बुटवलमा गठबन्धनको सङ्कल्प पत्र सार्वजनिक: दुई नगर अस्पताल र निःशुल्क एम्बुलेस सेवा उपलब्ध गराउने

स्वास्थ्यसमाचार/ बुटवलमा पाँचदलीय गठबन्धनले बुटवलको विकासमा एकजुट हुने प्रतिबद्धता जनाउँदै चुनाबी संकल्प पत्र सार्वजनिक गरेको छ । बुटवलमा बुधबार पत्रकार सम्मेलन गर्दै पाँचदलीय गठबन्धनले संकल्प पत्र सार्वजनिक गरेको हो ।

बुटवल उपमहानगरमा कांग्रेसबाट प्रमुख पदका उम्मेदवार खेलराज पाण्डे, एकीकृत समाजवादीबाट उपप्रमुख पदका उम्मेदवार चिनबहादुर गुरुङ, पाँच दलका नेताहरु जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य कमल खनाल, एकीकृत समाजवादीका केन्द्रीय सदस्यहरु डा. बालकृष्ण चापागाइँ र राजु गुरुङ, माओवादी केन्द्रका नेता महेन्द्र भुसाल, राष्ट्रिय जनमोर्चाका पदम श्रेष्ठलगायतले संकल्प पत्र सार्वजनिक गर्नु भएको हो ।

संकल्प पत्र सार्वजनिक गर्दै उनीहरुले बुटवललाई समृद्ध बनाउनका लागि पाँच दल एकैठाउँमा रहेको प्रतिबद्धता जनाउनु भएको छ । बुटवल उपमहानगरको आफ्नै अस्पताल नरहेको अवस्थामा गठबन्धनले बुटवलमा दुई वटा नगर अस्पताल निर्माण गर्ने योजना ल्याएको छ । यस्तै संकल्प पत्रमा भनिएको छ–‘हरेक वडामा प्रयोगशाला र आकस्मिक सेवासहितको वडा स्वास्थ्यसेवा केन्द्र स्थापना गरिनेछ । वडा स्वास्थ्य केन्द्रमार्फत् महिलाहरुका लागि निःशुल्क सेनिटरी प्याडको व्यवस्था मिलाइने छ ।

स्वास्थ्य बिमामार्फत् उपचार लिएका सेवाग्राहीलाई वडा स्वास्थ्य सेवा केन्द्रबाट औषधी उपलब्ध गराइने छ ।बुटवल उपमहानगर क्षेत्रमा दुईवटा नगर अस्पतालको निर्माण गरिने छ । नगर भित्र निःशुल्क एम्बुलेस सेवा उपलब्ध गराइने छ ।’ यस्तै आयुर्वेद तथा प्राकृतिक चिकित्सालयको स्थापना तथा विकास गर्ने र लुम्बिनी प्रादेशिक आयुर्वेद अस्पताललाई स्तरोन्नति गर्ने भनिएको छ ।

‘आम्दा अस्पताललाई उपमहानगरपालिकाको मातहतमा ल्याई मेडिकल कलेजका रुपमा विकास गर्न आवश्यक पहल गरिने छ, गर्भवती महिलालाई निःशुल्क स्वास्थ्य परीक्षण र पोषिलो खानाको व्यवस्था मिलाइने छ ।सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाको दक्षता अभिवृद्धि र उत्प्रेरणाका कार्यक्रम सञ्चालन गर्दै मोबाइल हेल्थ वर्कर समूह गठन गरिने छ ।’

यस्तै नगरबासीलाई स्वच्छ खानेपानीको पहुँचभित्र ल्याउने, उपभोक्ता समूहबाट सञ्चालित खानेपानी आयोजनाहरुलाई आवश्यकता अनुसार विकास, बिस्तार र सहयोग उपलब्ध गराउने योजना अघि सारेको गठबन्धनले झुम्साखोला खानेपानी परियोजना यथाशिघ्र सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ ।

‘बुटवलको फोहोर व्यवस्थापनमा ५आर प्रणाली अवलम्बन गर्दै अन्य पालिकाहरु समेतको समन्वयमा अत्याधुनिक फोहोर प्रशोधन केन्द्र स्थापना गरिने छ ।फोहोरको प्रकृति अनुसार घरेलु फोहोर संकलन कार्यलाई सहज बनाउन टोल विकास समितिहरुसंगको सहकार्यमा टोलस्तरमा रंगीन डस्टविनहरु राखिने छ ।

घरेलु फोहोर संकलन वापत लिइदै आएको दस्तुर घटाइने छ ।’–गठबन्धनले संकल्प पत्रमा भनेको छ–‘बुटवलका प्रमुख बजार एवम् केन्द्रहरुमा स्तरीय, सुविधाजनक र अपांगतामैत्री सार्वजनिक शौचालय निर्माण गरिने छ । शौचालयको सरसफाइ र सञ्चालनका लागि आवश्यक स्रोतको व्यवस्था गर्न कोष खडा गरिने छ ।’

       हेरौं सङ्कल्पपत्रको पूर्णपाठ –

 

स्थानीय तह निर्वाचन–२०७९

बुटवल उपमहानगरपालिका लोकतान्त्रिक गठबन्धन

संकल्प पत्र

आदरणीय आमाबुबा, दाजुभाइ, दिदीबहिनीहरु !

