स्वास्थ्यसमाचार /रोल्पा अस्पतालमा सर्पदंश उपचार केन्द्र सञ्चालनमा आउने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय ईपिडिमियोलोजी तथा रोग नियन्ता महाशाखाले रोल्पा अस्पतालमा सर्पदंश उपचार केन्द्र सञ्चालन गर्नको लागी अनुमति दिएको छ। रोल्पा अस्पतालबाट सर्पदंश उपचार केन्द्र सञ्चालन गर्न माग भए अनुसार यो अनुमति दिइएको ईपिडिमियोलोजी तथा रोग नियन्ता महाशाखाका डा हेमन्त चन्द्र ओझाले बताउनु भयो। रोल्पा अस्पतालका मेसु डा लोक रत्न ज्ञवालीका अनुसार जिल्लामा यो उपचार नभएर समस्या थियो बिभागले अनुमति दिएको छ अब हामी सर्पदंशको उपचार गर्न सक्षम हुनेछौं हाले भन्नु भयो। रोल्पा अस्पतालमा पछिल्लो समय सेवा बिस्तार भएसंगै बिरामीको…
अस्पताल
लुम्बिनीमा खकार ढुवानी वाट१४५७ क्षयरोगका विरामीहरु पत्ता लागे
स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेशमा क्षयरोग अर्थात टीबीका विरामीहरू पत्ता लगाउनको लागि खकार ढुवानी सेवाको प्रभावकारीता देखिएको छ । प्रदेशका गाउँ गाउँमा रहेका संभावित क्षयरोगका मानिसहरु आफै सहज रूपमा निदान केन्द्र अर्थात प्रयोगशाला सम्म पुग्न सक्ने अवस्था अहिले पनि छैन र सवै स्वास्थ्य संस्थाहरुमा क्षयरोगको गुणस्तर जाँचको सुविधा उपलब्ध छैन । विश्व स्वास्थ्य संगठनका अनुसार उपलब्ध भए सम्म क्षयरोगको संभावित विरामीहरुको जाँच जिन एक्सपर्ट मेसिनमा गर्न सिफारिश गरेको छ जसबाट खकारमा क्याफ्टेरियाको मात्रा तुलनात्मक रुपमा कम भए पनि क्षयरोगको निदान गर्दछ । क्षयरोगको औषधी (Rifampicin ) को पनि प्रतिरोध (Resistant) छ की छैन…
मातृ मृत्युदर र कुपोषण सुन्नमा झार्न स्थानिय तहको भूमिका महत्वपूर्ण :स्वास्थ्यमन्त्री खनाल
स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले प्रदेशबाट मातृ मृत्युदर र कुपोषण सुन्नमा झार्न स्थानिय सरकारकाले भूमिका महत्वपूर्ण हुने बताउनु भएकाे छ । दाङ जिल्लामा रहेका स्वास्थ्य सँस्था, अस्पताल तथा दस वटै पालिकाका स्वास्थ्य शाखाले आर्थिक वर्ष २०७९/०८० मा गरेका स्वास्थ्य कार्यक्रमहरूका जिल्ला स्तरीय वार्षिक समीक्षा कार्यक्रमलाई सम्बन्धन गर्दै लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले सात प्रदेश मध्ये लुम्बिनी प्रदेश मातृ मृत्यु र कुपोषणमा धेरै पछाडि रहेकाे भन्दै त्यसलाई सुन्नमा झार्ने गरि काम गर्न आबश्यक रहेकाे बताउनु भयाे । मन्त्री खनालले स्थानिय सरकारलाई अबका कार्यक्रम त्यसमा केन्द्रित गर्न आग्रह गर्नु भयाे…
काञ्चनपुरमा स्वास्थ्यकर्मीमाथि हातपात गर्ने व्यक्ति पक्राउ
