नेपालमा ७ हजार ८ सय ५८ पुगे अस्पताल तथा स्वास्थ्य संस्था

स्वास्थ्यसमाचार/ आर्थिक सर्वेक्षण २०७९/८० को तथ्यांक अनुसार गत फागुण मसान्त सम्म मुलुकभर अस्पताल तथा स्वास्थ्य संस्था हरुको संख्या ७ हजार ८ सय अन्ठाउन्न पुगेको छ। २०७९ असार मसान्त ७ हजार ५ सय अन्ठानब्बे रहेकोमा २०७९ फागुण मसान्त सम्म २६० स्वास्थ्य संस्था थपिएर ७ हजार ८ सय अन्ठाउन्न पुगेको हो। जसमा अस्पताल २ सय १५, प्राथमिक स्वास्थ्य केन्द्र २ सय १, स्वास्थ्य चौकी ३ हजार ८ सय २०, आयुर्वेद औषधालय ४ सय २६ तथा उपस्वास्थ्य चौकी÷आधारभुत स्वास्थ्य सेवा केन्द्र ३ हजार १ सय ९६ गरी कुल ७ हजार ८ सय अन्ठाउन्न…

तिलोत्तमाका स्वास्थ्यकर्मीको आन्दोलन असार सम्मको लागि स्थगित

स्वास्थ्यसमाचार/ तिलोत्तमा नगरपालिकामा हाल चलिरहेको स्वास्थ्यकर्मी हरुको आन्दोलन २०८० असार सम्मको लागि स्थगित भएको छ । प्रमुख प्रशासकिय अधिकृत नारायण अर्यालले स्वास्थ्यकर्मिहरुले पाउनु पर्ने तलब सहित अन्य मागहरु कार्यपालिकामा छलफल गरि नगर सभामा लैजाने र नगरसभा बाट पारीत गराइ खुवाउने लिखित प्रतिबद्धता स्वास्थ्यकर्मीहरु सहितको बैठकमा जनाएपछि हाललाई यो आन्दोलन २०८० असार सम्मको लागि स्थगन गरिएको आन्दोलन ब्यवस्थापन तथा परिचालन समितिका प्रवक्ता ठानेश्वर बस्यालले बताउनुभयो । यदि माग सम्बोधन नभए असार ११ गते देखि पुन यो भन्दा कडा आन्दोलनमा उत्रने सबै स्वास्थ्यकर्मीहरुको भनाइ छ।

आम्दा अस्पतालको स्तरवृद्धिको समझदारी गर्न बुटवलको टोली जापान प्रस्थान

स्वास्थ्यसमाचार/ बुटवलको सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दाको स्तरवृद्धिसम्बन्धि आम्दा ईन्टरन्याशनल जापानसँग समझदारी गर्न बुटवलबाट एक टोली आईतबार जापान गएको छ । आम्दा अस्पताल बुटवलका अध्यक्ष समेत रहनुभएका बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयको नेतृत्वमा गएको टोलीले आम्दा अस्पतालको स्तरवृद्धि गरि ३ सय शैयामा पुर्याउने गरि समझदारी गर्नेछ । आम्दा ईन्टरन्याशनलका अध्यक्ष डा शिगेरू सुगानामीको निमन्त्रणामा जापान गएको टोलीले आम्दा अस्पतालको भौतिक पूर्वाधार, स्वास्थ्य सुविधालगायतका विषयमा छलफल गरी आपसी सहकार्यका बारेमा समझदारी गर्ने बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताउनुभयो । पाण्डेय नेतृत्वको टोलीमा बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थी, अस्पतालका…

स्वास्थ्यकर्मीको आन्दोलनमा जनस्वास्थ्य संघ लुम्बिनीको साथ

स्वास्थ्यसमाचार/ तिलोत्तमा लगाएका देशभर भैरहेको स्वास्थ्यकर्मीको आन्दोलन प्रति नेपाल जनस्वास्थ्य संघ लुम्बिनी प्रदेशको गम्भीर ध्यानाकर्षण भएको छ। नेपाल जनस्वास्थ्य संघ लुम्बिनीका अध्यक्ष हेमराज पान्डेले एक बिज्ञेप्ती जारी गरि “हामी सबै स्वास्थ्यकर्मीहरु सेवामा प्रतिबद्ध छौं। तर भोक भोकै काम गर्न सक्दैनौं ।“ भन्दै तलबको माग सँगै, विभिन्न माग राख्दै आन्दोलनमा उत्रिनु भएका तिलोत्तमा नगरपालिका अन्तर्गतका स्वास्थ्यकर्मीहरुको माग प्रति नेपाल जनस्वास्थ्य संघ लुम्बिनी प्रदेशको गम्भीर ध्यानाकर्षण भएको छ। कोभिड–१९ विरुद्दको लडाईमा दिन रात नभनि खटिएका र जनताको स्वास्थ्य जस्तो संवेदनशील विषयमा जोडिनुहुने स्वास्थ्यकर्मीले काम गरेको तलब पनि लामो समयदेखि नपाउनु आफैमा लज्जाको…