लोकतान्त्रिक सङ्घर्षका यात्रामा गौरवपूर्ण सहादत प्राप्त गर्ने प्रातःस्मरणीय अमर शहीदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौँ । आन्दोलनका क्रममा अङ्गभङ्ग र घाइते हुनुभएका तमाम लोकतान्त्रिक सहयोद्धा साथीहरूलाई उच्च आदरभावका साथ स्मरण गर्न चाहन्छौं ।

बुटवल नगर पूर्वपश्चिम र उत्तरदक्षिण तथा पहाड र तराईको संगम चुरेको काखमा अवस्थित प्राचीन, ऐतिहासिक, व्यापारिक र व्यावसायिक केन्द्रको रुपमा रहेको नेपालको महत्वपूर्ण सहर हो । यस क्षेत्रमा करिव एक करोड दश लाख बर्ष पुरानो आदिम मानव रामापिथेकसको अवशेष भेटिनुले पनि यसको प्राचीन मानव सभ्यतालाई संकेत गर्दछ । बेलायती राज्य बिस्तारको अभियानमा आधुनिक हतियारले सुसज्जित अंग्रेजÞ सेना (इस्ट इन्डिया कम्पनी) माथि कर्णेल उजिरसिंह थापा नेतृत्वको नेपाली सेनाले वि.सं. १८७१–७२ को युद्धमा बिजय हाँसिल गरेको विजयभूमि जितगढी किल्ला हाम्रो गौरवका रुपमा साक्षी छ । बुटवल प्राचीन र ऐतिहासिक सहर मात्र होइन सेनबंशीय राजाहरुको शीतकालीन दरबार रहनुले पनि यसको सौन्दर्य र सामरिक रुपमा विशेष महत्व रहेको पुष्टि गर्दछ । पहाडबाट घ्यु ल्याएर नून साट्ने परम्परागत व्यापारिक केन्द्र हुनुले पनि बुटवलको औद्योगिक तथा व्यापारिक सम्भावनालाई उजागर गरेको छ ।

विभिन्न जातजाति, भाषाभाषी, धर्म, लिंग, सम्प्रदायका मानिस बस्ने यो सुन्दर नगर बुटवललाई मानव संसाधन, सांस्कृतिक विविधता, प्राकृतिक सम्पदा, ऐतिहासिकता र सम्भावनाको उच्चतम उपयोग हुने समुन्नत र समतामूलक सहर निर्माण गर्न उपयुक्त दृष्टिकोण सहितको सक्षम नेतृत्व प्रदान गर्नु आजको आवश्यकता हो । यस नगरलाई शैक्षिक, व्यापारिक, औद्योगिक, पर्यटकीय, प्रविधियुक्त, स्वस्थ र प्रतिस्पर्धी नगरका रुपमा विकास गर्न सकिन्छ भन्ने निष्कर्षका साथ बुटवलमा क्रियाशील राजनीतिक दलहरू नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा सहितको ५ दलीय लोकतान्त्रिक गठबन्धनको तर्फबाट स्थानीय तह निर्वाचनमा यस उपमहानगरपालिकाका विभिन्न पदमा उमेदवारी प्रस्तुत गरेका छौं ।

आदरणीय आमाबुबा, दाजुभाइ, दिदीबहिनीहरु !

स्थानीय तहको निर्वाचन २०७४ मा नेकपा एमालेले बुटवल उपमहानगरपालिकाको नेतृत्व गर्ने अवसर पाएतापनि नगरका समस्या र नागरिकका सरोकारप्रति उदासीन बनेका कारण अनन्त सम्भावना सहितको सुन्दर बुटवल नगर आज कुरुप सहर बनेको छ । गएको पाँच बर्ष नेकपा एमालेको बिकासप्रतिको दृष्टिकोणको अभाव र अकर्मण्य नेतृत्वको कारण नगरवासी निरीह साबित भएका छन् । कार्यसम्पादनका आधारमा विगतमा अग्रपंक्तिमा रहेको बुटवल उपमहानगरपालिका एमाले नेतृत्वमा पुगेपछि पछाडि मात्र परेन प्रतिस्पर्धा गर्न लायकसम्म नहुनु बुटवलबासीका निम्ति लज्जास्पद बिषय बनेको छ ।

नेपाली काँग्रेस नेतृत्वको संघीय सरकारले बुटवललाई यस प्रदेशको राजधानी कायम गरेकोमा प्रदेश सभाको बहुमतको दम्भका आधारमा नेकपा एमालेले लुम्बिनी प्रदेशको राजधानी बुटवलबाट सारेर यहाँका बासिन्दामाथि अन्याय मात्र होइन संकल्प पत्रमा आफैले गरेको प्रतिबद्धतालाई समेत लत्याएको छ । बुटवलको प्रशस्त सम्भावनालाई निस्तेज गरेर आउने पुस्तालाई समेत अवसरबाट वञ्चित गराएको छ । करको दायराभन्दा करको प्रतिशत बढाउने कामले नागरिक थलिएका मात्रै होइनन् उद्योगी व्यवसायीहरु विस्थापित समेत भएका छन् ।

आदरणीय सचेत बुटवलबासी आमाबुबा, दाजुभाइ, दिदीबहिनीहरु !

