स्वास्थ्यसमाचार /रुपन्देहीको मायादेबी गाउँपालिकामा प्रयोजनार्थ रोटरी क्लब अफ मणिग्रामले ५ थान पिपिई सेट (व्यक्तीगत सुरक्षा उपकरण) प्रदान गरेको छ ।क्लबका अध्यक्ष अच्युत पन्तले गाउँपालिका अध्यक्ष धु्रब नारायण चौधरीलाई उक्त पिपिई सेट हस्तान्तरण गरे । पिपिई सेट बुझदै गाउँपालिका अध्यक्ष चौधरीले अहिले चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मि एबं प्राबिधिकहरुका लागी कार्यक्षेत्रमा रहदा अति आबश्यक रहेको भन्दै सहयोगका लागी धन्यबाद प्रकट गरे । सो अबसरमा गाउँपालिका अध्यक्ष बिष्णु ढुंगाना, स्वास्थ्य शाखा प्रमुख भाष्कर आत्रेय, रोटरी क्लब अप मणिग्रामका पुर्ब अध्यक्ष कुलमणी ज्ञवाली लगायतको उपस्थित थियो । मायादेबी गाउँपालिकाले , वडा नम्बर ८ रुपन्देही…
www.swasthyasamachar.com is a online health news portal. It share News Reports & Information related to health & health sectors. Email - [email protected]/Visit in facebook - www.facebook.com/SwasthyaSamacharOnline .
स्वास्थ्यकर्मीबाट स्वास्थ्य मन्त्रालयको सचिव बन्ने प्रावधान लागू गर :स्वास्थ्यकर्मी संघ
स्वास्थ्यसमाचार /स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिव बन्ने प्रावधान लागू गर्न नेपाल स्वास्थ्यकर्मी संघले माग गरेको छ । नेपाल स्वास्थ्यकर्मी संघले आज प्रेस विज्ञप्ति जारी गरी स्वास्थ्य सेवा ऐन २०५३ अनुसार स्वास्थ्यकर्मीबाट स्वास्थ्य मन्त्रालयको सचिव बन्ने प्रावधान लागू गर्न माग गरेको हो। समायोजन ऐन २०७५ अनुसार संघ, प्रदेश र स्थानीय तहमा समायोजन भएको र सेवा सञ्चालन समबन्धी अर्को ऐन नआई सकेको हुँदा स्वास्थ्य सेवा ऐन २०५३ कार्यान्वयन गर्नुपर्ने नेपाल स्वास्थ्यकमी संघका अध्यक्ष रामजी घिमिरेद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
प्रदेश ५ सरकारद्धारा पाठ्यपुस्तकलाई औषधीजन्य सामग्रीको मान्यता दिने
स्वास्थ्यसमाचार /प्रदेश ५ सरकारले विद्यालय तहको पाठ्यपुस्तक व्यवस्थापन गर्न पाठ्यपुस्तकलाई औषधीजन्य सामग्रीको मान्यता दिने भएको छ ।लकडाउनको बीचमा शुरु भएको नयाँ शैक्षिक शत्रमा बालबालिकाको हातमा पाठ्यपुस्तक पुर्याउनका लागि प्रदेश सरकारले त्यस्तो मान्यता दिने प्रेस बिज्ञप्ती गरि उल्लेख गरेको छ । सामाजिक विकास मन्त्रालयले पाठ्यपुस्तक व्यवस्थापनको बिषयलाई उल्लेख गरेर ४ वुदामा पाठ्यपुस्तक कसरी व्यवस्थापन गर्ने भन्ने बिषय उल्लेख छ ।उक्त बुदामा भनिएको छ, ‘पाठ्यपुस्तक बिक्री वितरणको लागि अन्य खाद्य वा औषधीजन्य सामग्री सरह सामाजिक दुरी कायम गर्दै सुरक्षा सतर्कता अपनाउने र ढुवानीको लागि गाडि पास उपलब्ध गराउन सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरुलाई…