कञ्चनपुर/ बेलौरी नगरपालिकामा रहेको श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मीमाथि हातपात गर्ने व्यक्ति पक्राउ परेका छन्। हातपातमा पर्ने अहेब नरेन्द्रप्रसाद गैरेको जाहेरी पछि बुधबार अपरान्ह ईलाका प्रहरी कार्यालय बेलौरीले हातपातमा उत्रिने रामबहादुर खड्कालाई पक्राउ गरेको हो। खड्का माथि प्रहरीले स्वास्थ्यकर्मीमाथि दुर्व्यहार गरेको आरोपमा मुद्धा चलाउने तयारी गरेको छ।यसअघि आफूमाथि हातपात तथा दुर्व्यहार गरेको भन्दै अहेव गैरेले खड्का माथि होस् भन्दै इलाका प्रहरी कार्यालय बेलौरीमा जाहेरी दिएका थिए। उक्त जाहेरीपछि प्रहरीले अनुसन्धान तथा कार्वाही प्रक्रिया अघि बढाएको हो।
कञ्चनपुरमा बिरामीलाई टाँका लगाइरहेका अहेबको घाँटी न्याकियो
स्वास्थ्यसमाचार/कञ्चनपुरमा बिरामीको उपचार गरिरहेका एक जना स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार भएको छ। मंगलबार राति करिब साढे ११ बजे बेलौरी नगरपालिका-४ स्थित श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत ४३ वर्षीय अहेब नरेन्द्र गैरेमाथि दुर्व्यवहार भएको हो। उनीमाथि बेलौरी-२ का रामबहादुर खड्काले दुर्व्यवहार गरेका हुन्। अहिले दुर्व्यवहारको भिडिओ सामाजिक सञ्जालमा चर्चामा छ। भिडिओमा बिरामी बेडमा पल्टिरहेको देखिन्छ। यता रामबहादुरसहित केही युवाहरू आएर अहेब नरेन्द्र गैरेलाई धम्क्याएको देखिन्छ। केही समयपछि एक्कासि रामबहादुरले नरेन्द्रको घाँटी न्याँकेको भिडिओमा देखिन्छ। अहेब नरेन्द्र गैरे उक्त स्वास्थ्य केन्द्रमा ६ वर्षदेखि कार्यरत छन्। उनका अनुसार घटना साढे ११ बजेदेखि १२ बजेबीच भएको…
रुपन्देहीका प्रहरी कर्मचारीलाई युसीएसएमले स्वास्थ्य सेवामा छुट दिने
स्वास्थ्यसमाचार/ जिल्ला प्रहरी कार्यालय रुपन्देही र युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल (सीएमसी) बीच प्रहरी कर्मचारीलाई स्वास्थ्य उपचार सेवामा छुट दिने सहमति भएको छ । मंगलबार सिद्धार्थनगर नगरपालिका–१२ स्थित जिल्ला प्रहरी कार्यालयमा आयोजित कार्यक्रममा रुपन्देही प्रहरी प्रमुख (एस.पी.) भरत बहादुर वि.क. र एमबीबीएसका प्रमुख कार्यकारी अधिकृत अजय कुमार पी.एस.ले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । हस्ताक्षर पश्चात सम्झौता पत्र आदानप्रदान गरिएको थियो । रुपन्देही जिल्लामा कार्यरत बहालवाला प्रहरी कर्मचारी तथा उनीहरुसँग आश्रित परिवारका सदस्यहरुको स्वास्थ्य उपचार सेवामा छुट दिने सम्झौतापत्रमा उल्लेख भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक किशोर…
गोमन सर्पको टोकाईबाट बर्दियामा ५ वर्षीय बालकको मृत्यु
स्वास्थ्यसमाचार /बर्दियामा सर्पको टोकाईबाट ५ वर्षिय बालकको मृत्यु भएको छ । बाँसगढी नगरपालिका ३ का जय थारुको गोमन सर्पको टोकाईबाट आज मध्यान्न मृत्यु भएको हो । जयलाई घरको आगनमा गोमन सर्पले डसेको थियो । अचेत अवस्थामा भेरी अस्पताल पुर्याइएका ती बालकलाई चिकित्सकले मृत घोषित गरेका थिए ।‘निकै विषालु गोमन सर्पले ती बालकको डसेको रहिछ भेरी अस्पतालका एनेस्थेसियोलोजिष्ट प्रमुख डा.कृष्ण आचार्यले भने, ‘अस्पतालमा ल्याउँदा डेथ भइसकेको थियो ।’ सर्पदंशबाट उपचारकै क्रममा भेरी अस्पतालमा ४ जनाको मृत्यु भएको छ ।बैशाखदेखि भदौं महिनासम्म उपचारका क्रममा ४ जनाको मृत्यु भएको अस्पतालका एनेस्थेसियोलोजिष्ट प्रमुख डा.आचार्यले…