सस्तो लोकप्रियता र राजनैतिक पूर्वाग्रहमा गरिएको बजेट विनियोजनले वडाहरुको विकासमा असन्तुलन पैदा भई नगरपालिका नगरबासीको साझा चौतारी बन्न सकेको छैन । बुटवल धुवाँधुलो र हिलोसहितको प्रदूषित, अव्यवस्थित एवम् असुरक्षित सहरमा रुपान्तरित भएको छ ।

यसै परिप्रेक्ष्यमा बुटवललाई समानता, स्वाभिमान र अवसरसहितको बस्नलायक सहरका रुपमा रुपान्तरण गर्ने संकल्पका साथ नेपाली काँग्रेस नेतृत्वको गठबन्धन दलहरूका तर्फबाट नगरप्रमुख (मेयर) पदमा खेलराज पाण्डेय (नेपाली काँग्रेस) र उपप्रमुख (उपमेयर) पदमा चिनबहादुर गुरुङ (नेकपा एकीकृत समाजवादी) लाई प्रस्तुत गरेका छौं ।

हाम्रा संकल्पहरु

(क) सार्वजनिक प्रशासन

(१) निजी तथा दलीय प्रयोजनका लागि सरकारी सवारी साधनको प्रयोग अन्त्य गरिने छ । जनप्रतिनिधिहरुको सम्पत्ति विवरण वार्षिक रुपमा सार्वजनिक गरिने छ ।

(२) जनप्रतिनिधिहरुको एक महिनाको तलब नगरबासीहरुको स्वास्थ्य बिमा कार्यक्रमका लागि योगदान गरिने छ ।

(३) बुटवल उपमहानगरपालिका कार्यालयलाई आम नगरवासीको अपनत्व झल्किने समावेशी र अपांगतामैत्री बनाउदै साझा चौतारीका रुपमा बिकास गरिने छ ।

(४) ःबथयच’क थ्यगतज ब्मखष्कयचथ द्ययबचम को गठन गरिने छ ।

(५) बुटवल उपमहानगरपालिकासँग सम्बन्धित देश तथा विदेशमा रहेका बुद्धिजिवी तथा उच्च व्यावसायिक क्षेत्रमा क्रियाशील अनुसन्धानविदहरु सम्मिलित ‘बुटवलका लागि प्रबुद्ध परिषद्’ गठन गरिने छ ।

(६) सार्वजनिक सेवा प्रवाहलाई ँबअभभिकक, एबउभचभिकक र त्तगभगभ(ाचभभ बनाइने छ । विशिष्ट सार्वजनिक सेवामा द्रुत सेवा ९ँबकत त्चबअप० प्रणालीे अवलम्बन गर्दै सेवाको होम डेलिभरीको व्यवस्था गरिने छ ।

(७) सार्वजनिक प्रशासनलाई भ्रष्ट्राचार र अनियमितता मुक्त बनाउन सेवा प्रवाहका आधुनिक र सफल अन्तर्राष्ट्रिय अभ्यासहरुको अध्ययन गरी अवलम्बन गरिने छ । सार्वजनिक सेवा प्राप्त गर्न एकद्वार नीति अवलम्बन गरी सिफारिस, राजस्व सेवा, घर–नक्सा इजाजत जस्ता सेवाहरुलाई डिजिटाइज र झन्झटमुक्त बनाइने छ ।

(८) राजनीतिक हस्तक्षेप र दलीय प्रभाव–दवावरहित नियुक्ति र कामकारवाही गरिने छ । सेवाग्राहीको गुनासो तथा समस्या सुनुवाइ गर्न ज्भििय ःबथयच डेस्क स्थापना गरिने छ । चौमासिक कार्यप्रगती विवरणसहित सार्वजनिक सुनुवाई कार्यक्रम सञ्चालन गरिने छ ।

(९) बुटवल उपमहानगरपालिकामा आर्किटेक, सहरी योजनाविद् लगायत उच्च प्राविधिक जनशक्तिको आवश्यक दरबन्दी सिर्जना गरी भवन तथा पूर्वाधार निर्माणमा विशेषज्ञ परामर्श सेवा उपलब्ध गराइने छ ।

(१०) नगरभित्रका सरकारी÷सार्वजनिक जग्गाको पहिचान एवम् संरक्षण गरिने छ ।

(११) नगरपालिकाका काम कारवाहीका सूचनालाई सहजरुपमा जनतामाझ लैजानका लागि मिडिया डेस्क स्थापना गरिने छ ।

(१२) उपमहानगरपालिकामा कार्यरत कर्मचारीहरुलाई कार्यसम्पादनको आधारमा सम्मान तथा पुरस्कृत गरिने छ । जनप्रतिनिधिहरु शासक होइन, असल सेवक हुन् भन्ने कुरालाई व्यवहारमै प्रमाणित गरिने छ ।

(ख) वित्त तथा सामाजिक सुरक्षा

(१) व्यवसाय करको दर व्यापारको प्रभावका आधारमा निर्धारण गरिने छ । पालिकाले लिदै आएको घरबहाल कर, ई रिक्सा सवारी कर, हाटबजार बैठकी करलगायतका करका दर एवम् सिफारिस शुल्क घटाइने छ ।

(२) जेष्ठ नागरिक, एकल महिला एवम् अपाङ्गता भएका नागरिकहरुका लागि थप आर्थिक सुविधा उपलब्ध गराइने छ । एक वडा एक जेष्ठ नागरिक मिलन केन्द्र स्थापना गरिने छ ।

(३) सबै वडाको दिगो र सन्तुलित विकासका लागि न्यायोचित बजेट विनियोजन गरिने छ । सहकारीलाई विकास साझेदारका रुपमा काम गर्न नीति तर्जुमा गरिने छ । सहकारीलाई नगर कार्यक्षेत्र बनाउने गरी सहकारी नीति ल्याइने छ ।

(४) श्रम संस्कृतिको सम्मानलाई स्थापित गर्दै श्रमजीवी वर्गलाई प्रोत्साहनको नीति लिइने छ । सहयोगापेक्षी सडक आश्रित नागरिकहरुका लागि जग्गाको प्रबन्ध गरी आश्रयस्थलको व्यवस्थापन गरिने छ ।

