नेपाल फार्मेसी संघ दाङ शाखाको अध्यक्षमा पुनः अधिकारी

स्वास्थ्यसमाचार/नेपाल फार्मेसी संघ दाङ शाखाको अध्यक्षमा पुनः सुलभ अधिकारी चयन भएका छन् । दाङको घोराइस्थित एक होटलमा शनिवार भएको दोस्रो अधिवेशनले निर्विरोध नयाँ कार्यसमिति चयन गरेको हो ।

संघको उपाध्यक्षमा कृष्ण पोख्रेल र वसन्त योगी, महासचिवमा अजय कुमार केसी, सचिवमा दया ज्ञवाली, सहसचिव विनय सापकोटा चयन भएका छन् । त्यसैगरी, कोषाध्यक्षमा भागीराम खड्का, सहकोषाध्यक्षमा लिला पौडेल चयन भएकी छिन ।

त्यस्तै, सदस्यहरूमा भिम बस्नेत, चन्द्र प्रकाश श्रेष्ठ, सागर आचार्य, रोजिना वली, निरज पौडेल र जानकी वली चयन भएकी छिन । संघका केन्द्रीय अध्यक्ष अमृत खनालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको सो कार्यक्रममा दाङका जनस्वास्थ्य प्रमुख अंग बहादुर शाही र संघका केन्द्रीय उपाध्यक्ष किरण ढकाल विशिष्ट अतिथि रहेका थिए ।

अजय क्षेत्रीले स्वागत मन्तव्य राखेको सो कार्यक्रम श्याम गिरीले सञ्चालन गरेका थिए । कार्यक्रम सुलभ अधिकारीको अध्यक्षतामा सम्पन्न भएको हो । नेपाल फार्मेसी संघ समग्र फार्मेसी क्षेत्रको पेशागत हकहितको लागि बनेको फर्मासिष्ट र सहायक फर्मासिष्टहरूको गैर राजनीतिक साझा संगठन हो ।

सम्बन्धित शिर्षक :