नेपाल फार्मेसी संघ दाङ शाखाको अध्यक्षमा पुनः अधिकारी

स्वास्थ्यसमाचार/नेपाल फार्मेसी संघ दाङ शाखाको अध्यक्षमा पुनः सुलभ अधिकारी चयन भएका छन् । दाङको घोराइस्थित एक होटलमा शनिवार भएको दोस्रो अधिवेशनले निर्विरोध नयाँ कार्यसमिति चयन गरेको हो । संघको उपाध्यक्षमा कृष्ण पोख्रेल र वसन्त योगी, महासचिवमा अजय कुमार केसी, सचिवमा दया ज्ञवाली, सहसचिव विनय सापकोटा चयन भएका छन् । त्यसैगरी, कोषाध्यक्षमा भागीराम खड्का, सहकोषाध्यक्षमा लिला पौडेल चयन भएकी छिन । त्यस्तै, सदस्यहरूमा भिम बस्नेत, चन्द्र प्रकाश श्रेष्ठ, सागर आचार्य, रोजिना वली, निरज पौडेल र जानकी वली चयन भएकी छिन । संघका केन्द्रीय अध्यक्ष अमृत खनालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको सो…

मातातीर्थ औँसी :यसरी राख्नुहोस् आमाको स्वास्थ्यको ख्याल

स्वास्थ्यसमाचार/आज मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिन । आजको दिन सबै सन्तानले आफ्नो जन्म र कर्म दिने आमाको मुख हेरेर मिठो खाने कुरा र उपहार दिएर मनाउने गर्छन् । आमा नभएकाहरु आमातीर्थ कुण्डमा गएर यो दिन मनाउने गर्छन् । मातातीर्थ औँसी मनाइरहँदा आमाको स्वास्थ्यलाई तपाईंले कतिको ख्याल गर्नुहुन्छ भन्ने पनि आवश्यक हुन्छ । मातातीर्थका दिन आमालाई दिइने उपहार उनको जीवनभरि नै ख्याल गर्नु हो । आमाको स्वास्थ्यको ख्याल तपाईंले सँधैभरि गरिरहनुभयो भने आमालाई आजको दिन मात्रै ख्याल गर्नुपर्दैन । आमाको लामो आयू र स्वास्थ जीवन चाहनुहुन्छ भने उनको स्वास्थ्यको…

तिलोत्तमाका सबै माध्यमिक विद्यालयमा नर्स राख्ने एमालेको योजना

स्वास्थ्यसमाचार /एमालेले रुपन्देहीको तिलोत्तमाका नगरपालिकाका सबै माध्यमिक विद्यालयहरुमा विद्यालय नर्स कार्यक्रम लागू गर्ने योजना अगाडि सारेको छ । विद्यार्थीहरुको स्वास्थ्य चेकजाँचलाई मध्यनजर गर्दै एमालेले यस्तो योजना अगाडि सारेको हो । चुनावी प्रतिवद्धता पत्र मार्फत एमालेले नर्स कार्यक्रम लागू गरी विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुको स्वास्थ्य चेकजाँचको व्यवस्था गर्ने र प्राथमिक उपचारको समेत प्रवन्ध गर्ने योजना ल्याएको छ । हाल तिलोत्तमा नगरपालिकाभित्रका १२ वटा सामुदायिक माध्यमिक विद्यालयमा विद्यालय नर्स कार्यक्रम लागु भएको छ । आगामी पाँच वर्ष भित्रमा सबै माध्यमिक विद्यालयहरूमा विद्यालय नर्स कार्यक्रम विस्तार गर्ने र यसका लागि संघ र प्रदेश सरकारसँग…

अपाङ्गमैत्री स्वास्थ्य सेवाको लागी लुम्बिनी प्रादेशिक अस्पतालका स्वास्थ्यकर्मिलाई अभिमुखिकरण

