लुम्बिनी रणअम्बिका आँखा अस्पताल अध्यक्ष राणा लाइफटाइम अचिभमेन्ट अवार्ड बाट सम्मानित

स्वास्थ्यसमाचार/ नेपालको आँखा उपचार क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको नेपाल नेत्रज्योति संघले स्थापनाको ४४ वर्ष पूरा गरेको छ । संघले ४५औँ नेत्रज्योति दिवस विशेष कार्यक्रम आयोजना गरी मनाएको छ ।

सभामुख देवराज घिमिरेको प्रमुख आतिथ्यमा मनाइएको नेत्रज्योति दिवस समारोहमा विभिन्न व्यक्ति तथा संस्थालाई सम्मान तथा पुरस्कार प्रदान गरिएको छ ।

संघसँग जोडिएर नेपालका आँखा उपचारमा विभिन्न तरिकाबाट योगदान दिने व्यक्ति तथा संस्थालाई सम्मान तथा पुरस्कार प्रदान गरेको हो।

नेपाल नेत्रजयोति संघका लुम्बिनी प्रदेशका सभापति तथा रणअम्बिका आँखा अस्पताल व्यवस्थापन समिति अध्यक्ष सागर प्रताप राणा अस्पतालको विकास तथा आँखाको उपचारमा योगदान पु¥याएबापत पुरस्कृत भएका छन।उनी ३५ वर्षअघि रणअम्बिका आँखा अस्पताल स्थापनादेखि नै सक्रिय रहेका छन।

 

सम्बन्धित शिर्षक :