कार्यस्थलमा मानसिक स्वास्थ्य’ विषयक गोष्ठी युसिएमएसमा सम्म्पन

स्वास्थ्यसमाचार/१० अक्टुबर अर्थात् ‘विश्व मानसिक स्वास्थ्य दिवस’को अवसरमा यु.सि.एम.एस., शिक्षण अस्पताल, भैरहवामा ‘नशा तथा मानसिक रोग विभाग’को आयोजनामा निरन्तर मेडिकल शिक्षा (सि.एम.ई.) अन्तर्गत गोष्ठी सम्पन्न भएको छ । यस वर्षको अन्तर्राष्ट्रिय विषय ‘कार्यस्थलमा मानसिक स्वास्थ्य’ भन्ने विषयमा विभिन्न विज्ञहरुले कसरी काम गर्ने वातावरण मैत्रीपूर्ण, सम्मानजनक, अपनत्व महशुस गर्ने तथा सुमधुर बनाउने भन्ने विषयमा केन्द्रित भएर आफ्ना भनाईहरु राखेका थिए । कार्यक्रम यु.सि.एम.एस., शिक्षण अस्पताल, भैरहवाका ‘नशा तथा मानसिक रोग विभाग’ प्रमुख प्रा.डा.सन्दिप सुवेदीको सभापतित्व तथा यु.सि.यम.यस. शिक्षण अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजय कुमार पि.एस.को आतिथ्यतामा सम्पन्न भएको थियो । सो…

बुटवल हस्टिलले दशैमा अवधीभर पनि आफ्ना सबै सेवा संचालन गर्ने

स्वास्थ्यसमाचार /स्वास्थ्य क्षेत्रमा अलग पहिचान बनाउन सफल बुटवल हस्पिटल प्रा.लि.ले हिन्दु नेपालीहरुको ठुलो पर्व दशै अवधीभर  पनि आफ्ना सबै स्वास्थ्य सेवा संचालन गर्ने भएको छ । चाडपर्वको वेला अधिकाश स्वास्थ्य संस्थाहरु बन्द हुदां विरामीहरुलाई मर्का पर्ने भएकोले अस्पतालले आफ्ना सेवाहरु नियमित रुपमा संचालनमा राख्ने जनाएको हो । बुटवल हस्पिटल प्रा.लि.ले ईर्मेजेन्सी, आईसीयु, एचडियु,जनरल वार्डहरुका साथै अधिकाशं ओपिडी सेवाहरु समेत संचालन गर्ने छ । असोज २४ गतेदेखि २८ गतेसम्म दशैं पर्वको अवसरमा सार्वजनिक विदा हुने गर्दछ । जसका कारण अधिकाश स्वास्थ्य सेवाहरु समेत बन्द हुने गर्दछन् । चाडपर्वमा विरामीहरुका लागि स्वास्थ्य…

लुम्बिनी प्रादेशिक अस्पतालमा एक वर्षमा साढे ४ लाख विरामीले लिए सेवा

स्वास्थ्यसमाचार/ यस क्षेत्रको सबैभन्दा पुरानो र ठुलो लुम्बिनी प्रादेशिक अस्पताल बुटबलमा एक बर्षमा ४ लाख ४८ हजार बढीलाई सेवा दिएको छ। अस्पतालको रेकर्ड शाखाको तथ्याङक अनुसार ओपीडीमा ३लाख४८ हजार९सय ७१ आईपीडीमा २६हजार ८ सय ८८ र इमर्जेन्सीमा ७२ हजार २ सय ४४ जना गरि कुल ४ लाख ४८ बढीलाई सेवा दिएको जनाएको हो । अस्पतालको तथ्याङक शाखाका अनुसार आर्थिक बर्ष २०८०÷८१मा लेवर वाडमा १२ हजार २ सय १७ अर्थाेबाडमा ११सय ४५ र्सजीकल वाडमा १३सय १६ मेडिकल बार्डमा २७ सय ८३ बच्चा वाडमा २१सय ३५ आईसीयुमा २१सय ४४ एनाशियुमा ७सय ३…

