स्वास्थ्यसमाचार /लुम्बिनी आयुर्वेद चिकित्सालय बुटबल र बिजौरीया आयुर्वेद अस्पतालको स्तरबृद्धि गरिने भएको छ। लुम्बिनी प्रदेश सरकारको निति कार्यक्रम प्रदेश प्रमुख अमिक शेरचनले लुम्बिनी आयुर्वेद चिकित्सालय बुटबललाई १५ सैयामा र बिजौरीया आयुर्वेद अस्पताल लाई ५० सैयाको बनाउने निति कार्यक्रममा उल्लेख गरिएको छ।
आयुर्वेद
लुम्बिनीका स्वास्थ्यमन्त्री खनाल लाई रानको ९ बुदे ध्यानाकर्षणपत्र
स्वास्थ्यसमाचार /रुपन्देही राष्ट्रिय आयुर्वेद संघ लुम्बिनी प्रदेश समितिले प्रदेशका नबनियुक्त स्वास्थ्य मन्त्री राजु खनाल लाई भेटी स्वागत लुम्बिनी प्रदेश आयुर्वेद क्षेत्रको केहि महत्वपूर्ण विषयमा ध्यानाकर्षण गराएको छ। केन्द्रीय उपाध्यक्ष शालिक राम भुसाल प्रदेश अध्यक्ष नरहरी अर्यालको नेतृत्वको टोलीले स्वास्थ्य मन्त्री खनाललाई भेटी आयुर्वेद क्षेत्रमा गुणात्मक सुधार गर्न सके आयुर्वेद क्षेत्रमात्र नभई समग्र स्वास्थ्यको बिकासमा सकारात्मक हुने भएकोले मन्त्रीको ध्यानाकर्षण गराएको राष्ट्रिय आयुर्वेद संघ नेपालका केन्द्रिय उपाध्यक्ष शालिक राम भुसालले बताउनु भयो। राष्ट्रिय आयुर्वेद संघ लुम्बिनी प्रदेश समितिका अध्यक्ष नरहरी अर्यालले लुम्बिनी प्रदेशमा आयुर्वेदक्षेत्रमा भएका समस्या र गर्नुु पर्ने काम बारेमा…
नेपालमा ७ हजार ८ सय ५८ पुगे अस्पताल तथा स्वास्थ्य संस्था
स्वास्थ्यसमाचार/ आर्थिक सर्वेक्षण २०७९/८० को तथ्यांक अनुसार गत फागुण मसान्त सम्म मुलुकभर अस्पताल तथा स्वास्थ्य संस्था हरुको संख्या ७ हजार ८ सय अन्ठाउन्न पुगेको छ। २०७९ असार मसान्त ७ हजार ५ सय अन्ठानब्बे रहेकोमा २०७९ फागुण मसान्त सम्म २६० स्वास्थ्य संस्था थपिएर ७ हजार ८ सय अन्ठाउन्न पुगेको हो। जसमा अस्पताल २ सय १५, प्राथमिक स्वास्थ्य केन्द्र २ सय १, स्वास्थ्य चौकी ३ हजार ८ सय २०, आयुर्वेद औषधालय ४ सय २६ तथा उपस्वास्थ्य चौकी÷आधारभुत स्वास्थ्य सेवा केन्द्र ३ हजार १ सय ९६ गरी कुल ७ हजार ८ सय अन्ठाउन्न…
राष्ट्रिय आयुर्बेद एशोसिएसनको अध्यक्षमा भट्टराई, नयाँ कार्यसमितिमा को–को ?
