स्वास्थ्यसमाचार/रुपन्देहीमा रहेको लुम्बिनी आयुर्वेद चिकित्सालयमा ओएनएम सर्वे नभए अस्पताल सञ्चालमा गर्न समस्या हुने भएको छ। २०४३ सालमा स्वीकृत स्थायी दरबन्दीबाटनै अहिले अस्पताल सञ्चालन भैरहेको छ। ६ जनाको दरबन्दी रहेको चिकित्सालयमा १५ बेड सञ्चालमा रहेको छ। अस्पतालका प्रमुख डा. प्रवेश श्रीवास्तवका अनुसार अस्पतालमा नेपाल सरकारको दरबन्दी जम्मा ६ जनाको रहेको बताउनु भयो। उहाले यो दरबन्दी २०४३ सालमा स्वीकृत भएको हो अहिले सम्म उही दरबन्दीबाट अस्पताल सञ्चालन भएको बताउनु भयो। उहाले सरकारी अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा वैज्ञानिक ढंगमा संगठन तथा व्यवस्थापन सर्भेक्षण (ओएनएम) नहुदा पहिलेको दरबन्दीबाट काम चलाएको बताउनु भयो। एउटा…
आयुर्वेद
कञ्चनका शिक्षकहरु लाई आयुर्वेद तथा योग सम्बन्धी अभिमुखीकरण
स्वास्थ्यसमाचार/ लुम्बिनी आयुर्वेद चिकित्सालय बुटबलको आयोजना र कञ्चन गाउँपालिकाको समन्वयमा शिक्षकहरुको लागि आयुर्वेद तथा योग सम्बन्धी तिन दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। गाउँपालिकाभित्रका सामुदायिक विद्यालयका शिक्षकहरुलाई आयुर्वेद र योग सम्बन्धी अभिमुखीकरण गरिएको लुम्बिनी आयुर्वेद चिकित्सालय का बरिष्ठ कबिराज निरीक्षक गणेश सापकोटाले बताउनु भयो। उहाले आयुर्वेद तथा योग सम्बन्धी अभिमुखीकरण कार्यक्रमले सकारात्मक सोचको विकासको साथै शरीरलाई स्वस्थ र निरोगी बनाउने उदेश्य का साथ रुपन्देहीका पालिका भित्रका बिद्यालयमा यो कार्यक्रम सञ्चालन गरि शिक्षकहरुलाई अभिमुखीकरण गरिएको बताउनु भयो । लुम्बिनी आयुर्वेद चिकित्सालयका प्रमुख डा प्रवेश श्रविास्तबको अध्यक्षता कञ्चन गाउँपालिकाका अध्यक्ष नबराज ढकालको…
एमबीबीएस अध्ययनरत दुई विद्यार्थीको मोटरसाइकल दुर्घटनामा मृत्यु
स्वास्थ्यसमाचार/एमबीबीएस (डाक्टर) अध्ययनरत दुई विद्यार्थीको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको छ । पर्साको वीरगञ्जमा मोटरसाइकल दुर्घटना हुँदा धनुषाका सुमित यादव र बाराको सुवर्णपुरका सञ्चित यादवको मृत्यु भएको हो । प्रहरीका अनुसार उनी दुबै जना वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा एमबीबीएस दोस्रो वर्षमा अध्ययनरत थिए । वीरगञ्ज महानगरपालिका १५ स्थित जिल्ला आयुर्वेद अस्पतालदेखि पूर्व जाने सडकमा मधेस प्रदेश २–०३–०२१ प ५४३२ नम्बरको मोटरसाइकल दुर्घटनामा उनी दुवै विद्यार्थीको मृत्यु भएको पर्साका प्रहरी प्रवक्ता डिएसपी कुमार विक्रम थापाले जानकारी दिए । मोटरसाइकल तीव्र गतिमा रहेकाले अनियन्त्रित भई दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।…
स्वस्थ जीवनका लागि योगको अपरिहार्यता:ध्रुवराज भण्डारी
