बर्ड फ्लू नियन्त्रणमा खटिने कर्मचारीले शतप्रतिशत प्रोत्साहन पाउने, १० लाखको जोखिम बीमा

काठमाडौं / अब बर्ड फ्लू नियन्त्रणमा खटिने कर्मचारी एवं श्रमिकले शतप्रतिशत प्रोत्साहन रकम पाउने भएका छन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले ‘बर्ड फ्लू नियन्त्रणका लागि खटाइएका कर्मचारी वा व्यक्तिलाई उपलब्ध गराइने प्रोत्साहन सुविधासम्बन्धी मापदण्ड–०७९ नेपाल राजपत्रमा प्रकाशित गरेको हो । जसअनुसार बर्ड फ्लू नियन्त्रणका लागि रोक नियन्त्रण कक्ष, प्रयोगशाला, आकस्मिक अन्वेषण, रेपिड रेस्पोस्स लगायत क्षेत्रमा खटिएका कर्मचारी वा व्यक्तिलाई शतप्रतिशत प्रोत्साहन सुविधाको व्यवस्था गरिएको हो । ती कर्मचारी वा श्रमिकले प्रतिदिन पाउने तलब वा ज्यालामा शतप्रतिशत आर्थिक सुविधा पाउनेछन् । त्यसबाहेक बिदाको दिन काम गर्नु परेमा थप शतप्रतिशत रकम…

चिकित्सा शिक्षा स्नातक तहको छात्रवृत्तिमा ३ वर्षमा डेढ अर्ब खर्च

स्वास्थ्यसमाचार/ चिकित्सा शिक्षा आयोगले २०७७ देखि ०७९ सम्म चिकित्सा शिक्षाको स्नातक तह (एमबीबीएस, नर्सिङलगायत) मा छात्रवृत्तिबापत डेढ अर्ब रुपैयाँ अनुदान दिएको छ । शैक्षिक सत्र २०७६/२०७७ देखि ०७९/८० सम्मका लागि १८ वटा शिक्षण संस्थाहरुलाई चिकित्सा शिक्षाको स्नातक तहमा छात्रवृत्ति दिन एक अर्ब ४५ करोड ४२ लाख ४० हजार ३४ रुपैयाँ रकम एकमुष्ट उपलब्ध गराएको आयोगले जनाएको छ । आयोगले सोमबार आयोजना गरेको कार्यक्रममा छात्रवृत्तिको बजेट बजेट विवरण सार्वजनिक गरेको हो ।आयोगको विवरण अनुसार सबैभन्दा बढी अनुदान पाउनेमा धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रहेको छ । छात्रवृत्तिवापत प्रतिष्ठानले ४६ करोड…

असमान तलववृद्धी तत्काल सच्चाउ :राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल

स्वास्थ्यसमाचार /  सरकारले आर्थिक वर्ष ०७९र८० को वजेट वक्तव्य विपरित असमान तरिकाले तलब बृद्धी गरेको भन्दै राष्ट्रिय स्वास्थ्यकर्मी महासंघले विरोध जनाएको छ । सोमवार प्रेसविज्ञप्ती जारी गर्दै कुनै पनि बहानामा असमान किसिमले गरिने तलव वृद्धि स्वीकार्य नहुने उल्लेख गरेहको छ । महासंघले पक्षपातपूर्ण र असमान किसिमले तलब बृद्धी गरिएमा त्यसबाट सृजना हुने बिरोध र आन्दोलनका कार्यक्रमबाट निस्कने परिणामको जवाफदेही सरकार हुनुपर्ने चेतावनी दिएको छ । महासंघका महासचिव डा सन्तोष पौडेलद्धारा जारी विज्ञप्तीमा सार्वजानीक भएको नया तलवमान प्रस्तावले आम कर्मचारी र स्वास्थ्यकर्मीमा अन्यौलता छाएको उल्लेख छ ।