स्वास्थ्यसमाचार/राष्ट्रिय आयुर्बेद एशोसिएसन नेपाल (रान)को केन्द्रीय अध्यक्षमा जगत बहादुर भट्टराई चयन भएका छन् । एशोसिएनको प्रथम साधारणसभा तथा महाधिवेशनले भट्टराईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । महाधिवेशनले एशोसिएसनको केन्द्रीय बरिष्ठ उपाध्यक्षमा कृष्ण बहादुर राउत, केन्द्रीय खुल्ला उपाध्यक्षमा बालगोपाल श्रेष्ठ, केन्द्रीय उपाध्यक्षमा शालिक राम भुसाल र सरिता भण्डारीलाई चयन गरेको छ। त्यस्तैगरी केन्द्रीय प्रदेश उपाध्यक्षमा (कोशी प्रदेश) डा.सञ्जिव कुमार यादव, (मधेस प्रदेशबाट) संजय कुमार प्रसाद, (बागमती प्रदेशबाट) दिल बहादुर श्रेष्ठ, उपाध्यक्ष (गण्डकी प्रदेशबाट) डा.बप्रफुल्ल चन्द्र यादब, (कर्णाली प्रदेशबाट) डा. शंकर प्रशाद रिजाल र (सुदुरपश्चिम प्रदेशबाट) लोकराज भट्टलाई चयन गरेको छ।…
रानको प्रथम रक्तदान कार्यक्रम रुपन्देहीमा सम्पन्न
स्वास्थ्यसमाचार/ कसैको जीवन बचाउनु पुण्य कार्य हो : रक्तदान गर्नुनै जीवनदान गर्नुसरह हो भन्ने मुलनाराका साथ राष्ट्रिय आयुर्वेद एशोसिएसन नेपाल (रान)को आयोजनामा बुटबलमा रक्तदान गरिएको छ। रक्तसंञ्चार केन्द्र बुटबलको प्राबिधिक सहयोगमा रक्तदान भएको हो। रक्तदानमा ४१ जना रक्तदाताहरुले रक्त्तदान गरेको राष्ट्रिय आयुर्वेद एशोसिएसन नेपाल (रान)का केन्द्रिय उपाध्यक्ष शालिकराम भुसालले बताउनु भयो। रानले गरेको रक्तदान कार्यक्रममा उल्लेखनीय रुपमा लगातार रुपमा गर्ने भन्दा नयाँ रक्तदाता बढी देखीएको थियो भने ७ जनाको रगत नेगेटीभ रहेको र उनीहरुको रक्तसंञ्चार केन्द्रमा संञ्चित रहेकोले उनीहरुलाई रक्तदान नगराईएको र ३ जनामा स्वास्थ्य समस्याका कारण रक्तदान नगरेकोे बताईएको…
राष्ट्रिय आयुर्वेद एशोसिएसन नेपालको होली मिलन कार्यक्रम सम्पन्न
स्वास्थ्यसमाचार /राष्ट्रिय आयुर्वेद एशोसिएसन नेपाल लुम्बिनी प्रदेश र रुपन्देही जिल्लाको संयुक्त आयोजनामा होली मिलन कार्यक्रम बुटवल सम्पन्न भयो । राष्ट्रिय आयुर्वेद एशोसिएसन नेपाल लुम्बिनी प्रदेश अध्यक्ष अध्यक्षता नरहरि अर्याललको अध्यक्षता संघका केन्द्रिय उपाध्यक्ष शालिकराम भुसालको प्रमुख अतिथ्यामा रान लुम्बिनी प्रदेश सल्लाहकार चन्द्रकान्त खनालको बिशिस्ट आतिथ्यमा भएको थियो। होली मिलन कार्यक्रममा बोल्दै केन्द्रीय उपाध्यक्ष शालिकराम भुसालले यस्ता कार्यक्रम गर्दा आत्मियता,सदाचार ,सामुहिक नेतृत्व बिकास हुने वताउनु भयो ।उहाले आगामी चैत्रमा हुने रान केन्द्रिय महाधिबेशमा पनि हामी सबै आ आफ्नो ठाउबाट तयारी मा लाग्न सबैलाई आग्रह गर्नु भयो। कार्यक्रममा आयुर्वेद स्वास्थ्यकर्मी समाज लुम्बिनी…
नियमित त्रिफला सेवन गर्दा पुग्छ फाइदै–फाइदा