स्वस्थ सुखी जीवनयापन हरेकको चाहना हुदाहुदै पनि मानिसको उक्त चाहना पुरा हुन सकिरहेको हुदैन । परिवर्तित समयसँगै मानिसका आवश्यकता पनि बढिरहेका हुदा मानिसको व्यस्तता पनि बढिरहेको नै छ। मानिसको दायित्व र जिम्मेवारी पनि थपिदै गएका छन जसलेगर्दा मानिसको जीवनशैली नै परिवर्तित हुदै गैरहेको छ । तरपनि समय व्यवस्थापन गरि आफ्नो शारिरीक स्वास्थ्य र शान्तीका लागि नसोच्ने हो भने उमेर नपुग्दै रोगी जीवन बाच्नुपर्ने अवस्था आउने निश्चित छ।तसर्थ योगको बारेमा आवश्यक ज्ञान र यसको महत्व आम जनले बुझि दैनिक जीवनमा अवलम्बन गर्न सकेमा स्वस्थ र शान्तीपूर्ण जीवनका लागि उपयोगी हुनेछ। योग…
रक्षाआयुर्वेदको १६ औ वार्षिक उत्सवको पूर्व सन्धानमा जनचेतना मुलक कार्यक्रम
स्वास्थ्यसमाचार/रक्षा आयुर्वेद औषधालयको १६ औ वार्षिक उत्सवको पूर्व सन्धानमा आयुर्वेद जिबन शैली र उपचार स्वस्थ र दीर्घायु जीबनको आधार भन्ने मुल नाराका सहित स्वास्थ्य सम्बन्धी जनचेतना मुलक कार्यक्रम सम्पन्न भयो। राष्टिय आयुर्वेद एसोसियसन नेपाल र रक्षा आयुर्वेद औषधालयको संयुक्त आयोजनामा तिलोत्तमा नगरपालिका वडा नं ९को शंकरपुरमा स्वास्थ्य सम्बन्धी जनचेतना मुलक कार्यक्रम भएको हो। रक्षा आयुर्वेदका सञ्चालक शालिकराम भुसालका अनुसार औषधालयको १६ औ वार्षिक उत्सवको पूर्व सन्धानमा सामाजिक उत्तरदायित्त्व बहन गर्ने उदेश्य स्वास्थ्य सम्बन्धी जनचेतना मुलक कार्यक्रम आयोजना गरिएको बताउनु भयो। ६० जना सहभागी शिविरमा औषधीको सेबन गर्ने र जिबन शैली…
लुम्बिनी आयुर्वेद चिकित्सालय द्धारा सियारीमा निःशुल्क स्वास्थ्य परिक्षण र औषधी वितरण
स्वास्थ्यसमाचार /लुम्बिनी आयुर्बेद चिकित्सालय बुटबलको आयोजना सियारी गाउँपालिकाको समन्यमा समुदाय स्तरमा स्वस्थ जीवनशैली प्रवर्द्धन कार्यक्रम सम्पन्न भएको छ। सियारी गाउँपालिका वडा नं ३मा भएको स्वस्थ जीवनशैली प्रवर्द्धन कार्यक्रम १०२ स्थानियहरूको निःशुल्क स्वास्थ्य परिक्षण र आयुर्वेद औषधीहरू निःशुल्क वितरण गरिएको चिकित्सालयले जनाएको छ। चिकित्सालयका प्रमुख डा. प्रवेश श्रीवास्तवको अध्यक्षता एवं गाउँपालिका प्रमुख थानेश्वर घिमिरेको प्रमुख आतिथ्यमा समुदाय स्तरमा स्वस्थ जीवनशैली प्रवर्द्धन कार्यक्रम सम्पन्न भएको थियो। उक्त कार्यक्रममा स्थानियको स्वास्थ्य परिक्षण गरी स्वस्थ जीवनशैली परामर्शका साथसाथै आयुर्वेद औषधीहरू निःशुल्क वितरण गरिएको चिकित्सालयका बरिष्ठ कबिराज गणेश सापकोटाल बताउनु भयो। उक्त कार्यक्रममा चिकित्सालयका अन्य…
नेपाल आयुर्वेद औषधी उत्पादक संघको अध्यक्षमा सुमन प्रसाद पाण्डेय
स्वास्थ्यसमाचार/ नेपाल आयुर्वेद औषधी उत्पादक संघको सातौ अधिवेसनले सुमन प्रसाद पाण्डेय सर्वसम्मतिले अध्यक्षमा बिजयी भएका छन्। काठमाडौंमा भएको सातौँ साधारण सभाले नवनिर्वाचित कार्यसमितिको चयन गरेको हो। आगामी २ बर्षको कार्यकालका लागि निर्वाचित नयाँ कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा चन्द्रकान्त खनाल, उपाध्यक्षमा महेन्द्रराज बज्राचार्य, महासचिवमा बुद्धिमान शाक्य, कोषाध्यक्षमा श्री सूर्यकृष्ण श्रेष्ठ, सचिवमा डा सुमन पौडेल, सह(कोषाध्यक्षमा अर्जुन पौडेल निर्वाचित भएका छन्। त्यसैगी सदस्यहरुमा नारायण प्रसाद सापकोटा, राजेन्द्र वस्नेत, सिदार्थ खण्डेवाल, विनोद अधिकारी र मनिष कुमार झा निर्वाचित भएका छन्। साधारण सभाको उद्घाटन माननीय स्वास्थ्य मन्त्री मोहन बहादुर बस्नेतले गरेका थिए भने कार्यक्रमको सभापति…
