सैनामैनामा सिकलसेलका विरामीको निशुल्क उपचार गर्ने गठबन्धनको योजना

स्वास्थ्यसमाचार/ रुपन्देहीको सैनामैनामा गठबन्धनका उम्मेदवारहरुले जनताको समस्या, आवश्यकता र पिडामा एकाकार हुने प्रतिवद्धता समेत जनाएका छन ।

गठबन्धनका तर्फबाट सैनामैना नगरपालिकाको प्रमुखका उम्मेदवार नेपाली कांग्रेसका फणेन्द्रप्रसाद शर्माले थारु जातिमा हुने सिकलसेल एनिमियाका विरामीको निशुल्क उपचारको व्यवस्था गर्ने प्रतिवद्धता जनाए।

सैनामैनाका गठबन्धनका उम्मेदवारहरुले घरदैलो गर्दै जनताका समस्या नजिकबाट बुझ्ने र सुन्ने गर्दै यस्तो बताएका हुन ।थारु जातिमा रक्त अल्पताका कारण हुने यो रोगका विरामीलाई सैनामैनाका जनप्रतिनिधिले कुनैपनि उपचारको व्यवस्था नगरेको बताउँदै प्रमुखका उम्मेदवार शर्माले आफूहरु निर्वाचित भएमा सिकलसेल एनिमियाका विरामीको निशुल्क उपचार गर्ने प्रतिवद्धता जनाए ।

उनले सिकलसेल एनिमियाको रोगसंगै सैनामैनामा अरु क्यान्सर, मृगौला र मुटु रोगका विरामी समेत रहेको र उनीहरुको समेत भरपर्दो उपचारको व्यवस्था नभएकोले अव आफूहरुले उनीहरुको उपचारका लागि समेत ध्यान दिने उहाँले प्रतिवद्धता जनाए।

सैनामैनामा सोमबार आयोजित चुनावी सभालाई सम्वोधन गर्ने क्रममा प्रमुखका उम्मेदवार शर्माले त्यस्ता विरामीको उपचारमा सहयोग मात्र नभै बुटवलसम्म उपचारका लागि जानुपर्दाको निशुल्क यातायातको व्यवस्था गर्ने प्रतिवद्धता समेत व्यक्त गरे।

कार्यक्रममा गठबन्धनका तर्फबाट उपप्रमुखका उम्मेदवार नेकपा माओवादी केन्द्रका मानवहादुर महत (नारायण) ले गठबन्धनका उम्मेदवारहरुलाई जनताले भोट दिए सुनौलो र नौलो सैनामैना बनाउने प्रतिबद्धता जनाए।

सम्बन्धित शिर्षक :