मातृ मृत्युदर र कुपोषण सुन्नमा झार्न स्थानिय तहको भूमिका महत्वपूर्ण :स्वास्थ्यमन्त्री खनाल

स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले प्रदेशबाट मातृ मृत्युदर र कुपोषण सुन्नमा झार्न स्थानिय सरकारकाले भूमिका महत्वपूर्ण हुने बताउनु भएकाे छ ।

दाङ जिल्लामा रहेका स्वास्थ्य सँस्था, अस्पताल तथा दस वटै पालिकाका स्वास्थ्य शाखाले आर्थिक वर्ष २०७९/०८० मा गरेका स्वास्थ्य कार्यक्रमहरूका जिल्ला स्तरीय वार्षिक समीक्षा कार्यक्रमलाई सम्बन्धन गर्दै लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले सात प्रदेश मध्ये लुम्बिनी प्रदेश मातृ मृत्यु र कुपोषणमा धेरै पछाडि रहेकाे भन्दै त्यसलाई सुन्नमा झार्ने गरि काम गर्न आबश्यक रहेकाे बताउनु भयाे ।

मन्त्री खनालले स्थानिय सरकारलाई अबका कार्यक्रम त्यसमा केन्द्रित गर्न आग्रह गर्नु भयाे । ” मातृ मृत्युदर र कुपोषण सुन्नमा झार्नुपर्ने चुनाैती हाम्रा सामु छ । पालिकाका कार्यक्रम त्यसतर्फ केन्द्रित गर्नुस, आबश्यक सहयात्रा र सहकार्य गर्न प्रदेश सरकार तयार छ” स्वास्थ्य मन्त्री खनालले भन्नु भयाे ।

सर्ने रागलाई खापे लगायतले राँके पनि नसर्ने राग राग घातक स्वास्थ्य समस्याका रूपमा देखिएकाे भन्दै मन्त्री खनालले त्यसलाई रावन्ने काउन्सिलिङ आबश्यक पर्ने बताउनु भयाे । यसलाई पनि पनि स्थानीय तहले अाफ्नै कार्यक्रममा राखेर प्रदेशसँग सहकार्य गर्न सकिने बताउनु भयाे ।

स्थानीय तहका अस्पतालबाट रिफर भएका बिरामीहरुले आफ्नै ठाउँमा विशेषज्ञ उपचार पाउने ब्यवस्था गर्न प्रदेश सरकार लागी रहेकाे मन्त्री खनालले बताउनु भयाे

सम्बन्धित शिर्षक :