रोल्पा अस्पतालमा सर्पदंश उपचार केन्द्र सञ्चालन हुने

स्वास्थ्यसमाचार /रोल्पा अस्पतालमा सर्पदंश उपचार केन्द्र सञ्चालनमा आउने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय ईपिडिमियोलोजी तथा रोग नियन्ता महाशाखाले रोल्पा अस्पतालमा सर्पदंश उपचार केन्द्र सञ्चालन गर्नको लागी अनुमति दिएको छ।

रोल्पा अस्पतालबाट सर्पदंश उपचार केन्द्र सञ्चालन गर्न माग भए अनुसार यो अनुमति दिइएको ईपिडिमियोलोजी तथा रोग नियन्ता महाशाखाका डा हेमन्त चन्द्र ओझाले बताउनु भयो।

रोल्पा अस्पतालका मेसु डा लोक रत्न ज्ञवालीका अनुसार जिल्लामा यो उपचार नभएर समस्या थियो बिभागले अनुमति दिएको छ अब हामी सर्पदंशको उपचार गर्न सक्षम हुनेछौं हाले भन्नु भयो।

रोल्पा अस्पतालमा पछिल्लो समय सेवा बिस्तार भएसंगै बिरामीको चाँप पनि बढेको ज्ञावालीले बताउनु भयो।

सम्बन्धित शिर्षक :