नेपाल औषधि व्यवसायी संघ रूपन्देहीको अध्यक्षमा भट्टराई

स्वास्थ्यसमाचार /औषधि व्यवसायी संघ रूपन्देहीको अध्यक्षमा सुरज भट्टराई विजयी भएका छन् । प्रतिस्पर्धी जवाहरलाल न्यौपानेलाई पछि पार्दै भट्टराई विजयी भएका हुन्। कुल ४ सय ६३ मतमध्ये भट्टराईले ३ सय २९ मत प्राप्त गरेका छन भने प्रतिस्पर्धी जवाहरलाल न्यौपानेले १ सय २८ मत प्राप्त गरेका थिए । मतदानका क्रममा ६ भोट बदर भएको निर्वाचन समिति संयोजक प्रा.डा.कृष्ण भट्टराईले वताए। नयाँ नेतृत्वका लागि अन्य पदमा सहमति जुटे पनि अध्यक्षका लागि सहमति नहुँदा निर्वाचन भएको थियो । शनिबार प्राप्त मतपरिणम अनुसार संस्थापन समूहका भट्टराई भारी मतले विजयी भएका हुन् । त्यस्तै, कोषाध्यक्ष पदका…

ज्वानो : रुघाखोकी, पेट वा पाठेघर सबै समस्याको अचुक औषधी

ज्वानो एक मसला हो । यो उष्ण प्रकृतिको मानिन्छ । यसको प्रयोग तरकारिमा बढी गरिएपनि नेपालमा यसको प्रचलन सुत्केरी अवस्थामा धेरै गरेको पाईन्छ । बच्चा र आमा दुबैको स्वास्थ्यको लागि परापूर्वकालदेखि यसको प्रयोग बढी लाभदायक मानिएको छ । ज्वानोको सबैभन्दा ठूलो विशेषता यसमा रहेको क्याल्सियम हो । एक चिया चम्चा ज्वानोमा ७६ मिलिग्राम क्याल्सियम पाइन्छ । कुपोषण भएका र लामो बिमारीपछि उठेका बालबालिका, वृद्धा, गर्भवती महिला सबैलाई ज्वानोको प्रयोगले निकै फाइदा गर्छ । सुत्केरी अवस्थामा ज्वानोले शरीरलाई चाहिने आवश्यक क्याल्सियमको परिपूर्ति गर्छ र दूध बढाउँछ । आमाको दूधबाट बच्चालाई पनि…