लुम्बिनी प्रादेशिक अस्पतालमा ३लाख ४हजार वढीले पाए उपचार

स्वास्थ्यमाचार/ लुम्बिनी प्रादेशिक अस्पताल वुटवलमा ३ लाख ४ हजार ७सय २५ जनाले उपचार गराएका छन। आर्थिक बर्ष २०७८को साउन देखी २०७९को असार सम्म अस्पतालको बहिरंग रोग विभाग(OPD) र (Emargance) ईर्मेजेन्सी मा गरि कुल ३लाख ४ हजार ७सय २५ जनाले सेवा लिएका हुन। अस्पतालको तथ्याङ्क अनुसार जनरल(OPD) ईएचएस(EHs) र बिमा गरि अस्पतालबाट जम्मा २ लाख ८७ हजार ६० जनाले सेवा लिएका छन।  त्यसमध्ये (OPD)जनरलमा १लाख ८३ हजार ६सय १५ (EHs)ईएचएसबाट २४सय ७८ र बिमाबाट १ लाख ९सय ६७ गरि अस्पतालबाट कुल २ लाख ८७ हजार ६० जनाले उपचार सेवा लिएका छन…

बुटवलमा वालवालिकालाई कोरोना विरुद्धको दोस्रो खोप लगाउन शुरु

स्वास्थ्यसमाचार/ बुटवल उपमहानगरपालिकाभित्र बालबालिका लक्षित कोभिड १९ विरुद्धको दोश्रो मात्रा खोप शुरु भएको छ । ५ वर्ष उमेर पूरा भई १२ वर्ष नपुगेका उमेर समूहका बालबालिकालाई कोभिड १९ विरुद्धको फाइजर खोपको दोश्रो मात्रा लगाउन शुरु भएको बुटवल उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेले वताए । पान्डेका अनुसार आइतबारदेखि बुटवलका १०३ वटा विद्यालयमा खोप कार्यक्रम सञ्चालन भएको छ ।  ‘बुटवलका सामुदायिक र संस्थागत विद्यालयहरुमा बुटवल उपमहानगरपालिकाको स्वास्थ्यकर्मीहरुको टोली खटिएर बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म खोप कार्यक्रम सञ्चालन भइरहेको छ, उनले भने–यी विद्यालयहरुमा यसअघि खोप लगाएका बालबालिकाहरुलाई दोश्रो मात्रा र पहिलो…

कोरोनाबिरुद्धको खोप नलगाउँदा ज्यान जाने खतरा

स्वास्थ्यसमाचार/ सरकारले कोभिडबिरुद्धको खोप अनिवार्य रुपमा लगाउन आम सर्वसाधारणसंग अपिल गरेको छ । उसले पूर्ण मात्रा खोप लगाएको तीन महिना पुगेको व्यक्तिलाई बुस्टर डोज लिन समेत अनुरोध गरेको छ । शुक्रबार स्वास्थ्य पत्रकार मञ्च नेपाल र विश्व स्वास्थ्य संगठनको आयोजनामा भएको कार्यक्रममा स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियनत्रण महाशाखा ९इडीसीडी०का महामारी व्यवस्थापन शाखा प्रमुख डा। खगेश्वर गेलालले पछिल्लो पटक कोभिड संक्रमणमा परी ज्यान गुमाउने मध्ये ७६ प्रतिशतले कोभिडबिरुद्धको खोप नलगाएको पाइएको बताए । ‘पछिल्ला केही सातामा १७ जनाको ज्यान गएको छ । त्यसमध्ये १३ जनाले कोभिडबिरुद्धको खोप लगाएका थिएनन्…

नेपालमा थप ६६० जनामा कोरोना संक्रमण, एक जनाको मृत्यु

स्वास्थ्यसमाचार/ पछिल्लो २४ घण्टामा देशभर थप ६६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चार हजार ६८२ परीक्षणमा ६६० जनामा संक्रमण पुष्टि भएको हो । एक हजार ९४२ पीसीआर परीक्षणमा ३२६ र दुई हजार ७४० एन्टिजेन परीक्षणमा ३३४ जना गरी ६६० जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । सोही अवधिमा ४४४ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या पाँच हजार ६४१ रहेको छ ।