(ग) स्वास्थ्य

(१) हरेक वडामा प्रयोगशाला र आकस्मिक सेवासहितको वडा स्वास्थ्यसेवा केन्द्र स्थापना गरिनेछ । वडा स्वास्थ्य केन्द्रमार्फत् महिलाहरुका लागि निःशुल्क सेनिटरी प्याडको व्यवस्था मिलाइने छ । स्वास्थ्य बिमामार्फत् उपचार लिएका सेवाग्राहीलाई वडा स्वास्थ्य सेवा केन्द्रबाट औषधी उपलब्ध गराइने छ ।

(२) बुटवल उपमहानगर क्षेत्रमा दुईवटा नगर अस्पतालको निर्माण गरिने छ । नगर भित्र निःशुल्क एम्बुलेस सेवा उपलब्ध गराइने छ ।

(३) आयुर्वेद तथा प्राकृतिक चिकित्सालयको स्थापना तथा विकास गरिने छ । लुम्बिनी प्रादेशिक आयुर्वेद अस्पताललाई स्तरोन्नती गरिने छ ।

(४) जटिल स्वास्थ्य समस्या जस्तैः मधुमेह, उच्च रक्तचाप, मुटु, मृगौला, दम, टी.बी., क्यान्सर तथा कलेजो रोगहरुको परीक्षण तथा उपचारका लागि विशेष प्रबन्ध मिलाइने छ ।

(५) आम्दा अस्पताललाई उपमहानगरपालिकाको मातहतमा ल्याई मेडिकल कलेजका रुपमा विकास गर्न आवश्यक पहल गरिने छ ।

(६) गर्भवती महिलालाई निःशुल्क स्वास्थ्य परीक्षण र पोषिलो खानाको व्यवस्था मिलाइने छ । सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाको दक्षता अभिवृद्धि र उत्प्रेरणाका कार्यक्रम सञ्चालन गर्दै ःयदष्भि ज्भबतिज ध्यचपभच समूह गठन गरिने छ ।

(७) रक्त सञ्चार केन्द्रका लागि आवश्यक जग्गाको प्रबन्ध गरी भवन निर्माण गरिने छ । उपचारका क्रममा विरामीलाई आवश्यक पर्ने रगतमा लाग्ने सेवाशुल्क नलिने व्यवस्था गरिने छ ।

(८) सम्पूर्ण नगरबासीलाई स्वास्थ्य बिमा कार्यक्रममा समावेश गरिने छ ।

(घ) खानेपानी तथा सरसफाई

(१) नगरबासीलाई स्वच्छ खानेपानीको पहुँचभित्र ल्याइने छ । उपभोक्ता समूहबाट सञ्चालित खानेपानी आयोजनाहरुलाई आवश्यकता अनुसार विकास, बिस्तार र सहयोग उपलब्ध गराइने छ । झुम्साखोला खानेपानी परियोजना यथाशिघ्र सम्पन्न गरिने छ ।

(२) सामुदायिक भवन, पार्क, यात्रु प्रतीक्षालय जस्ता सार्वजनिक स्थानमा स्वच्छ खानेपानी धाराको निर्माण गरी पानीको नियमित गुणस्तर जाँच एवम् परीक्षण गरिने छ ।

(३) कोरियाली हान नदी सरसफाइ जस्ता सफल अन्तर्राष्ट्रिय अभ्यासहरुको मौलिक अवलम्बन गरी तिनाउ नदीलाई प्रदूषणमुक्त बनाई नदी क्षेत्रको सौन्दर्यकरण गर्दै अन्तर्राष्ट्रिय पर्यटक समेत आकर्षित गरिने छ । सरोकारवाला निकाय र विभागहरुसँगको समन्वयमा राष्ट्रिय गौरवको एकीकृत विकास परियोजना तयार गरी कार्यान्वयन प्रकृया अगाडि बढाइने छ ।

(४) छच् अवधारणा अन्तर्गत फोहोर व्यवस्थापन गर्दै अन्य पालिकाहरु समेतको समन्वयमा अत्याधुनिक फोहोर प्रशोधन केन्द्र स्थापना गरिने छ । फोहोरको प्रकृति अनुसार घरेलु फोहोर संकलन कार्यलाई सहज बनाउन टोल विकास समितिहरुसंगको सहकार्यमा टोलस्तरमा रंगीन डस्टविनहरु राखिने छ । घरेलु फोहोर संकलन वापत लिइदै आएको दस्तुर घटाइने छ ।

(५) बुटवलका प्रमुख बजार एवम् केन्द्रहरुमा स्तरीय, सुविधाजनक र अपांगतामैत्री सार्वजनिक शौचालय निर्माण गरिने छ । शौचालयको सरसफाइ र सञ्चालनका लागि आवश्यक स्रोतको व्यवस्था गर्न कोष खडा गरिने छ ।

(ङ) प्रकृति, पर्यटन र पूर्वाधार

(१) आवश्यक रंगरोगन, ट्राफिक चिन्ह, जेब्रा क्रसिङ, सेन्सरयुक्त ट्राफिक बत्ती आदिको व्यवस्था गर्दै सडक पूर्वाधारलाई यात्रुमैत्री बनाइने छ ।

(२) सडक छेउमा उपयुक्त फूल, वनस्पती एवम् वृक्षरोपण गरी हरियाली बेल्ट निर्माण गरिने छ । पैदल यात्रुहरुको सुबिधाका लागि छहारीसहित कुर्सीहरुको व्यवस्था गरिने छ ।

(३) सहरी वन ९ग्चदबल ँयचभकतचथ० अवधारणाअन्तर्गत बजार एवम् आवासीय क्षेत्रका सार्वजनिक जग्गाहरु पहिचान गरी सहरी वन क्षेत्रका रुपमा विकास गरिने छ । पोखरी एवम् तालको निर्माण गर्दै जलसम्पदा र जैविक विविधताको संरक्षण गरिने छ ।

