छोरीलाई जन्म दिएको १० दिनमै पत्रकार सीता शर्माको निधन

स्वास्थ्यसमाचार /छोरीलाई जन्म दिएको १० दिनपछि नवलपरासीकी पत्रकार सीता शर्माको निधन भएको छ । शर्माको ३२ वर्षको उमेरमा मंगलबार निधन भएको हो ।

नेपाल पत्रकार महासंघ जिल्ला शाखा नवलपरासीकी सदस्यसमेत रहेकी शर्माको १० दिनअघि काठमाडौं मेडिकल कलेज (केएमसी) मा डेलिभरी भएको थियो । ‘प्रेसर लो ’ सँगै अक्सिजन कम भएपछि उनलाई अस्पतालमै राखेर उपचार गरिएको थियो ।

अवस्था सामान्य भएपछि शर्मालाई काठमाडौंबाट रामग्राम नगरपालिका–१ परासीस्थित घरमा ल्याइएको थियो । मंगलबार दिउँसो स्वास प्रस्वाससँगै मुटु दुख्न थालेपछि परासीस्थित जिल्ला अस्पतालबाट थप उपचारका लागि बुटवल मुटु अस्पताल पु¥याइएकी शर्माको अस्पतालमै निधन भएको हो ।

उनी क्रियाशील पत्रकार महिला (डब्लुडब्लुजे) नवलपरासीकी संस्थापक अध्यक्षसमेत हुन् । पहिलो सन्तानका रूपमा छोरीलाई जन्म दिएकी सीताको नवजात शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको परिवारले जनाएको छ ।

सम्बन्धित शिर्षक :