अपाङ्गमैत्री स्वास्थ्य सेवाको लागी लुम्बिनी प्रादेशिक अस्पतालका स्वास्थ्यकर्मिलाई अभिमुखिकरण

स्वास्थ्यसमाचार लुम्बिनी प्रादेशिक अस्पतालमा अपाङ्ग मैत्री स्वास्थ्य सेवाको लागी स्वास्थ्यकर्मिहरुलाई अभिमुखिकरण गरिएको छ।उपचारका लागी आउने अपाङ्गहरुलाई सहजहोस भन्ने उदेश्यका साथ स्वास्थ्य सेवा प्रदायकलाई अभिमुखिकरण गरिएको हो ।

लुम्बिनी प्रदेश स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालयका सचिव डा विकास देबकोटाको प्रमुख आतिथ्य,लुम्बिनी प्रादेशिक अस्पतालका मेसु डा ईन्द्र ढकालको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथी डा देवकोटाले अपाङ्गमैत्री स्वास्थ्य सेवाका लागी मन्त्रालयले निति नियम तथा बजेट बिनियोजन गरेर यो सेवालाई प्रभाबकारी बनाउदै गएको बताए।

 

उनले सबै अस्पताल तथा स्वास्थ्य संस्थामा उपचारमा आउने लाई सहज सेवादिने ब्यबस्था मिलाउन पहल गर्ने बताए ।लुम्बिनी प्रादेशिक अस्पताल ओसिएमसि प्रमुख डा आहाना श्रेष्ठको स्वागतमा सम्पन्न अभिमुखीकरणमा युएनएपीएका राम थापाले वोल्दै लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारमा आउनले बिरामीको लागी दोभाषेको आबश्यकता देखिएकोले युएनएपीएले ब्यबस्था मिलाई दिने बताए ।

अब केहि दिनबाट नै अस्पतालमा दोभाषे हुने बताए। उनले अपाङ्गमैत्री स्वास्थ्य सेवाका लागी आफुहरुको सहयोग सहकार्य निरन्तता रहने बताए।संयुक्त राष्ट्र जनसंख्या कोष (United Nations Population Fund) को आर्थिक तथा प्राविधि सहयोग आयोजक सिद्धार्थ सामाजीक बिकास केन्द्र कपिलबस्तु राष्ट्रिय अपाङ्ग महासंघ र लुम्बिनी प्रादेशिक अस्पताल ओसिएमसिको सहकार्यमा उक्त कार्यक्रम भएको अभिमुखिकरणको संञ्चालन सिद्धार्थ सामुदायीक बिकास केन्द्रका पोमनारायण पौडेलले र रामचन्द्र गैरैले प्रशिक्षण दिएका थिए ।

 

सम्बन्धित शिर्षक :