(४) प्रकृतिमैत्री अल्पकालीन तथा दीर्घकालीन योजनामार्फत् ज्योतिनगर एवम् पाखापानी पहिरो नियन्त्रण गरी वस्तीलाई व्यवस्थित र सुरक्षित बनाइने छ । नदी कटान क्षेत्रहरुको कटान नियन्त्रण गरी नदी संरक्षण गरिने छ ।

(५) पर्यापर्यटन, फलफूल तथा जडिबुटी खेतीमार्फत् समुदायको जिविकोपार्जन एवम् आयआर्जनमा सहयोग पुग्ने गरी कृषि वन, निजी वन एवम् सामुदायिक वन प्रबर्धनका कार्यक्रमहरु संचालन गरिने छ । राष्ट्रपति चुरे संरक्षण कार्यक्रमसंगको सहकार्यमा वन तथा जलाधार क्षेत्रको संरक्षण गरिने छ ।

(६) त्रिभुवन विश्वविद्यालयसँग सहकार्य गरी ब्ष्च त्तगबष्तिथ क्भलकयच सहित प्रदूषण मापन केन्द्र स्थापना गरिने छ ।

(७) वाल्मिकी आश्रम, त्रिवेणीधाम, रामग्राम, लुम्बिनी, तिलौराकोट, श्रीनगर, भैरवस्थान, रेसुङ्गा, सुपादेउराली लगायतका पर्यटकीय क्षेत्रहरुको केन्द्र भागमा पर्ने बुटवल उपमहानगरपालिका क्षेत्रलाई पर्यटक विश्रामस्थलका रुपमा विकास गरिने छ ।

(८) ऐतिहासिक जीतगढी किल्लाको संरक्षण तथा सम्वद्र्धन गर्दै यसको ऐतिहासिकतालाई चित्रण गर्ने वृत्तचित्र निर्माण तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचार गरि पर्यटक आकर्षित गरिने छ ।

(९) आदिमानव रामापिथेकस पार्क, हिलपार्क, मणिमुकुन्द सेन पार्क, पिसपार्क, मिलनपार्कलगायत विभिन्न पार्कहरुको विस्तार तथा स्तरोन्नति गरिने छ । सेमलार र मोतीपुर क्षेत्रमा एम्युजमेन्ट पार्क निर्माण गरिने छ ।

(१०)ं सिद्धार्थ राजमार्गअन्तर्गत चौराहा चिडियाखोला सडकखण्डको धुलोधुँवा नियन्त्रण गर्दै तत्काल कालोपत्रे गरिने छ ।

(११) तिनाउ–दानव कोरिडोर निर्माण कार्यलाई अघि बढाउन पीडित नागरिकहरुका लागि बुटवल उपमहानगरभित्र जग्गा व्यवस्था गरी संघ र प्रदेश सरकारको सहयोगमा क्षतिपूर्ति सहित पुर्नस्थापना गरिने छ ।

(१२) दोभासेको व्यवस्थासहित पर्यटक सूचना र सहायता केन्द्रको स्थापना गरिने छ ।

(१३) नक्सा पास नगरी बनेका घरभवनहरुको अभिलेखीकरण गरी आवश्यक प्रक्रियामार्फत् निर्माण सम्पन्नता प्रमाणपत्र प्रदान गरिने छ ।

(१४) पुरानो वुटवल (बटौली) को ऐतिहासिकतालाई जगेर्ना गर्दै सम्पदा क्षेत्रका रुपमा विकास गरिने छ ।

(१५) बुटवल, सैनामैना, तिलोत्तमा, देवदह, सिद्धार्थनगर, शुद्धोधन, तिनाउलगायत छिमेकी पालिकाहरुको एकीकृत विकासका लागि बुटवल–भैरहवा विकास प्राधिकरण स्थापनाका लागि समन्वय एवम् पहल गरिने छ ।

(१६) सार्वजनिक भवन एवम् पूर्वाधारहरु अपाङ्गतामैत्री बनाइने छ । बजार क्षेत्रका सार्वजनिक पार्कहरुलाई पर्खालरहित बनाइने छ ।

(१७) नेपालीपन झल्किने तथा उच्च कलात्मक ज्ञान र शैलीमा निर्मित निजी आवास तथा भवनहरुलाई कर छुट तथा विशेष सुविधाहरु प्रदान गरिने छ ।

(१८) महत्वपूर्ण सहरी पूर्वाधारहरुको नक्सा डिजाइन एवम् योजना अवधारणा खरिद गर्न सहभागितामूलक डिजाइन प्रतिस्पर्धाको नीति अवलम्बन गरिने छ ।

(१९) बुटवल नगरपरिसर भित्र प्रजातान्त्रिक समाजवादका प्रणेता विपी कोइराला, पुष्पलाल श्रेष्ठ र सूर्यप्रसाद प्रधानको स्मृति पार्क निर्माण गरिने छ ।

(२०) अन्तर्राष्ट्रिय स्तरको एकीकृत डेटा सेन्टरको स्थापना गरिने छ ।

(२१) दिगो विकास लक्ष्य हाँसिल गर्ने कार्यमा योगदान पु¥याउन आवश्यक कार्यक्रमहरु सञ्चालन गरिने छ ।

(२२) अव्यवस्थित ट्रान्समिसन लाइन र दूरसञ्चारका तारहरुलाई आवश्यक व्यवस्थापन गरिने छ ।

(२३) बहुउद्देश्यीय भवन निर्माणका लागि आवश्यक प्रकृया र आधारभूत पूर्वाधारका निम्ति सहयोग गरिने छ ।