सरकार र समुदाय मिलेर स्वास्थ्य क्षेत्र सुधार्छाैं:मुख्यमन्त्री आचार्य

स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सरकार र समुदाय मिलेर स्वास्थ्य क्षेत्रमा सुधार गरिने बताउनु भएको छ । गौतम बुद्ध सामुदायिक मुटु अस्पताल बुटवलले विश्व मुटु दिवसको अवसरमा बुटवलमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले स्वास्थ्य क्षेत्रको सेवाका लागि सरकार र समुदाय विच सहकार्य गरिने बताउनु भएको हो । ‘म गम्भीर रोगलाइ जितेर यहाँसम्म आइपुगेको छु । बिरामी हुँदा कस्तो अनुभुती हुन्छ, परिवारले कस्तो संकट भोग्नुपर्छ त्यो सबै अनुभुती म सँग छ । त्यसैले स्वास्थ्य क्षेत्रमा बिरामी र तिनका परिवारले भोग्ने समस्याहरु समाधान गर्न सरकार तयार छ,’ उहाँले भन्नुभयो-‘स्वास्थ्य…

लुम्बिनी प्रादेशिक अस्पतालमा २५जना नर्सका लागि रोजगारीको अवसर

स्वास्थ्यसमाचार/लुम्बिनी प्रादेशिक अस्पताल बुटबलमा अस्पतालले करार सेवामा २५ जना नर्स पदपूर्ति गर्ने भएको छ । अस्पतालले बुधबार सूचना जारी गर्दै योग्यता पुगेका नर्सले दश दिनभित्र दरखास्त दिन सक्ने जनाएको हो । दरखास्त बुझाउने अन्तिम मिति यहि असोज १८ गते र परिक्षा मिति र परिक्षा केन्द्र अर्काेसुचना मार्फत जानकारी गराउने आज जारी सुचनामा उल्लेख गरिएको छ।

गुल्मी अस्पतालबाट आर्थिक बर्षमा ८६ हजारले लिए स्वास्थ्य सेवा

स्वास्थ्यसमाचार/तम्घासस्थित गुल्मी अस्पतालबाट आर्थिक वर्ष २०८०/२०८१ को अवधिमा करिब ८६ हजार नागरिकले स्वास्थ्य उपचार सेवा लिएका छन्। गुल्मी अस्पताल तम्घासले दिएको जानकारी अनुसार अस्पतालले आर्थिक वर्ष २०८०/२०८१ को अवधिमा ८५ हजार ६ सय ८० जनाले विभिन्न स्वास्थ्य उपचार सेवा लिएका हुन। एक वर्षको अवधि ७४ हजार ८ सय ७९ ले ओपिडी सेवा र १० हजार ८ सय १ जनाले आकस्मिक सेवा,एक हजार ८ सय ६७ जनाले बेड भर्ना सेवा,८ सय ८४ जनाले सामाजिक स्वास्थ्य सेवा र ज्येष्ठ नागरिक स्वास्थ्य सेवा अन्तर्गत ५ सय ७६ जनाले लिएको गुल्मी अस्पतालका निमित्त प्रमुख…

लुम्बिनी स्वास्थ्य मन्त्रालयको निर्णय कार्यान्वयनमा :निजि अस्पतालका वोर्डमा सरकारी डाक्टरको नाम धमाधम थालियो मेट्न

स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेश सरकारले गरेकाे स्वास्थ्य सम्बन्धि निर्णयकाे प्रभाव देखिन थालेकाे छ । सरकारी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थकर्मिकाे नाम राखेर निजी अस्पताल तथा स्वास्थ्य संस्थाले प्रचार गरेकाे पाईएपछी स्वास्थ्य मन्त्री खेमबहादुर सारुले त्यस्ता चिकित्सकलाई कारबाही गर्ने चेतावनी सहित निर्णय गरेपछि अहिले निजी अस्पताल तथा स्वास्थ्य संस्थाले सरकारी अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीको नाम मेटाउन थालेका छन । लुम्बिनी प्रदश स्वास्थ्य मन्त्रालयले  सरकारी अस्पतालको नाम र पद प्रयोग गरी नीजि स्वास्थ्य संस्थाको ओ.पि.डि टिकट, साइन बोर्ड, आमसञ्चार माध्यम तथा सामाजिक सन्जाल मार्फत प्रचार प्रसार नगर्न निर्देशन जारी गरेकाे थियाे । यसैबीच…