पतन्जलीले रुपन्देहीको धकधईमा जडिबुटी प्रशोधन उद्योग सञ्चालन गर्ने
स्वास्थ्यसमाचार /पतञ्जली योगपीठ भारतका अध्यक्ष आयुर्वेद शिरोमणि आचार्य बालकृष्णले भारतको पतन्जली योगपीठले रुपन्देहीको धकधईमा एक अर्ब लागतमा जडिबुटी प्रशोधन गरी आयुर्वेदिक औषधि र कस्मेटिक वस्तु उत्पादन गर्ने भएको छ। पाल्पाको बसन्तपुरस्थित कामाख्या देवी मन्दिरको दर्शनपछि नेपाल र भारतका पत्रकारसंग बोल्दै आयुर्वेदिक औषधि र कस्मेटिक वस्तु उत्पादन गर्ने उद्योग स्थापनाको अन्तिम चरणमा रहेको र उक्त उद्योगमा कम्तीमा पांच सय जनाले रोजगारी पाउने वताउनु भयो । नेपालमा औषधि उद्योग स्थापना र योग केन्द्र सञ्चालन गरेर दुई देशबीच जनस्तरको सम्बन्ध थप प्रगाढ बनाएको र यसले धार्मिक पर्यटन प्रवद्र्धन गरेको उहाँको भनाई छ ।…
लुम्बिनीमा आयुर्वेद सेवाको न्युनतम सेवा मापदण्ड प्रभावकारी बनाइने
स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेशमा पहिलो पटक आयुर्वेद अस्पताल तथा स्वास्थ्य संस्थाको न्युनतम सेवा मापदन्ड कार्यन्वयन हुने भएको छ। बुटबलमा दुई दिन सम्म प्रदेशका २ अस्पताल १२ स्वास्थ्य संस्थाका प्रमुख तथा मेसुलाई न्युनतम सेवा मापदन्ड कार्यन्वयनको लागि स्रोतव्यक्ति अभिमुखीकरण कार्यक्रम गरिएको हो। संघियता कार्यन्यन पछि लुम्बिनीमा आयुर्वेद क्षेत्रमा पहिलो पटक कार्यक्रम सुरु भएको स्वास्थ्य निर्देशनालय लुम्बिनीमा एम एस एम फोकल पशन कौशल भण्डारीले बताउनु भयो।अरु प्रदेशमा सुरु भएको थियो तर हाम्रोमा यस पटकबाट आयुर्वेदमा पनि न्युनतम सेवा मापदन्ड कार्यन्वयन कार्यक्रम सुरु गरिएको बताउनु भयो। यो कार्यक्रम सुरु भएपछि आयुर्वेद अस्पतालको अबस्था अस्पतालबाट सेवा…
औषधि व्यवसायी भट्टराई उद्योग बाणिज्य संघको उद्योग उपाध्यक्ष निर्वाचित
स्वास्थ्यसमाचार /औषधि व्यवसायी रुपन्देहीका संस्थापक अध्यक्ष सुरज भट्टराई बुटवल उद्योग बाणिज्य संघको उद्योग उपाध्यक्ष निर्वाचित हुनुभएको छ। संघको ७० औं वार्षिक साधारण सभा तथा २५ औं अधिवेशन अन्तरगत सोमबार सम्पन्न निर्वाचनबाट तीन वर्षे कार्यकालको लागि उद्योग उपाध्यक्ष भट्टराई निर्वाचित हुनु भएको हो। उद्योग उपाध्यक्ष पदमा ७७८ मत सहित सुरज भट्टराई निर्वाचित हुनुभएको छ । उहाँका प्रतिस्पर्धी नविनप्रसाद श्रेष्ठले ६७२ मत प्राप्त गर्नुभयो । नेपाल औषधि व्यावसायी संघ जिल्ला शाखा रुपन्देही का संस्थापक अध्यक्ष तथा ग्रेस फार्मास्यूटिकल्सका मेनेजिङ डाईरेक्टर सनराइज मेडिसिन सप्लायर्सका संञ्चालक समेत रहनु भएको छ। यस्तै संघको अध्यक्षमा हरि…