स्वास्थ्यसमाचार लुम्बिनी प्रादेशिक अस्पतालमा अपाङ्ग मैत्री स्वास्थ्य सेवाको लागी स्वास्थ्यकर्मिहरुलाई अभिमुखिकरण गरिएको छ।उपचारका लागी आउने अपाङ्गहरुलाई सहजहोस भन्ने उदेश्यका साथ स्वास्थ्य सेवा प्रदायकलाई अभिमुखिकरण गरिएको हो । लुम्बिनी प्रदेश स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालयका सचिव डा विकास देबकोटाको प्रमुख आतिथ्य,लुम्बिनी प्रादेशिक अस्पतालका मेसु डा ईन्द्र ढकालको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथी डा देवकोटाले अपाङ्गमैत्री स्वास्थ्य सेवाका लागी मन्त्रालयले निति नियम तथा बजेट बिनियोजन गरेर यो सेवालाई प्रभाबकारी बनाउदै गएको बताए।   उनले सबै अस्पताल तथा स्वास्थ्य संस्थामा उपचारमा आउने लाई सहज सेवादिने ब्यबस्था मिलाउन पहल गर्ने बताए ।लुम्बिनी…

तिलोत्तमामा कांग्रेस–माओवादीको प्रतिबद्धतापत्र सार्बजनिक

स्वास्थ्यसमाचार/ भ्रष्टचारमुक्त तिलोत्तमा नगर भन्ने मुल मन्त्रसहित रुपन्देहीको तिलोत्तमामा गठबन्धनले प्रतिबद्धतापत्र सार्बजनिक गरेको छ ।यहि बैसाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेपाली कांग्रेस र नेकपा माओबादी केन्द्रको गठबन्धनले संयुक्त घोषणापत्र सार्बजनिक गरेको हो । नगरमा प्रमुखका उम्मेदबार रामकृष्ण खांण र उपप्रमुखका उम्मेदवार हेमन्त पाण्डेले संयुक्त प्रतिबद्धता पत्र सार्बजनिक गर्दै गठबन्धनका उम्मेदवारलाइ मतदान गर्न आब्हान गर्नुभयो ।प्रतिबद्धतापत्रमा नगरमा प्रमुखका उम्मेदबार रामकृष्ण खांणकोे प्रतिबद्धतापत्रमा हालको तिलोत्तमा नगरपालिकाको भवनलाई तिलोतमा नगर अस्पतालमा रूपान्तरण गरिने उल्लेख छ । नगरका प्रत्येक वडामा रहेका स्वास्थ्य चौकीको गुणस्तर वृद्धि गरिने र हरेक वडामा अपाङ्गता भएका…

प्राकृतिक चिकित्सा पद्धति विस्तारका लागि सचेतना फैलाऊँ

प्रा देवी भक्त ढकाल/ प्राणी मात्रको जीवनसँग एउटामात्र यस्तो साथी छ जसले सधैं-सधैं जीवलाई साथ दिन्छ । दुःखमा होस्, सुखमा, आँसु वा रोदनमा होस्, बाल्यकाल, यौवनकाल, वृद्धावस्थामा नै किन नहोस् सबै समयमा साथ दिने भनेको एउटामात्र साथी छ । त्यो हो जीवनको पर्यायवाची शब्द श्वासप्रश्वास । श्वासप्रश्वास र जीवनको सम्बन्धको व्याख्यान जटिल विषय हो । जीवसँग श्वासप्रश्वास छुट्टिने कल्पनासम्म गर्न सकिन्नँ । श्वासप्रश्वास र जीवनको नितान्त अभिन्न सम्बन्ध छ । जीवनसँगबाट श्वासप्रश्वासको तत्व छुट्टियो भने जीवको अस्तित्व तत् क्षण नै समाप्त हुन्छ । श्वासप्रश्वास र जीवनलाई भिन्नाभिन्नै कल्पना नै गर्न…

‘विश्व औलो दिवस’ : जनशक्ति , किट र बजेटको अभावले लक्ष्यमा पुग्न समस्या

स्वास्थ्यसमाचार /औलोभार कम गर्न नयाँपनमा जोड दिऔं र जीवन बचाऔं भन्ने नाराका साथ सोमबार देशभर विश्व औलो दिवस मनाईएको छ।रुपन्देहीको बुटवल र भैरहवामा पनि औलो दिवस मनाइएको छ।बुटबलमा अन्तरक्रियाको आयोजना गरी विश्व औलो दिवस मनाइएको हो। लुम्बिनी प्रदेश स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालय,स्वास्थ्य निर्देशनालयले अन्तरक्रियाको आयोजना गरेको हो।सन् २०२५ सम्ममा नेपाललाई औलो मुक्त राष्ट्र बनाउने सरकारको परिकल्पना छ। औलोमुक्त राष्ट्र बनाउने लक्ष्य अनुसार २०२२ अर्थात यस वर्ष स्थानीय औलोलाई शुन्यमा पुराउने र औलोबाट हुने मृत्यु दर शुन्यमा कायम गर्ने सरकारको योजना छ। तर दक्ष जनशक्तिको अभाव, किटको अभाव र…

