मेडिकल शिक्षा पढाउने शिक्षण संस्था बन्द भएको भन्दै सञ्चालहरू आन्दोलनमा

स्वास्थ्यसमाचार/राष्ट्रिय चिकित्सा शिक्षा ऐन र प्राविधिक शिक्षा तथा तालिम परिषद्को पुनः संरचनाको माग गर्दै चिकित्सा शिक्षा व्यवसायी आन्दोलित भएका छन् । ऐनका कारण नेपालमा चिकित्सा शिक्षा पढाउने २ सय २८ शिक्षण संस्था बन्द हुने र करोडौं रकम विदेशिने अवस्था आएको भन्दै चिकित्सा शिक्षा सरोकार संघर्ष समिति लुम्बिनी प्रदेश आन्दोलित भएको हो । संघर्ष समितिले आइतबार बुटवलमा पत्रकार सम्मेलन गर्दै समितिले विभिन्न १४ बुँदे मागसहित आन्दोलनको घोषणा गरेको छ । स्तरोन्नति गर्न बाँकी रहेका संस्थाहरुको भर्ना खोल्नुपर्ने, बन्द भएका नर्सिङ कलेजहरुको तत्काल भर्ना खोल्नुपर्ने, छात्रवृत्तिमा विभेद अन्त्यगरी समानताका आधारमा छात्रवृत्तिको अवसर…

बर्दियामा विषालु च्याउ खाँदा ६ जना विरामी

स्वास्थ्यसमाचार/विषालु च्याउ खाँदा बर्दियामा ६ जना विरामी भएका छन् ।बर्दियाको गुलरिया नगरपालिका(१० रत्नापुरका ६ जना घर नजिकै रहेको बगैंचाबाट ल्याएको विषालु च्याउ खाँदा विरामी भएका हुन् । राम नरेश रैदासले गाँउ नजिकै रहेको आँपको बगैचा बाट च्याउ टिपेर ल्याएका थिए । सो च्याउ सत्रुधन रैदासको घरमा पकायर खाएपछि ६ जना विरामी भएका थिए । विरामी सवै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्यकर्मीले बताएका छन् । जिल्लाप्रहरी कार्यालय बर्दियाकाअनुसार विषालु च्याउ खाँदा शत्रुधन रैदास, गुलरिया ११ का सन्दिप रैदास, सुन्दरी रैदास, गुलरिया ४ का श्रृया कुमारी रैदास, फूलकुमारी रैदास र गुलरिया…

नक्कली शैक्षिक प्रमाणपत्र प्रकरण : सांसद शर्मासहित पाँच जना चिकित्सक पक्राउ

स्वास्थ्यसमाचार/नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा थप चार जना चिकित्सक पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)  प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यले सांसद सुनिलकुमार शर्मासहित पाँचजना पक्राउ परेको जानकारी दिनुभयो । उहाँका अनुसार पक्राउ पर्नेमा डा रामबाबु यादव, डा रञ्जित यादव, डा एलिना साह र डा अमित चौधरी रहेका छन् । उनीहरू विभिन्न अस्पताल तथा मेडिकल कलेजमा कार्यरत रहेका जनाइएको छ । अहिले पनि सिआइबीको अपरेशन जारी रहेको जनाइएको छ । यसअघि आज दिउँसो सिआइबीको टोलीले काठमाडौँको गल्फुटारबाट सांसद सुनिलकुमार शर्मालाई पक्राउ गरेको थियो । शर्मा पक्राउ परेको…

यौन दुर्व्यवहार गरेको आरोपमा शिवराज आधारभूत अस्पतालका प्रमुख सहित २ जना पक्राउ

स्वास्थ्यसमाचार/कपिलवस्तुमा महिला कर्मचारीमाथि बलात्कारको प्रयास गर्ने स्वास्थ्य प्रमुखसहित २ जना पक्राउ परेका छन् । शिवराज नगरपालिकाले संचालन गरेको आधारभुत स्वास्थ्य सेवा अस्पताल चन्द्रौटाका प्रमुख लेखनाथ पौडेल र शिवराज नगरपालिका– ३ बस्ने भुवन पाण्डेलाई पक्राउ परेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक शेखरजगं मल्लले जानकारी दिए । उनीहरुले साउन १२ गते राति डिउटीमा खटिएका महिला कर्मचारी माथि मदिरा सेवन गरी बलात्कारको प्रयास गरेको भन्दै प्रहरीमा पीडित महिलाले प्रहरीमा उजुरी दिएकी थिइन् । प्रहरीमा उजुरी परे पछि आरोपित दुबै जना फरार भएका थिए । फरार रहेका आरोपीलाई लुकेर बसेको अवस्थामा छुट्टाछुट्टै स्थानबाट…