स्वास्थ्यसमाचार/ स्वस्थ र दीर्घायु जीवनका लागि अमृत समान औषधि हो त्रिफला । त्रिफला भनेको हर्रो एक भाग, बर्रो दुई भाग र अमला तीन भागको मिश्रणमा बनाइएको आयुर्वेदिक औषधि हो । यसलाई ताजा पानीमा बिहान शौच गरेपछि खाली पेटमा दैनिक एकपटक लिनु उपयुक्त हुन्छ । यसको नियमित सेवनले सबैप्रकारका रोगबाट मुक्त हुन सकिने आयुर्वेदिक चिकित्साले जनाएको छ । त्रिफलाले विभिन्न रोगहरुबाट बचाउँछ । त्रिफलाले ग्याष्ट्रिक, मधुमेह, कफ, पित्त, छाला तथा आँखा सम्बन्धी रोग, मोटोपनना घटाउन, मानसिक तनाव कम गर्न सहयोग पु¥याउँछ । यस्तै पाचन शक्ति बढाउने, कब्जियत हटाउने, प्रजनन स्वस्थ्य तथा…
राष्ट्रपति भण्डारीद्वारा केन्द्रिय आयुर्वेद शिक्षण अस्पताल उद्घाटन
स्वास्थ्यसमाचार/ राष्ट्रपति विद्यादेवी भण्डारीले केन्द्रिय आयुर्वेद विद्यापिठ तथा शिक्षण अस्पतालको भवनको उट्घाट्न गरेकी छन् । नेपाल संस्कृत विश्वविद्यालयको दाङ तुलसीपुरको बेलझुण्डीस्थित आयुर्वेद शिक्षण अस्पतालको नव निर्मित भवनको राष्ट्रपति भण्डारीले एक कार्यक्रमका बिचमा उद्घाटन गरेकी हुन । हालै उदघाटित भवनमा ३ तला र १ सय ८ कोठाहरु छन् । आयुर्वेद विएएम्एस्को पठनपाठन भइरहेको उक्त अस्पतालमा विभिन्न व्याचका २ सय १५ जना विद्यार्थी अध्ययनरत छन् । नेपाल सरकार, विश्वविद्यालय अनुदान आयोगमार्फत प्राप्त अनुदानबाट भवन निर्माण भएको हो । ०७० असार १७ गते २४ करोड ७२ लाख ८३ हजार लागतमा सुरु भएको उक्त…
RANAवागमतीको प्रथम भेला सम्पन्न,अध्यक्षमा डा.अमृत भण्डारी चयन
स्वास्थ्यसमाचार/ राष्ट्रिय आयुर्वेद एशोसिएसन नेपाल RAAN बागमती प्रदेश प्रथम भेला केन्द्रिय कार्यलय कोटेश्वरमा सप्पन्न भएको छ। आयुर्वेद तथा बैकल्पिक चिकित्सा बिभागका बरिस्ठ आयुर्वेद बिज्ञ डा मुनकर्ण थापाको प्रमुख आतिथ्यमा र रानका केन्द्रिय अध्यक्ष जगत बहादुर भट्टराई ,नेपाल आयुर्वेद उत्पादक संघ का केन्द्रिय अध्यक्ष मानबहादुर साउद ,बरिस्ठ कबिराज नरबहादुर ठकुरी ज्यू को बिशिस्ट आतिथ्यामा भएको थियो । भने बागमती प्रदेश संयोजक डा अमृत भन्डारिज्यूको अध्यक्षतामा भएको कार्यक्रम स्वागत मन्तव्य बागमती प्रदेश सह संयोजक बिक्रम पौडेलले गर्नु भएको थियो ।प्रमुखअतिथि आयुर्वेद तथा बैकल्पिक चिकित्सा बिभागका वरिष्ठ आयुर्वेद विज्ञ डा मुनकर्णले अरु संस्थाले…
RANA महाधिवेशन सर्याे :आगामी चैत्र २५ गते भब्यताका साथ गर्ने
स्वास्थ्यसमाचार /राष्ट्रिय आयुर्वेद एशोसिएसन नेपालको केन्द्रिय कार्यसमितिको आकस्मिक बैठक प्रथम अधिबेशन सार्ने निर्णय गरेको छ। माघ राष्ट्रिय आयुर्वेद एशोसिएसन नेपाल रानको प्रथम र ऐतिहासिक आयुर्वेदको माहामेला केन्द्रिय माहधिबेशन पुर्व निधारित माघ२८ गतेलाई पछि सारेको छ। संघका केन्द्रिय उपाध्यक्ष शालिक राम भुसाललका अनुसार माघ २८ गते अधिबेशन गर्ने भनिएको भएपनि देशभर रानको शक्ति निमाण कार्य सम्पन्न हुन अझै केही समय लाग्ने र मौसम पनि अति चिसो भएकोले यहि आहि २०७९ साल चैत्र २५ गते शनिवार काठमाडौमा गर्ने निणय भएको बताए। राष्ट्रिय आयुर्वेद एशोसिएसन नेपालको केन्द्रिय कार्यसमितिले एक बिज्ञेप्ती जारी गरी समयमा…