(२४) बुटवल, सैनामैना, शुद्धोधन, तिलोत्तमा, देवदह र सिद्धार्थनगरलाई समेटेर महानगर बनाउन पहल गरिने छ । नवलपरासीको बर्दघाटदेखि कपिलबस्तुको शिवपुरसम्म जोडेर मेगासिटी बनाउन सम्भाव्यता अध्ययन गरिने छ ।

(च) शिक्षा तथा संस्कृति

(१) शिक्षण सिकाइ प्रक्रियालाई सरल, प्रभावकारी र गुणस्तरीय बनाउन सामुदायिक, संस्थागत तथा गुठीमार्फत् सञ्चालित विद्यालयका विषयविज्ञ शिक्षकहरुको रोस्टर बनाई तालिम, प्रशिक्षणको व्यवस्था गरिने छ ।

(२) निजी शैक्षिक प्रतिष्ठानहरुलाई लगानीको ग्यारेन्टी दिइने छ । निजी तथा सामुदायिक विद्यालयलाई नियमन र अनुगमन गरिने छ ।

(३) बुटवल बहुमुखी क्याम्पसलाई यस प्रदेशकै उच्चस्तरीय शैक्षिक प्रतिष्ठान तथा अनुसन्धान केन्द्रका रुपमा स्तरोन्नति गरिने छ ।

(४) नगर क्षेत्रमा रहेका सरकारी तथा सामुदायिक क्याम्पसमा सुविधासम्पन्न प्राध्यापक कक्षको निर्माण गरिने छ ।

(५) सामुदायिक शिक्षाको सबलीकरण गर्दै नगरभित्रका सबै सामुदायिक विद्यालयमा न्यायोचित भौतिक सुविधा र पूर्वाधारको विकास गरिने छ ।

(६) बालसहजकर्ता र विद्यालय कर्मचारीहरुलाई उचित पारिश्रमिक र उपदान कोषको व्यवस्था गरिने छ ।

(७) ‘एक कक्षाकोठा एक स्मार्टबोर्ड’ र ‘एक शिक्षक एक ल्याप्टप ’कार्यक्रम सञ्चालन गरिने छ ।

(८) स्थानीय रोजगार र सिपमूलक व्यावसायिक पठनपाठनको व्यवस्था मिलाइने छ ।

(९) शैक्षिक क्षेत्रलाई राजनैतिक प्रभावमुक्त बनाइने छ । कक्षा १२ सम्मको शिक्षा निःशुल्करुपमा उपलब्ध गराउने व्यवस्था मिलाइने छ । आदिमानव रामापिथेकस, मणिमुकुन्द सेन, जीतगढी किल्ला लगायत विशिष्ट एवम् ऐतिहासिक र सांस्कृतिक महत्व बोकेका विषयवस्तुलाई समेटेर स्थानीय पाठ्यक्रम तयार गरी लागु गरिने छ ।

(१०) हरेक जाति र समुदायको भाषा, धर्म, सँस्कृति तथा विशिष्ट पहिचान स्थापित गर्दै मठ, मन्दिर, गिर्जाघर, गुम्बा, मस्जिदलगायत अन्य धार्मिक धरोहरहरुको संरक्षण गरिने छ । तिनाउ नदीलाई सम्पदा नदीका रुपमा विकास गरी सन्ध्याकालीन आरतीको व्यवस्था मिलाइने छ । तिनाउमै मधेशी समुदायको लागि छठ पूजा गर्ने स्थल बनाइने छ ।

(११) राष्ट्रिय आविष्कार केन्द्रलगायत अन्य अन्वेषण केन्द्रहरुसँग समन्वय गर्दै क्ष्ललयखबतष्यल ऋभलतचभ स्थापना गरिने छ ।

(१२) बुटवल नगरक्षेत्रमा कला, साहित्य र संस्कृति अध्ययन अनुसन्धानका लागि प्रतिष्ठान गठन गरिने छ । जात–जातिका भाषा, सँस्कृति झल्कने गरी सास्कृतिक संग्रहालय स्थापना गरिने छ ।

(१३) अटिज्म र सुस्तमनस्थिति भएका बालबालिकाहरु लक्षित विशेष कार्यक्रम सञ्चालन गरिने छ ।

(१४) बालश्रम अन्त्यका लागि विशेष कार्यक्रम ल्याइने छ ।

(१५) सामाजिक, शैक्षिक, स्वास्थ्य, खेलकूद, प्रविधिलगायतका क्षेत्रहरुमा विशिष्ट योगदान पु¥याएका व्यक्तिहरुलाई ‘बुटवल रत्न’का रुपमा सम्मानित गरिने छ ।

(१६) मैनावगरमा निर्माणाधिन अवस्थामा रहेको शवदाहगृहको निर्माण पूरा गरी यथाशिघ्र सञ्चालनमा ल्याइने छ ।

(१७) मुस्लिम समुदायका लागि कब्रस्तान र क्रिश्चियन समुदायका लागि समाधिस्थल (नचबखभथबचम) को व्यवस्था गरिने छ ।

(छ) शान्ति सुव्यवस्था

(१) एक वडा एक प्रहरी चौकीको अवधारणा अन्तर्गत प्रहरी चौकीको आवश्यक विस्तार गरिने छ । सार्वजनिक स्थलहरुमा आवश्यक ऋऋत्ख् क्यामेरा जडान गरिने छ ।

(२) नगर प्रहरीलाई अङ्ग्रेजी भाषा, व्यक्तित्व विकास तालिम र आधुनिक युनिफर्मसहित आवश्यक सुधार र आधुनिकीकरण गर्दै जनउत्तरदायी बनाइने छ ।

