रुपन्देहीको कञ्चनमा ८ वर्षीय बालिका बलात्कार आरोपमा युवक पक्राउ

बलात्कृत बालिकाको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार हुदै

स्वास्थ्यसमाचार/रुपन्देहीको कञ्चन गाउँपालिकामा ८ वर्षीया बालिका बलात्कार आरोपमा एक पुरुष पक्राउ परेका छन् । कञ्चन गाउँपालिका(३ का ४२ वर्षीय बुद्धबहादुर पुन यस्तो गम्भीर आरोपमा पक्राउ परेका हुन्।

प्रहरी चौकी रुद्रपुरका अनुसार कञ्चन(३ की बालिकालाई घरमा कोही नभएको मौका छोपी ललाई फकाई बलात्कार गरी आरोपित पुन फरार रहेका थिए ।

इलाका प्रहरी कार्यालय रुद्रपुरका प्रहरी निरीक्षक सूर्य बहादुर शाहीको कमाण्डमा खटिएको सुरक्षा टोलीले उनलाई खोजतलास गर्ने क्रममा कपिलवस्तु बाणगंगा नगरपालिका(१० स्थित कोठी खेलाबाट नियन्त्रणमा लिएको थियो ।

बलात्कृत बालिकाको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको बताइएको छ ।

सम्बन्धित शिर्षक :