आयुर्बेद चिकित्सालाई सरकारले वास्ता नगर्दा व्यवसाय धरापमा

रीमा विसी स्वास्थ्यसमाचार/ आधुनिक प्रविधिसँगै गुणस्तरमा जोड दिन सकेमा आयुर्वेद चिकित्साको महत्व अझै बढेर जाने सरोकार वालाहरु ले बताएका छन् ।नेपाल आयुर्वेद औषधी ब्यवसायी संघ रुपन्देहीले साउन २१ गते बुटवलमा आयोजना गरेको दोस्रो साधारण सभा तथा प्रथम अधिवेशनमा सहभागी सरोकारवाला हरुले यस्तो कुरा बताएका हुन् । नेपालमा आयुर्वेदिक चिकित्सा आर्थिक समृद्धिको सम्भावना रहेको भएपनि आयुर्वेद चिकित्सालाई राज्यले पवद्र्धन गर्न नसक्दा संविधानले गरेको व्यवस्था समेत कार्यान्वयन हुन नसकेकोमा चिन्ता व्यक्त गरेकाछन् ।कार्यक्रमका प्रमुख अतिथि बुटवल उपहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले आयुर्वेदिक औषधीको महत्व, आवश्यकता र प्रभावकारिताका विषयमा कोभिडको संक्रमणबढेसँगै बढी लाभदायक भएको…

नेपाललाई सन् २०५० सम्ममा क्षयरोग निर्मुल बनाइने

स्वास्थ्यसमाचार/ सन् २०५० सम्ममा मुलुकलाई क्षयरोग निर्मल बनाइन कार्ययोजना बनाइएको छ । राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले आज यहाँ आयोजना गरेको क्षयरोगमुक्त नेपाल अभियान कार्यक्रम पुनरावलोकन तथा विस्तार कार्यशाला गोष्ठी शुभारम्भ गर्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङले यस कार्यका लागि गैरसरकारी संस्था, अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका साथै अन्तर्राष्ट्रिय साझेदार संस्थाको सहयोगको खाँचो औँल्याए । हाल २५ स्थानीय तहमा क्षयरोगमुक्त अभियान सञ्चालन भइरहेको जानकारी दिँदै उनले आगामी चार वर्षभित्र सबै स्थानीय तहमा अभियान गरिने बताए । मन्त्रालयका निमित्त सचिव श्यामसुन्दर यादवले स्थानीय तहले हरेक घरमा यस्ता रोगीे खोजी गरेर केन्द्रमा तथ्याङ्क उपलब्ध गराएमा…

लुम्बिनी प्रादेशिक अस्पतालवाट १३ हजार महिलाले लिए प्रसूती सेवा

स्वास्थ्यसमाचार / लुम्बिनी प्रादेशिक अस्पतालमा १ वर्षमा १२ हजार ९ सय ३० जनाले प्रसूती सेवा लिएका छन। । आर्थिक बर्ष २०७८को साउन देखी २०७९ असार सम्म १२ हजार ९ सय ३० जनाले अस्पतालमा प्रसूती सेवा लिएका हुन। अस्पतालमा ८५सय ४५ जना नर्मल डेलिभरि र ४३सय६६ जनालाई अप्रेशन वाट सुत्केरी भएका छन। लुम्बिनी प्रादेशिक अस्पतालको तथ्याक अनुसार साउनमा ११सय १८ भाद्रामा १२सय ८६ असोजमा१३सय २४ कार्तिकमा १२सय १ मंसिरमा ११सय ७७ पुसमा ११सय १७ माघमा ११सय ४३ फागुनमा ९सय ९४ चैत्रमा ८सय ८१ वैसाखमा ८सय ४८ जेठमा ८सय २८ र असारमा…