(३) जातीय, साँस्कृतिक, लैङ्गिक, वर्गीय, सामाजिक विभेदको अन्त्य गर्न प्रहरी र समुदायको सहकार्य मार्फत् आवश्यक कार्यक्रम सन्चालन गरिने छ । घरेलु तथा लैंगिक हिंसामा शून्य सहनशीलताको नीति अख्तियार गरिने छ ।

(४) नगर प्रहरी भित्र ब्लतष् ज्बचबककmभलत क्त्रगबम गठन गरिने छ ।

(ज) सडक तथा यातायात

(१) बुटवल नगरक्षेत्रका सम्पूर्ण सडकहरुलाई कालोपत्रे तथा स्तरोन्नती गरिने छ । बुटवल बजारका प्रमुख चोकहरुमा मानवीय दुर्घटना न्यूनीकरणका लागि आवश्यक पूर्वाधारको निर्माण गरिने छ ।

(२) गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट बुटवल सहर आवत–जावतका लागि क्जगततभि द्यगक व्यवस्था गरिने छ ।

(३) सार्वजनिक यातायातलाई सुरक्षित, सुविधाजनक, प्रविधियुक्त र भरपर्दो बनाइने छ । डिजिटल डिस्प्ले बोर्डसहितको सुविधा सम्पन्न प्रतीक्षालय निर्माण गरिने छ ।

(४) साइकल मैत्री सहर निर्माणका लागि डेडिकेटेड साइकल लेनको व्यवस्था गरिने छ ।

(५) अटो व्यवसायीसँग सहकार्य गर्दै नयाँ अन्तर्राष्ट्रियस्तरको अटो भिलेजको निर्माण गरिने छ । अटोभिलेजमा अटोमोबाइल सम्बन्धी प्राविधिक शिक्षालय स्थापना गरिने छ ।

(६) गोलपार्क –लक्ष्मीनगर –हिलपार्क–शिवनगर–धागो कारखाना–योगीकुटी–मगरघाट–मोतीपुर–सेमलार–तामनगर–बदेलपोखरी–फूलबारी–गोलपार्क जोड्ने चक्रपथको निर्माण गरिने छ ।

(७) अन्तर्राष्ट्रिय विमानस्थल सेवालाई मध्यनजर गर्दै सुरक्षित रात्रिकालीन सार्वजनिक यातायात सेवा सञ्चालनको व्यवस्था मिलाइने छ ।

(झ) उद्योग, व्यापार, बजार र रोजगारी

(१) हाट बजारलाई व्यवसायी र उपभोक्ता मैत्री बनाइने छ । साना तथा स्थानीय उत्पादन प्रबद्र्धन गर्ने व्यापार व्यवसायमा लगाइएको कर घटाइने छ ।

(२) हाटबजारहरुलाई परम्परादेखि चलिआएको बजारका अतिरिक्त अन्य दिनहरुमा पनि विशिष्टीकृत वजारका रुपमा सञ्चालन गरिने छ ।

(३) वुटवल उपमहानगर क्षेत्र भित्र रहेका व्यावसायिक संघ÷संस्थाहरुको सहकार्यमा व्यवसायी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिने छ ।

(४) उपमहानगरपालिका भित्रका सहायक सडकहरुमा साना व्यावसायीहरुलाई निश्चित समय व्यवसाय सञ्चालनको वातावरण बनाइने छ ।

(५) क्ष्त् एबचप निर्माण गरी सूचना प्रविधि क्षेत्रमा अन्तर्राष्ट्रिय लगानी आकर्षित गरिने छ ।

(६) स्थानीय तथा राष्ट्रिय उत्पादनलाई प्रोत्साहन गर्न विशिष्टीकृत मेला महोत्सवको आयोजना गरिने छ ।

(७) अन्तर्राष्ट्रिय दातृ निकाय, संघ संस्था एवम् संसारका प्रमुख सहरहरुसँग सम्बन्ध स्थापित गरी प्रविधि र लगानी भित्र्याइने छ ।

(८) प्रस्तावित मोतीपुर औद्योगिक क्षेत्रमा २५÷३० वर्षदेखि स्थानीयको बसोबास तथा हकभोगमा रहेको करिव २५० बिगाहा जग्गा सम्बन्धित व्यक्तिलाई नै फिर्ता गरी बाँकी रहेको जग्गामा स्मार्ट औद्योगिक क्षेत्र स्थापना गरिने छ ।

(९) युवा स्वरोजगार केन्द्रको स्थापना गरी ‘एक घर एक उद्यमी’ कार्यक्रम सञ्चालन गरिने छ । वैदेशिक रोजगारीबाट फर्किएकाहरुको ज्ञान, सीप र प्राविधिक क्षमताको उपयोग गर्न विशेष कार्यक्रम ल्याइने छ ।

(१०) निश्चित स्थानहरुमा चौबिसै घण्टा व्यापार व्यवसाय सञ्चालनका लागि आवश्यक प्रबन्ध मिलाइने छ ।

(११) पार्किङ समस्या समाधानका लागि मुख्य बजारक्षेत्रमा उपयुक्त जग्गा पहिचान गरी बहुतले पार्किङ् भवन निर्माण गरिने छ ।

(१२) गृहिणी उद्यमशीलतालाई प्रबद्र्धन गरी ‘एक गृहिणी एक उत्पादन, बुटवलको स्वाभिमान’ कार्यक्रम सञ्चालन गरिने छ । उत्पादित वस्तुलाई आर्थिक अनुदानसहित बजारीकरणको व्यवस्था गरिने छ ।

