरेको भन्दै राष्ट्रिय युवा संघले मन्त्री खतिवडा तथा यस कार्यमा संलग्न अन्य व्यक्तिमाथि छानबिन गरी भ्रष्टाचार निवारण ऐन बमोजिम हदैसम्मको कारबाहीको माग गरेको छ।
लुम्बिनीमा कुष्ठरोगीको संख्या बढदो :नखुल्दा निवारणमा समस्या
स्वास्थ्यसमाचार/ सरकारले २०६६ साल माघ १० माताम झामका साथ कार्यक्रम गरी सन २०२० को अन्त सम्ममा नेपालबाट कुष्ठरोग निवारण गर्ने घोषणा ग¥यो।प्रति दश हजार नागरिकमा कुष्ठरोगीको संख्या एक जनामा झार्ने सरकारी रणनीति पनि बनायो। तर, सरकारी रणनीति लुम्बिनी प्रदेशमा सफल हुन सकेको छैन।लुम्बिनी प्रदेशका वाके कपिलबस्तु र रुपन्देहीमा प्रति दश हजार जन संख्यामा कुष्ठरोगीको संख्या १ दशमलव १९ पुगेको छ।शून्य कुष्ठरोगका लागी हाम्रो प्रतिबद्धता आत्मसम्मानका लागी ऐक्यवद्धता भन्ने मुलनाराका साथ ६९औ विश्व कुष्ठरोग दिवस मनाईएको छ । लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालय ले दाडमा पत्रकार सम्मेलनको आयोजना गरि प्रदेशमा कुष्ठरोगीको संख्या…
ओमिक्रोनले नै कोभिड महामारी अन्त्य गराउँछ :डब्लूएचओ
एजेन्सी /विश्व स्वास्थ्य संगठन (डब्लुएचओ )ले युरोपबाट कोरोना महामारीको अन्त हुनसक्ने संकेत गरेको छ। तर, ओमिक्रोन भेरियन्टको कारणले चलिरहेको कोभिड(१९ लहर अहिले तीव्र गतिमा विश्वका अधिकांश ठाउँमा फैलिरहेको छ। कोरोनाको यो खतरनाक भेरियन्टले महादेशको करिब ६० प्रतिशत जनसङ्ख्यालाई सङ्क्रमित गर्ने बताइएको छ। डब्लुएचओ युरोपका निर्देशक हान्स क्लुगेले एएफपी समाचार एजेन्सीलाई भने, ‘कोरोनाको ओमिक्रोन भेरियन्टका साथ महामारी नयाँ चरणमा प्रवेश गरेको छ। जसले मार्चसम्म युरोपमा ६० प्रतिशत मानिसहरूलाई संक्रमित गर्न सक्छ र योसँगै अन्ततः महामारीको अन्त्य पनि हुनसक्छ।’ ‘यो राम्रो कुरा हो कि, यो महामारी अन्त्यतिर गइरहेको छ,’ उनले भने। तर,…
लुम्बिनी प्रदेश फागुनसम्ममा सबै नागरिकलाई खोप : स्वास्थ्यमन्त्री थारु
स्वास्थ्यसमाचार/ लुुुुम्बिनी प्रदेशका स्वास्थ्य जनसंख्या तथा मानव कल्याण मन्त्री ईन्द्रजित थारूले सबै जनतालाई पुर्ण खोप लगाउने गरी सरकार अघि बढेको बताउनुुुुु भएको छ । दोश्रो खोप लगाएकाहरुमा कोरोना संक्रमणको संख्या र त्यसको जोखिम पनि कम भएको बताउदै मन्त्री थारुले खोपलाई द्रुुुुत गतिमा अगाडि बढाएको जानकारी दिनुभयो । सोमवार बुटवलमा रिपोटर्स क्लब लुम्बिनी प्रदेशले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री थारुले पहिलो खोप लगाएका मध्ये दुई प्रतिशतको मात्र मृत्यु भएको र दुवै मात्रको खोप लगाएकाहरुमा एक प्रतिशतको मात्र मृत्यु भएको बताउनु भयो । उहाँले ८५ प्रतिशत लाई पहिलो खोप लागएको र…
चीन सरकारले उपलब्ध गराएको २० लाख सिरिन्ज नेपाल आइपुग्यो
स्वास्थ्यसमाचार/ चीन सरकारले सहयोग स्वरुप उपलब्ध गराएको २० लाख सिरिन्ज नेपाल आइपुगेको छ।शनिबार चिनियाँ प्रतिनिधिले नेपाली प्रतिनिधिलाई सुई हस्तान्तरण गरेको नेपालस्थित चिनियाँ दुतावासले जनाएको छ। कोभिडविरुद्धको खोप लगाउनका लागि प्रयोग हुने यो सुई ०।५ एमएलको नर्मल साइजको हो।नेपाल आइसकेको सिरिन्ज टेकु स्थित भण्डारणमा शनिबार राति नै राखिने स्वास्थ्य विभाग व्यवस्थापन महाशाखाले जनाएको छ।
कोरोना बढेपछि सरकारले जारी गर्यो ३६ बुँदे नयाँ आदेश : के गर्न पाइन्छर के गर्न पाइन्न ?
स्वास्थ्यसमाचार/सरकारले नयाँ भेरियन्ट ओमिक्रोनसहितको कोभिड–१९ महामारीको तेस्रो लहर रोकथाम तथा नियन्त्रणसम्बन्धी आदेश, २०७८ जारी गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विश्वव्यापी महामारीका रूरुपमा फैलिएको नयाँ भेरियन्ट ओमिक्रोनसहितको कोभिड–१९ महामारीको तेस्रो लहर नेपालमा समेत बढ्दै गएकाले सोको रोकथाम तथा नियन्त्रण, निदान र उपचारका लागि आदेश जारी गरिएको बताए । सरकारले आदेशमार्फत सबै प्रकारका आमसभा, जुलुस, भेला वा धेरै मानिस भेला हुने क्रियाकलाप माघ मसान्तसम्म सञ्चालन नगर्ने निर्णय गरेको छ । गोष्ठी, सेमीनार, समीक्षा, बैठक जस्ता क्रियाकलाप सञ्चालन गर्दा भर्चुअल माध्यमद्वारा गर्ने तथा भौतिकरूपमा उपस्थित भई गर्नुपर्ने काम जनस्वास्थ्यका…