लुम्बिनीमा असोज ३ गते १२ अस्पतालमा प्रयोगशाला परीक्षण र आकस्मिक टिकट निःशुल्क

स्वास्थ्यसमाचार/ प्रदेश ससरकारले संविधान दिवस २०८१ विभिन्न कार्यक्रम गरेर मनाउदै छ । आज, भोली र पर्सी तीन दिन विभिन्न कार्यक्रम गरेर प्रदेश सरकारले संविधान दिवस मनाउन थालेको हो । मुख्यमन्त्री चेतनारायण आचार्यले संविधान दिवसलाई जनस्तरबाट भब्य रुपमा मनाउन आह्वान गरिसक्नु भएको छ । सुशासन, सामाजिक न्याय र समृद्धिको माध्यमबाट लुम्बिनी प्रदेशको समग्र विकासलाई जनतासामु पु¥याउन संविधानको कार्यान्वयनको पूर्ण कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको भन्दै संविधान दिवसलाई भव्य रुपमा मनाउन आह्वान गर्नु भएको हाे । असोज २ गते अर्थात आज देखी प्रदेश स्थित सबै सरकारी कार्यालयहरुमा राष्ट्रिय झण्डा फहराईदैछ । कार्यालय…

लुम्बिनी प्रादेशिक अस्पतालको मेडिकल सुपरिटेन्डेन्टमा पुन: ढकाल कायम गाैतमकाे रिट खारेज

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको मेडिकल सुपरिटेन्डेन्टमा डा. ईन्द्र ढकाल  स्वतह कायम भएको हुनुभएको छ । सर्बोच्च अदालतमा आफू मेसु हुनुपर्ने सरकारले गरेको निर्णय खारेज माग गर्दै बिष्णु गौतमले हालेको मुद्दा खारेज भएको हो। न्यायाधीश हरि फुयाल र अब्दुल अजिज मुसलमान ले फैसला गर्दै पुन: मेसुमा ईन्द्र ढकाललाई कायम गरेको हो । २०८१ असार १३ मा दर्ता भएको मुद्दा को फैसला २०८१ भदौ ३० गते आएको हो । फैसला अनुसार रिट खारेज गरि निर्देशनात्मक आदेश समेत दिएको छ ।  

वाँकेमा बालबालिकाहरुमा डेंगु र स्क्रवटाइफसको सङ्क्रमण बढ्दो

बाँकेका विभिन्न अस्पतालमा उपचारका लागि आएका बालबालिकाहरूमा डेंगु र स्क्रवटाइफस देखिने क्रम बढ्न थालेको छ । पश्चिम नेपालको रेफरल अस्पतालका रूपमा रहेको भेरी अस्पताल नेपालगन्ज, नेपालगन्ज मेडिकल कलेजको नेपालगन्ज र कोहलपुर शिक्षण अस्पताल, केयर सिटी अस्पताल तथा निजी क्लिनिकहरूमा उपचारका लागि आउने बालबालिकामा डेंगु र स्क्रवटाइफ देखिने क्रम बढेको चिकित्सकहरूले बताएका छन् । नेपालगन्ज मेडिकल कलेज कोहलपुरका बालरोग विशेषज्ञ डा.नीरज आचार्यले अस्पतालमा बिरामी बालबालिकाहरू आउने क्रम बढेको जनाउँदै ३० बेड क्षमताको पेड्राइटिक वार्ड अहिले भरिएको बताउनुभयो । पेड्राइटिक वार्ड भरिएपछि इएन्टी र सर्जरी वार्डमा समेत राखेर उपचार गर्नु परिरहेको जनाउँदै…