१०३ प्रकारका एन्टिवायोटिक औषधी प्रयोग नगर्न विभागको निर्देशन
स्वास्थ्यसमाचार/औषधि व्यवस्था विभागद्वारा आज एक सुचना प्रकाशित गर्दै डब्लुएचओबाट सिफारिस नगरिएका १०३ प्रकारका एन्टिवायोटिक औषधी नेपालमा दर्ता तथा नविकरण नगरिने बताएको छ। श्बिश्व स्वास्थ्य संगठनवाट सुचिकृत सिफारिस नगरिएका १ सय ३ प्रकारका प्रतिजैविक औषधि नट रिकोमेन्डेट एन्टिवायोटिक्स)को सूची प्रकाशित गर्दै विभागले उत्पादन अनुज्ञापत्र, बजार विक्रि-वितरण प्रमाणपत्र, पैठारीदर्ता प्रमाणपत्र, पैठारी सिफारिस पत्र नबिकरण नगर्ने, सो समिश्रण उत्पादन गर्ने प्रयोजनार्थ कच्चा पदार्थको प्रमाणपत्र नबिकरण-परिमाण वृद्धि नगर्ने-नगराउने जनाएको हो। सुचनामा भनिएको छ ‘प्रतिजैविक प्रतिरोधलाई न्यूनीकरण गर्न, रोकथाम गर्न तथा नियन्त्रण गर्न नेपाल सरकारले प्रतिजैविक प्रतिरोधको विश्वब्यापी कार्य योजनासंग मेल खाने गरी “एक स्वास्थ्य”…
सरकार र चिकित्सक संघबीच ६ बुँदे सहमति, आन्दोलनका कार्यक्रम फिर्ता
स्वास्थ्यसमाचार/नेपाल चिकित्सक संघले अस्पताल बन्द लगायतका आन्दोलनका कार्यक्रम फिर्ता लिएको छ । स्वास्थ्य मन्त्रालयमा आज भएको वार्तामा ६ बुँदे सहमति भएपछि संघले आन्दोलनका कार्यक्रम फिर्ता लिएको हो । बार्तामा सहभागी डा लिजन महर्जनका अनुसार सञ्चो अस्पताल हेटौँडामा कार्यरत दुई डाक्टरमाथि कुटपिट गर्ने थप ५ जनालाई प्रहरीले पक्राउ पूर्जी जारी गरिसकेको र उनीहरुलाई छिटो पक्राउ गरी कार्वाही प्रक्रिया अघि बढाउने सहमति भएको छ । ‘हाम्रो त मुख्य माग डाक्टर कुटने माथि कार्वाही हुनुपर्छ भन्ने थियो । यसअघि ४ जनालाई नियन्त्रणमा लिईसकेको छ अब थप ५ जनामाथि पनि पक्राउ पूर्जी जारी भएको…
लुम्बिनी प्रादेशिक सहित देशभरका अस्पतालहरुमा ओपीडी सेवा बन्द, बिरामीहरु उपचारबाट बञ्चित
स्वास्थ्यसमाचार/रुपन्देही मकवानपुरको हेटौँडास्थित सन्चो अस्पतालमा कार्यरत २ जना चिकित्सकमाथि आक्रमण भएको घटनाको विरोधमा बुटबल सहित देशभरका चिकित्सकहरु आन्दोलिन भएका छन्। नेपाल चिकित्सक संघको आह्वानमा डाक्टरहरु आन्दोलित बन्दा बिरामीहरु अत्यावश्यक उपचार सेवा पाउनबाट बञ्चित भएका छन्। नेपाल चिकित्स संघले शनिबार एक विज्ञप्ति जारी गर्दै आइतबारदेखि आइतबारबाट देशभरका अस्पताल र स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा ठप्प पार्ने भनेको थियो। संघको आह्वानअनुसार आइतबार देशभरका अधिकांश अस्पतालहरुमा ओपीडी सेवा बन्द गरिएको छ।देशभरका अधिकांश अस्पतालले आइतबार बिहानदेखि बहिरिङ्ग (ओपीडी)को टिकट वितरण गरेका छैनन्। लुम्बिनी प्रादेशिक अस्पताल परिसरमा आन्दोलनलाई समर्थन गर्दै नेपाल चिकित्सक संघ रुपन्देही शाखाका…