लुम्बिनी प्रदेश सहित तराईका जिल्लामा आउँदो ३ दिन ‘लू’ चल्ने

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेशसहित तराईका जिल्लामा आउँदो तीन दिन तातो हावा चल्ने भएकाले उच्च सतर्कता अपनाउन विज्ञहरूले आग्रह गरेका छन् । भारतको मौसम विभाग र बैंककमा रहेको क्षेत्रीय बहुप्रकोप केन्द्र (राइम्स) द्वारा जारी पूर्व चेतावनीअनुसार नेपालको लुम्बिनी प्रदेशसहित पश्चिम तराईका जिल्लामा वैशाख ५, ६ र ७ गते (हिट वेब) तातो हावा चल्ने देखिएको हो । ४० डिग्रीभन्दा माथिको तापक्रमलाई (हिट वेब) अर्थात् ‘लू’ भन्ने गरिन्छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले जारी गरेको अभिलेखअनुसार देशका सात ठाउँमा ४० डिग्री सेल्सियस भन्दामाथि तापक्रम पुगेको छ । यसअघि नै विज्ञहरूले नेपालमा यस वर्ष…

श्वासबाट कोरोना परीक्षण गर्ने विधिलाई अनुमति, ३ मिनेटमै रिपोर्ट

एजेन्सी/ अमेरिकामा श्वासबाट कोरोना परीक्षण गर्ने विधिले अनुमति पाएको छ। बिहीबार अमेरिकी खाद्य तथा औषधि प्रशासन एफडीएले आपतकालिन प्रयोगका लागि अनुमति दिएको हो। सो ब्रेथालाइजरलाई मोबाइल वा घुम्ती परीक्षणमा प्रयोग गर्न प्रभावकारी हुन सक्ने एफडीएले जनाएको छ। यसको प्रयोगबाट ३ मिनेटभन्दा थोरै समयमा कोरोना परीक्षणको नतिजा दिने बताइएको छ।पछिल्लो समय गरिएको अध्ययन परीक्षणका क्रममा यस विधिबाट ९१ प्रतिशत पोजेटिभ भएका संक्रमितको नतिजा सही भएको र करिब शतप्रतिशत नेगेटिभ रहेकाको नतिजा देखाएको थियो। ओमिक्रोन भेरियन्टमा पनि सोही किसिमको नतिजा देखाएपछि एफडीएले प्रयोग अनुमति दिएको हो। यद्यपि पोजेटिभ देखिएका व्यक्तिको भने थप…

स्वास्थ्यको १६ अर्ब रुपैयाँ अर्थले रोक्यो अप्ठ्यारोमा स्वास्थ्य मन्त्रालय

स्वास्थ्यसमाचार/ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित बजेटमा रहेर खर्च गरेको १६ अर्बभन्दा बढी रकम अर्थ मन्त्रालयले निकासा रोकिदिएको छ । पछिल्लो ८ महिनादेखि स्वास्थ्य मातहतका निकायहरुलाई निकासा गर्नुपर्ने १६ अर्ब १४ करोड ८४ लाख २ हजार रुपैयाँ अर्थले निकासा नदिँदा स्वास्थ्य मन्त्रालय अप्ठ्यारोमा परेको छ । मन्त्रालय स्रोतकाअनुसार साउनदेखि फागुनसम्म नियमित बजेटअन्तर्गत खर्च भएको रकम माग गर्दा अर्थका अधिकारीहरुबाट आलटाल हुने गरेको छ । धुलिखेल अस्पतालको उपकरण खरिदका लागि साउन-भदौतिरै निकासा दिनुपर्ने १० करोड अर्थले अझै निकासा दिएको छैन् । यसैगरी, कोभिड-१९ रोकथाम तथा नियन्त्रण कार्यक्रमको ८२ करोड, कोभिड-१९ नियन्त्रण…