स्वास्थ्यकर्मिका शान्तिपूर्ण आन्दोलनमा हाम्रो ऐक्यवद्धता: राष्ट्रिय स्वास्थ्यकर्मि महासंघ लुम्बिनी

स्वास्थ्यसमाचार /केहीदिन यता देशका विभिन्न स्वास्थ्य संस्थामा नर्स तथा स्वास्थ्यकर्मी माथि दुर्वयवहार भएका घटनाहरु सार्वजनिक भएका छन् ।यी घटनाहरुप्रति राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल लुम्बिनी प्रदेश समितिकोे गम्भिर ध्यानाकर्षण भएको जनाएको छ। राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ लुम्बिनी प्रदेश समितिका अध्यक्ष चिन्तामणि ज्ञाबलीले एक विज्ञप्ति निकालेर विभिन्न स्वास्थ्य संस्थाहरुमा कार्यरत स्वास्थ्यकर्मीहरुमाथि अपमानित र दुर्व्यवहार गरि स्वास्थ्य सेवा प्रदान गर्ने कार्यमा बाधा उत्पन्न गर्ने कार्यप्रति आपत्ति जनाउनुभएको छ । तिलोत्तमाका स्वास्थ्यको भोक आन्दोलन तथा देशका बिभिन्न ठाउमा भएका स्वास्थ्यका कर्मचारीलाइ अपमानित गर्ने काम गरेको तलब समयमा नदिने सामाजीक संञ्जालमा अनाबस्यक भिडीयो बनाई राख्ने जस्ता…

कारागार अस्पताल प्रभाबकारी बनाउन अन्तर मन्त्रालय समन्वय बैठक

स्वास्थ्यसमाचार /स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका स्वास्थ्यकर्मी कार्यरत गृह मन्त्रालय अन्र्तगत रहेको केन्द्रिय कारागार अस्पतालको सेवा विस्तार,परिष्कृत र प्रभावकारी बनाऊन अस्पतालको अन्तरमन्त्रालय समन्वय बैठकद्धारा भएको छ। पटक पटकको भेटघाट र निरन्तरको पहलले पहिलोपटक २०७९ फागुन २१ गते गृह र स्वास्थयका सचिवहरुको बैठक बसेको थियो । सचिवस्तरको बैठकले गठन गरेको कार्यदल समितीमा कारागार ब्यवस्थापन बिभागको महानिर्देशकको संयोजकत्वमा गृह र स्वास्थ्य मन्त्रालयका नीती,योजना तथा अनुगमनका महाशाखा प्रमुख,स्वास्थ्य सेवा बिभागको उपचारात्मक महाशाखाका निर्देशक र केन्द्रिय कारागार अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट सदस्य सचिव रहेका छन। स्वास्थ्यको एघारौ तह अर्थात सहसचिवको नेतृत्वमा रहेको अस्पतालमा दिनहु बढेका…

रेसुङ्गा नगरपालिकाद्वारा गुल्मी अस्पतालमा सि-आम मेशिन मेसिन हस्तान्तरण

स्वास्थ्यसमाचार/ रेसुङ्गा नगरपालिकाले गुल्मी अस्पताललाई २८ लाख मूल्यको हाडजोर्नी शल्यक्रियाका लागि सि-आम मेशिन मेसिन उपलब्ध गराएको छ । नगरपालिकाले मंगलबार गुल्मी अस्पताल बिकास समिति अध्यक्षको रोहवरमा हाडजोर्नी बिशेषज्ञलाई उक्त मेसिन हस्तान्तरण गरेको हो । जिल्ला सदरमुकाममा रहेको गुल्मी अस्पतालमा हाडजोर्नी सेवालाई सहज बनाउनका लागि उक्त मेसिन हस्तान्तरण गरिएको रेसुङ्गा नगरपालिका प्रमुख खिलध्वज पन्थीले बताए । गुल्मी अस्पतालमा बिशेष डाक्टरको अभावका कारण हाडजोर्नी लगाएतका समस्या भएका बिरामीहरुका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता थियो । गुल्मी अस्पतालमा हाडजोर्नी बिशेषज्ञ आइसकेपछि डाक्टरलाई टिकाइ राख्न नगरपालिकाले तलब बराबरको सेवा सुविधा उपलब्ध गराएको छ ।…