कैदीबन्दीको स्वास्थ्य तथ्यांक सहित केन्द्रीय कारागार अस्पतालको वार्षिक प्रतिवेदन सार्वजनिक

स्वास्थ्यसमाचार/पहिलो पटक देशभरका ७४ कारागार कार्यालयमा रहेका कैदीबन्दीहरुको स्वास्थ्य अवस्था र त्यहाँ कार्यरत स्वास्थ्यकर्मी सहितको केन्द्रीय कारागार अस्पतालको वार्षिक प्रगति प्रतिवेदन–२०८० सार्वजनिक भएको छ। केन्द्रीय कारागार अस्पतालको सभाहलमा आयोजित सार्वजनिकरण कार्यक्रममा प्रमुख अतिथि गृह सचिव दिनेश भट्टराई तथा स्वास्थ्य सचिब डा रोशन पोख्ररेलले उक्त प्रतिवेदन सार्वजनिकरण गरेका हुन्। कार्यक्रममा केन्द्रीय कारागार अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेट डा प्रकाश बुढाथोकीले अस्पतालको संक्षिप्त जानकारी दिदै वर्षभर करिब ३५ हजार कैदीबन्दीलाई वहिरंग तथा १ हजार बढीलाई अन्तरंग सेवा प्रदान गरिएको बताउदै अस्पतालको अझै गुणस्तरिय सेवा विस्तारमा भौतिक पुर्वाधार बाधक रहेको बताए। उनले थप शैया…

लुम्बिनी प्रदेशका तराईका जिल्लामा देखियो आँखा पाक्ने रोगको प्रकोप

स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेशका अधिकांश स्थानमा अहिले आँखा पाक्ने रोग प्रकोपका रुपमा फैलिएको छ । विशेषगरी तराई क्षेत्रमा आँखा चिलाउने, आँखा रातो हुने, पाक्ने र अत्याधिक दुख्ने समस्या देखिएको छ । आँखामा संक्रमण देखिएपछि आँखा अस्पतालहरुमा आँखा पाकेका बिरामीहरुको भिड लागेको छ । मौसमको परिवर्तनसँगै फैलिएको भाइरल प्रकोपले नेपाल र भारतको सिमाक्षेत्रमा प्रभावित बनाएको लायन्स आँखा अस्पताल बुटवलले जनाएको छ । कोहलपुर मेडिकल कलेजका डाक्टर तथा चिकित्सक संघका प्रदेश संयोजक नन्दा गुरुङले प्रदेशको तराईका जिल्लामा भाइरलका रुपमा आएको बताइन् । उनले धेरै जमघट हुने ठाउँहरुमा यस्तो प्रकोप बढेको बताइन् । नेपालगन्जको भिजन…

यौन दुर्व्यवहार गरेको आरोपमा शिवराज आधारभूत अस्पतालका प्रमुख पौडेलमाथि जबरजस्ती करणी मुद्दा दर्ता

स्वास्थ्यसमाचार /कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा कपिलवस्तुको शिवराज नगरपालिको आधारभूत स्वास्थ्य सेवा अस्पतालका प्रमुख तथा सिअहेब लेखनाथ पौडेलमाथि जबरजस्ती करणी उद्योग मुद्दा दर्ता भएको छ। वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक शेखर जंग मल्लले आइतबार साँझ पौडेल र उनका साथी नगरपालिका वडा नम्बर–३ का भुवन पाण्डेयमाथि जबरजस्ती करणी उद्योगको मुर्दा दर्ता भएको जानकारी दिए। आइतबार साँझ पीडित महिला कर्मचारीहरूले ती दुईमाथि जाहेरी दिएकी थिइन्। आरोपित दुवै जना सम्पर्कविहीन रहेका छन्। यौन दुर्व्यवहारको आरोप लागे पछि प्रमुख पौडेललाई नगरपालिकाले आइतबार नै जिम्मेवारीबाट हटाएको थियो। गत शुक्रवार रात्रिकालीन डिुयुटीका बेला मदिरा सेवन…