(ञ) अव्यवस्थित बस्ती तथा सुकुम्बासी समस्या

(१) सुकुम्बासी तथा अव्यवस्थित बसोवास गरिरहेका नागरिकलाई एक वर्षभित्र अल्पकालीन बसोबास प्रमाणपुर्जा र दीर्घकालीन रुपमा राष्ट्रिय भूमि आयोगसँग समन्वय गरी जग्गाधनी प्रमाणपुर्जा उपलब्ध गराईने छ ।

(२) उपयुक्त जग्गाको पहिचान गरी बाढी तथा पहिरोबाट प्रभावित एवम् अल्पसंख्यक, सीमान्तकृत, न्यून आय भएका, पिछडिएका, एकल महिला तथा अपाङ्गता भएका नागरिकलाई लक्षित गरी सुरक्षित आवास कार्यक्रम सञ्चालन गरिने छ ।

(३) भूउपयोग नीतिमार्फत् साना क्षेत्रफल भएका जग्गाको उचित व्यवस्थापन गरिने छ ।

(ट) कृषि तथा पशुपालन

(१) बुटवल उपमहानगरपालिका भित्रका सम्भावित स्थानहरुमा आधुनिक तथा व्यावसायिक खेती प्रबद्र्धनका लागि कृषि विशेषज्ञसहितको विशेष सहुलियत कार्यक्रम सञ्चालन गरिने छ ।

(२) पशुपालक कृषकलाई लक्षित गरी पशुबिमा कार्यक्रम र भेटेरिनरी सेवासहित निःशुल्क औषधी उपलब्ध गराइने छ ।

(३) बुटवल उपमहानगरपालिका भित्र रहेका १४ देखि १९ वडासम्मका मोतीपुर÷सेमलार क्षेत्रलाई कृषि जोनका रुपमा विकास गरिने छ । सुविधा सम्पन्न कोल्ड स्टोर (चिस्यान केन्द्र) स्थापना गरिने छ ।

(४) कृषकहरुका लागि सहुलियतपूर्ण कृषि कर्जा उपलब्ध गराउने ब्यवस्था मिलाइने छ । प्राङ्गारिक कृषि उत्पादनलाई प्राथमिकता दिइने छ । आधुनिक कृषि मण्डीको स्थापना गरी बुटवल नगरभित्र उत्पादित कृषिजन्य बस्तुलाई कृषि मण्डीसँग जोड्न उपयुक्त कार्यक्रम ल्याइने छ ।

(५) सिँचाई सुविधाका लागि व्यवस्थित पक्की तथा झरन कुलाहरुको निर्माण तथा व्यवस्थापन गरिने छ । चारतपाहा सिँचाई आयोजनाको स्तरोन्नती गरिने छ ।

(ठ) खेलकुद

(१) प्रत्येक वडामा एक बहुउद्देश्यीय कवर्डहल र सामुदायिक व्यायामशाला निर्माण गरिने छ ।

(२) परम्परागत खेललाई प्रबद्र्धन गर्न विशेष कार्यक्रम ल्याइने छ ।

(३) सामुदायिक विद्यालयहरुका लागि आवश्यक खेल प्रशिक्षकको व्यवस्था गरिने छ । खेल मैदानहरुलाई वर्गीकरण गरी स्तरोन्नती गरिने छ ।

(४) वडा नं. १३ मा अवस्थित प्रस्तावित राष्ट्रिय स्तरको उजिर सिंह रंगशाला यथाशिघ्र निर्माणका लागि प्रदेश÷संघीय सरकारसँग पहल गरिने छ ।

(५) वडा नं. ११ मा रहेको एन्फा टेक्निकल सेन्टरसँग रहेको क्षेत्रलाई अल्पकालीन र दीर्घकालीन कार्ययोजना बनाई स्पोटर््स जोनका रुपमा विकास गरिने छ ।

(६) वडा नं. १६ डहरगाउँ स्थित खेलमैदानमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रङ्गशाला निर्माण गरिने छ ।

 

आदरणीय नगरवासी आमाबुबा, दिदीबहिनी तथा दाजुभाइहरु !

बुटवल उपमहानगरलाई सामाजिक, सांस्कृतिक, कला र पर्यावरणका विविध पक्षहरुबीचको अन्तरक्रियालाई सम्मान र प्रोत्साहन गर्ने, प्रविधि र पर्यटक मैत्री मानवकेन्द्रित पूर्वाधारसहितको प्रतिस्पर्धात्मक, उद्यमशील र चलायमान सहरका रुपमा विकास गर्न नेपाली काँग्रेस नेतृत्वको गठबन्धन स्थानीय तह निर्वाचन २०७९ मा यस संकल्प पत्रसहित यहाहरु समक्ष प्रस्तुत भएका हाँै । यस संकल्प पत्रमा उल्लिखित कार्यक्रम तथा प्रतिबद्धताहरु कार्यान्वयन गरी बुटवललाई बस्नलायक, घुम्नलायक र रहरलाग्दो सहरका रुपमा रुपान्तरण गर्न गठबन्धनका उम्मेदवारहरुलाई मतदान गरी विजयी गराइदिनुहुन हार्दिक अपिल गर्दछौँ ।

धन्यवाद ।

  खेलराज पाण्डेय

नगर उपप्रमुख      

चिनबहादुर गुरुङ

नगर उपप्रमुख (उपमेयर) 

गठबन्धनमा आबद्ध दलहरु

नेपाली काँग्रेस

नेकपा (माओवादी केन्द्र)

नेकपा (एकीकृत समाजवादी)

जनता समाजवादी पार्टी

राष्ट्रिय जनमोर्चा

सम्बन्धित शिर्षक :