तिलोत्तमाको क्वारेन्टाइनमा रहेका २९जनाको कोरोना परीक्षण ‘नेगेटिभ’
स्वास्थ्यसमाचार/ तिलोत्तमा नगरपालिकाले शंकरनगरमा सञ्चालन गरेको क्वारेन्टाइनमा रहेका २९ जनाको कोरोना परीक्षण नतिजा नेगेटिभ आएको छ । क्वारेन्टाइनमा रहेका सबै जनाको पिसिआरबाट गरिएको कोरोना परीक्षणको नतिजा नेगेटिभ आएको सिनियर अहेव अधिकृत गणेश गौतमले वताए । उनीहरुको सोमबार स्वाबको नमूना संकलन गरिएकोमा मंगलबार नतिजा आएको हो । क्वारेन्टाइनमा भारतबाट लुकिछिपी आएकासहित भारतको क्वारेन्टाइनमा बसेर आएकाहरु थिए । भारतको नौतनहवा स्थित क्वारेन्टाइनमा बसेका १० जना नेपालीलाई जिल्ला प्रशासन कार्यालय शंकरनगर क्वारेन्टाइनमा पठाएको थियो । नतिजा नेगेटिभ आएसँगै क्वारेन्टाइनमा रहेका १९ जनालाई मंगलबार घर पठाइएको छ । जिल्ला प्रशासनले पठाएका दश जना विभिन्न…
प्रदेश ५ सरकार कोरोना को लडाईमा आयुर्वेद तथा वैकल्पिक चिकित्सालाई परिचालन गर्ने
स्वास्थ्यसमाचार/ प्रदेश ५ सरकारले आयुर्वेद तथा वैकल्पिक चिकित्सा क्षेत्रका चिकित्सकलाई कोरोना को लडाईमा परिचालन गर्न भएको छ ।आयुर्वेद चिकित्सामार्फत मानिसको रोगसँग प्रतिरोधात्मक क्षमता बढाउनका लागि उनीहरुलाई परिचालन गरिन लागेको प्रदेश ५ को सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयमा आज आयोजीत पत्रकार भेटघाट कार्यक्रममा प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले कोरोना उपचारका लागि नभएर प्रतिरोधात्मक क्षमता बढाउनका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सा क्षेत्रलाई क्रियाशिल गराउन लागीएको बताए । प्रदेश भित्र रहेका आयुर्वेद चिकित्सक स्वास्थ्यकर्मीलाई क्वारेन्टाइनहरुमा परिचालन गर्छौं’ मन्त्री बरालले भने, ‘यसले क्वारेन्टाइनमा रहेका व्यक्तिलाई प्रतिरोधात्मक क्षमता बढाउनमा र…
र्यापिड टेस्ट विश्वसनीय भएन, यसलाई रोक्नू :कांग्रेस
स्वास्थ्यसमाचार/ प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस र्यापिड टेस्टको विश्वासनीयतमा प्रश्न उठाउँदै रोक्न माग गरेको छ। कांग्रेसका सभापति शेरबहादुर देउवाको आयोजनामा पार्टी पदाधिकारी, पूर्वस्वास्थ मन्त्रीहरु एवं स्वास्थ्य क्षेत्रका विज्ञबीच भएको बैठकपछि यस्तो माग गरिएको हो। कांग्रेसले र्यापिडलाई रोकेर पिसिआर परीक्षणलाई तीव्र बनाउन जोड दिएको छ। परीक्षण समुदायस्तरसम्म पुर्याउनुपर्ने अनिवार्य आवश्यकता छु, कांग्रेसले भनेको छ, तर र्यापिड टेस्टको विश्वासनीयतामा विश्वव्यापी प्रश्न उठिरहेको बेला त्यसलाई निरन्तरता दिने कार्य रोकिनुपर्छ। पिसिआरकै क्षमता र दायरा बढाइनुपर्दछ। कांग्रेसले अझै पनि स्वास्थकर्मीलाई पर्याप्त पिपिईलगायत सामग्री नपुगेको जनाएको छ। यतिको समय व्यतित हुँदा पनि अझै स्वास्थ्य सामग्रीहरु पर्याप्त नहुँदा…