लुम्बिनी प्रादेशिक अस्पतालको सटर भत्काईएपछि दिनुपर्ने बजेट रोक्ने काम गतल :पुर्व मन्त्री बराल

स्वास्थ्यसमाचार /लुम्बिनी प्रदेशका पुर्व सामाजिक विकासमन्त्री सुदर्शन बरालले कोभिड संकमणको बेला धेरै समस्याहरु ब्यहोर्नुपरेको स्मरण गर्दै आफ्नो कार्यकालमा शिलान्यास गरेको परियोजनाको भवन निर्माण पूरा भएको बताए । बुटवलमा नवनिर्मित लुम्बिनी प्रदेशको जनस्वास्थ्य प्रयोगशाला भवनको सोमबार उद्घाटन कार्यक्रममा पुर्ब सामाजीक बिकास मन्त्री बरालले यस्तो वताए ।उहाले लेभल २ प्रयोगशालाको अभावमा कोभिड संक्रमणको परीक्षणमा कठिनाई भएको भन्दै उनले अहिले बनेका पूर्वाधारबाट पक्कै पनि आम नागरिकले सेवा पाउने उनले बताए । स्वास्थ्य जनताको पहँच भन्दा बाहिर गैरहेको र यसले निरपेक्ष गरिबीको रेखामुनी पुग्नेको संख्या बढाएको उनले दुखेसो गरे ।तत्कालीन समयमा प्रदेश सरकारबाट निर्णय…

स्वास्थ्य प्रणालीे सुदृढिकरणका लागी प्रयोगशाला कोशेढँगा सावित :स्वास्थ्यमन्त्री खनाल

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री राजु खनालले प्रदेश जनस्वास्थ्य प्रयोगशालालाई प्रेषण र गुण नियन्त्रण प्रयोगशालाको रुपमा विकास गरिने बताउनु भयो । बुटवलमा नवनिर्मित लुम्बिनी प्रदेशको जनस्वास्थ्य प्रयोगशाला भवनको सोमबार उद्घाटन कार्यक्रममा मन्त्री खनालले यस्तो बताउनु भयो । स्वास्थ्य मन्त्री खनालले स्तरिय प्रयोगशालाको अभावमा गाउँबाट शहर र शहरबाट अन्य प्रदेशमा बारम्बार धाई रहनु पर्ने बाध्यतालाई चिर्न नव निर्मित प्रयोगशाला भवनलाई एकिकृत र सहज परिक्षण केन्द्रको रुपमा विकास गर्न प्रदेश सरकार तत्पर रहेकोमा जोड दिनुभयो । समग्र स्वास्थ्य प्रणालीको सुदृढिकरणका लागी पनि प्रदेश प्रयोगशाला र यस्को सञ्जाल कोशेढँगा सावित हुने मन्त्री खनालले विश्वास…

लुम्बिनी प्रदेश जनस्वाथ्य प्रयोगशाला भवनको मुख्यमन्त्री चौधरीद्धारा उद्घाटन

स्वास्थ्यसमाचार /ग्लोवल फण्डको अनुदाद र सेभ द चिल्डेन्सको सहयोगमा रुपन्देहीको बुटवलमा प्रदेश जनस्वाथ्य प्रयोगशाला भवन निर्माण भएको छ । दातृ निकायको सहयोगमा ८ करोड ७० लाख २० हजार ४ सय ७० रुपैयाँ लगातमा निर्माण भएको भवनको सोमबार प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले उद्घाटन गरे । कार्यक्रममा बोल्दै मुख्यमन्त्री चौधरीले प्रदेश सरकार संरचना पछि निर्माण भएको आफ्नै भवनको सञ्चालनका लागि आवश्यक संरचना निर्माणका लागि सरकारले सहयोग गर्ने बताएका थिए । उनले निर्माण भएका भौतिक संरचना पूर्ण रुपमा सञ्चालन गर्नका लागि अन्य सहायक संरचना, भवन निर्माणको लागि प्रदेश सरकारले जहिले पनि सहयोग…