जलनका विरामीहरुलाई आर्थिक सहयोग उपलब्ध गराउन सरकारसँग सांसद डा चन्द्र भण्डारीको माग

स्वास्थ्यसमाचार/नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले जलन पीडितलाई पनि सरकारले सहयोग गर्नुपर्ने बताएका छन् । क्यान्सर, मुटु र किड्नीका बिरामीलाई सरकारले उपचार खर्च दिइरहेको र त्यसमा जलन पीडितलाई पनि दिन आग्रह गरेका छन् । खाना पकाउने ग्याँसको जलेर घाइते भई भारत र नेपालमा उपचार गराएका सांसद भण्डारी पहिलोपटक बुधबार प्रतिनिधिसभा बैठकमा बोलेका हुन् । सरकारको आगामी वर्षको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा भण्डारीले दुर्गम क्षेत्रका र आर्थिक अवस्था कमजोर भएका जलन पीडितको पक्षमा सरकारले निर्णय गर्नुपर्ने माग गरेका छन् । गत पुस ३ गते भण्डारी बस्दै आएको बुद्धनगरस्थित घरमा ग्यास सिलिण्डर…

स्वास्थ्यमा अस्तव्यस्त कर्मचारी ,पहाडमा दरबन्दी तराईमा काज, तलब खान सकस

स्वास्थ्यसमाचार/ स्थानीय तहका जनप्रतिनिधिले स्वास्थ्य क्षेत्रमा आफूखुशी दरबन्दी दिएर कर्मचारी राख्दा तराईका जिल्लामा तलब खुवाउन समस्या परेको छ ।स्वास्थ्य सेवामा रहेका कर्मचारीहरु अधिकांशले पहुँचको भरमा तराईको सुगम क्षेत्रका पालिकामा दरबन्दी मिलाएका छन् । जसले गर्दा एकातिर पहाडी क्षेत्रमा दरबन्दीअनुसार स्वास्थ्यकर्मी छैनन् भने अर्कोतिर तराईका पालिकामा आवश्यकभन्दा बढी कर्मचारी रहेका छन् । यहि कारण विभागीय मन्त्रालयले समयमा तलब व्यवस्थापन गर्न सकेको छैन ।स्थानीय निकायका जनप्रतिनिधिले आफूखुशी दरबन्दी दिने र स्वास्थ्य मन्त्रालयले आवश्यकताको आधारमा काममा खटाउने भन्दा पनि पहुँचको भरमा अनावश्यक कर्मचारी थोपर्दा तलब खुवाउन समस्या भएको स्वास्थ्यकर्मीको भनाई छ। ‘जनप्रतिनिधिले आफ्नो…

बुटवलको एकवर्षे उपलब्धि : दुई अस्पताल निर्माण, र सडक मर्मत

स्वास्थ्यसमाचार/बुटवल उपमहानगरपालिकाले एक वर्षको उपलब्धि सार्वजनिक गरेको छ । २०७९ वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका खेलराज पाण्डे मेयर र नेकपा एमालेकी सावित्रादेवी अर्याल उपमेयर निर्वाचित भएका थिए । उनीहरुले जेठ ९ गते कार्यप्रारम्भ गरेको एक वर्ष पुगेको अवसरमा ४९ बुँदे प्रगति सार्वजनिक गरेका हुन् योजनाहरुको शिलान्यास तथा उद्घाटन, फुटपाथ तथा रिक्सा व्यवस्थापन, सुकुम्बासीहरुको तथ्याङ्क संकलन, बेरोजगारहरुको तथ्याङ्क संकलन लगायतका बुँदाहरुलाई एकवर्षे कार्यकालको उपलब्धिमा समावेश गरिएको छ । बुटवल उपमहानगरपालिका–१३ र १७ मा निर्माण भएको १५र१५ बेडको अस्पताल आगामी साउनदेखि सञ्चालनमा ल्याउने मेयर पाण्डेले प्रतिवद्धता जनाएका छन्…