कोरोना रोकथाम पूर्वतयारी :सांसदहरुले गरे तिलोत्तमाको अनुगमन
स्वास्थ्यसमाचार/ तिलोत्तमा नगरपालिकाले कोरोना संक्रमण रोकथामका लागि गरेको पूर्वतयारीको बारेमा आज सांसदहरुले अनुगमन गरेका छन । जिल्ला समन्वय समिति, रुपन्देहीको संयोजनमा राष्ट्रियसभा, प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यहरुले टोलीले अनुगमन गरेको हो । अनुगमनमा राष्ट्रियसभा सदस्य गोपाल भट्टराई, प्रतिनिधिसभा सदस्य छविलाल विश्वकर्मा, प्रदेश सरकार मन्त्री लिला गिरी, प्रदेशसभा सदस्यहरु दधिराम न्यौपाने, तुलसी चौधरी, कृष्ण न्यौपाने, भोजप्रसाद श्रेष्ठ, रमा अर्याललगायत सहभागी थिए । अनुगमन टोलीमा जिल्ला समन्वय समिति प्रमुख एकराज विश्वकर्मा तथा सदस्यहरुको पनि सहभागिता रहेको थियो । सांसदहरुले कोरोना संक्रमण रोकथामका लागि नगरपालिकाले गरेका काम, क्वारेन्टाइन व्यवस्थापन, लकडाउन प्रभावितलाई बाँडिएको राहत, स्वास्थ्य…
नेपालमा कोरोना संक्रमितको संख्या ५१ पुग्यो
स्वास्थ्यसमाचार /नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ५१ पुगेको छ । आज आइतबार थप २ जनामा संक्रमण देखिएपछि संक्रमितको संख्या ५१ पुगेको हो । स्वास्थ्य मन्त्रालयका अनुसार पर्सा र बिरगंजका पुरुषमा संक्रमण देखिएको हो ।स्वास्थ्य मन्त्रालय ले एक बिज्ञेप्ती मार्फत जानकारी गराएको छ ।
“समुदाय स्वास्थ्य र फ्लु”
फ्लू एक प्रकारको तिब्र सक्रमण गराउने रोग हो ।अति नै छिटो फैलिने एक प्रकारको ज्वरोलाइ Influenze पनि भनिन्छ ।ऋतु परिवर्तनको समय नेपालको सन्दर्भमा चैत ,बैशाख (बसन्त ऋतु) असोज ,कात्तिक (सरद ऋतु) मा बढी मात्रामा देखिने र फ़ैलिने भएकाले यस्लाइ मौसमी फ्लू पनि भनिन्छ । बढी मात्रामा जनघनत्व भएको समुदाय र क्षेत्रमा सामाजिक दुरि कायम नहुने स्थानका मानिसहरुमा बढी मात्रामा देखिन्छ ।Endemic ,Epidemic तथा Pandemic तरिकाले फैलिएको फ्लू लाई तत्काल समयमा नै नियन्त्रण गर्न सकिएन भने त्यस क्षेत्रका मानिसहरु यश फ्लूका शिकार हुन पुग्छन् । कहिलेकाही निश्चित उमेर समुहका मानिस प्रभावित…
नेपाल कोरोनाको अति उच्च जोखिमको सूचीबाट हट्यो :डब्लुएचओ
स्वास्थ्यसमाचार/ विश्व स्वास्थ्य संगठन डब्लुएचओ ले नेपाललाई अति उच्च जोखिमको सूची लेभल ४ बाट हटाएर उच्च जोखिमको सूची लेभल ३मा झारेको छ । कोरोना नियन्त्रणमा नेपालको सक्रियता र नतिजाको आधारमा जोखिम सूचीमा सुधार भएको स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले बताए । ‘हामी पहिले लेभल ४ अर्थात अति उच्च जोखिमको सूचीमा थियौँ । तर त्यसलाई हामीले सुधार गर्यौँ, अहिले लेभल ३ मा झरेका छौँ ,’ उनले भने । सार्क मुलुकका भारत, श्रीलंका, बंगलादेश, भुटान, मालदिव्स लेभल ३ मा रहेको उनले बताए । तर पाकिस्तान अहिले पनि लेभल ४ र अफगानिस्तान अहिले…

